न्याय, सजाय, परीक्षा र शोधनहरू अनुभव गरेर व्यक्तिले के हासिल गर्न सक्छ

9 फेब्रुअरी 2022

परमेश्‍वरका प्रासंगिक वचनहरू:

आखिरी दिनहरूमा ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खासगरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको वासस्थान हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। न्यायको आफ्नो कामलाई कार्यान्वयन गर्नुहुँदा परमेश्‍वरले थोरै वचनहरूद्वारा मानवको प्रकृतिलाई स्पष्ट मात्र पार्नुहुन्न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म छिँवल्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरमा समर्पित हुनका लागि पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। न्यायको कामले मानवलाई परमेश्‍वरको इच्छा, परमेश्‍वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको गहिरो बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सारतत्व, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

मानिसको अवस्था र परमेश्‍वरप्रति मानिसको आचरणको सामना गरेपछि परमेश्‍वरले नयाँ काम गर्नुभएको छ, जसले मानिसलाई उहाँको ज्ञान प्राप्त गर्ने र उहाँप्रति आज्ञाकारी हुने साथै प्रेम र गवाही दुवै प्राप्त गर्ने तुल्याउँछ। यसैले, मानिसले परमेश्‍वरले गर्नुहुने उसको शोधनको, साथै उहाँको न्यायको, उसलाई निराकरण र काट-छाँट गर्ने कार्यको अनुभव गर्नुपर्दछ, जुनविना मानिसले परमेश्‍वरलाई कहिल्यै चिन्न सक्दैन र कहिल्यै पनि उहाँलाई साँच्चै प्रेम गर्न र उहाँको साक्षी दिन सक्दैन। परमेश्‍वरले मानिसमा गर्नुहुने शोधन एकतर्फी प्रभावका लागि मात्र होइन, तर बहु-पक्षीय प्रभावको खातिर हो। परमेश्‍वरले सत्यको खोजी गर्न इच्छुक व्यक्तिहरूमा उनीहरूको संकल्प र प्रेमलाई सिद्ध बनाउन, यस्तै प्रकारले मात्र शोधन गर्नुहुन्छ। जो सत्यको खोजी गर्न इच्छुक छन् र जसले परमेश्‍वरको उत्कट चाहना गर्दछन् उनीहरूका लागि यस्तो शोधन भन्दा धेरै अर्थपूर्ण वा ठूलो सहयोगपूर्ण कुरा अरू कुनै पनि हुँदैन। परमेश्‍वरको स्वभावलाई मानिसले यति सजिलैसँग जान्न वा बुझ्‍न सक्दैन, किनकि परमेश्‍वर, आखिरमा, परमेश्‍वर नै हुनुहुन्छ। अन्त्यमा, परमेश्‍वरमा मानिसको जस्तो स्वभाव हुनु असम्भव छ, र त्यसैले मानिसले परमेश्‍वरको स्वभाव जान्न सजिलो छैन। सत्य मानिसभित्र स्वाभाविक रूपमा हुँदैन र शैतानद्वारा भ्रष्ट पारिएकाहरूले यसलाई सजिलै बुझ्न सक्दैनन्; मानिस सत्य विहीन छ, र सत्यतालाई व्यवहारमा उतार्ने संकल्पविहीन छ, र यदि उसले कष्ट भोग्दैन र उसलाई शोधन वा न्याय गरिँदैन भने, उसको संकल्पलाई कहिल्यै पनि सिद्ध तुल्याइँदैन। सबै मानिसहरूका लागि शोधन धेरै पीडादायक हुन्छ, र यसलाई स्वीकार्न धेरै गाह्रो हुन्छ—तर शोधनको बेला नै परमेश्‍वरले मानिसको निम्ति उहाँको धर्मी स्वभाव स्पष्ट पार्नुहुन्छ, र मानिसका लागि आफ्ना मागहरू सार्वजनिक गर्नुहुन्छ र थप अन्तर्दृष्टिप्रदान गर्नुहुन्छ र थप वास्तविक काट-छाँट र निराकरण गर्नुहुन्छ; तथ्यहरू र सत्यको बीच तुलना गरेर उहाँले मानिसलाई उसको आफ्नै बारेमा र सत्यको अझ धेरै ज्ञान दिनुहुन्छ, र मानिसलाई परमेश्‍वरको इच्छाको अझ बढी बुझाइ दिनुहुन्छ, यसरी मानिसलाई परमेश्‍वरप्रति अझ साँचो र अझ शुद्ध प्रेम गर्ने तुल्याउनुहुन्छ। शोधन कार्यलाई अघि बढाउने परमेश्‍वरका उद्देश्यहरू यिनै हुन्। परमेश्‍वरले मानिसमा गर्नुहुने सबै कामहरूका आफ्नै उद्देश्यहरू र महत्त्व हुन्छन्; परमेश्‍वरले अर्थहीन काम गर्नुहुन्न, न त उहाँले कुनै यस्तो काम गर्नुहुन्छ जसद्वारा मानिसलाई कुनै लाभ हुँदैन। शोधनको अर्थ मानिसहरूलाई परमेश्‍वरको उपस्थितिबाट हटाउनु होइन, न त उनीहरूलाई नरकमा नाश गर्नु नै हो। बरु, यसको अर्थ शोधनको समयमा मानिसको स्वभाव परिवर्तन गर्नु हो, उसका आशयहरू, उसका पुराना दृष्टिकोणहरू परिवर्तन गर्नु, परमेश्‍वरप्रतिको उसको प्रेम बदल्नु, र उसको सम्पूर्ण जीवन परिवर्तन गर्नु हो। शोधन मानिसको एक वास्तविक जाँच हो, र एक प्रकारको वास्तविक तालिम हो, र शोधनको अवधिमा मात्र उसको प्रेमले यसको अन्तर्निहित कार्य गर्न सक्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

