भ्रष्ट मानवजातिले नियन्त्रण हात लिँदा त्यसले तिनीहरूमा ल्याउने खतरा र दुष्परिणामहरू

14 अगस्ट 2021

परमेश्‍वरका प्रासंगिक वचनहरू:

मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र ज्ञान औजार बनेका छन्, र परमेश्‍वरलाई आराधना गर्न मानवका निम्ति पर्याप्‍त स्थान छैन, र परमेश्‍वरको आराधना गर्नका लागि उपयुक्त परिस्थिति पनि छैन। मानवको हृदयमा परमेश्‍वरको स्थान अझै तल भासिएको छ। मानवको हृदयमा परमेश्‍वर नहुनुभएको हुनाले उसको भित्री संसार अँध्यारो, आशा विहीन, र खाली भएको छ। यसरी नै परमेश्‍वरले मानवलाई सृष्‍टि गर्नुभयो भन्‍ने सत्यताको विरोध गर्न, मानवजातिको हृदय र मनलाई सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरूले भर्न धेरै सामाजिक वैज्ञानिकहरू, इतिहासकारहरू, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यस तरिकाले, परमेश्‍वरले सबै थोक सृष्‍टि गर्नुभयो भनी विश्‍वास गर्नेहरू पहिलेभन्दा नै थोरै भएका छन्, र विकासवादको सिद्धान्तमा विश्‍वास गर्नेहरू संख्यामा पहिलेभन्दा धेरै भएका छन्। पुरानो करारीय युगमा भएका परमेश्‍वरका काम र उहाँका वचनहरूका विवरणहरूलाई धेरै मानिसहरूले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिएका छन्। परमेश्‍वरको गरिमा र महानता, परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको प्रभुत्व छ भन्ने सिद्धान्तमा मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र देशहरू र राज्यहरूका नियति तिनीहरूका लागि महत्वपूर्ण रहँदैनन्, र मानव केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … आज परमेश्‍वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी केही मानिसहरूले मात्र खोज्छन् वा मानवको गन्तव्यमा उहाँले कसरी नेतृत्व दिनुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोजेका हुन्छन्। अनि यसरी, मानवलाई थाहा नै नभई मानव सभ्यता मानवका चाहनालाई काट्न थोरै सक्षम हुन्छ, अनि यस किसिमको संसारमा जिउँदा त, पहिले नै बितेर गइसकेकाहरूभन्दा पनि कम खुशी छौं भन्‍ने अनुभूति गर्ने मानिसहरू समेत धेरै छन्। उच्‍च सभ्यता प्राप्‍त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्। किनभने परमेश्‍वरको मार्गदर्शन विना शासकहरू र समाजशास्‍त्रीहरूले मानव सभ्यतालाई बचाउन तिनीहरूका दिमागहरूलाई जति नै तन्काए पनि यसले कुनै फाइदा गर्दैन। मानवको हृदयमा भएको खालीपनलाई कसैले पनि भर्न सक्दैन, किनकि कोही पनि मानवको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानवलाई ऊ पीडित भएको खालीपनबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, फुर्सत, सान्त्वना: यिनीहरूले मानवलाई केवल अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि मानवले पक्‍कै पाप गर्नेछ र समाजका अन्यायहरूमा पछुतो गर्नेछ। यी कुराहरूले अन्वेषण गर्न मानवका लालसा र इच्छालाई रोक्‍न सक्दैनन्। यो हुनुको कारणचाहिँ मानवलाई परमेश्‍वरले बनाउनुभयो र अर्थहीन बलिदानहरू र मानवका अन्वेषणहरूले उसलाई अझै कष्‍टमा मात्र लैजान सक्छ र मानवलाई लगातार डरको अवस्थामा मात्र राख्छ, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्‍ने उसलाई थाहा हुँदैन। मानव विज्ञान र ज्ञानसँग पनि डराउनेछ, र खालीपनको अनुभूतिमा पनि ऊ अझ डराउनेछ। यस संसारमा, तँ स्वतन्त्र देशमा होस् वा मानवअधिकार नभएको देशमा होस्, जहाँ बसे पनि मानवजातिको भवितव्यबाट बच्‍न तँ पूर्ण असक्षम छस्। तँ शासक वा शासित जो भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो इच्छाबाट बच्न पूर्ण रूपमा असक्षम छस्, खालीपनको चिन्ताको चेतनाबाट बच्न त अझै बढी असक्षम छस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई समाजशास्‍त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तर पनि यस्ता समस्याहरू समाधान गर्नका लागि कुनै पनि महामानव अगाडि आएको छैन। जेसुकै भए तापनि, मानव भनेको मानव नै हो, अनि परमेश्‍वरको स्थान र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्दैन। मानवजातिलाई निष्पक्ष समाजले मात्र पुग्दैन जहाँ प्रत्येकलाई राम्रोसँग खुवाइन्छ, र ऊ समान र स्वतन्त्र हुन्छ; मानवजातिका लागि आवश्यक परेको कुराचाहिँ परमेश्‍वरको मुक्ति र तिनीहरूलाई उहाँको जीवनको बन्दोबस्त हो। मानवले परमेश्‍वरको जीवनको बन्दोबस्त र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र अन्वेषण गर्ने इच्छा, र मानवको आत्मिक खालीपनको समाधान हुन्छ। यदि एक देश वा राज्यका मानिसहरूले मुक्ति र परमेश्‍वरको हेरचाह पाउन सकेनन् भने, तब यस्तो देश वा राज्य विनाशको बाटोमा अन्धकारतर्फ अघि बढ्नेछ, र परमेश्‍वरले त्यसलाई विनाश गर्नुहुनेछ।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले सबै मानवजातिको भविष्यमाथि नेतृत्व गर्नुहुन्छ” बाट उद्धृत गरिएको

