मानिसहरूको देहको जीवन एकै क्षणमा, केही दशकमा समाप्त हुन्छ। पछाडि फर्केर हेर्दै, तिनीहरू आफ्नो जीवनलाई सम्झन्छन्: स्कूल गएको, काम गरेको, बिहे गरेको, छोराछोरी जन्माएको, मृत्यु पर्खेको, तिनीहरूको सम्पूर्ण जीवन परिवार, पैसा, हैसियत, सम्पत्ति र इज्जतको लागि व्यस्त बनेर यताउता दौडधूप गर्नुमा बितेको हुन्छ, मानव अस्तित्वको वास्तविक दिशा र उद्देश्यबाट पूर्ण रूपमा वञ्चित रहेको हुन्छ, र जीवित रहनुमा कुनै महत्त्व वा अर्थ पाउन सकेको हुँदैन। त्यसैले मानिसहरू एक पुस्तादेखि अर्को पुस्तासम्‍म यस्तो पीडादायक र खोक्रो तरिकाले जिउँछन्। किन मानिसहरूको जीवन यति पीडादायी र खोक्रो छ? र मानव अस्तित्वको पीडा र खोक्रोपनको समाधान कसरी गर्न सकिन्छ?

7 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

मानिसहरूले भोग्ने जन्म, मृत्यु, बिराम अनि वृद्धावस्था हुने आजीवन कष्टको स्रोत के हो? के कुराले मानिसहरूमा यी कुराहरू आउने तुल्यायो? मानिसहरूलाई सर्वप्रथम सृष्टि गरिएको बेला तिनीहरूमा यी कुराहरू थिएनन्, थिए त? त्यसो भए, यी कुराहरू कहाँबाट आए त? मानिसहरूलाई शैतानले परीक्षामा पारेपछि र तिनीहरूको देह विकृत भएपछि यी कुराहरू अस्तित्वमा आए। शैतानले मानवजातिलाई भ्रष्ट तुल्याइसकेपछि मात्र मानव देहको पीडा, यसका वेदनाहरू, अनि यसका रिक्तताहरू र साथसाथै मानव संसारका अति नै दयनीय मामलाहरू आए। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याइसकेपछि, त्यसले तिनीहरूलाई सताउन सुरु गर्‍यो। फलस्वरूप, तिनीहरू झन्-झन् विकृत हुँदै गए। मानवजातिका रोगहरू झन्-झन् तीव्र बन्दै गए अनि तिनीहरूको कष्ट झन्-झन् गम्भीर बन्दै गयो। बढ्दो रूपमा, मानिसहरूले मानव संसारको रिक्तता र वियोग अनुभूति गर्दै गए; मानिसहरूसँग बाँच्नलाई कुनै साधन र कुनै आशा थिएन। यसरी, यो कष्ट मानिसहरूमा शैतानले ल्याइदियो।

— आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “परमेश्‍वरले सांसारिक कष्ट चाख्नुको महत्त्व”

मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र ज्ञान औजार बनेका छन्, र परमेश्‍वरलाई आराधना गर्न मानवका निम्ति पर्याप्‍त स्थान छैन, र परमेश्‍वरको आराधना गर्नका लागि उपयुक्त परिस्थिति पनि छैन। मानवको हृदयमा परमेश्‍वरको स्थान अझै तल भासिएको छ। मानवको हृदयमा परमेश्‍वर नहुनुभएको हुनाले उसको भित्री संसार अँध्यारो, आशा विहीन, र खाली भएको छ। यसरी नै परमेश्‍वरले मानवलाई सृष्‍टि गर्नुभयो भन्‍ने सत्यताको विरोध गर्न, मानवजातिको हृदय र मनलाई सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरूले भर्न धेरै सामाजिक वैज्ञानिकहरू, इतिहासकारहरू, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यस तरिकाले, परमेश्‍वरले सबै थोक सृष्‍टि गर्नुभयो भनी विश्‍वास गर्नेहरू पहिलेभन्दा नै थोरै भएका छन्, र विकासवादको सिद्धान्तमा विश्‍वास