तपाईं “पूर्वीय ज्योति” देखा पर्नुभएका आखिरी दिनका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्‍वर र उहाँको काम हो भनी गवाही दिनुहुन्छ, तर मैले बाइडु र विकिपीडिया जस्ता प्रसिद्ध वेबसाइटहरूमा धेरै लेखहरू पढेको छु, जसले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको निन्दा, आक्रमण, र बदनाम गर्छ। मलाई थाहा छ, बाइडुमा राखिएका जानकारी चिनियाँ कम्युनिस्ट पार्टीद्वारा निगरानी र नियन्त्रित गरिन्छ, र यो अनिवार्य रूपमा विश्‍वसनीय छ भन्ने हुँदैन। तर विकिपीडिया जस्ता विदेशी वेबसाइटहरूले पनि तपाईंहरूको निन्दा गर्न चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक संसारलाई पछ्याइरहेका छन्। मैले यो कुरा बुझ्न सकेको छैन—यी वेबसाइटहरूमा हुने अभिव्यक्तिहरू साँचा हुन् कि झूटा हुन्?

8 फेब्रुअरी 2022

उत्तर:

वर्तमान समयमा, ठूलो रातो अजिङ्गरका दुष्ट शक्तिहरू र धार्मिक समुदायका ख्रीष्टविरोधी शक्तिहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको बारेमा धेरै झुटहरू बुनेका छन्—ती झुटहरू विश्‍व प्रसिद्ध वेबसाइट विकिपिडियाद्वारा प्रकाशित गरिएको छ। साँचो मार्गको अनुसन्धान गरिरहँदा, केही मानिसहरू सीधै विकिपिडियालाई जान्छन्: “म विकिपिडियालाई भरोसा गर्छु। यदि यसले यो साँचो मार्ग हो भनेर भन्छ भने म यसलाई विश्‍वास गर्छु; यदि यो साँचो मार्ग होइन भन्छ भने, म विश्‍वास गर्दिनँ।” यी मानिसहरूले विकिपिडियाको आधारमा कुनै कुरा साँचो मार्ग हो कि होइन भनेर मापन गर्छन्। के यो सत्यतासँग मेल खान्छ? के विकिपिडियामा सत्यता पाउन सकिन्छ? के परमेश्‍वरका वचनहरू विकिपिडियामा पाउन सकिन्छ? के विकिपिडिया सम्पादन गर्ने मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन्? उनीहरू गर्दैनन्। त्यसो भए, विकिपिडिया अविश्‍वासीहरूको वेबसाइट हो। यो उनीहरूद्वारा सङ्कलित सामग्रीहरूको प्रयोग गरेर अविश्‍वासीहरूको दृष्टिकोणबाट लेखिएको र सम्पादन गरिएको छ। के अविश्‍वासीहरूको स्वामित्वमा सत्य हुन्छ? के अविश्‍वासीहरूद्वारा बोलिएका शब्दहरू तथ्य हुन्छन्, र सत्यअनुरूप हुन्छन्? के ती अविश्‍वासीहरूको वेबसाइटहरूमा कुनै झूटहरू, कुनै विधर्मी कुराहरू छैनन्, कुनै मिथ्या कुराहरू छैनन्? अविश्‍वासीहरू ती मानिसहरू हुन् जो शैतानद्वारा गम्भीर रूपमा भ्रष्ट भएका छन् र परमेश्‍वरलाई पिठ्यूँ फर्काएका छन्। उनीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन्, उनीहरू विश्‍वासी होइनन्, उनीहरूको सारत्व दियाबलस शैतानको हुन्छ, र उनीहरूले केवल अरूका शब्दहरूलाई सुगा-रटाइ रट्छन्, जुन केवल झूटको थुप्रो हो, जसमा एक शब्द पनि सत्यतासँग मेल खाने हुँदैन। यसप्रकार, अविश्‍वासीहरूको वचनहरू भ्रमहरूबाहेक अरू केही होइन। के यसलाई शंका गर्न सकिन्छ? विकिपिडियाले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको बारेमा साँचो तथ्य र गवाहीहरू प्रकाशित गर्दैन। यसले धार्मिक संसार र नास्तिक चिनियाँ कम्युनिस्ट पार्टीको सरकारका झूट र भ्रमहरू मात्र प्रकाशित गर्छ। यो कस्तो प्रकारको वेबसाइट हो? के यसले संसारको दुष्ट शक्तिहरूको प्रतिनिधित्व गर्दैन र? सर्वशक्तिमान्‌ परमेश्‍वरद्वारा व्यक्त गरिएका वचनहरू र सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरूको साँचो प्रयोगात्मक गवाहीहरूलाई सबै मानवजातिको खोज र अन्वेषणको लागि धेरै पहिले देखि अनलाइन