जब परमेश्‍वरले मानिसलाई शुद्ध पार्ने काम गर्नुहुन्छ, तब मानिसले दुःख भोग्छ। कुनै व्यक्तिलाई शोधन गर्ने काम जति ठूलो हुन्छ तिनीहरूको परमेश्‍वरप्रतिको प्रेम त्यत्ति नै ठूलो हुनेछ, अनि तिनीहरूमा परमेश्‍वरको शक्ति त्यति नै बढी प्रकट गरिनेछ। यसको विपरीत, व्यक्तिले जति कम शोधन प्राप्त गर्छ, परमेश्‍वरप्रति तिनीहरूको प्रेम त्यत्ति नै कम बढ्छ, अनि तिनीहरूमा परमेश्‍वरको शक्ति त्यति नै कम प्रकट हुनेछ। त्यस्तो व्यक्तिको शोधन र पीडा जति ठूलो हुन्छ, तिनीहरूले उत्ति नै बढी यातना अनुभव गर्नेछन्, तिनीहरूको परमेश्‍वरप्रतिको प्रेम त्यति नै गहिरो भएर बढ्नेछ, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास उत्ति नै साँचो बन्नेछ, र परमेश्‍वरको बारेमा तिनीहरूको ज्ञान अझ गहन हुनेछ। तेरा अनुभवहरूमा तैँले शोधन प्राप्त गर्दै गरेका, निराकरण गरिएका र धेरै अनुशासनमा राखिएका मानिसहरूले धेरै ठूलो दुःख पाइरहेको देख्‍नेछस्, अनि तँ ती मानिसहरूमा नै परमेश्‍वरप्रति गहिरो प्रेम र परमेश्‍वरको अझ गहिरो र भेदकारी ज्ञान छ भन्‍ने देख्‍नेछस्। तिनीहरू जसले निराकरण गरिएको अनुभव गरेका हुँदैनन् तिनीहरूमा सतही ज्ञान मात्र हुन्छ, तिनीहरू यसो मात्र भन्न सक्छन्: “परमेश्‍वर भलो हुनुहुन्छ, मानिसहरूले उहाँबाट आनन्द पाऊन् भनी उहाँले अनुग्रह प्रदान गर्नुहुन्छ।” यदि मानिसहरूले निराकरण गरिएको र अनुशासनमा राखिएको अनुभव गरेका छन् भने तिनीहरू परमेश्‍वरको साँचो ज्ञानको विषयमा बोल्न सक्छन्। यसरी परमेश्‍वरले मानिसभित्र गर्नुहुने काम जति अचम्मको हुन्छ, त्यो त्यत्ति नै मूल्यवान् र महत्त्वपूर्ण हुन्छ। यो तेरो निम्ति जति धेरै अभेद्य र तेरो धारणासँग जति धेरै अमिल्दो छ, परमेश्‍वरको कामले तँलाई जित्न, र तँलाई हासिल गर्न र तँलाई सिद्ध बनाउन त्यति नै सक्षम हुन्छ। परमेश्‍वरको कामको कति ठूलो महत्त्व छ! यदि परमेश्‍वरले मानिसलाई यस्तो प्रकारले शोधन गर्नुभएन भने, यदि उहाँले यस तरिकाले काम गर्नुभएन भने उहाँको काम प्रभावहीन र महत्त्वहीन हुनेथियो। विगतमा भनिएको थियो, कि परमेश्‍वरले यो झुन्ड चुन्नुहुनेछ र प्राप्त गर्नुहुनेछ, र आखिरी दिनहरूमा तिनीहरूलाई पूर्ण बनाउनुहुनेछ; यसैमा असाधारण महत्त्व छ। उहाँले तँभित्र जति ठूलो काम गर्नुहुन्छ, उहाँप्रतिको तिमीहरूको प्रेम त्यत्ति नै गहिरो र शुद्ध हुन्छ। परमेश्‍वरको काम जति ठूलो हुन्छ त्यत्ति नै बढी मानिसले उहाँको बुद्धिको केही कुरा बुझ्न सक्छ र उहाँको विषयमा मानिसको ज्ञान अझ गहिरो बन्छ। आखिरी दिनहरूमा व्यवस्थापनका निम्ति परमेश्‍वरको योजनाको छ हजार वर्ष समाप्त हुनेछ। के यो साँच्चै सजिलै समाप्त हुन सक्छ? उहाँले मानव जातिलाई जित्नुभएपछि, के उहाँको काम सकिनेछ? के यो त्यत्ति सरल हुन सक्छ? वास्तवमा नै मानिसहरू यो त्यस्तै सरल छ भनी कल्पना गर्छन्, तर परमेश्‍वरले जे गर्नुहुन्छ त्यो त्यत्ति साधारण हुँदैन। तैँले परमेश्‍वरको कामको जुनै भाग उल्लेख गर्न चाहे पनि ती सब मानिसका निम्ति बुझ्न नसकिने छ। यदि तैँले त्यो बुझ्न सक्थिस् भने, परमेश्‍वरको काम महत्त्व वा मूल्यविनाको हुनेथियो। परमेश्‍वरले गर्नुभएको काम बुझ्न नसकिने छ; यो तेरा विचारहरूभन्दा पूर्ण रूपमा विपरीत छ, अनि यो तेरा विचारहरूसँग अझ बढी अमिल्दो हुन्छ त्यत्ति नै बढी त्यसले परमेश्‍वरको काम अर्थपूर्ण छ भनी देखाउँछ; यदि यो तेरा विचारहरूसँग मिल्दो थियो भने त्यो अर्थहीन हुनेथियो। आज तँ परमेश्‍वरको काम कति अचम्मको छ भनी महसुस गर्छस्, अनि तँ यसलाई जति बढी अचम्मको महसुस गर्छस्, तँ जति बढी परमेश्‍वर बुझ्न नसकिने हुनुहुन्छ भन्‍ने महसुस गर्छस्, परमेश्‍वरका कामहरू त्यति नै महान् छन् भनी देख्‍नेछस्। यदि उहाँले मानिसलाई जित्न केही सतही र लापरवाही काम गर्नुभयो र त्यसपछि केही पनि गर्नुभएन भने मानिस परमेश्‍वरको कामको महत्त्व देख्न असक्षम बन्‍नेथियो। तैँले अहिले थोरै शोधन प्राप्त गरिरहेको भए पनि, त्यो जीवनमा तेरो वृद्धिका निम्ति ठूलो फाइदाको छ; यसैले तिमीहरू यस्ता कठिनाइहरूबाट भएर जानु अत्यावश्यक छ। आज, तैँले थोरै शोधन प्राप्त गर्दैछस्, तर पछिबाट तैँले साँच्चै परमेश्‍वरका कामहरू देख्न सक्‍नेछस्, अनि अन्त्यमा तैँले भन्‍नेछस्: “परमेश्‍वरका कामहरू अति अचम्मका छन्!” यी तेरा हृदयमा भएका वचनहरू हुनेछन्। केही समयसम्म परमेश्‍वरको शोधनको अनुभव गरिसकेपछि (सेवाकर्ताको जाँच र सजायको समय), केही मानिसहरूले आखिरीमा भने: “परमेश्‍वरमा विश्‍वास गर्नु साँच्चै कठिन छ!” तिनीहरूले प्रयोग गरेको “साँच्चै कठिन” भन्‍ने शब्दले परमेश्‍वरका कामहरू बुझ्न नसकिने छन्, अनि परमेश्‍वरको कामको ठूलो महत्त्व र मूल्य छ, साथै मानिसले उहाँको कामलाई मूल्यवान् ठानेर जोगाइराख्नुपर्छ भन्‍ने देखाउँछ। यदि, मैले धेरै काम गरिसकेपछि पनि तँमा अलिकति पनि ज्ञान थिएन भने के मेरो कामको अझै कुनै महत्त्व हुन सक्थ्यो? यसले तपाईंलाई यसो भन्ने बनाउँछ: “परमेश्‍वरको काम गर्नु साँच्चै कठिन छ, परमेश्‍वरका कामहरू अति अचम्मका छन्, अनि परमेश्‍वर वास्तवमै अति बुद्धिमान् हुनुहुन्छ! परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ!” यदि अनुभवको समयबाट भएर गएपछि, तँ त्यस्ता कुराहरू भन्न सक्छस् भने, तैँले आफूमा परमेश्‍वरको काम प्राप्त गरेको छस् भन्ने यसले प्रमाणित गर्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