गर्नेहरू संख्यामा पहिलेभन्दा धेरै भएका छन्। पुरानो करारीय युगमा भएका परमेश्‍वरका काम र उहाँका वचनहरूका विवरणहरूलाई धेरै मानिसहरूले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिएका छन्। परमेश्‍वरको गरिमा र महानता, परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ र सबै थोकमाथि उहाँको प्रभुत्व छ भन्ने सिद्धान्तमा मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र देशहरू र राज्यहरूका नियति तिनीहरूका लागि महत्वपूर्ण रहँदैनन्, र मानव केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … आज परमेश्‍वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी केही मानिसहरूले मात्र खोज्छन् वा मानवको गन्तव्यमा उहाँले कसरी नेतृत्व दिनुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोजेका हुन्छन्। अनि यसरी, मानवलाई थाहा नै नभई मानव सभ्यता मानवका चाहनालाई काट्न थोरै सक्षम हुन्छ, अनि यस किसिमको संसारमा जिउँदा त, पहिले नै बितेर गइसकेकाहरूभन्दा पनि कम खुशी छौं भन्‍ने अनुभूति गर्ने मानिसहरू समेत धेरै छन्। उच्‍च सभ्यता प्राप्‍त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्। किनभने परमेश्‍वरको मार्गदर्शन विना शासकहरू र समाजशास्‍त्रीहरूले मानव सभ्यतालाई बचाउन तिनीहरूका दिमागहरूलाई जति नै तन्काए पनि यसले कुनै फाइदा गर्दैन। मानवको हृदयमा भएको खालीपनलाई कसैले पनि भर्न सक्दैन, किनकि कोही पनि मानवको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानवलाई ऊ पीडित भएको खालीपनबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, फुर्सत, सान्त्वना: यिनीहरूले मानवलाई केवल अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि मानवले पक्‍कै पाप गर्नेछ र समाजका अन्यायहरूमा पछुतो गर्नेछ। यी कुराहरूले अन्वेषण गर्ने मानवका लालसा र इच्छालाई रोक्‍न सक्दैनन्। यो हुनुको कारणचाहिँ मानवलाई परमेश्‍वरले बनाउनुभयो र अर्थहीन बलिदानहरू र मानवका अन्वेषणहरूले उसलाई अझै कष्‍टमा मात्र लैजान सक्छ र मानवलाई लगातार डरको अवस्थामा मात्र राख्छ, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्‍ने उसलाई थाहा हुँदैन। मानव विज्ञान र ज्ञानसँग पनि डराउनेछ, र खालीपनको अनुभूतिमा पनि ऊ अझ डराउनेछ। यस संसारमा, तँ स्वतन्त्र देशमा होस् वा मानवअधिकार नभएको देशमा होस्, जहाँ बसे पनि मानवजातिको भवितव्यबाट बच्‍न तँ पूर्ण असक्षम छस्। तँ शासक वा शासित जो भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो इच्छाबाट बच्न पूर्ण रूपमा असक्षम छस्, खालीपनको चिन्ताको चेतनाबाट बच्न त अझै बढी असक्षम छस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई समाजशास्‍त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तर पनि यस्ता समस्याहरू समाधान गर्नका लागि कुनै पनि महामानव अगाडि आएको छैन। जेसुकै