प्रकाशित गरिएको छ—त्यसो भए त्यहाँ किन यसलाई कुनै उल्लेख नै गरिएको छैन त? चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीलाई सधैं दुष्टतापूर्वक दमन गरेको र सताएको छ, र यी तथ्यहरू लामो समयदेखि अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूद्वारा अनलाइन प्रकाशित गरिएका छन्। यी कुराहरू विकिपिडियामा किन छैनन् त? यसको सट्टा, विकिपिडियाले चिनियाँ कम्युनिस्ट पार्टीको सरकार र धार्मिक समुदायद्वारा सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीको बदनाम गर्न आपनाएका हरेक झूट र प्रयासहरूलाई प्रकाशित गर्छ। अनि यो जानाजानी गलत सूचना र असत्य फैलाउने संगठन भएन र? के यो शैतानद्वारा मानिसहरूलाई झुक्क्याउन प्रयोग गरिने एउटा औजार होइन र? विकिपिडियाका सम्पादकहरूद्वारा आफैले जाँच नै नगरीकन नास्तिक चिनियाँ कम्युनिस्ट पार्टीको सरकार र धार्मिक समुदायका ख्रीष्टविरोधीहरूका वचनहरूमा भरोसा गर्नु र तिनलाई प्रसार गर्नु हास्यास्पद र निरर्थक छ। यसले देखाउँछ कि उनीहरू सत्यबाट वञ्‍चित छन्, र सारमा उनीहरू निरर्थक, बेवकूफ मानिसहरू, दियाबलस शैतानका रूप हुन्। विकिपिडियाले परमेश्‍वरको आखिरी दिनहरूको कामको गाली, आलोचना र निन्दा गर्न चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक समुदायको अनुसरण गर्छ; यसले आखिरी दिनहरूका ख्रीष्टविरूद्ध ईश्‍वरनिन्दा गरेको छ, साँचो मार्गको निन्दा गरेको छ, र यो परमेश्‍वरद्वारा श्रापित छ। अनि विकिपिडियाद्वारा चिनियाँ कम्युनिस्ट पार्टी र धार्मिक समुदायको अनुसरण गरेको कुराले कस्तो समस्यालाई संकेत गर्छ? यसले देखाउँछ कि संसार अँध्यारो र दुष्ट छ, मानवजाति शैतानद्वारा गम्भीर रूपमा भ्रष्ट भएको र परमेश्‍वरविरुद्धको शत्रुवत शक्ति बनेको छ! यसले पनि बाइबलका यी वचनहरू पूरा गर्छ: “सारा संसार दुष्टतामा छ(१ यूहन्‍ना ५:१९), “यो दुष्ट पुस्ता हो(लूका ११:२९)। केही मानिसहरू संसारको अन्धकार र दुष्ट सारप्रति पूरै अन्जान छन्। साँचो मार्गको जाँच गरिरहँदा, अझै पनि उनीहरूमा विकिपिडियालाई भरोसा गर्ने, र यसले प्रकाशित गरेका दियाबलसरूपी वचनहरू र अफवाहहरूको विश्‍वास गर्ने प्रवृत्ति हुन्छ। के यस्ता मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्नेहरू हुन् त? उनीहरू होइनन्। उनीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन्, न त उनीहरू परमेश्‍वर सत्य हुनुहुन्छ भनेर नै स्वीकार गर्छन्, उनिहरूलाई सत्य थाहा हुन्छ भन्‍ने त कुरै नगरौँ। जब उनीहरूले साँचो मार्गको अनुसन्धान गर्छन्, उनीहरू परमेश्‍वरका वचनहरूको खोजी गर्ने वा परमेश्‍वरको आवाज सुन्‍ने गर्दैनन्, बरु दियाबलस शैतानका वचनहरूमा भरोसा गर्छन् र त्यसकै वचनहरूलाई सत्य मान्छन्—उनीहरू जसमा विश्‍वास गर्छन्, के त्यो दियाबलस शैतान होइन र? यसैले, त्यस्ता मानिसहरू साँच्‍चै साँचो मार्गको अनुसन्धान गर्ने व्यक्तिहरू होइनन्। शैतानको दियाबलसरूपी वचन र अफवाहहरू सुन्‍नेबित्तिकै उनीहरू छलमा परिहाल्छन् र भुइँमा पछारिन्छन्। के यस्ता मानिसहरू बुद्धिमान हुन् त? परमेश्‍वरको भेडाले उहाँको आवाज सुन्छ, जबकि दियाबलसको अधीनमा रहेकाहरूले दियाबलसकै वचनहरू सुन्छन्; उनीहरू परमेश्‍वरको आवाज सुन्‍न अस्वीकार गर्छन्, र बरु दियाबलस शैतानका वचनहरू सुन्छन्। यस्तो आधारभूत भूल गर्ने तिनीहरू पक्‍कै मूर्ख र बेवकूफ मानिसहरू हुन् जो दियाबलस शैतानको अधीनमा छन्!