जब परमेश्‍वर पृथ्वीमा आउनुहुन्छ, उहाँले मानिसमा जे गर्नुभएको छ र मानिसलाई जे देखाउनुभएको छ त्यो मानिसले उहाँलाई प्रेम गरोस् र साँच्चै उहाँलाई चिनोस् भनेर नै हो। मानिसले परमेश्‍वरका लागि कष्ट भोग्न सक्‍नुको कारण र यति टाढासम्‍म आउन सक्‍नुको कारण एक हिसाबमा परमेश्‍वरको प्रेमको कारणले हो र अर्को हिसाबमा परमेश्‍वरको उद्धारको कारणले गर्दा हो। यसबाहेक, परमेश्‍वरले मानिसमा गर्नुभएको सजाय र दण्डको कामको कारणले गर्दा हो। यदि तिमीहरू न्याय, सजाय, र परमेश्‍वरको जाँचरहित छौ भने, यदि परमेश्‍वरले तिमीहरूलाई दुःखमा पार्नुभएको छैन भने तिमीहरूले पूर्ण इमानदारीसाथ परमेश्‍वरलाई प्रेम गर्नेछैनौ। मानिसमा परमेश्‍वरको काम जति ठूलो हुन्छ, र मानिसको कष्ट जति ठूलो हुन्छ, परमेश्‍वरको काम कति अर्थपूर्ण छ त्यो त्यत्ति नै स्पष्ट हुन्छ, अनि मानिसको हृदय परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्न त्यति नै सक्ने हुन्छ। परमेश्‍वरलाई कसरी प्रेम गर्ने भन्ने कुरा तँ कसरी सिक्छस्? कुनै पीडा र शोधनविना, कष्टपूर्ण परीक्षाहरूविना—र यदि यसबाहेक, परमेश्‍वरले मानिसलाई दिनुभएका सबै कुरा अनुग्रह, प्रेम, र कृपा मात्रै थियो भने—के तँ साँच्चै परमेश्‍वरलाई प्रेम गर्ने ठाउँमा पुग्न सक्थिस्? एकातिर, परमेश्‍वरले जाँच गर्नुहुँदा मानिसले आफ्ना कमी-कमजोरीहरू थाहा पाउँछ र ऊ महत्त्वहीन, घृणायोग्य र तुच्छ छ, उसँग केही पनि छैन र ऊ केही पनि होइन भनी बुझ्छ, अर्कोतिर, उहाँले परीक्षा गर्नुहुँदा परमेश्‍वरले मानिसका लागि विभिन्न वातावरणहरू सृजना गर्नुहुन्छ, जसले मानिसलाई परमेश्‍वरको प्रेमिलोपनको अनुभव गर्न अझ बढी सक्षम बनाउँदछ। त्यो पीडा ठूलो भए तापनि, र कहिलेकहीँ समाधान गर्न नसकिने भए तापनि—चकनाचूर पार्ने दुःखको तहसम्म पनि पुग्‍ने भए तापनि—यस्तो अनुभव गरिसकेपछि मानिसले उसमा भएको परमेश्‍वरको काम कति प्रेमिलो छ भनी बुझ्छ, अनि यसैको जगमाथि मात्र मानिसभित्र परमेश्‍वरको निम्ति साँचो प्रेमको जन्म हुन्छ। आज मानिसले देख्छ, कि केवल परमेश्‍वरको अनुग्रह, प्रेम, र कृपाले मात्र उसले आफैलाई वास्तवमा चिन्न सक्दैन, मानिसको अस्तित्व बुझ्‍ने बारेमा त कुरै नगरौं। केवल परमेश्‍वरको शोधन र न्याय दुवैद्वारा र शोधनको प्रक्रियाको अवधिमा मात्रै मानिसले आफ्ना कमी-कमजोरीहरू जान्न र ऊ केही पनि होइन भनी जान्न सक्छ। यसरी, परमेश्‍वरप्रतिको मानिसको प्रेम परमेश्‍वरको शोधन र न्यायको जगमाथि निर्माण भएको हुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

परमेश्‍वरले गर्नुहुने शोधन जति ठूलो हुन्छ, मानिसहरूका हृदयले त्यति नै धेरै परमेश्‍वरलाई प्रेम गर्न सक्दछन्। तिनीहरूको हृदयको यातनाले तिनीहरूका जीवनमा फाइदा पुर्‍याउँछ, तिनीहरू परमेश्‍वरको सामु शान्त हुन अझ बढी सक्षम हुन्छन्, परमेश्‍वरसँगको तिनीहरूको सम्बन्ध अझ नजिक हुन्छ, र तिनीहरू परमेश्‍वरको सर्वोच्च प्रेम र उहाँको सर्वोच्च मुक्ति देख्न अझै सक्षम हुन्छन्। पत्रुसले सयौं पटक शोधनको अनुभव गरे, र अय्यूबले धेरै जाँचहरू भोगे। यदि तिमीहरू परमेश्‍वरद्वारा सिद्ध बनाइन चाहन्छौ भने तिमीहरू पनि सयौं पटक शोधनबाट गुज्रनुपर्छ; यदि तिमीहरू यो प्रक्रियाबाट गुज्रन्छौ र यो चरणमा भर पर्छौ भने मात्रै तिमीहरू परमेश्‍वरको इच्छा पूरा गर्न सक्षम हुनेछौ र परमेश्‍वरद्वारा सिद्ध पारिनेछौ। शोधन त्यो उत्तम माध्यम हो जसद्वारा परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनुहुन्छ; शोधन र तीता परीक्षाहरूले मात्र मानिसहरूका हृदयमा परमेश्‍वरप्रति साँचो प्रेम ल्याउन सक्छ। कठिनाइविना मानिसहरूमा परमेश्‍वरप्रति साँचो प्रेमको कमी हुन्छ; यदि तिनीहरूलाई भित्री रूपमा जाँचिएन भने, यदि तिनीहरू वास्तवमा शोधनबाट भएर गएनन् भने तिनीहरूका हृदय सधैँ बाहिरी रूपमा तैरिरहन्छन्। एक निश्चित बिन्दुसम्म शोधन गरिएपछि तैँले आफ्नै कमजोरीहरू र कठिनाइहरूलाई देख्नेछस्, तँमा कति कमी-कमजोरी रहेछन् र तँ आफूले सामना गर्ने धेरै समस्याहरूमाथि विजय हासिल गर्न नसक्ने रहेछस् भनी देख्नेछस्, र तेरो अनाज्ञाकारिता कति ठूलो रहेछ भनी बुझ्नेछस्। जाँचहरूको अवधिमा मात्रै मानिसहरूले आफ्नो वास्तविक अवस्था जान्न सक्छन्; जाँचहरूले मानिसलाई अझ राम्ररी सिद्ध हुन सक्षम बनाउँछन्।

पत्रुसले आफ्नो जीवनकालमा सयौं पटक शोधनको अनुभव गरे, र धेरै पीडादायी कठिनाइहरू भोगे। यही शोधन परमेश्‍वरप्रतिको तिनको सर्वोच्च प्रेमको जग र उनको सम्पूर्ण जीवनको सबैभन्दा महत्त्वपूर्ण अनुभव बन्यो। एक अर्थमा, परमेश्‍वरलाई प्रेम गर्ने तिनको संकल्प कै कारण तिनमा उहाँप्रति सर्वोच्च प्रेम थियो; तापनि अझ महत्त्वपूर्ण कुरा, तिनी जुन शोधन र कष्टबाट गुज्रिए त्यसकै कारण त्यस्तो भएको थियो। त्यो कष्ट नै परमेश्‍वरलाई प्रेम गर्ने मार्गमा तिनको पथप्रदर्शक र तिनको निम्ति सबैभन्दा स्मरणीय कुरा बन्यो। यदि मानिसहरू परमेश्‍वरलाई प्रेम गर्दा शोधनबाट गुज्रदैनन् भने तिनीहरूको प्रेम अशुद्धता र आफ्नै प्राथमिकताहरूले भरिएको हुन्छ; यस प्रकारको प्रेम शैतानका विचारहरूले भरिएको हुन्छ, र परमेश्‍वरको इच्छा पूरा गर्न आधारभूत रूपमै असमर्थ हुन्छ। परमेश्‍वरलाई प्रेम गर्ने संकल्प हुनु र परमेश्‍वरलाई साँच्चै प्रेम गर्नु एउटै कुरा होइन। तिनीहरूले आफ्नो मनमा परमेश्‍वरलाई प्रेम गर्ने र सन्तुष्ट पार्ने कुरा मात्र सोचे पनि, र तिनीहरूका विचारहरू पूर्ण रूपमा परमेश्‍वरप्रति समर्पित र कुनै मानवीय विचारविहीन देखिए पनि, तिनीहरूका विचारहरू परमेश्‍वरको सामु ल्याइएपछि उहाँले त्यस्ता विचारहरूलाई प्रशंसा गर्नुहुन्न वा आशिष्‌ दिनुहुन्न। मानिसहरूले सबै सत्यलाई राम्ररी बुझेको अवस्थामा समेत—तिनीहरूले सबै कुरा थाहा पाएको अवस्थामा पनि—त्यसलाई परमेश्‍वरप्रतिको प्रेमको सङ्केत भन्न सकिँदैन, यी मानिसहरूले साँच्चै परमेश्‍वरलाई प्रेम गर्दछन् भन्न सकिँदैन। शोधनबाट नगुज्रिकन मानिसहरूले धेरै वटा सत्यताहरू बुझेका भए पनि, ती सत्यताहरूलाई अभ्यास गर्न सक्दैनन्; शोधनको अवधिमा मात्र मानिसहरूले यी सत्यताहरूको वास्तविक अर्थ बुझ्न सक्दछन्, तब मात्र मानिसहरूले वास्तविक रूपमा तिनको भित्री अर्थलाई बुझ्‍न सक्छन्। त्यस बेला, जब तिनीहरूले फेरि प्रयास गर्छन्, तिनीहरू सत्यलाई उचित रूपमा र परमेश्‍वरको इच्छाअनुसार अभ्यास गर्न सक्षम हुन्छन्; त्यस समयमा उनीहरूका मानवीय विचारहरू कम हुन्छन्, तिनीहरूको मानव भ्रष्टता कम भएको हुन्छ, र उनीहरूका मानवीय भावनाहरू घटेका हुन्छन्; त्यस बेला मात्र तिनीहरूको अभ्यास परमेश्‍वरको प्रेमको वास्तविक अभिव्यक्ति हुन्छ।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