सायद, तेरो देश अहिले समृद्ध होला, तर यदि तैँले आफ्ना मानिसहरूलाई परमेश्‍वरबाट तर्केर जान दिइस् भने, तेरो देशले आफूलाई परमेश्‍वरको आशिष्‌बाट अझै वञ्‍चित भएको पाउनेछ। तेरो देशको सभ्यतालाई अझै पैतालोले कुल्चिइनेछ, र छोटो समयभित्रै मानिसहरू परमेश्‍वरका विरुद्धमा उठ्नेछन् र स्वर्गलाई सराप्नेछन्। अनि यसरी, मानवले नजानिकन नै देशको भविष्य विनाश हुनेछ। परमेश्‍वरले श्राप दिनुभएका ती देशहरूसँग निराकरण गर्नका लागि परमेश्‍वरले शक्तिशाली देशहरूलाई उठाउनुहुनेछ, र उहाँले तिनीहरूलाई पृथ्वीबाट हटाइदिनुहुनेछ। कुनै देश वा राज्यको उत्थान र पतन त्यहाँका शासकहरूले आफ्ना मानिसहरूलाई परमेश्‍वरका नजिक हुन र उहाँलाई आराधना गर्न अगुवाइ गरेका छन् वा छैनन् भन्ने आधारमा पक्का गरिनेछ। तैपनि, यस अन्तिम युगमा परमेश्‍वरलाई साँचो रूपमा खोज्ने र आराधना गर्नेहरू अति नै सीमित भएका हुनाले इसाई विश्‍वासलाई राष्ट्रिय विश्‍वास वा धर्मका रूपमा स्वीकार गर्ने देशहरूमाथि परमेश्‍वरले विशेष दया देखाउनुभएको छ। उहाँले ती देशहरूलाई धार्मिक समूह बनाउन एकसाथ जम्मा गर्नुहुन्छ, जब कि नास्तिक देशहरू र साँचो परमेश्‍वरलाई आराधना नगर्नेहरू धार्मिक समूहका विरोधी बन्छन्। यसरी, आफ्नो काम गर्नका लागि मानवजातिका बीचमा परमेश्‍वरको स्थान मात्र नभएको होइन, तर उहाँको विरोध गर्ने देशहरूमाथि अधिकार गर्दा र प्रतिबन्ध लगाउँदा, धार्मिक अख्तियार व्यवहारमा लगाउने देशहरूलाई फाइदा पुग्‍नेछ। तैपनि यो सबै हुँदाहुँदै पनि परमेश्‍वरलाई आराधना गर्न अझै पनि मानिसहरू अगाडि आउँदैनन्, किनकि मानव उहाँबाट अति नै टाढा भइसकेको छ, र मानवले लामो समयदेखि परमेश्‍वरलाई बिर्सिसकेको छ। धार्मिकतालाई अभ्यास गर्ने र अधर्मलाई विरोध गर्ने देशहरू मात्र पृथ्वीमा रहन्छन्। तर यो परमेश्‍वरको चाहनाभन्दा धेरै नै टाढा छ, किनकि कुनै पनि देशका शासकहरूले तिनीहरूका मानिसहरूलाई परमेश्‍वरभन्दा माथि राख्‍न चाहँदैनन्, अनि कुनै पनि राजनीतिक दलले परमेश्‍वरलाई आराधना गर्नका लागि आफ्ना मानिसहरूलाई एकसाथ जम्मा गर्नेछैन; हरेक देश, राज्य, सत्तामा भएको दलको हृदयमा, र हरेक व्यक्तिको हृदयमा पनि परमेश्‍वरले आफ्नो सही स्थान गुमाउनुभएको छ। धार्मिक शक्तिहरू यस संसारमा रहे तापनि परमेश्‍वरले मानवको हृदयमा पाउनुपर्ने शासनको स्थान कमजोर भएको छ। परमेश्‍वरका आशिष विना, राजनीतिक क्षेत्र अलमलमा पर्नेछ र आक्रमणको जोखिममा पर्नेछ। मानवजातिका निम्ति परमेश्‍वरका आशिष् विना रहनु चाहिँ सूर्यविना रहनु जस्तै हो। आफ्ना मानिसहरूका निम्ति शासकहरूले जति नै परिश्रमका साथ काम गरे पनि मानवजातिले एकसाथ जति नै धेरै धार्मिक सम्मेलनहरू गरे पनि यी कुनै पनि कुराले घटनाको गति-पथलाई परिवर्तन गर्नेछैन वा मानवजातिको नियतिलाई बदल्नेछैन। मानिसहरूले खान पाएका र लुगा लगाउन पाएका, तिनीहरू एकसाथ शान्तिले बसेका, असल नेतृत्व भएको देशचाँहि असल देश हो भनी मानवले विश्‍वास गर्छ। तर परमेश्‍वरले यस्तो विचार गर्नुहुन्‍न। उहाँलाई कसैले पनि आराधना नगर्ने देशलाई उहाँले नै विनाश गर्नुहुनेछ भनी उहाँ विश्‍वास गर्नुहुन्छ। मानवको विचार गर्ने तरिका परमेश्‍वरको भन्दा अति नै अनौठो छ। यसैले, यदि कुनै देशको प्रमुखले परमेश्‍वरलाई आराधना गर्दैन भने, तब त्यस देशको नियति दुःखद हुनेछ, अनि त्यस देशको कुनै गन्तव्य हुनेछैन।

परमेश्‍वर मानवका राजनीतिमा सहभागी हुनुहुन्‍न, र पनि कुनै देश वा राज्यको नियति परमेश्‍वरले नियन्त्रण गर्नुहुन्छ। परमेश्‍वरले यो संसार र सारा विश्‍वलाई नियन्त्रण गर्नुहुन्छ। मानवको नियति र परमेश्‍वरको योजना घनिष्ठ रूपमा जोडिएका छन्, कुनै पनि मानव, देश वा राज्य परमेश्‍वरको सार्वभौमिकताबाट छुटेको छैन। यदि मानवले आफ्नो नियति जान्‍न चाहन्छ भने, ऊ परमेश्‍वरका सामु आउनैपर्छ। परमेश्‍वरलाई पछ्याउने र आराधना गर्नेहरूलाई उहाँले समृद्ध पार्नुहुनेछ र उहाँलाई अस्वीकार गर्ने र विरोध गर्नेहरूलाई उहाँले अस्वीकार र विनाश गर्नुहुन्छ।

बाइबलमा उल्‍लेख सदोममाथि परमेश्‍वरले विनाश ल्याउनुहुँदाको दृश्यलाई स्मरण गर र लोतकी पत्‍नी कसरी नुनको खम्बा बनिन् सो पनि विचार गर। निनवेका मानिसहरूले कसरी भाङ्ग्रा र खरानी लगाएर आफ्ना पापहरूबाट पश्‍चाताप गरे र २,००० वर्ष पहिले यहूदीहरूले येशूलाई क्रूसमा कीला ठोके पश्चात् के भयो सो कुरालाई स्मरण गर। यहूदीहरूलाई इस्राएलबाट निकालियो र तिनीहरू संसार वरिपरिका देशहरूमा भागे। धेरै जनालाई मारियो, र पूरै यहूदी राज्य अभूतपूर्व रूपमा विनाशमा पर्‍यो। तिनीहरूले परमेश्‍वरलाई क्रूसमा कीला ठोकेका थिए—तिनीहरूले जघन्य पाप गरे—र परमेश्‍वरको स्वभावलाई रीस उठाए। तिनीहरूले गरेका कामका लागि तिनीहरूले मूल्य तिर्नुपर्यो र तिनीहरूलाई आफ्ना कामहरूका सबै नतिजाहरू भोग्‍न लगाइयो। तिनीहरूले परमेश्‍वरको निन्दा गरे, परमेश्‍वरलाई अस्वीकार गरे, यसरी तिनीहरूको एउटा मात्र भविष्य थियो: परमेश्‍वरद्वारा दण्ड पाउनु। यो तिनीहरूका देश र राज्यमाथि तिनीहरूका शासकहरूले ल्याएका तीता नतिजाहरू र प्रकोप थिए।

आज, परमेश्‍वर आफ्नो काम गर्नका लागि संसारमा फर्कनुभएको छ। उहाँले पहिलो चरणमा अधिनायकवादी शासकहरूका भव्य सभालाई रोक्‍नुभयो: नास्तिवादको कडा गढ, चीनलाई। परमेश्‍वरले आफ्नो बुद्धि र शक्तिद्वारा मानिसहरूको एक समूह प्राप्त गर्नुभएको छ। यस समयावधिमा, उहाँलाई चीनको सत्ताधारी दलले हरेक तरिकाले खेदो गरेर र ठूलो कष्‍ट दियो, त्यसैले आश्रय भेट्टाउन नसकेर उहाँको शिर राख्‍ने ठाउँ पनि छैन। यस्तो कुरा हुँदाहुँदै पनि परमेश्‍वरले गर्न मनसाय राख्‍नुभएको काम उहाँले अझै निरन्तर गर्नुहुन्छ: उहाँले आफ्नो सोर निकाल्नुहुन्छ, र सुसमाचार फैलाउनुहुन्छ। परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई कसैले पनि बुझ्न सक्दैन। परमेश्‍वरलाई आफ्नो शत्रु ठान्‍ने देश, चीनमा परमेश्‍वरले आफ्नो काम कहिल्यै रोक्‍नुभएको छैन। त्यसको सट्टा, धेरै मानिसहरूले उहाँको काम र वचनलाई स्वीकार गरेका छन्, किनकि परमेश्‍वरले जतिसक्दो मानवजातिको प्रत्येक र हरेक सदस्यलाई मुक्ति दिनुहुन्छ। परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको कुरालाई रोक्‍न उहाँको मार्गमा कुनै देश वा शक्ति खडा हुन सक्दैन भनी हामी भरोसा राख्छौं। परमेश्‍वरको कामलाई रोक्‍नेहरू, परमेश्‍वरको वचनको विरोध गर्नेहरू र बाधा दिनेहरू र परमेश्‍वरको योजनालाई बिगार्नेहरूलाई अन्त्यमा परमेश्‍वरले दण्ड दिनुहुनेछ। परमेश्‍वरको कामको अवहेलना गर्नेलाई नरकमा पठाइनेछ; परमेश्‍वरको कामको अवहेलना गर्ने कुनै पनि देशलाई विनाश गरिनेछ। परमेश्‍वरको कामको विरोधमा उठ्ने कुनै पनि राज्यलाई यस पृथ्वीबाट पूर्ण रूपमा मेटाइनेछ र त्यो अस्तित्वमा रहनेछैन।