भए तापनि, मानव भनेको मानव नै हो, अनि परमेश्‍वरको स्थान र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापन गर्न सक्दैन। मानवजातिलाई निष्पक्ष समाजले मात्र पुग्दैन जहाँ प्रत्येकलाई राम्रोसँग खुवाइन्छ, र ऊ समान र स्वतन्त्र हुन्छ; मानवजातिका लागि आवश्यक परेको कुराचाहिँ परमेश्‍वरको मुक्ति र तिनीहरूलाई उहाँको जीवनको बन्दोबस्त हो। मानवले परमेश्‍वरको जीवनको बन्दोबस्त र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र अन्वेषण गर्ने इच्छा, र मानवको आत्मिक खालीपनको समाधान हुन्छ। यदि एक देश वा राज्यका मानिसहरूले मुक्ति र परमेश्‍वरको हेरचाह पाउन सकेनन् भने, तब यस्तो देश वा राज्य विनाशको बाटोमा अन्धकारतर्फ अघि बढ्नेछ, र परमेश्‍वरले त्यसलाई विनाश गर्नुहुनेछ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ

कतिपय मानिसहरूसँग “नियति भनेको त्यही हो” भन्‍ने वाक्यको बारेमा उल्‍लेखनीय, गहन बुझाइ हुन्छ, तैपनि तिनीहरूले परमेश्‍वरको सार्वभौमिकतामा अलिकति पनि विश्‍वास गर्दैनन्; परमेश्‍वरले नै मानव नियतिलाई बन्दोबस्त र योजनाबद्ध गर्नुहुन्छ भन्‍नेमा तिनीहरू विश्‍वास गर्दैनन्, र तिनीहरू परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुन अनिच्‍छुक हुन्छन्। त्यस्ता मानिसहरू छालहरूले यता-उता फालेर, बहावसँगै बगिरहने जस्तो, निष्क्रिय रूपले प्रतीक्षा गर्दै आफैलाई नियतिको हातमा समर्पित गर्नेबाहेक अन्य विकल्‍प विहीन हुन्छन्। तैपनि मानव नियति परमेश्‍वरको सार्वभौमिकताको अधीनमा छ भन्‍ने तिनीहरूले पहिचान गर्दैनन्; तिनीहरूले आफै परमेश्‍वरको सार्वभौमिकता जान्‍न पहल गरेर परमेश्‍वरको अख्तियारको ज्ञान हासिल गर्न, परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन, नियतिलाई इन्कार गर्न छोड्न, र परमेश्‍वरको हेरचाह, सुरक्षा, र मार्गनिर्देशनमा जिउन सक्दैनन्। अर्को शब्‍दमा भन्दा, नियतिलाई स्वीकार गर्नु र सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुनु एउटै कुरा होइन; व्यक्तिले नियतिमा विश्‍वास गर्छ भन्दैमा उसले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गर्छ, पहिचान गर्छ, र चिन्छ भन्‍ने हुँदैन; नियतिमा विश्‍वास गर्नु भनेको यसको सत्यता र यसको बाहिरी प्रकटीकरणलाई पहिचान गर्नु मात्रै हो। यो कुरा सृष्टिकर्ताले मानवजातिको नियतिमाथि कसरी शासन गर्नुहुन्छ भन्‍ने कुरा जान्‍नुभन्दा फरक छ, सृष्टिकर्ता यावत् थोकको नियतिमाथिको प्रभुत्वको स्रोत हुनुहुन्छ भन्‍ने कुरालाई पहिचान गर्नुभन्दा फरक छ, र मानवजातिको नियतिको लागि सृष्टिकर्ताको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनुभन्दा निकै टाढाको कुरा हो। यदि व्यक्तिले नियतिमा विश्‍वास मात्रै गर्छ—चाहे उसले यसको बारेमा गहन अनुभव नै किन नगरोस्—तर उसले मानवजातिको नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍न र पहिचान गर्न, यसमा समर्पित हुन र यसलाई स्वीकार गर्न सक्दैन भने, तिनीहरूको जीवन एउटा दुःखान्त, व्यर्थमा जिइएको, खोक्रो जीवन हुनेछ; तिनीहरू अझै पनि सृष्टिकर्ताको प्रभुत्वमा आउन, सबैभन्दा सच्‍चा अर्थमा सृष्टि गरिएको मानिस बन्‍न, अनि सृष्टिकर्ताको स्वीकृती प्राप्त गर्न असमर्थ हुनेछन्। सृष्टिकर्ताको सार्वभौमिकतालाई साँचो रूपमा जान्‍ने र अनुभव गर्ने व्यक्ति सक्रिय स्थितिमा हुनुपर्छ, निष्क्रिय वा लाचार स्थितिमा होइन। त्यस्तो व्यक्तिले सबै कुराहरूको नियति पूर्वनिर्धारित हुन्छ भन्‍ने कुरालाई स्वीकार गर्ने भए तापनि, तिनीहरूले जीवन र नियति सम्‍बन्धी यथार्थ परिभाषा धारण गर्नुपर्छ: हरेक जीवन सृष्टिकर्ताको सार्वभौमिकताको अधीनमा हुन्छ। जब व्यक्तिले आफूले हिँडेको बाटोलाई फर्केर हेर्छ, जब व्यक्तिले आफ्‍नो यात्राको हरेक चरणलाई सम्‍झन्छ, तब उसले उसको यात्रा कठिन वा सहज जेसुकै भए पनि, हरेक चरणमा परमेश्‍वरले नै उसलाई मार्गनिर्देशित गरिरहनुभएको थियो, यसको बारेमा योजना गरिरहनुभएको थियो भन्‍ने देख्छ। व्यक्तिले थाहै नपाई उसलाई आजसम्‍म डोर्‍याउने भनेको परमेश्‍वरको सावधानीपूर्ण बन्दोबस्त, उहाँको होसियार योजना नै थियो। सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गर्न सक्षम हुनु, उहाँ मार्फत मुक्ति प्राप्त गर्न सक्षम हुनु—आहा कस्तो सौभाग्यको कुरो! यदि नियतिप्रति व्यक्तिको मनोवृत्ति नकरात्मक छ भने, परमेश्‍वरले तिनीहरूका लागि बन्दोबस्त गर्नुभएका सबै कुराहरूको तिनीहरूले प्रतिरोध गरिरहेका छन् र तिनीहरूमा समर्पित मनोवृत्ति छैन भन्ने प्रमाणित गर्छ। यदि मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकताप्रति व्यक्तिको मनोवृत्ति सकरात्‍मक छ भने, जब व्यक्तिले आफ्‍नो यात्रालाई फर्केर हेर्छ, जब व्यक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई साँचो रूपले बुझ्छ, तब उसले परमेश्‍वरले बन्दोबस्त गर्नुभएको सबै कुरामा थप इमानदारीताका साथ समर्पित हुने इच्‍छा गर्नेछ, परमेश्‍वरलाई आफ्‍नो नियतिको योजना गर्न दिन र परमेश्‍वरको विरुद्धमा विद्रोह गर्न छाड्नको लागि उसमा थप संकल्प र आत्मविश्वास हुन्छ। किनभने जब व्यक्तिले नियतिलाई बुझ्दैन, जब व्यक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई बुझ्दैन, जब व्यक्तिले कुहिरोभित्र लर्खराउँदै र ढलपलिँदै दृढताका साथ छामछुम गर्दै अघि बढ्छ, तब उसले त्यो यात्रा अत्यन्तै कठिन, अत्यन्तै हृदयविदारक हुन्छ भन्‍ने कुरा बुझ्छ। त्यसकारण, जब मानिसहरूले मानव नियतिमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान गर्छन्, तब चलाखहरूले यसलाई जान्‍ने र स्वीकार गर्ने, तिनीहरूले आफ्‍नै दुई हातले सुन्दर जीवन निर्माण गर्ने प्रयास गर्दाका पीडादायी दिनहरूलाई बिदा गर्ने, र नियतिको विरुद्धमा संघर्ष गर्न अनि आफ्ना तथाकथित “जीवन लक्ष्यहरू” आफ्‍नै