शोधन गर्ने कार्यको मुख्य उद्देश्य भनेको मानिसहरूको विश्‍वास सिद्ध बनाउनु। अन्त्यमा, के हासिल हुन्छ भने, तँ छोड्न चाहन्छस् तर सक्दैनस्; केही मानिसहरूले आशाको एउटा सानो त्यान्द्रो हुँदा पनि विश्‍वास गर्न सक्छन्; अनि आफ्‍ना भविष्यका सम्भावनाहरूप्रति मानिसहरूसँग उप्रान्त कुनै आशा हुँदैन। यस्तो समयमा मात्र परमेश्‍वरले गर्नुहुने शोधन समाप्त हुन्छ। मानिस अझै पनि जीवन र मृत्युको बीचमा अडिरहने स्थितिमा पुगेको छैन, अनि तिनीहरूले मृत्युको स्वाद चाखेका छैनन्, यसैले शोधनको प्रक्रिया अझै समाप्त भएको छैन। जो सेवाकर्ताहरूको चरणमा थिए तिनीहरू पनि पूरा शोधन भएका थिएनन्। अय्यूब चरम शोधनबाट भएर गए, अनि तिनीसँग तिनले भर पर्ने केही पनि थिएन। मानिसहरू शोधनमा त्यो हदसम्म पुग्नुपर्छ जब तिनीहरूमा कुनै आशा रहँदैन र भर पर्ने कुनै कुरा हुँदैन—यो मात्र साँचो शोधन हो। सेवाकर्ताहरूको समयमा, यदि तेरो हृदय सधैँ परमेश्‍वरको सामु शान्त थियो भने, अनि उहाँले जे गर्नु भएको भए पनि र तेरो निम्ति उहाँको इच्छा जे-जस्तो थियो भने पनि, तैँले सँधै उहाँको प्रबन्धको आज्ञापालन गरेको छस् भने अन्त्यमा गएर तैँले परमेश्‍वरले गर्नुभएका सबै कार्यहरू बुझ्‍नेछस्। तँ अय्यूबको जाँचहरूबाट भएर जान्छस्, त्यसको साथसाथै तँ पत्रुसका जाँचहरूबाट पनि भएर जान्छस्। जब अय्यूबको जाँच भयो, तिनी साक्षी बनेर खडा भए, अनि आखिरीमा तिनलाई यहोवा प्रकट गरियो। तिनी साक्षी बनेर खडा भएपछि मात्र तिनी परमेश्‍वरको मुहार देख्ने योग्यका भए। यसो किन भनिएको छ: “म फोहोरको देशबाट लुकेँ, तर आफैलाई पवित्र राज्यमा देखाएँ?” त्यसको अर्थ हो, जब तँ पवित्र बन्छस् र साक्षी भई खडा हुन्छस् तब मात्र परमेश्‍वरको मुहार हेर्ने मर्यादा तैँले प्राप्त गर्न सक्छस्। उहाँ तँ उहाँको साक्षी बन्न सक्दैनस् भने तँमा उहाँको मुहार हेर्ने मर्यादा हुँदैन। यदि तँ शोधनको बेला पछि हट्छस् र परमेश्‍वरको विरुद्ध गुनासो गर्छस्, त्यसरी उहाँको साक्षी बन्न सक्दैनस् र शैतानको हाँसो पात्र बन्छस् भने तैँले परमेश्‍वरको रूप प्राप्त गर्नेछैनस्। यदि तँ जाँचहरू हुँदा अय्यूबले जस्तै आफ्नै शरीरलाई सराप्छस् र परमेश्‍वरको विरुद्ध गुनासो गर्दैनस् भने, अनि कुनै गुनासो नगरी वा बोलीवचनद्वारा पाप नगरी आफ्नै शरीरलाई घृणा गर्छस् भने तँ साक्षी बनेर खडा भएको हुनेछस्। जब तँ एक निश्चित हदसम्म शोधनबाट भएर जान्छस् र अझै पनि अय्यूबजस्तै हुन सक्छस्, परमेश्‍वरको सामु पूर्ण रूपमा आज्ञाकारी बन्छस् र उहाँका आवश्यकताहरू वा तेरा आफ्नै धारणाविना हुन्छस्, तब परमेश्‍वर तँकहाँ देखा पर्नुहुनेछ। अब परमेश्‍वर तँकहाँ प्रकट गर्नुहुन्न किनकि तँसँग अत्यन्तै धेरै आफ्नै धारणा, व्यक्तिगत पूर्वाग्रह, स्वार्थी विचार, व्यक्तिगत आवश्यकताहरू र शारीरिक चासोहरू छन् र तँ उहाँको अनुहार हेर्न योग्य छैनस्। यदि तैँले परमेश्‍वरलाई हेर्नु छ भने तैँले आफ्नै विचारहरूद्वारा उहाँलाई नाप्थिस् र त्यसो गरेर तँद्वारा उहाँ कीला ठोकिएर क्रूसमा टाँगिनुहुनेथियो। यदि तेरा विचारहरूसँग नमिल्ने धेरै वटा कुराहरू तँमाथि आउँछन्, तापनि तँ ती सबलाई पन्साउन र ती कुराहरूबाट परमेश्‍वरका कार्यहरूको ज्ञान प्राप्त गर्न सक्छस् भने, यदि शोधन भइरहेको बेला परमेश्‍वरप्रति तेरो प्रेमको हृदय प्रकट गर्छस् भने त्यही नै अटल साक्षी हो। यदि तेरो घर शान्तिमय छ, तैँले शरीरको सुख-सुविधाको आनन्द लिन्छस्, कसैले पनि तँलाई सताइरहेको छैन, र मण्डलीका भाइ-बहिनीहरूले तेरो आज्ञा पालन गर्दछन् भने, के तँ परमेश्‍वरप्रति आफ्नो प्रेमको हृदय प्रकट गर्न सक्छस्? के यस्तो परिस्थितिले तँलाई शोधन गर्न सक्छ? शोधनद्वारा मात्र परमेश्‍वरप्रतिको तेरो प्रेम देखाउन सकिन्छ, तेरा विचारहरूसँग नमिल्ने कुराहरूद्वारा मात्र तँ सिद्ध बनाइन सक्छस्। धेरै वटा विपरीत र नकारात्मक थोकहरूको सेवा र शैतानका सबै प्रकारका अभिव्यक्तिहरू प्रयोग गरेर—त्यसका कार्यहरू, त्यसले लगाउने दोषहरू, त्यसको बाधाहरू र छलहरू—परमेश्‍वरले तँलाई शैतानको घृणित अनुहार स्पष्टसँग देखाउनुहुन्छ, र त्यसरी शैतानलाई चिन्ने तेरो क्षमतालाई पूर्ण बनाउनुहुन्छ, अनि तँ शैतानलाई घृणा गर्न र त्याग्न सक्छस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