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वरले सबै मानवजातिको भविष्यमाथि नेतृत्व गर्नुहुन्छ” बाट उद्धृत गरिएको

धेरै हजार वर्षसम्म फैलिएको प्राचीन संस्कृति र इतिहासको ज्ञानले मानिसको सोच र धारणालाई साथै उसको मानसिक दृष्टिकोणलाई यति कसिलोसँग बन्द गरिदिएको छ कि तिनीहरूलाई अप्रभावित र गैरजैविक रूपमा विखण्डनीय[१] बनाइएको छ। मानिसहरू नरकको अठारौं चक्रमा बस्छन्, जहाँ उनीहरूलाई परमेश्‍वरले कालकोठरीमा हालिदिनुभएझैं, उज्यालो कहिल्यै देख्न सकिँदैन। सामन्ती सोचले मानिसहरूलाई यति दमन गरेको छ कि उनीहरूलाई सास फेर्न मुश्किल परेको छ र निस्सासिरहेका छन्। तिनीहरूसँग विरोध गर्ने अलिकति पनि शक्ति छैन; तिनीहरूले चुपचाप सहन मात्र सक्छन्…। धार्मिकता र न्यायका लागि संघर्ष गर्न वा खडा हुने हिम्मत कहिल्यै कसैले गरेको छैन; मानिसहरू दिनदिनै र हरेक वर्ष सामन्ती प्रहार र दुर्व्यवहारमुनि पशुको भन्दा नराम्रो जीवन मात्र जिउँछन्। तिनीहरूले मानव संसारमा खुसी पाउन परमेश्‍वरलाई खोज्नुपर्छ भनी कहिल्यै सोचेका छैनन्। यस्तो लाग्छ, कि मानिसहरू यतिसम्म पिटिएका छन् कि तिनीहरू शरदमा झरेका पातहरूझैं सुकिसकेका, खरिएका र पहेंलो-खैरो भएका छन्। मानिसहरूले आफ्नो स्मरण शक्ति गुमाएको धेरै भइसकेको छ; तिनीहरू असहाय बनेर त्यो नरकमा बस्छन् जसलाई मानव संसार भनिन्छ, त्यहाँ त्यस अन्तिम दिनको आगमन पर्खिरहेका छन् जहाँ तिनीहरू यस नरक सँगसँगै नष्ट हुन्छन्, मानौं तिनीहरूले चाहना गरेका त्यो अन्तिम दिन त्यो दिन हो जब मानिसले आरामदायी शान्ति पाउँछ। सामन्ती नैतिकताहरूले मानिसको जीवनलाई “पाताल” मा लगिसकेको छ, जसले मानिसको प्रतिरोध गर्ने क्षमतालाई अझ कमजोर बनाएको छ। सबै प्रकारका उत्पीडनले मानिसलाई एकपछि अर्को चरण गरी धकेल्दै, पातालको गहिराइमा खसाल्छ, परमेश्‍वरबाट झन्-झन् टाढा बनाउँछ, आजको दिनसम्म ऊ परमेश्‍वरप्रति पूर्ण अपरिचित भएको छ र उहाँलाई भेट्दा तिनीहरू उम्कने हतार गर्दछन्। मानिसले उहाँलाई ध्यान दिँदैन र उहाँलाई एकलै उभिनका निम्ति छोडिदिन्छ, मानौं मानिसले कहिल्यै उहाँलाई चिनेको छैन, उहाँलाई अघि कहिल्यै देखेको छैन। … प्राचीन संस्कृतिको ज्ञानले मानिसलाई अन्धविश्वासपूर्ण रूपमा परमेश्‍वरको उपस्थितिबाट चोरेर लगेको छ र उसलाई शैतानहरूका राजा र त्यसका सन्तानको हातमा सुम्पिदिएको छ। चार पुस्तक र पञ्‍चोत्कृष्ट पुस्तकहरू[क] ले मानिसका सोच र धारणाहरूलाई विद्रोहको अर्को युगतिर लगेको छ, जसले उसलाई त्यो पुस्तक/उत्कृष्ट दस्तावेज सङ्कलन गर्नेहरूलाई पहिलेको तुलनामा अझ बढी प्रशंसा दिने बनाउँछ, र यसको फलस्वरूप उसले परमेश्‍वर सम्बन्धी आफ्नो धारणालाई अझ बढी खराब बनाउँछ। मानिसले थाहा नपाई, शैतानहरूको राजाले क्रूर बन्दै उसको हृदयबाट परमेश्‍वरलाई निकाल्छ र त्यो ठाउँमा आफै बस्दै विजय बनेकोमा हर्षित हुन्छ। त्यस समयदेखि नै, मानिस दुष्ट र घिनलाग्दो आत्माको अधीनमा छ र ऊसित शैतानहरूको राजाको अनुहार छ। परमेश्‍वरप्रतिको घृणाले उसको छाती भरिन्छ, र शैतानहरूको राजाको खराब दुर्भावना मानिसहरूभित्र तबसम्‍म दिनदिनै फैलिन्छ जबसम्म ऊ पूर्ण रूपमा नष्ट हुँदैन। मानिससँग अलिकति पनि स्वतन्त्रता थिएन र शैतानहरूको राजाको कष्टबाट स्वतन्त्र हुने कुनै उपाय थिएन। त्यही ठाउँमा कैदीको रूपमा लगिनु, आत्मसमर्पण गर्नु र त्यसको उपस्थितिमा समर्पण हुनुबाहेक ऊसँग अरू विकल्प थिएन। धेरै पहिले, जब मानिसको हृदय र आत्मा त्यसको शैशवकालमा नै थियो, तब शैतानहरूको राजाले त्यसमा नास्तिकताको रोगको बीउ रोप्यो र उसलाई “विज्ञान र प्रविधि अध्ययन गर; चार आधुनिकीकरण महसुस गर; संसारमा परमेश्‍वर भन्‍ने कुनै कुरा छैन” भन्‍ने झुटहरू सिकायो। त्यति मात्र होइन, यो हरेक मौकामा यसो भन्दै चिच्याउँछ: “एउटा सुन्दर जन्मभूमि निर्माण गर्न हामी आफ्नो मेहनती परिश्रममा भरोसा गरौं,” र प्रत्येक व्यक्तिलाई बाल्यकालदेखि नै आफ्नो देशलाई विश्‍वासयोग्य सेवा प्रदान गर्न तयार हुनुपर्छ भन्छ। मानिसलाई अनजानमा त्यसको उपस्थितिमा ल्याइयो, जहाँ यसले कुनै सङ्कोच नमानिकन अहङ्कारका साथ सबै श्रेय आफैले लियो (अर्थात्, सबै मानव जातिलाई उहाँकै हातमा राख्ने परमेश्‍वरको श्रेयलाई)। त्यसमा कहिल्यै पनि शर्मको कुनै अनुभूति थिएन। यसबाहेक, यसले लाजै नमानी परमेश्‍वरका मानिसहरूलाई समात्यो र तानेर फेरि आफ्नो घरमा ल्यायो, जहाँ यो मुसोझैं टेबलमा उफ्रियो र त्यसलाई परमेश्‍वरको रूपमा पूजा गर्न मानिसलाई लगायो। कस्तो निराशलाग्दो कुरा! यसले विवादास्पद र स्तब्ध पार्ने कुराहरू चिच्याउँदै भन्छ, जस्तै: “संसारमा परमेश्‍वर भन्ने कुनै कुरा छैन। बतास प्राकृतिक नियमअनुसार रूपान्तरणबाट आउँछ; वर्षा तब हुन्छ जब पानी बाफ बनेर चिसो तापक्रमसँग मिल्छ, बाक्ला थोपाहरू बन्छ अनि जमिनमा झर्छ; भूकम्प भनेको भूगर्भीय परिवर्तनको कारण पृथ्वीको सतह हल्लिनु हो; खडेरीचाहिँ सूर्यको सतहमा न्यूक्लियोनिक विघटन हुँदा हावामा सुक्खापन हुने भएकोले गर्दा हुन्छ। यी प्राकृतिक घटनाहरू हुन्। यी सबै थोकमा, के परमेश्‍वरको काम छ र?” यस्ता व्यक्तिहरू पनि छन् जो निम्न कुराहरू भन्दै कराइरहेका हुन्छन्, त्यस्ता भनाइहरू जसलाई समर्थन गर्नु हुँदैन: “मानिस विगतमा बाँदरबाट विकसित भएको थियो, र आज संसार करिब लामो युगभन्दा पहिलेदेखि सुरु भएको आदिम समाजहरूको उत्तराधिकारबाट आएको हो। कुनै देश फस्टाउँछ कि पतन हुन्छ भन्‍ने कुरा रूपमा त्यसको जनताको हातमा हुन्छ।” पृष्ठभूमिमा, यसले मानिसलाई त्यसलाई भित्तामा झुण्ड्याउने वा टेबलमा राखेर श्रद्धाञ्जली दिने र त्यसलाई भेटी चढाउने बनाउँछ। यसको साथसाथै यो यसो भन्दै कराउँछ, “परमेश्‍वर हुनुहुन्न,” यसले आफैलाई परमेश्‍वरजस्तो उच्च बनाउँछ, परमेश्‍वरको स्थानमा उभिएर र राजाको भूमिकालाई ग्रहण गर्दै अन्त्यमा अभद्रतासाथ परमेश्‍वरलाई पृथ्वीको सिमानाबाट बाहिर धकेल्छ। कति नराम्रो घतले विवेक गुमाएको! यसले एक व्यक्तिलाई त्यसलाई अत्यन्तै घृणा गर्ने बनाउँछ। यस्तो देखिन्छ कि परमेश्‍वर र यो शपथ लिइएका शत्रुहरू हुन्, र ती दुई सँगसँगै रहन सक्दैनन्। यसले व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै[२] परमेश्‍वरलाई बाहिर लखेट्ने योजना बनाउँछ। यो शैतानहरूको कस्तो राजा हो! यसको अस्तित्वलाई कसरी सहन सकिन्छ? जबसम्म यसले परमेश्‍वरको कामलाई नाश पार्दैन र सबैलाई पूरै लथालिङ्ग[३] बनाउँदैन तबसम्म यसले विश्राम गर्दैन, मानौं यसले माछा नगरुञ्‍जेल या त जाल नफाटुञ्जेल अन्त्यसम्मै कडा विरोध गर्न चाहन्छ, जानी-जानी आफैलाई परमेश्‍वरको विरोधमा राख्छ र झन्-झन् नजिकतिर बढ्छ। त्यसको घृणित अनुहार लामो समयदेखि पूर्ण रूपमा उदाङ्गो भएको छ, अब त्यो चोट लागेको र कुटपिट गरिएको[४] छ र दुःखत स्थितिमा छ, तैपनि परमेश्‍वरप्रतिको आफ्नो घृणामा यो अझै नरम हुँदैन, मानौं परमेश्‍वरलाई एक गाँसमा खाएपछि मात्र त्यसको हृदयको घृणालाई त्यसले कम गर्न सक्छ। हामी कसरी यसलाई सहन सक्छौं, यो परमेश्‍वरको शत्रुलाई! केवल यसलाई समाप्त गरेर अनि पूर्ण नाश पारेर मात्र हाम्रो जीवनको इच्छा सफल हुनेछ। त्यसलाई जताततै त्यसरी दगुरिहिँड्ने अनुमति कसरी दिन सकिन्छ? यसले मानिसलाई यति भ्रष्ट पारेको छ कि मानिसले स्वर्ग-सूर्यलाई जान्दैन, र ऊ मृत्यु-अन्त र भावहीन भएको छ। मानिसले सामान्य मानव-तर्क हराएको छ। भविष्यका सबै चिन्ताहरू हटाउनका लागि यसलाई नाश गर्न र जलाउन र परमेश्‍वरको कार्यलाई चाँडै अभूतपूर्व महिमामा पुग्‍न दिनका निम्ति हाम्रो सम्पूर्ण अस्तित्व नै किन समर्पण नगर्ने? बदमासहरूको यो गिरोह मानिसहरूको संसारमा आयो र यसलाई उत्पातमा पुर्‍यायो। गोप्य रूपमा धकेलेर उनीहरूलाई टुक्रा-टुक्रा पारी तिनीहरूको लास खानलाई गोप्यमा योजना बनाउँदै तिनीहरूले सारा मानवजातिलाई भीरको टुप्‍पामा ल्याएका छन्। तिनीहरू परमेश्‍वरको योजना तोड्ने र उहाँसँग खेलमा प्रवेश गरी एउटै दाउमा सबै जित्‍ने[५] व्यर्थको आशा गर्छन्। त्यो कुनै पनि हालतमा सजिलो छैन! आखिर दियाबलसहरूको राजाको लागि नै क्रूस तयार पारिएको छ, जो सबैभन्दा जघन्य अपराधको दोषी छ। परमेश्‍वर क्रूसको स्वामित्वमा हुनुहुन्न। उहाँले पहिले नै यसलाई दियाबलसको लागि टाढा पन्साई सक्नुभएको छ। परमेश्‍वर धेरै समय अगाडि नै विजयी हुनुभएको छ, र मानव जातिको पापको लागि उप्रान्त दु:ख महसुस गर्नुहुन्न, तर सबै मानवजातिको लागि उद्धार ल्याउनुहुनेछ।