तरिकाले खोज्न छाड्ने निर्णय गर्छन्। जब कुनै व्यक्तिसँग परमेश्‍वर हुनुहुन्न, जब व्यक्तिले उहाँलाई देख्‍न सक्दैन, जब व्यक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई स्पष्ट रूपमा पहिचान गर्न सक्दैन, तब हरेक दिन अर्थहीन, निरर्थक, दुःखदायी हुन्छ। व्यक्ति जहाँ भए पनि, व्यक्तिको जागिर जे भए पनि, उसको दिनचर्याका माध्यमहरू र लक्ष्यहरूको खोजी कार्यले उसलाई हृदयमा अटुट चोट र चैनविनाको कष्ट बाहेक केही पनि दिँदैन, यतिसम्‍म कि उसले आफ्‍नो विगतलाई फर्केर समेत हेर्न सक्दैन। व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार गरेपछि मात्रै, ऊ उहाँका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूमा समर्पित भएपछि मात्रै, र उसले साँचो मानव जीवनको खोजी गरेपछि मात्रै, क्रमिक रूपमा ऊ सबै हृदयको चोट र कष्टबाट स्वतन्त्र हुन, अनि जीवनको रिक्तताबाट मुक्त हुन थाल्छ।

— वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

मानिसहरूले परमेश्‍वरका योजनाबद्ध कार्यहरू र परमेश्‍वरको सार्वभौमिकतालाई पहिचान नगर्ने हुनाले, तिनीहरूले आफ्ना वर्तमान परिस्‍थितिहरू परिवर्तन गर्ने र आफ्‍नो नियति परिवर्तन गर्ने व्यर्थ आशा गर्दै, सधैँ अवज्ञाकारी र विद्रोही मनोवृत्तिले नियतिको सामना गर्छन्, अनि सधैँ परमेश्‍वरको अख्तियार र सार्वभौमिकता र नियतिमा रहेका कुराहरूलाई पन्छाउन चाहन्छन्। तर तिनीहरू यसमा कहिल्यै सफल हुन सक्दैनन् र तिनीहरूले हरेक मोडमा ठक्‍कर खान्छन्। व्यक्तिले आफ्‍नो जीवन खेर फाल्‍ने क्रममा, उसको अन्तस्करणमा हुने यो संघर्षले यति भयानक पीडा दिन्छ कि त्यसले उसको हड्डी नै गलाउँछ। यो पीडाको कारण के हो त? के यो परमेश्‍वरको सार्वभौमिकताको कारण हो कि व्यक्ति अभागी भएर जन्‍मेकोले हो? अवश्य नै, दुवै सत्य होइन। आधारभूत रूपमा, मानिसहरूले लिने मार्गहरू, तिनीहरूले आफ्‍नो जीवन जिउन छनौट गर्ने शैलीहरूको कारण यस्तो हुन्छ। कतिपय मानिसहरूले यी कुराहरू महसुस नगरेका हुन सक्छन्। तर जब तैँले साँचो रूपमा जान्दछस्, जब तैँले मानव नियतिमाथि परमेश्‍वरको सार्वभौमिकता छ भनेर साँचो रूपमा पहिचान गर्न पुग्छस्, जब तैँले परमेश्‍वरले तेरो लागि योजना गर्नुभएका र तेरो लागि निर्णय गर्नुभएका सबै कुराहरू अत्यन्तै धेरै फाइदा र सुरक्षाका हुन् भनी बुझ्छस्, तब तैँले आफ्नो पीडा हल्‍का हुन थालेको अनुभव गर्छस्, अनि तेरो सम्पूर्ण सारत्व शान्त, स्वतन्त्र र मुक्त हुन्छ। अधिकांश मानिसहरूका स्थितिहरूको आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूले व्यक्तिपरक हिसाबमा पहिले जस्तो जिउन र आफ्‍नो पीडाबाट राहत पाउन नचाहने भए पनि, तिनीहरूले मानव नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको व्यवहारिक मूल्य र अर्थलाई वस्तुपरक रूपमा स्वीकार गर्न सक्‍दैनन्; वस्तुगत हिसाबमा, तिनीहरूले सृष्टिकर्ताको सार्वभौमिकतालाई