तिमीहरू परीक्षा र शोधनको बीचमा छौ। शोधनको क्रममा तैंले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? शोधनको अनुभव गरेपछि मानिसहरूले परमेश्‍वरलाई साँचो प्रशंसा चढाउन सक्छन्, र शोधनको बीचमा, तिनीहरूमा धेरै कुराको कमी छ भन्‍ने कुरा तिनीहरूले देख्‍न सक्छन्। तेरो शोधन जति धेरै हुन्छ, तैँले त्यति नै बढी देहलाई इन्कार गर्न सक्छस्; मानिसहरूको शोधन जति ठूलो हुन्छ, परमेश्‍वरप्रतिको तिनीहरूको प्रेम त्यति नै महान् हुन्छ। तिमीहरूले बुझ्नुपर्ने कुरा यही हो। मानिसहरू किन शोधनबाट भएर जानुपर्छ? यसले कस्तो प्रभाव हासिल गर्ने उद्देश्य राख्छ? परमेश्‍वरले मानिसमा गर्नुहुने शोधनको कामको महत्त्व के हो? यदि तँ साँच्चै परमेश्‍वरलाई खोज्छस् भने, केही हदसम्म उहाँको शोधन अनुभव गरेपछि तँलाई त्यो अति नै असल लाग्छ र अत्यन्तै आवश्यक छ भन्‍ने महसुस हुनेछ। शोधनको क्रममा मानिसले कसरी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ? परमेश्‍वरलाई प्रेम गर्नका लागि उहाँको शोधनलाई स्वीकार गर्ने संकल्प गरेर: शोधनको क्रममा तँलाई आन्तरिक रूपमा यातना दिइन्छ, मानौं तेरो हृदयमा छुरी चलाइएको छ, तैपनि तँ परमेश्‍वरलाई प्रेम गर्ने आफ्नो हृदय प्रयोग गरी उहाँलाई प्रसन्न तुल्याउन चाहन्छस्, र तँ देहको वास्ता गर्न अनिच्छुक हुन्छस्। परमेश्‍वरको प्रेमको अभ्यास गर्नु भनेको यही हो। तँलाई आन्तरिक रूपमा चोट परेको हुन्छ, र तेरो कष्ट एक निश्चित बिन्दुमा पुगेको हुन्छ, तैपनि तँ अझै परमेश्‍वरको सामु आउन र यसरी प्रार्थना गर्न इच्छुक हुन्छस्: “हे परमेश्‍वर! म तपाईंलाई छोड्न सक्दिनँ। मभित्र अन्धकार छ, तैपनि म तपाईंलाई सन्तुष्ट पार्न चाहन्छु; तपाईंले मेरो हृदय जान्नुहुन्छ, र तपाईंले मभित्र तपाईंको प्रेम अझै धेरै लगानी गर्नुहोस् भन्‍ने म चाहन्छु।” यो शोधनको समयको अभ्यास हो। यदि तैँले परमेश्‍वरको प्रेमलाई आधारको रूपमा प्रयोग गर्छस् भने, शोधनले तँलाई परमेश्‍वरको अझ नजिक ल्याउन सक्छ र तँलाई परमेश्‍वरसँग अझ घनिष्ठ बनाउँछ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, तैँले आफ्नो हृदय परमेश्‍वरको सामु सुम्‍पनैपर्छ। यदि तैँले परमेश्‍वरको सामने आफ्‍नो हृदयलाई चढाएर सुम्पन्छस् भने, शोधनको अवधिमा तैँले परमेश्‍वरलाई अस्वीकार गर्न वा परमेश्‍वरलाई छोड्न असम्भव हुनेछ। यस प्रकारले परमेश्‍वरसँगको तेरो सम्बन्ध अझ नजिक र अझ सामान्य हुँदैजानेछ, र परमेश्‍वरसँगको तेरो कुराकानी अझ निरन्तर हुनेछ। यदि तँ सधैँ यस प्रकारले अभ्यास गर्छस् भने, तैँले परमेश्‍वरको प्रकाशमा अधिक समय बिताउनेछस् र उहाँको वचनको मार्गनिर्देशनमा अझ बढी समय बिताउनेछस्। तेरो स्वभावमा झन्-झन् बढी परिवर्तनहरू पनि हुनेछन् र तेरो ज्ञान दिन प्रतिदिन बढ्नेछ। जब परमेश्‍वरको परीक्षा अचानक तँमाथि आइपर्ने दिन आउनेछ, तब तँ परमेश्‍वरको पक्षमा खडा हुन सक्षम मात्र हुनेछैनस्, तर परमेश्‍वरको गवाही दिन पनि सक्षम हुनेछस्। त्यस बेला तँ अय्यूबजस्तो र पत्रुसजस्तै हुनेछस्। परमेश्‍वरको गवाही दिएपछि तैँले उहाँलाई साँच्चै प्रेम गर्नेछस्, र खुसीसाथ तैँले आफ्‍नो जीवन उहाँको निम्ति समर्पण गर्नेछस्; तँ परमेश्‍वरको साक्षी बन्‍नेछस् र परमेश्‍वरको प्रिय बन्‍नेछस्। जुन प्रेमले शोधनको अनुभव गरेको हुन्छ त्यो प्रेम बलियो हुन्छ, कमजोर होइन। परमेश्‍वरले तँलाई जहिले वा जसरी उहाँका परीक्षाहरूमा पार्नुभए पनि, तैँले जिउने वा मर्ने चिन्तालाई पन्छाउन सक्षम हुनेछस्, सबै कुरा परमेश्‍वरका लागि खुशीसाथ त्याग्न सक्छस्, र खुसीसाथ परमेश्‍वरका लागि कुनै पनि कुरा सहन सक्छस्—यसप्रकार तेरो प्रेम शुद्ध हुनेछ र तेरो विश्‍वास वास्तविक हुनेछ। तब मात्र तँ परमेश्‍वरद्वारा साँच्चै प्रेम गरिएको र परमेश्‍वरद्वारा साँच्चै सिद्ध पारिएको व्यक्ति बन्‍नेछस्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