वचन देहमा देखा पर्नुहुन्छको “काम र प्रवेश (७)” बाट उद्धृत गरिएको

हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्‍ट बनाइएको छ, र शैतानले उसलाई अन्यत्र डोर्‍याएको छ, जसले गर्दा आफू कतातिर जानुपर्ने हो भन्‍ने कुरा उसले बिर्सेको छ। आज पनि, मानिसले अझै परमेश्‍वरलाई धोका दिन्छ: जब मानिसले परमेश्‍वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्‍वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्‍वरको श्रापहरू र परमेश्‍वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ। मैले देखेको मानिस मानव भेषमा पशु हो, उ विषालु सर्प हो, र उसले मेरो नजरमा जतिसुकै दयनीय देखिने प्रयत्‍न गरे तापनि, म कहिल्यै पनि उप्रति दयालु बन्‍नेछैन, किनकि मानिससँग कालो र सेतो बीच फरक छुट्याउने, सत्य र असत्य बीच फरक छुट्याउने समझ पनि छैन। मानिसको चेतना सुस्त भएको छ, तैपनि अझै ऊ आशिष्‌हरू प्राप्‍त गर्न चाहन्छ; उसको मानवता यति अज्ञानी भएको छ, तैपनि अझै ऊ राजाको सार्वभौमिकता हासिल गर्न चाहन्छ। यस किसिमको चेतनासँग ऊ कसको राजा बन्‍न सक्छ? यस किसिमको मानवतासँग ऊ कसरी सिंहासनमा बस्‍न सक्छ? मानिससँग साँच्‍चिकै लाज नै छैन! ऊ अहङ्कारी नीच हो! तिमीहरूमध्ये आशिष्‌हरू प्राप्‍त गर्न चाहने व्यक्तिहरूलाई म सुझाव दिन्छु कि सबैभन्दा पहिला एउटा ऐना लिएर आफ्नो कुरूप अनुहार हेर—के तँसँग राजा हुनको निम्ति आवश्यक कुरा छ? के तँसँग आशिष्‌हरू प्राप्‍त गर्ने व्यक्तिको जस्तो अनुहार छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई अभ्यास गरेको छैनस्, तैपनि अझ तँ सुन्दर भोली, अर्थात् भविष्यको आशा गर्छस्। तैँले आफैलाई भ्रममा पार्दैछस्! यस्तो फोहोरी भूमिमा जन्म लिएर, मानिस समाजद्वारा प्रभावित भएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसलाई “उच्‍च शिक्षा दिइने” संस्थाहरूमा सिकाइएको छ। पिछडिएको सोच, भ्रष्‍ट नैतिकता, जीवन सम्बन्धी तुच्छ दृष्टिकोण, जीवनयापनको घृणित दर्शनशास्‍त्र, पूर्णतया मूल्यहीन अस्तित्व, र भ्रष्‍ट जीवनशैली र चलनहरू—यी सबै कुराहरू मानिसको हृदयमा गहिरोसँग घुसिसकेको छ, र उसको विवेकलाई गम्भीर रूपमा कमजोर बनाएको छ र आक्रमण गरेको छ। परिणाम स्वरूप, मानिस परमेश्‍वरदेखि अझ धेरै टाढिएको छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी क्रूर बन्दैछ, र परमेश्‍वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्‍न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरको आज्ञापालन गर्न इच्छुक व्यक्ति एक जना पनि छैन, न त यसबाहेक, परमेश्‍वरको स्वरूपलाई खोज्‍न इच्छुक व्यक्ति नै छ। बरु, शैतानको क्षेत्र अन्तर्गत रहेर, हिलोको भूमिमा शरीरको भ्रष्टतामा आफैलाई सुम्पँदै, सुख विलासको पछि लाग्ने बाहेक मानिसले अरू केही पनि गर्दैन। अन्धकारमा जिउनेहरूले सत्यतालाई सुनेर पनि त्यसलाई अभ्यासमा लगाउने विचारै गर्दैनन्, न त उहाँको स्वरूपलाई देखेर पनि परमेश्‍वरको खोजी गर्न तिनीहरू बाध्य हुन्छन्। कसरी यति धेरै भ्रष्‍ट मानवजातिले मुक्तिको कुनै मौका हासिल गर्नसक्छ र? यति धेरै पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?

वचन देहमा देखा पर्नुहुन्छको “अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो” बाट उद्धृत गरिएको