साँचो रूपमा पहिचान गर्न र यसमा समर्पित हुन सक्दैनन्, तिनीहरूले सृष्टिकर्ताका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूलाई कसरी खोजी र स्वीकार गर्ने भन्ने बारेमा जान्‍नु त परै जाओस्। त्यसैले, यदि मानिसहरूले मानव नियतिमाथि र सम्पूर्ण मानव मामलाहरूमाथि सृष्टिकर्ताको सार्वभौमिकता छ भन्‍ने तथ्यलाई साँचो रूपमा पहिचान गर्न सक्दैनन् भने, यदि तिनीहरू सृष्टिकर्ताको प्रभुत्वमा साँचो रूपमा समर्पित हुन सक्दैनन् भने, तिनीहरू “आफ्‍नो नियति आफ्‍नै हातमा हुन्छ” भन्‍ने विचारद्वारा सञ्चालित हुन र बन्धनमा पर्न कठिन हुनेछैन। तिनीहरूले नियति र सृष्टिकर्ताको अख्तियार विरुद्धको आफ्नो तीव्र संघर्षको पीडालाई हटाउन कठिन हुनेछ, अनि, अवश्य पनि तिनीहरूले साँचो रूपमा स्वतन्त्र र मुक्त हुन, परमेश्‍वरको आराधना गर्ने मानिस बन्‍न पनि कठिन नै हुनेछ। तर यो स्थितिबाट आफूलाई मुक्त गर्ने एउटा अत्यन्तै सरल तरिका छ र यो सरल तरिका भनेको जीवन जिउने आफ्नो पुरानो तरिकालाई बिदा गर्नु हो; आफ्‍नो जीवनका पहिलेका लक्ष्‍यहरूलाई बिदा गर्नु हो; आफ्‍नो पहिलेको जीवनशैली, जीवन सम्‍बन्धी दृष्टिकोण, खोजी, इच्‍छा, र आदर्शहरूलाई सारांशित र विश्‍लेषण गर्नु हो; त्यसपछि तिनलाई मानिसप्रतिको परमेश्‍वरका इच्‍छा र मागहरूसँग तुलना गरेर तीमध्ये कुनै पनि कुराहरू परमेश्‍वरका इच्‍छा र मागहरू अनुरूप छन् कि छैनन्, तीमध्ये कुनै पनि कुराहरूले जीवनका सही मूल्यहरू प्रदान गर्छन् कि गर्दैनन्, व्यक्तिलाई सत्यतासम्‍बन्धी वृहत् बुझाइमा लैजान्छन् कि लैजाँदैनन्, अनि व्यक्तिलाई मानवता र मानवजातिको स्वरूपमा जिउने तुल्याउँछन् कि तुल्याउँदैनन् भनेर हेर्नु हो। जब तैँले मानिसहरूले जीवनमा पछ्याउने विभिन्‍न लक्ष्यहरू र तिनीहरूका जिउने अनेक तरिकाहरूलाई बारम्‍बार अनुसन्धान र होसियारीसाथ विश्‍लेषण गर्छस्, तब तैँले तीमध्ये एउटै पनि मानवजातिलाई सृष्टि गर्दा सृष्टिकर्ताले जुन अभिप्राय राख्‍नुभएको थियो त्यो मौलिक अभिप्राय अनुरूप नरहेको पाउनेछस्। ती सबैले मानिसहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता र हेरचाहबाट टाढा लैजान्छन्; ती सबै मानिसहरूलाई भ्रष्ट तुल्याउने, तिनीहरूलाई नर्कतर्फ डोर्‍याउने पासोहरू हुन्। तैँले यो कुरालाई पहिचान गरिसकेपछि, तैँले गर्नुपर्ने काम भनेको जीवन सम्‍बन्धी तेरो पुरानो विचारलाई पन्छ्याउनु हो, विभिन्‍न पासोहरूबाट टाढा बस्‍नु हो, परमेश्‍वरलाई तेरो जीवन नियन्त्रण गर्न र तेरो लागि बन्दोबस्तहरू गर्न दिनु हो; यो भनेको परमेश्‍वरका योजनाबद्ध कार्यहरू र अगुवाइमा मात्रै समर्पित हुने प्रयास गर्नु हो, व्यक्तिगत छनौटविना नै जिउनु हो, अनि परमेश्‍वरलाई आराधना गर्ने व्यक्ति बन्‍नु हो। यो कुरा सुन्दा सहज लाग्छ, तर गर्न चाहिँ कठिन छ। केही मानिसहरूले यसको पीडा सहन सक्छन्, अन्य व्यक्तिहरूले सक्दैनन्। कतिपय व्यक्तिहरू