जब अय्यूबले सर्वप्रथम आफ्‍ना परीक्षाहरू भोगेका थिए, तिनीबाट तिनका सबै सम्पत्ति र तिनका सबै छोराछोरी खोसियो, तर तिनी लडेनन् वा त्यसको परिणामस्वरूप परमेश्‍वरको विरुद्धमा बोलेर कुनै पाप गरेनन्। तिनले शैतानका परीक्षाहरूलाई जितेका थिए, र तिनले आफ्नो भौतिक सम्पत्ति, सन्तान र सबै सांसारिक सम्पत्ति गुमाउने जाँचहरूमा विजय हासिल गरेका थिए, जसको अर्थ के हो भने, परमेश्‍वरले तिनीबाट सबै थोक लैजानुहुँदा तिनले उहाँको आज्ञापालन गर्न सके, र परमेश्‍वरले गर्नुभएका कार्यका निम्ति तिनले परमेश्‍वरलाई धन्यवाद दिन र प्रशंसा चढाउन पनि सके। शैतानको पहिलो परीक्षाको समयमा अय्यूबको आचरण यस्तो थियो, र परमेश्‍वरको पहिलो जाँचको समयमा अय्यूबको गवाही पनि यस्तो थियो। दोस्रो जाँचको अवधिमा शैतानले अय्यूबलाई कष्ट दिन आफ्नो हात फैलायो र अय्यूबले पहिला कहिल्यै अनुभव नगरेको पीडा भोग्नु परेको भए तापनि, अझै तिनको गवाहीले मानिसहरूलाई छक्क पार्‍यो। तिनले फेरि एक पटक शैतानलाई पराजित गर्न आफ्नो धैर्यता, विश्‍वस्तता र परमेश्‍वरप्रतिको आज्ञाकारिताको साथसाथै परमेश्‍वरप्रतिको आफ्नो भयको प्रयोग गरे, र परमेश्‍वरले तिनको आचरण र गवाहीलाई फेरि एक पटक स्वीकार गर्नुभयो। यो परीक्षामा पर्दा, अय्यूबले आफ्नो वास्तविक आचरणको प्रयोग गरेर शैतानलाई के कुराको घोषणा गरे भने, देहको पीडाले परमेश्‍वरप्रतिको तिनको विश्‍वास र आज्ञापालनलाई परिवर्तन गर्न सक्दैन वा परमेश्‍वरप्रतिको तिनको भक्ति र परमेश्‍वरप्रतिको भयलाई हटाउन सक्दैन; तिनले मृत्युको सामना गर्दा तिनले परमेश्‍वरलाई त्याग्‍ने वा आफ्नो सिद्धता र इमानदारीतालाई त्याग्‍ने थिएनन्। अय्यूबको दृढ संकल्पले शैतानलाई डरपोक बनायो, तिनको विश्‍वासले शैतानलाई कातर र डराएर काम्ने बनायो, उनले शैतान विरुद्ध लडेको जीवन-मृत्युको युद्धले शैतानमा गहिरो घृणा र आक्रोश उत्पन्न गर्‍यो; तिनको सिद्धता र इमानदारीताको कारण शैतानलाई तिनको विरुद्ध केही गर्न नसक्‍ने अवस्थामा छोड्यो, यहाँसम्‍म कि शैतानले तिनीमाथि आक्रमण गर्न छोडी दियो र अय्यूबको विरुद्धमा त्यसले यहोवा परमेश्‍वरको सामने लगाइएको आरोपलाई त्यसले त्याग्यो। यसको अर्थ अय्यूबले संसारलाई जितेका थिए, तिनले देहलाई जितेका थिए, तिनले शैतानलाई जितेका थिए, र तिनले मृत्युलाई पनि जितेका थिए; उनी पूर्ण र समग्र रूपमा परमेश्‍वरको मानिस थिए। यी दुई परीक्षाको अवधिमा अय्यूब आफ्नो गवाहीमा अडिग थिए, वास्तवमा आफ्नो सिद्धता र इमानदारीमा जिएका थिए, र परमेश्‍वरसँग डराउने र दुष्टता त्याग्ने सम्‍बन्धी आफ्नो जीवनका सिद्धान्तहरूको दायरा फराकिलो बनाए। यी दुई परीक्षाहरू भोगिसकेपछि, अय्यूबमा एक समृद्ध अनुभवको जन्म भयो, र यो अनुभवले तिनलाई अझ परिपक्व र अनुभवी बनायो, यसले तिनलाई बलियो बनायो, अझ ठूलो दृढता भएको व्यक्ति बनायो, र यसले तिनलाई तिनले दह्रिलो गरी पक्रेको सत्यनिष्ठको सहिपन र योग्यताप्रति अझ बढी विश्‍वस्त। यहोवा परमेश्‍वरले गर्नुभएको अय्यूबको जाँचले तिनलाई मानिसप्रतिको परमेश्‍वरको चिन्ताको गहिरो बुझाइ र अनुभूति प्रदान गर्‍यो, र तिनलाई परमेश्‍वरको प्रेमको अनमोलता महसुस गरायो, यसपछि परमेश्‍वरप्रतिको तिनको डरमा परमेश्‍वरप्रतिको गहिरो चासो र प्रेम थपियो। यहोवा परमेश्‍वरले गर्नुभएको जाँचले अय्यूबलाई उहाँबाट अलग मात्र गरेन, तर तिनको हृदयलाई परमेश्‍वरको नजिक बनायो। अय्यूबले भोगेको शारीरिक पीडा चरम सीमामा पुगेपछि, तिनले अनुभव गरेका यहोवा परमेश्‍वरप्रतिको तिनको चिन्ताको कारण तिनले आफ्नो जन्म दिनलाई सराप्ने बाहेक तिनीसँग अरू कुनै विकल्प थिएन। यस्तो आचरण धेरै पहिले योजना गरेर प्रस्तुत गरिएको थिएन, तर तिनको हृदयमा परमेश्‍वरप्रति तिनले गरेको प्रेम र चासोको कारण प्राकृतिक रूपमा प्रकट भएको थियो, यो परमेश्‍वरप्रतिको तिनको वास्ता र प्रेमबाट प्राकृतिक रूपमा प्रकट भएको थियो। भन्नुको अर्थ, तिनले आफैलाई घृणा गरे, र तिनी परमेश्‍वरलाई यातना दिन इच्छुक थिएनन्, त्यसो गर्न सक्दैनथे, त्यसैले तिनको विचार र प्रेम निःस्वार्थताको चरम सीमामा पुगेको थियो। यस समयमा, अय्यूबले आफ्नो लामो समयदेखि चल्दैआएको परमेश्‍वरप्रतिको आदर र तिर्सना, अनि परमेश्‍वरप्रतिको भक्तिलाई परमेश्‍वरप्रतिको वास्ता र प्रेमको स्तरमा उठाए। साथै, तिनले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास र आज्ञाकारीता र परमेश्‍वरप्रतिको भयलाई वास्ता र प्रेमको स्तरसम्म पुऱ्याए। तिनले परमेश्‍वरलाई चोट पुर्‍याउने केही पनि गरेनन्, तिनले परमेश्‍वरलाई चोट पुर्‍याउने कुनै आचरण प्रस्तुत गरेनन्, र तिनले आफ्नै कारणले गर्दा परमेश्‍वरमा कुनै दुःख, शोक वा निराशा ल्याएन। परमेश्‍वरको नजरमा, अय्यूब पहिलेको अय्यूब जस्तै रहेको भए तापनि, अय्यूबको विश्‍वास, आज्ञाकारीता र परमेश्‍वरप्रतिको भयले परमेश्‍वरलाई पूर्ण सन्तुष्टि र आनन्द लियो। यस समयमा, परमेश्‍वरले अपेक्षा गर्नुभएको सिद्धतालाई अय्यूबले प्राप्त गरेका थिए; तिनी वास्तवमै परमेश्‍वरको नजरमा “सिद्ध र सोझो” व्यक्ति भनी बोलाउन योग्य मानिस बने। तिनको धार्मिक कामले तिनलाई शैतानमाथि विजय प्राप्त गर्न र परमेश्‍वरप्रतिको आफ्‍नो गवाहीमा दृढ रहने तुल्यायो। त्यसकारण, तिनका धार्मिक कामहरूले तिनलाई सिद्ध बनायो, र तिनको जीवनको मूल्यलाई पहिलेभन्दा उच्च बनायो र अरू कुरालाई उछिन्‍ने तुल्यायो, र ती कुराहरूले तिनलाई शैतानले उप्रान्त आक्रमण गर्न वा परीक्षामा पार्न नसक्‍ने पहिलो व्यक्ति बनायो। अय्यूब धर्मी भएको हुनाले, तिनलाई शैतानले दोष लगायो र परीक्षामा पर्‍यो; अय्यूब धार्मिक भएकोले, तिनलाई शैतानको हातमा सुम्पियो; अनि अय्यूब धार्मिक भएकोले, तिनले शैतानलाई जिते र हराए, र तिनको गवाहीमा दृढ रहे। अबदेखि अय्यूब फेरि कहिल्यै शैतानको हातमा नपर्ने पहिलो मानिस बने, तिनी वास्तवमै परमेश्‍वरको आशिषमा शैतानको जासुसी वा विनाशविना परमेश्‍वरको सिंहासनको अगाडि आएर ज्योतिमा बाँचे…। तिनी परमेश्‍वरको नजरमा एक साँचो पुरुष बनेका थिए। तिनी स्वतन्त्र भएका थिए …

वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

यदि तँ सिद्ध पारिने प्रयासमा लागेको व्यक्ति होस् भने, तैँले साक्षी दिनेछस्, र तैँले यसो भन्‍नेछस्: “परमेश्‍वरको यो चरणबद्ध कार्यमा, मैले परमेश्‍वरको सजाय र न्यायलाई स्वीकार गरेको छ, र मैले ठूलो कष्ट भोगेको भए तापनि, परमेश्‍वरले मानिसलाई कसरी सिद्ध पार्नुहुन्छ सो कुरा मैले जानेको छु, परमेश्‍वरले गर्नुभएको काम मैले प्राप्त गरेको छु, मैले परमेश्‍वरको धार्मिकताको ज्ञान पाएको छु, र उहाँको सजायले मलाई मुक्त गरेको छ। उहाँको धर्मी स्वभाव ममा आएको छ र मलाई आशिष्‌हरू र अनुग्रह ल्याएको छ; उहाँको न्याय र सजायले नै मलाई सुरक्षा दिएको छ र शुद्ध पारेको छ। यदि परमेश्‍वरद्वारा मलाई दण्ड दिइएको थिएन र न्याय गरिएको थिएन, र परमेश्‍वरको कठोर वचन मकहाँ नआएको भए, मैले परमेश्‍वरलाई चिन्‍ने थिइन, न त मैले मुक्ति नै पाउन सक्‍नेथिएँ। आज म देख्‍छु: एक प्राणीको रूपमा, उसले परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै कुराहरूको आनन्द लिने मात्रै होइन, तर, अझै महत्त्वपूर्ण कुरा त, सम्पूर्ण प्राणीहरूले परमेश्‍वरको धर्मी स्वभाव र उहाँको धर्मी न्यायमा आनन्द लिनुपर्छ, किनभने परमेश्‍वरको स्वभाव मानिसको आनन्दको योग्य छ। शैतानद्वारा भ्रष्ट तुल्याइएको एक प्राणीको रूपमा, उसले परमेश्‍वरको धर्मी न्यायमा आनन्द लिनुपर्छ। उहाँको धर्मी स्वभावमा सजाय र न्याय छ, र, त्यति मात्र होइन, त्यहाँ महान् प्रेम छ। आज परमेश्‍वरको प्रेम पूर्ण रूपमा प्राप्त गर्न म असक्षम भए तापनि, यसलाई हेर्ने असल मौका मैले प्राप्त गरेको छु, र यसमा मैले आशिष् पाएको छु।” सिद्ध पारिएको अनुभव गर्नेहरूले हिँड्ने बाटो यही नै हो, र तिनीहरूले बताउने ज्ञान यही नै हो। त्यस्ता मानिसहरू पत्रुसजस्तै हुन्; तिनीहरूमा पत्रुसको जस्तै अनुभवहरू छन्। त्यस्ता मानिसहरू जीवन प्राप्त गरेका, जससँग सत्यता छ। जब तिनीहरूले अन्त्यसम्‍मै अनुभव गर्छन्, परमेश्‍वरको न्यायको अवधिमा तिनीहरूले आफैलाई शैतानको प्रभावबाट मुक्त गर्नेछन्, र तिनीहरू परमेश्‍वरद्वारा प्राप्त गरिनेछन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

उहाँको धेरैजसो काममा, साँचो अनुभव सहितका जोसुकैले उहाँप्रति साँचो श्रद्धाको अनुभूति गर्छन्, जुन सराहनाभन्दा उच्‍च छ। उहाँको दण्ड र न्याय दिने कार्यको कारण मानिसहरूले उहाँको स्वभावलाई देखेका छन्, त्यसकारण तिनीहरूले आफ्‍नो हृदयमा उहाँलाई आदर गर्छन्। परमेश्‍वरको आदर गरिनुपर्छ र उहाँको आज्ञा पालना गरिनुपर्छ, किनभने उहाँको सारत्व र उहाँको स्वभाव सृष्टि गरिएका प्राणीहरूको जस्तो छैन बरु ती त सृष्टि गरिएका प्राणीहरूको भन्दा उच्‍च छन्। परमेश्‍वर स्वअस्तित्वमा हुनुहुन्छ र अनन्‍त हुनुहुन्छ, उहाँलाई सृष्टि गरिएको होइन, र श्रद्धा र आज्ञापालनको योग्य परमेश्‍वर मात्रै हुनुहुन्छ; यसको लागि मानिस योग्य छैन। त्यसकारण, उहाँको कार्यलाई अनुभव गरिसकेकाहरू र उहाँलाई साँचो रूपमा चिनेकाहरूले उहाँप्रति श्रद्धाको अनुभूति गर्छन्। तैपनि, उहाँसँग सम्‍बन्धित आफ्‍ना धारणाहरूलाई त्याग्‍न नसक्‍नेहरूसँग—उहाँलाई परमेश्‍वरको रूपमा लिँदै-नलिनेहरूसँग—उहाँप्रति कुनै श्रद्धा हुँदैन, र तिनीहरूले उहाँलाई पछ्याए तापनि, तिनीहरू जितिएका हुँदैनन्; तिनीहरूको प्रकृति नै अनाज्ञाकारी हुन्छ। यसरी काम गरेर उहाँले के हासिल गर्न चाहनुहुन्छ भने सृष्टि गरिएका सबै प्राणीहरूमा सृष्टिकर्ताको लागि श्रद्धा गर्ने हृदय होस्, तिनीहरूले उहाँको आराधना गरून्, र निःशर्त रूपमा तिनीहरू उहाँको प्रभुत्वमा समर्पित होऊन्। उहाँको सबै कामले हासिल गर्नुपर्ने अन्तिम परिणाम यही हो।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