मानवजाति मेरो शत्रुबाहेक अरू कोही पनि होइन। मानवजाति मेरो विरोध गर्ने र अवज्ञा गर्ने दुष्ट हो। मानवजाति मैले श्राप दिएको दुष्टको सन्तानबाहेक अरू कोही पनि होइन। मानवजाति मलाई धोका दिने प्रधान स्वर्गदूतको सन्तानबाहेक अरू कोही पनि होइन। मानवजाति मैले धेरै पहिले त्यागेको दुष्टको पैतृक सम्पत्ति बाहेक कोही पनि होइन, जो त्यस बेलादेखि यता मेरो कट्टर विरोधी भइआएको छ। किनभने सारा मानवजाति माथिको आकाश स्पष्टताको कुनै पनि सङ्केत नभएको धमिलो र कालो छ र मानव जगत घोर अन्धकारमा डुबेको छ, यसैले त्यहाँ बसोबास गर्नेले आफ्नो अनुहार अगाडि फैलिएको आफ्नो हात वा टाउको माथि उठाउँदा सूर्य पनि देख्‍न सक्दैन। उसको खुट्टामुनिको सडक हिलोले ढाकेको र खाल्‍डा-खुल्डीहरूले व्याप्त छ, विचलित पार्ने गरी भूलभूलैया छ; सारा जमिन लासहरूले ढाकेको छ। अँध्यारा कुनाहरू मृतकहरूका अवशेषहरूले भरिएका छन्, र शान्त र अँध्यारा कुनाहरूमा भूतहरूका भीडले बसोबास गरेका छन्। अनि मानिसहरूका संसारमा भूतहरू भीड-भाड गर्दै आवतजावत गर्छन्। फोहोरले ढाकिएका सबै प्रकारका जनावरहरूका सन्तान भीषण युद्धबाट घेरिएका छन् जसको आवाजले हृदयमा आतङ्क पैदा गर्छ। यस्तो समयमा “सांसारिक वैकुण्ठ” रूपी संसारमा जीवनको परमसुख खोज्‍न कुनै एक व्यक्ति कहाँ जान्छ? जीवनको लक्ष्य खोज्‍न कुनै एक व्यक्ति कहाँ जानसक्छ? शैतानको खुट्टाले कुल्चिएपछि मानवजाति पहिलेदेखि नै शैतानको स्वरूप लिएको कलाकार बनेको छ—त्योभन्दा पनि बढी मानवजाति शैतानको मूर्त रूप हो र ठूलो र स्पष्ट आवाजमा शैतानको गवाही दिने प्रमाणको काम गर्छ। यस्तो मानव जाति, यस्ता फोहोरका पोकोहरू, यस्तो भ्रष्ट मानव परिवारको सन्तान कसरी परमेश्‍वरको गवाही बन्‍न सक्छ? मेरो महिमा कहाँबाट आउँछ? कसैले मेरो गवाही बोल्‍न कहाँबाट सुरु गर्छ? किनकि मेरो विरुद्ध उभिने शत्रुले मानिसलाई भ्रष्ट पारेर मानवजातिलाई अघि नै आफ्नो बनाइसकेको छ—त्यो मानवजाति जसलाई मैले धेरै पहिले सृष्टि गरेँ र जो मेरो महिमाले र जीवनशैलीले भरिएको थियो—त्यसलाई दूषित पारेको छ। त्यसले मेरो महिमा खोसेर लगेको छ र शैतानको कुरूपता मिश्रित विष तथा असल र खराबको ज्ञान दिने रूखको फलको रसले मानिसलाई सन्तृप्त पारेको छ। सुरुमा मैले मानवजातिलाई बनाएँ; अर्थात् मानवजातिको पुर्खा आदमलाई बनाएँ। ऊ बल, तेजले भरिएको स्वरूप र प्रतिरूपले सुसम्पन्‍न थियो, यसका अतिरिक्त, ऊ मेरो महिमाको सहभागितामा थियो। मैले मानिसलाई बनाएको त्यो दिन महिमित दिन थियो। त्यसपछि, आदमको शरीरबाट हव्वालाई बनाइयो, र तिनी पनि मानिसकी पुर्खा थिइन्, र यसरी मैले सृष्टि गरेका मानिसहरू मेरा सासले भरिए र मेरो महिमाले भरिपूर्ण भए। आदम मूलरूपमा मेरै हातबाट जन्मिएको थियो र मेरो स्वरूपको प्रतिनिधि थियो। यसैले “आदम” को मूल अर्थ मद्वारा बनाइएको, मेरो जीवनशक्तिद्वारा ओतप्रोत भएको, मेरो महिमाले ओतप्रोत भएको, मेरै स्वरूप र प्रतिरूप भएको, आत्मा र सास भएको भन्‍ने थियो। ऊ आत्मा भएको, मेरो प्रतिनिधित्व गर्न सक्‍ने, मेरो प्रतिरूप भएको र मेरो सास भएको सृष्टि गरिएको एक मात्र प्राणी थियो। सुरुमा, हव्वाचाहिँ सास प्राप्त गरेकी दोस्री मानव थिइन् जसको सृष्टि मैले नै ठहराएँ, यसैले “हव्वा” को मूल अर्थ मेरो महिमालाई निरन्तरता दिने, मेरो जीवनशक्तिद्वारा भरिएकी र यसको अतिरिक्त मेरो महिमाले भरिएकी हुन्छ। हव्वा आदमबाट आई, त्यसैले उसमा पनि मेरो प्रतिरूप थियो, किनकि ऊ मेरो प्रतिरूपमा सृजिएकी दोस्री मानव थिइन्। “हव्वा” को मूल अर्थ आत्मा, शरीर र हाड भएकी जीवित मानव भन्‍ने थियो, जो मानवजातिको बीचमा मेरो दोस्रो गवाहीका हुनुका साथै मेरो दोस्रो प्रतिरूप पनि थिइन्। तिनीहरू मानवजातिका पुर्खाहरू, मानिसका शुद्ध र बहुमूल्य सम्पत्ति, र सुरुबाट नै आत्मा भएका जीवित प्राणीहरू थिए। तथापि, मानवजातिको संसारलाई पूर्ण अन्धकारमा धकेल्दै मानवजातिका पुर्खाहरूका सन्तानलाई दुष्टले कुल्चियो र बन्दी बनायो र ती सन्तानले मेरो अस्तित्वमा विश्‍वासै नगर्ने बनाइदियो। त्योभन्दा घृणित कुरा त यो छ कि दुष्टले मानिसहरूलाई भ्रष्ट पार्ने र तिमीहरूलाई कुल्चीमिल्ची पार्ने काम गर्दा यसले मेरो महिमा, मेरो गवाही, मैले तिनीहरूलाई दिएको जीवनशक्ति, तिनीहरूमाथि