अनुपालन गर्न इच्‍छुक हुन्छन्, अरूहरू चाहिँ अनिच्‍छुक हुन्छन्। जो अनिच्‍छुक छन् तिनीहरूमा त्यसो गर्ने इच्‍छा र संकल्पको कमी हुन्छ; तिनीहरू परमेश्‍वरको सार्वभौमिकताको बारेमा स्पष्ट रूपमै सचेत हुन्छन्, तिनीहरूलाई मानव नियतिको योजना र बन्दोबस्त गर्ने परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरा पूर्ण रूपमा थाहा हुन्छ, तैपनि तिनीहरूले लात मार्छन् र संघर्ष गर्छन् अनि आफ्‍नो नियति परमेश्‍वरको हातमा राख्ने र परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुने कुरालाई स्वीकार गर्दैनन्; अझ भन्ने हो भने, तिनीहरूले परमेश्‍वरका योजनाबद्ध कार्यहरू र बन्दोबस्तहरूप्रति खेद प्रकट गर्छन्। त्यसकारण आफू कति सक्षम छु भनी हेर्न चाहने कतिपय मानिसहरू सधैँ नै हुनेछन्; तिनीहरूले आफ्‍नै दुई हातले आफ्‍नो नियति परिवर्तन गर्न, वा आफ्‍नै शक्तिले खुशी हासिल गर्न, आफू परमेश्‍वरको अख्तियारका सीमाहरू बाहिर गई परमेश्‍वरको सार्वभौमिकताभन्दा माथि उठ्न सकिन्छ कि सकिन्न भनी हेर्न चाहन्छन्। मानिसको दुःखान्त भनेको उसले खुशीयालीपूर्ण जीवन चाहनु होइन, उसले ख्याति र सम्पत्तिको खोजी गर्नु वा कुहिरोभित्र आफ्‍नै नियतिसँग संघर्ष गर्नु होइन, बरु उसले सृष्टिकर्ताको अस्तित्व देखिसकेपछि पनि, मानव नियतिमाथि सृष्टिकर्ताकै सार्वभौमिकता छ भन्‍ने तथ्य जानिसकेपछि पनि, उसले अझै आफ्‍ना मार्गहरूलाई सुधार्न नसक्नु हो, आफ्‍ना खुट्टाहरूलाई दलदलबाट तान्‍न नसक्नु हो, अनि आफ्‍नो हृदयलाई कठोर बनाएर आफ्‍ना गल्तीहरूमै दृढ रहनु हो। ऊ त बरु अलिकति पछुतो समेत नमानीकन सृष्टिकर्ताको सार्वभौमिकता विरुद्ध हठी भएर लड्दै, तीतो अन्त्य नआउञ्‍जेल प्रतिरोध गर्दै, हिलोमै लुटपुटिरहन्छ। जब ऊ पछारिन्छ र रक्ताम्मे हुन्छ, तब मात्र उसले आखिर हरेस खान्छ अनि पछि फर्कने निर्णय गर्छ। यो साँचो मानव व्यथा हो। त्यसैले, म भन्छु, समर्पित हुने निर्णय गर्नेहरू बुद्धिमान हुन्, र जसले संघर्ष गर्ने र भाग्‍ने निर्णय गर्छन्, तिनीहरू वास्तवमै मूर्ख हुन्।

— वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मानिसहरू प्रसिद्धि, भाग्य, भोजन, कपडा, आनन्दको लागि बाँच्छन्। तिनीहरू आफ्नो सम्पूर्ण जीवन व्यस्त भएपछि, यो सबै बेकार हुन्छ। म केवल मूल्य र अर्थको साथ जीवन पाउन सक्नु अघि कसरी बाँच्ने भनेर जान्न चाहन्छु।

परमेश्‍वरका प्रासंगिक वचनहरू: मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई...

यदि हामी परमेश्‍वरमा विश्‍वास गर्दैनौं, र असल कामहरू गर्ने र कुनै दुष्ट काम नगर्ने सद्‍गुणी मात्र छौं भने, के हामी परमेश्‍वरद्वारा मुक्ति पाउन सक्छौं?

परमेश्‍वरका प्रासंगिक वचनहरू: मानवले अरू मानवको न्याय गर्ने मापदण्ड उनीहरूको आचरणमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्,...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्