आज म यसरी तिमीहरूको न्याय गर्दैछु, अन्त्यमा तिमीहरूसँग कुन हदसम्म बुझाइ हुनेछ? तिमीहरूले आफ्नो हैसियत उच्च नभए पनि परमेश्‍वरको उचाइको आनन्द लिएका छौं भनी भन्नेछौ। तिमीहरूको जन्म तुच्छ भएकोले तिमीहरूको कुनै हैसियत छैन, तर परमेश्‍वरले तिमीहरूलाई उचाल्नुहुने भएकोले तिमीहरूको हैसियत प्राप्त गर्छौ—यो उहाँले तिमीहरूलाई दिनुभएको कुरा हो। आज तिमीहरू व्यक्तिगत रूपमा परमेश्‍वरको प्रशिक्षण, उहाँको दण्ड, र उहाँको न्याय प्राप्त गर्न सकछौ। यो पनि उहाँले उचाल्नुभएको कार्य नै हो। तिमीहरू व्यक्तिगत रूपमा उहाँको शुद्धीकरण र प्रज्वलन प्राप्त गर्न सक्षम छौ। यो परमेश्‍वरको महान् प्रेम हो। युगौंयुगदेखि त्यहाँ एक जना पनि त्यस्तो व्यक्ति छैन जसलाई उहाँको शुद्धीकरण र प्रज्वलन प्राप्त भएको छ, र एक जना व्यक्ति पनि उहाँका वचनहरूद्वारा सिद्ध हुन सकेको छैन। अहिले परमेश्‍वर तिमीहरूलाई शुद्ध पार्दै, तिमीहरूका भित्री विद्रोहीपन प्रकट गर्दै तिमीहरूसँग आमनेसामने बोल्दैहुनुहुन्छ—यो निश्चय नै उहाँले उचाल्नुभभएको कार्य हो। मानिसहरूसँग के-कस्ता योग्यताहरू छन्? चाहे तिनीहरू दाऊदका छोराहरू हुन् वा मोआबका सन्तानहरू, समग्रमा, मानिसहरू सृष्टि गरिएका प्राणीहरू हुन्, जोसँग घमन्ड गर्न लायकको केही पनि छैन। तिमीहरू परमेश्‍वरका प्राणीहरू भएकाले तिमीहरूले प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। तिमीहरूका लागि अरू आवश्यक सर्तहरू छैनन्। तिमीहरूले यसरी प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर! चाहे मेरो हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले उचाल्नुभएकोले गर्दा हो, र यदि यो तुच्छ छ भने यो तपाईंको पूर्वनिर्धारणले गर्दा हो। सबै कुरा तपाईँको हातमा छन्। मसँग न त कुनै विकल्प छ, न कुनै गुनासो छ। म यस देशमा र यी मानिसहरूको बीचमा जन्मनुपर्छ भनी तपाईंले नै पूर्वनिर्धारित गर्नुभयो, र मैले गर्नुपर्ने भनेको तपाईंको अधीनमा पूर्ण रूपमा आज्ञाकारी हुनु मात्र हो, किनकि सबै कुरा तपाईंले पूर्वनिर्धारित गर्नुभएको प्रबन्धभित्र छन्। म हैसियतको बारेमा विचार गर्दिनँ; आखिर, म एक प्राणी मात्र हुँ। यदि तपाईंले मलाई अतल कुण्डमा, आगो र गन्धकको कुण्डमा राख्नुभयो भने, म एक प्राणीबाहेक अरू केही पनि होइन। यदि तपाईं मलाई प्रयोग गर्नुहुन्छ भने म एक प्राणी हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्छ भने पनि म एक प्राणी नै हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्न भने पनि म तपाईंलाई प्रेम गर्नेछु, किनकि म एक प्राणीभन्दा बढी अरू केही होइन। म सृष्टिका परमप्रभुद्वारा सृष्टि गरिएको एक क्षुद्र प्राणीबाहेक अरू केही पनि होइन, सृष्टि गरिएका सारा मानिसहरूमध्ये एक जना मात्र हुँ। तपाईंले नै मलाई सृष्टि गर्नुभयो, र अब एकचोटि फेरि तपाईंले मलाई तपाईंको इच्छाअनुसार गर्न आफ्नो हातमा राख्नुभएको छ। म तपाईंको औजार र तपाईंको प्रतिभार बन्न इच्छुक छु, किनकि सबै कुरा तपाईंले नै पूर्वनिर्धारण गर्नुभएको हो। यसलाई कसैले परिवर्तन गर्न सक्दैन। सबै थोक र सबै घटनाहरू तपाईंको हातमा छन्।” जब त्यो समय आउँछ जसले तँलाई हैसियतको बारेमा सोचविचार गर्न दिँदैन, तब तँ त्यसबाट मुक्त हुनेछस्। तब मात्र तँ आत्मविश्‍वास र हिम्मतका साथ खोजी गर्न सक्षम हुनेछस्, र तब मात्र तेरो हृदय कुनै पनि करकापबाट मुक्त हुन सक्छ। एकपटक मानिसहरू यी कुराहरूबाट मुक्त भए भने त्यसपछि उनीहरूलाई कुनै चिन्ताहरू हुँदैनन्।

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तँ किन प्रतिभार हुन अनिच्छुक छस्?

वर्षौं बितेपछि, शोधन र सजायको कष्ट अनुभव गरिसकेपछि, मानिस जीर्ण बनेको छ। मानिसले विगतका समयहरूको “महिमा” र “रोमान्स” लाई गुमाएको भए तापनि, उसले थाहै नपाई, मानव आचरणका सिद्धान्तहरू बुझ्‍न पुगेको छ, र मानवजातिलाई मुक्त गर्ने परमेश्‍वरको वर्षौंको लगाबलाई बुझ्‍न पुगेको छ। मानिसले उसको आफ्‍नो जङ्गलीपनलाई बिस्तारै घृणा गर्न सुरु गर्छ। ऊ कति असभ्य छ त्यस कुरा, परमेश्‍वरप्रतिको उसका सबै गलत बुझाइहरू, र उहाँलाई उसले गरेका अनुचित मागहरूलाई उसले घृणा गर्न थाल्छ। समयलाई पछाडि फर्काउन सकिँदैन। विगतका घटनाहरू मानिसका अपसोचपूर्ण यादहरू बन्छन्, र परमेश्‍वरका वचनहरू र प्रेम मानिसको नयाँ जीवनको प्रेरणा-शक्ति बन्छ। दिन-प्रतिदिन मानिसका घाउहरू निको हुन्छन्, उसको सामर्थ्य फर्की आउछ र … उहाँ सँधै नै उसकै साथमा हुनुहुँदो रहेछ, अनि उहाँको मुस्कान र उहाँको सुन्दर मुहार अझै कति मोहक छ भन्‍ने पत्ता लगाउन, ऊ खडा भएर सर्वशक्तिमान्‌को अनुहारमा हेर्छ। उहाँको हृदयले अझै पनि आफूले सृष्टि गरेको मानवजातिप्रति चिन्ता गर्छ, र उहाँका हातहरू प्रारम्‍भमा जस्ता थिए त्यस्तै न्याना र शक्तिशाली छन्। यो चाहिँ मानिस अदनको बगैंचामा फर्केजस्तै हुन्छ, तैपनि यस पटक मानिसले त्यस उप्रान्त सर्पको बहकाउलाई सुन्दैन र त्यस उप्रान्त यहोवाको नजरबाट फर्कँदैन। मानिस परमेश्‍वरको अघि घुँडा टेक्छ, परमेश्‍वरको मुस्कुराइरहेको अनुहारलाई हेर्छ, र उसको सबैभन्दा बहुमूल्‍य बलिदान चढाउँछ—अहो! हे मेरा प्रभु, मेरा परमेश्‍वर!

वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

तपाईं भन्नुहुन्छ, कि आखिरी दिनहरूमा परमेश्‍वरले मानिसको न्याय र शुद्धीकरण गर्न सत्यता व्यक्त गर्नुहुन्छ। परमेश्‍वरले पुरानो र नयाँ करार दुवैका मानवजातिको न्याय गर्न वचनहरू बोल्नुहुन्छ—परमेश्‍वरको न्यायले मानिसलाई कहिल्यै छोडेको छैन। के तपाईं यी वचनहरू मानिसको न्याय र शुद्धीकरण गर्न असमर्थ छन् भनी भन्दैहुनुहुन्छ? परमेश्‍वरद्वारा आखिरी दिनहरूमा व्यक्त गरिएको न्यायका वचनहरू, र बाइबलमा लेखिएको मानिसको न्याय गर्ने परमेश्‍वरका वचनहरू बीचमा के फरक छ?

परमेश्‍वरका प्रासंगिक वचनहरू: “न्याय” शब्द उल्लेख हुँदा, यहोवाले हरेक क्षेत्रका मानिसहरूलाई निर्देशन दिन बोल्नुभयो र येशूले फरिसीहरूलाई...

हामी विश्वास गर्छौं, प्रकाशको पुस्तकमा अगमवाणी गरिएको ठूलो सेतो सिंहासन अविश्‍वासीहरूलाई लक्षित गरिएको हो जो शैतानको स्वामित्वमा छन्। जब प्रभु आउनुहुन्छ, उहाँमा विश्‍वास गर्नेहरू स्वर्गमा उठाइ लगिनेछन्, त्यसपछि प्रभुले अविश्‍वासीहरूलाई नाश पार्नका लागि विपत्तिहरू बर्साउनुहुनेछ। यही नै ठूलो सेतो सिंहासनको न्याय हो, तैपनि तपाईं परमेश्‍वरको आखिरी दिनहरूको न्याय सुरु भइसकेको छ भनी गवाही दिनुहुन्छ। त्यसोभए परमेश्‍वरले अविश्‍वासीहरूलाई नाश पार्नका लागि विपत्तिहरू बर्साउनुभएको हामीले किन देखेका छैनौं? यो कसरी ठूलो सेतो सिंहासनको न्याय हुन सक्छ?

सन्दर्भका लागि बाइबल पदहरू: “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७)। “अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ...

Leave a Reply

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्