मैले फुकेको सास र जीवन, मानव संसारमा भएको सारा महिमा र मैले मानवजातिमा खर्च गरेको मुटुको सारा रगतलाई क्रूरताका साथ जबरजस्ती खोस्दै छ। मानवजाति अब उप्रान्त ज्योतिमा छैन, मानिसहरूले मैले दिएका सबै कुराहरू गुमाएका छन् र मैले दिएको महिमालाई तिनीहरूले लत्याएका छन्। सृष्टि गरिएका सबै प्राणीहरूको परमप्रभु म नै हुँ भन्‍ने कुरा तिनीहरूले कसरी स्वीकार्न सक्छन्? स्वर्गमा भएको मेरो अस्तित्वलाई तिनीहरूले कसरी निरन्तर विश्‍वास गर्न सक्छन्? पृथ्वीमा मेरो महिमाको प्रकटीकरणलाई तिनीहरूले कसरी पत्ता लगाउन सक्छन्? तिनीहरूका पुर्खाहरूले श्रद्धा गरेका परमेश्‍वरलाई यी नातिनातिनाहरूले कसरी तिनीहरूलाई सृष्टि गर्ने परमेश्‍वरको रूपमा लिन सक्छन्? यी दयनीय नातिनातिनाहरूले मैले आदम र हव्वालाई दिएको महिमा, प्रतिरूप र गवाहीका साथै मैले मानवजातिलाई प्रदान गरेको अस्तित्वमा रहनको निम्ति तिनीहरू भर पर्ने जीवन उदारतापूर्वक दुष्टलाई “सुम्पिएका” छन्; र दुष्टको उपस्थितिप्रति तिनीहरू पूर्णरूपमा अनभिज्ञ छन्, र मेरो सारा महिमा त्यसलाई दिन्छन्। “मैला” शब्दको स्रोत यही होइन र? यस्तो मानवजाति, यस्ता दुष्ट भूतहरू, यस्ता हिँड्ने लाशहरू, यस्ता शैतानका आकृतिहरू, यस्ता मेरा शत्रुहरूले कसरी मेरो महिमा प्राप्त गर्छन्? म मेरो महिमालाई पुनः कब्जा गर्नेछु, मानिसहरूको माझमा रहेको मेरो गवाही र कुनै बेला मसँग भएका सबै कुराहरू र मैले धेरै पहिले मानवजातिलाई दिएका कुराहरूलाई म पुनः कब्जा गर्नेछु—म मानवजातिलाई पूर्ण रूपमा जित्‍ने छु। तथापि, मैले सृष्टि गरेका मानवहरू मेरा प्रतिरूप र मेरो महिमा भएका पवित्र मानिसहरू थिए भन्‍ने कुरा तैँले थाहा पाउनुपर्छ। तिनीहरू शैतानका थिएनन्, न त तिनीहरू त्यसको कुल्चाइका वशमा नै थिए, तर तिनीहरू अलिकति पनि शैतानको विष नभएका मेरा विशुद्ध प्रकटीकरण थिए। अनि यसैले, मैले मेरा हातले सृष्टि गरेका, मैले प्रेम गर्ने र अन्य कसैको स्वामित्वमा नभएका पवित्र जनहरूलाई मात्र म चाहन्छु भन्‍ने कुराको जानकारी म मानवजातिलाई दिन चाहन्छु। यसका अतिरिक्त, म तिनीहरूमा आनन्दित हुनेछु र तिनीहरूलाई मेरा महिमा ठान्‍नेछु। तथापि, शैतानले भ्रष्ट पारेको, आज शैतानको वशमा भएका र जो उप्रान्त मेरो मूल सृष्टि होइनन् ती मानवजातिको चाहना मैले गरेको होइन। किनकि शैतानलाई पराजित गरेको महिमाको प्रमाणको रूपमा मानव संसारमा अस्तित्वमा रहेको मेरो महिमालाई म पुनः कब्जा गर्नेछु, मानवजातिका बीचमा बाँचेकाहरूमाथि म पूर्ण विजय हासिल गर्नेछु। मेरो व्यक्तित्वको क्रिस्टलीकरणको लागि मेरै गवाहीलाई मात्र मेरो आनन्दको वस्तुको रूपमा म लिन्छु। मेरो इच्छा यही हो।

मानवजातिलाई अहिलेको अवस्थामा आइपुग्‍न इतिहासका दशौं हजार वर्ष लागेको छ, तथापि मैले सुरुमा सृष्टि गरेको मानवजातिचाहिँ लामो समयदेखि भ्रष्टतामा डुबेको छ। मानवजाति मैले इच्छा गरे जस्तो मानवजाति छैन, र यसैले मेरो नजरमा मानिसहरू मानवजातिको नामले बोलाइन योग्‍यका छैनन्। बरु तिनीहरू मानवजातिका मैलाहरू हुन् जसलाई शैतानले बन्दी बनाएको छ, तिनीहरू शैतानले बास गरेका हिँड्ने कुहिएका लाशहरू हुन् जसलाई शैतानले कपडाको रूपमा पहिरिन्छ। मानिसहरूलाई मेरो अस्तित्वमाथि भरोसा छैन, न त तिनीहरूले मेरो आगमनलाई स्वागत नै गर्छन्। मानवजातिले मेरा अनुरोधहरूलाई अस्थायी रूपमा स्वीकार गरे तापनि असन्तुष्टिका साथ तिनको जवाफ दिन्छ र जीवनका आनन्द तथा दुःखहरू मसँग इमानदारीका साथ बाँड्दैन। मानिसहरूले मलाई रहस्यमय ठान्‍ने हुनाले तिनीहरूले मलाई देखावटी मुस्कान दिन्छन्, तिनीहरूको मनोवृत्ति शक्तिमा आराम गर्नेको जस्तो छ, किनकि मानिसहरूलाई मेरो कामको ज्ञान छैन, मेरो इच्छाको त अहिले कुरै नगरौं। म तिमीहरूसँग इमान्दार हुनेछु: जब त्यो दिन आउँछ मेरा आराधना गर्ने जोकोहीको दुःख तिमीहरूका भन्दा सहन गर्न सक्‍ने किसिमका हुनेछन्। ममाथिको तिमीहरूको विश्‍वास वास्तवमा अय्यूबको भन्दा बढी छैन—यहूदी फरिसीहरूको विश्‍वासले पनि तिमीहरूको विश्‍वासलाई जित्छ—यसैले आगोको दिन आउँदा तिमीहरूको दुःख येशूले हप्‍काउनुभएका फरिसीहरू, मोशाको विरोध गर्ने २५० अगुवाहरू र आफ्नो विनाशको प्रचण्ड ज्वालाको चपेटामा परेको सदोमको भन्दा गम्भीर हुनेछ।