जब हामी साँचो तरिकाको जाँच गर्छौं, हामीले सर्वशक्तिमान्‌ परमेश्‍वरद्वारा व्यक्त गरिएका वचनहरू सत्य र परमेश्‍वरको आवाज हुन् कि होइनन् भनी हेर्नुपर्छ। यदि यी वचनहरू सत्य हुन्, यदि तिनीहरू परमेश्‍वरको आवाज हुन्, र यदि यो साँच्‍चै आखिरी दिनहरूको परमेश्‍वरको देखापराइ र उहाँको काम हो भने, दियाबलस शैतानले जेसुकै भने पनि हामीले विश्‍वास गर्नैपर्छ—किनभने परमेश्‍वर वास्तविक हुनुहुन्छ, परमेश्‍वरका वचनहरू सत्य हुन्, र परमेश्‍वरको काम कहिल्यै गलत हुन सक्दैन। कुनै पनि मानव गलत हुन सक्छ, तर परमेश्‍वर गलत हुन सक्‍नुहुन्‍न; कुनै पनि मानवले झुट बोल्न सक्छ र अरूलाई झुक्क्याउन सक्छ, तर परमेश्‍वर झूट बोल्नुहुन्‍न, उहाँ पवित्र र धर्मी हुनुहुन्छ, उहाँ सत्य हुनुहुन्छ। त्यसैले, जो साँच्‍चै परमेश्‍वरमा विश्‍वास गर्छन् र सत्यलाई प्रेम गर्छन्, तिनीहरूले ती वचनहरू परमेश्‍वरको आवाज र काम हुन् कि होइनन् भनेर मात्र हेर्छन्, चाहे अविश्‍वासी, मिडिया र वेबसाइटहरूद्वारा जस्तोसुकै टिप्पणीहरू नै किन नआऊन् र शक्तिहरू वा धार्मिक संसारबाट जतिसुकै दमन, सतावट, निन्दा र विरोध नै किन नहोस्। उनीहरूले यो परमेश्‍वरको आवाज हो भन्‍ने निर्धारण गर्नेबित्तिकै कुनै पनि व्यक्ति, मामला, वा वस्तुहरूको बन्धनमा नपरी परमेश्‍वरको अनुसरण गरिहाल्छन्। त्यस्ता मानिसहरूले मात्रै साँच्‍चै परमेश्‍वरमा विश्‍वास गर्छन्, उनीहरू मात्र बुद्धिमती कन्याहरू हुन्, र यो प्रभु येशूले भन्‍नुभए जस्तै कुरा हो: “मेरो भेडाले मेरो सोर सुन्छ, र म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन्(यूहन्‍ना १०:२७)। विश्‍वास नगर्ने र सत्यलाई प्रेम नगर्ने बरु भोक मेट्नको लागि रोटी मात्र माग्‍नेहरूले सत्यको खोजी गर्दैनन्, यसको सट्टा, अन्धाधुन्ध शैतानको दियाबलसरूपी वचन र अफवाहहरू सुन्छन्, र शैतानको नेतृत्वलाई समेत पछ्याउदै यी अफवाहहरूको दलाली गर्छन् र परमेश्‍वरको आखिरी दिनहरूको कामको उन्मत्त रूपमा आलोचना र निन्दा गरिरहन्छन्। यी मानिसहरू खुला सामाहरू हुन्, र जब परमेश्‍वरको काम समाप्त हुन्छ र जब ठूला प्रकोपहरूको वर्षा हुन्छ, तिनीहरू हटाइन र दण्डित हुन सक्छन्, प्रकोपमा पर्दा उनीहरूले दाह्रा किट्नेछन् र रुवाबासी गर्नेछन्। यसले बाइबलमा भनिएको यो भनाइलाई पूरा गर्छ: “ज्ञानको कमीको कारण मेरा मानिसहरू नष्ट पारिएका छन्(होशे ४:६)। र “मूर्खहरू बुद्धिको चाहनामा मर्छन्” (हितोपदेश १०:२१)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्