वचन देहमा देखा पर्नुहुन्छको “वास्तविक व्यक्ति बन्‍नुको अर्थ के हो” बाट उद्धृत गरिएको

जो व्यक्तिहरू दियाबलसका हुन् तिनीहरू सबै आफ्नो लागि मात्र जिउँछन्। तिनीहरूको जीवन सम्‍बन्धी दृष्टिकोण र नीति-वाणीहरू शैतानका भनाइहरूबाट आउँछन्, जस्तै, “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ।” दियाबलस राजाहरू, महान व्यक्तिहरू र धर्तीका दार्शनिकहरूले बोलेका शब्दहरू मानिसको जीवन नै बनेका छन्। विशेष रूपमा, चिनियाँ मानिसहरूद्वारा “सन्त” भनेर कहलिएका कन्फ्युसियसका धेरैजसो शब्दहरू मानिसको जीवन भएको छ। बुद्धधर्म र ताओवादका प्रख्यात उखानहरू र प्रसिद्ध व्यक्तिहरूका बारम्बार उद्धृत गरिने चिरपरिचित भनाइहरू पनि छन्; ती सबै शैतानका दर्शनहरू र शैतानको प्रकृतिका रूपरेखाहरू हुन्। तिनीहरू शैतानको प्रकृतिका सर्वश्रेष्ठ चित्रणहरू र व्याख्याहरू पनि हुन्। मानिसको हृदयमा हालिएका यी विषहरू सबै शैतानबाट आएका हुन्; तिनीहरूको सानो अंश पनि परमेश्‍वरबाट आएको होइन्। यस्ता दियाबलसरूपी शब्दहरू परमेश्‍वरका वचनहरूको प्रत्यक्ष विपक्षमा हुन्छन्। यो पूर्ण रूपले स्पष्ट छ कि सबै सकारात्मक कुराहरूको वास्तविकताहरू परमेश्‍वरबाट आउँछन्, र मानिसलाई विषाक्त पार्ने सबै नकारात्मक कुराहरू शैतानबाट आउँछन्। त्यसकारण, तैँले व्यक्तिको प्रकृति अनि ऊ कसको अधीनमा छ भन्ने कुरा जीवन सम्‍बन्धी उसको दृष्टि अनि उसका मूल्य-मान्यताहरूबाट देख्न सक्छस्। शैतानले मानिसहरूलाई राष्ट्रिय सरकारहरू अनि प्रख्यात र महान् व्यक्तिहरूको शिक्षा र प्रभावमार्फत भ्रष्ट तुल्याउँछ। तिनीहरूका दुष्ट शब्दहरू मानिसको जीवन प्रकृति बनेका छन्। “अरूको होइन, आफ्नो दुनो सोझ्याउनुपर्छ” भन्‍ने भनाइ शैतानको चिरपरिचित भनाइ हो, जसलाई हरेक व्यक्तिमा हालिएको छ र यो मानिसको जीवन बनेको छ। जीवन जिउने दर्शनहरूका पनि अन्य शब्दहरू छन् जुन यही भनाइ जस्तै छन्। शैतानले हरेक देशको उत्कृष्ट परम्परागत संस्कृतिलाई प्रयोग गरेर मानिसहरूलाई शिक्षित तुल्याउँछ र मानिसहरूलाई विनाशको सीमा विहीन खाल्डोमा खसेर त्यसद्वारा पुरिने तुल्याउँछ, अनि अन्त्यमा तिनीहरूलाई परमेश्‍वरले नाश गर्नुहुनेछ किनकि तिनीहरूले शैतानको सेवा र परमेश्‍वरको प्रतिरोध गर्छन्।

आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूका अभिलेखहरूको “मानिसको प्रकृति कसरी जान्ने” बाट उद्धृत गरिएको

मानिसलाई धोका दिनको लागि विज्ञानका विभिन्‍न परिणाम र निष्कर्षहरू प्रयोग गर्नेबाहेक, मानिसलाई परमेश्‍वरले दिनुभएको जिउने वातावरणलाई निर्दयी रूपमा विनाश र शोषण गर्न पनि शैतानले विज्ञानकै प्रयोग गर्छ। यदि मानिसले वैज्ञानिक सर्वेक्षण गर्छ भने मानिसको जिउने वातावरण र जीवनको गुणस्तर निरन्तर रूपमा सुधार हुनेछ, यसको साथै वैज्ञानिक विकासको उद्देश्य भनेको दैनिक रूपमा बढ्दै जाने मानिसहरूको भौतिक खाँचोहरूलाई र तिनीहरूको जीवनको गुणस्तरलाई निरन्तर रूपमा सुधार गर्ने तिनीहरूको खाँचोलाई पूरा गर्नु हो भन्‍ने बहानामा त्यसले यसो गर्छ। शैतानले विज्ञानको विकास गर्नुको सैद्धान्तिक आधार यही हो। तैपनि, विज्ञानले मानवजातिमा के ल्याएको छ त? हामी जोडिएको वातावरणमा के-के छन् त? के मानवजातिले सास फेर्ने हावा दूषित भएको छैन र? के हामीले पिउने पानी अझै साँच्‍चै शुद्ध छ र? (छैन।) के हामीले खाने खाना प्राकृतिक छ र? यसमध्ये धेरैजसोलाई रासायनिक मलको प्रयोग गरेर उमारिन्छ र आनुवंशिक रूपान्तरण गरेर यसको खेती गरिन्छ, अनि विभिन्‍न वैज्ञानिक विधिहरूको प्रयोग गरेको कारण तिनमा विभिन्‍न उत्परिवर्तनहरू आउँछन्। हामीले खाने सागसब्‍जी र फलफूलसमेत अब प्राकृतिक छैनन्। प्राकृतिक अन्डासमेत अब भेट्टाउन सजिलो छैन, र शैतानको तथाकथित विज्ञानले पहिले नै प्रशोधन गरेको कारण अन्डाहरूले पहिलेजस्तो स्वाद दिँदैनन्। समग्र चित्रलाई हेर्दा, सम्पूर्ण वायुमण्डललाई नष्ट र प्रदूषित गरिएको छ; हिमाल, ताल-तलैया, खोलानाला, समुद्र, र जमिनमाथि र जमिनमुनिका सबै कुरालाई तथाकथित वैज्ञानिक उपलब्धिले बरबाद पारेको छ। छोटकरीमा, परमेश्‍वरले मानवजातिलाई दिनुभएको जिउने वातावरण अर्थात प्राकृतिक वातावरणलाई सम्पूर्ण रूपमा तथाकथित विज्ञानले नष्ट र विनाश गरेको छ। आफ्ना र देहका इच्‍छाहरूलाई सन्तुष्ट पार्दै, आफूले खोजेको जीवनको गुणस्तरअनुसार आफूले सधैँ आशा गरेका कुराहरू प्राप्त गर्ने मानिसहरू धेरै छन्, तैपनि मानिस जिउने वातावरणलाई विज्ञानले ल्याएका विभिन्‍न “उपलब्धिहरू” ले नष्ट र विनाश गरेको छ। एकपटक चोखो हावाको सास फेर्ने अधिकारसमेत हामीसँग अब रहेन। के यो मानवजातिको लागि शोक होइन र? यस प्रकारको स्थानमा जिउनु पर्दा, के मानिससँग अब कुरा गर्नको लागि कुनै खुशी बाँकी रहेको छ र? मानिस जिउने यो स्थान र जिउने वातावरणलाई सुरुबाट नै परमेश्‍वरले मानिसको लागि सृष्टि गर्नुभएको थियो। मानिसहरूले पिउने पानी, मानिसहरूले सास फेर्ने हावा, मानिसहरूले खाने खाना, बोटविरुवा, रूख, र समुद्र—यस जीवित वातावरणको हरेक भाग नै परमेश्‍वरले मानिसलाई दिनुभएको थियो; यो प्राकृतिक छ, परमेश्‍वरले तय गर्नुभएको प्राकृतिक नियमअनुसार चलिरहेको छ। यदि विज्ञान नै नभएको भए, मानिसहरू खुशी हुनेथिए र परमेश्‍वरको मार्गअनुसार र तिनीहरूलाई आनन्द लिनको लागि परमेश्‍वरले दिनुभएअनुसार नै तिनीहरूले सबै कुराको आनन्द तिनको सबैभन्दा मौलिक अवस्थामा लिन सक्थे। तर, अहिले यो सबैलाई शैतानले नष्ट र विनाश गरेको छ; मानिसहरू जिउने आधारभूत क्षेत्र अब मौलिक रहेन। तर यसलाई केले पैदा गरेको हो वा यो कसरी आयो सो कसैले पहिचान गर्न सक्दैन, अनि मानिसहरू अझै बढी विज्ञानको सरण पर्छन् र तिनीहरूले यसलाई शैतानले तिनीहरूको मनमस्तिष्कमा घुसाइदिएको विचारहरूद्वारा बुझ्छन्। के यो अत्यन्तै घृणास्पद र दयनीय कुरा होइन र? शैतानले मानिसहरू अस्तित्वमा रहेको क्षेत्रका साथै तिनीहरूको वातावरणलाई लिएको छ र तिनीहरूलाई यो भ्रष्ट तुल्याई यो स्थितिमा पुर्‍याएको छ, र मानवजाति अटुट रूपमा यही मार्गमा विकसित भएमा के यी मानिसहरूलाई व्यक्तिगत रूपमा परमेश्‍वरले नष्ट गर्नु आवश्यक छ? यदि मानिसहरूले यहीअनुरूप विकास हुने कार्यलाई जारी राखे भने, तिनीहरूले कुन दिशा लिनेछन्? (तिनीहरूलाई नष्ट पारिनेछ।) तिनीहरूलाई कसरी नष्ट पारिनेछ? ख्याति र प्राप्तिसम्‍बन्धी मानिसहरूको लोभी खोजबाहेक, तिनीहरूले अटुट रूपमा वैज्ञानिक अन्वेषणलाई अघि बढाउँछन् र गहन सर्वेक्षण गर्छन्, त्यसपछि तिनीहरूले आफ्‍नै भौतिक खाँचो र इच्‍छाहरूलाई सन्तुष्ट तुल्याउनको लागि लापरवाहीसाथ कार्य गर्छन्; त्यसो भए, मानिसको लागि के-कस्ता परिणामहरू हुन्छन् त? सर्वप्रथम, पर्यावरणीय सन्तुलन बिग्रन्छ, र जब यस्तो हुन्छ, यो असन्तुलित वातावरणले मानिसहरूका शरीर, तिनीहरूका भित्री अङ्गहरूलाई बिगार्छ र क्षतिग्रस्त पार्छ, र संसारभरि विभिन्‍न प्रकारका सङ्क्रामक रोग र महामारीहरू फैलन्छन्। अहिलेको यो अवस्था मानिसले नियन्त्रण गर्नै नसक्‍ने भएको छ भन्‍ने कुरा के साँचो होइन र? अब तिमीहरू यसलाई बुझ्छौ, यदि मानवजातिले परमेश्‍वरलाई पछ्याउँदैन, बरु निरन्तर आफैलाई सम्पन्‍न तुल्याउनको लागि ज्ञानको प्रयोग गर्दै, मानव जीवनको भविष्यलाई अन्वेषण गर्न सधैँ विज्ञानको प्रयोग गर्दै, निरन्तर बाँचिरहनको लागि यस प्रकारको विधि प्रयोग गर्दै सधैँ यसरी नै शैतानलाई पछ्याउँछ भने, मानवजातिको अन्त्य कसरी हुन्छ, के तँ त्यसलाई पहिचान गर्न सक्छस्? (यो लोप हुनेछ।) हो, लोप भएर नै यसको अन्त्य हुनेछ: मानवजाति एकपछि अर्को कदम गर्दै झन्-झन् आफ्‍नै लोपतर्फ जाँदैछ!

वचन देहमा देखा पर्नुहुन्छको “परमेश्‍वर स्वयम् अद्वितीय ६” बाट उद्धृत गरिएको

फूटनोटहरू:

१. “गैरजैविक रूपमा विखण्डनीय” यो यहाँ व्यङ्ग्यको रूपमा छ, जसको अर्थ मानिसहरू तिनीहरूको ज्ञान, संस्कृति र आध्यात्मिक दृष्टिकोणमा कठोर हुन्छन् भन्ने हो।

२. “व्यवस्थाले नभेट्ने ठाउँमा स्वतन्त्र रूपले घुम्दै” ले शैतान रिसले बौलाएर अनियन्त्रित भई दौडिन्छ भन्‍ने सङ्केत गर्दछ।

३. “पूरै लथालिङ्ग” ले शैतानको हिंस्रक व्यवहार हेर्नु पनि असहनीय हुन्छ भनी सङ्केत गर्दछ।

४. “चोट लागेको र कुटपिट गरिएको” भनेको शैतानको राजाको कुरूप अनुहार हो।

५. “एउटै दाउमा सबै जित्‍ने” भनेको अन्तमा जित्ने आशामा आफ्नो सबै पैसा एकल सर्तमा राख्नु हो। यो शैतानको भयावह र नराम्रा योजनाहरूका लागि एउटा उपमा हो। यो वाक्यांश खिसी गर्नका निम्ति प्रयोग गरिन्छ।

क. चार पुस्तक र पञ्‍चोत्कृष्ट पुस्तकहरू चीन देशको कन्फ्युसियस धर्मको आधिकारिक पुस्तकहरू हुन्।

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

परमेश्‍वरले आखिरी दिनहरूमा शैतानको क्षेत्रको अन्धकार युगलाई कसरी समाप्त गर्नुहुन्छ

परमेश्‍वरका प्रासंगिक वचनहरू: जब मानिसहरू सबैलाई पूर्ण बनाइ सकिन्छन् र पृथ्वीका सबै राष्ट्रहरू ख्रीष्टको राज्य बन्छन्, तब यो सात मेघ गर्जन...

संसारमा रहेको अन्धकार र दुष्टताको जड शैतानले मानवजातिलाई छल गर्नु र भ्रष्ट पार्नु नै हो

परमेश्‍वरका प्रासंगिक वचनहरू:सुरुमा परमेश्‍वरद्वारा सृष्टि गरिएका आदम र हव्‍वा पवित्र मानिसहरू थिए, अर्थात्, अदनको बगैंचामा हुँदा तिनीहरू...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्