तपाईं भन्नुहुन्छ, यदि हामी परमेश्‍वरले गर्नुहुने आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गर्दैनौं भने हामी शुद्ध हुनेछैनौं, र त्यसैले परमेश्‍वरको राज्यमा प्रवेश गर्ने योग्यका हुनेछैनौं। हामी यो कुरामा विश्‍वास गर्दैनौं। हामीले अझै पनि पाप गर्न सक्ने भए पनि र देहको बन्धनमा परेका भए पनि, बाइबलमा स्पष्ट भनिएको छ “एकै क्षणमा, आँखाको झिमिकमा, अन्तिम तुरहीमा: किनभने तुरही फुकिनेछ, अनि मृतकहरू अविनाशी भई उठ्नेछन्, अनि हामी परिवर्तन हुनेछौं” (१ कोरिन्थी १५:५२)। हामी विश्‍वास गर्छौं, परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ: परमेश्‍वरको एउटा वाणीले स्वर्ग र पृथ्वी र सबै थोक सृष्टि गर्‍यो, र परमेश्‍वरको एउटा वाणीले मृतकहरूलाई जीवित बनाउन सक्छ। जब परमेश्‍वर आउनुहुन्छ, उहाँले तुरुन्तै हाम्रो रूप परिवर्तन गर्न र हामीलाई स्वर्गको राज्यमा उठाउन सक्‍नुहुनेछ। त्यसैले आखिरी दिनहरूमा परमेश्‍वर देह बन्नु र उहाँले सत्यता प्रकट गर्नु र न्याय र शुद्धीकरणको काम गर्नु आवश्यकता छैन।

6 फेब्रुअरी 2022

सन्दर्भका लागि बाइबल पदहरू:

“किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७)

“अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ र पनि विश्‍वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर बचाउन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू ग्रहण नगर्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले अन्तको दिनमा उसको न्याय गर्नेछ” (यूहन्‍ना १२:४७-४८)

“मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ: किनभने उहाँ आफ्‍नो तर्फबाट बोल्‍नुहुनेछैन; तर उहाँले जे सुन्‍नुहुन्‍छ उहाँले त्यही बोल्‍नुहुनेछ: र उहाँले तिमीहरूले आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्‍ना १६:१२-१३)

“तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनेर होइन, तर तपाईंले तिनीहरूलाई दुष्टताबाट अलग राख्‍नुहोस् भनेर म प्रार्थना गर्छु। … तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो। … अनि तिनीहरूका खातिर म आफैलाई पवित्र पार्छु, ताकि तिनीहरू पनि सत्यताद्वारा शुद्ध पारिन सकून्” (यूहन्‍ना १७:१५-१९)

परमेश्‍वरका प्रासंगिक वचनहरू:

तिमीहरूले परमेश्‍वरको इच्छा देख्न सक्‍नुपर्छ, अनि परमेश्‍वरको कार्य स्वर्ग र पृथ्वी अनि सारा थोकहरूको सृष्टि जस्तो सरल छैन भन्‍ने देख्नैपर्छ। किनभने, आजको कार्य भ्रष्ट भएका, चरम रूपमा लट्टिएकाहरूको रूपान्तरण हो, यो तिनीहरूलाई शुद्ध गर्नको लागि हो जो सृष्टि त गरिए तर शैतानको बन्धनमा परे। यो आदम अनि हव्वाको सृष्टि होइन, न त ज्योतिको सृष्टि, अथवा हरेक वनस्पति अनि पशुको सृष्टि नै हो। परमेश्‍वरले शैतानद्वारा भ्रष्ट बनाइएका कुराहरूलाई शुद्ध गर्नुहुन्छ अनि तिनीहरूलाई नयाँ बनाउनुहुन्छ; तिनीहरू उहाँको आफ्नै स्वामित्वका कुराहरू बन्छन्, अनि तिनीहरू उहाँको महिमा बन्छन्। यो मानिसले सोचेजस्तो हुँदैन, यो स्वर्ग अनि पृथ्वी अनि त्यसमा भएका यावत् थोकहरूको सृष्टि जस्तो, अथवा शैतानलाई सरापेर अतल कुण्डमा फ्याँके जस्तो सरल हुँदैन; बरु, यो मानिसलाई रूपान्तरण गर्ने, नकारात्मक कुराहरूलाई परिवर्तन गरेर सकारात्मक बनाउने, उहाँका नभएका कुराहरूलाई उहाँको आफ्नै बनाउने कार्य हो। परमेश्‍वरको कार्यको यस चरण पछाडिको सत्यता यही नै हो। तिमीहरूले यस कुरालाई बुझ्नैपर्छ अनि यी कुराहरूलाई ज्यादै सरल बनाउन छाड्नैपर्छ। परमेश्‍वरको कार्य अन्य साधारण कामहरू जस्तो हुँदैन। यसको अद्भुतता अनि बुद्धि मान्छेको समझदेखि बाहिरको कुरा हो। परमेश्‍वरले यी सबै कुराहरू कार्यको यस चरणको समयमा सृष्टि गर्नुहुन्न, न त उहाँले तिनीहरूलाई नष्ट नै गर्नुहुन्छ। बरु, उहाँले आफैले सृष्टि गर्नुभएका सबै कुराहरूलाई रूपान्तरण गर्नुहुन्छ, अनि शैतानले दूषित पारेको सबै कुराहरूलाई शुद्ध पार्नुहुन्छ। अनि यस किसिमले परमेश्‍वरले एउटा महान कार्यको सुरुवात गर्नुहुन्छ, अनि परमेश्‍वरको कार्यको सम्पूर्ण महत्त्व यही हो। के यी वचनहरूमा तिमीहरूले परमेश्‍वरको कार्य साँच्चै नै सरल छ भन्‍ने देख्छौ?

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?

प्रारम्भिक मानव जाति परमेश्‍वरको हातमा थियो, तर शैतानको परीक्षा र भ्रष्टताको कारण, मानिस शैतानको बन्धनमा पर्‍यो र दुष्टको हातमा पर्‍यो। तसर्थ, शैतान परमेश्‍वरको व्यवस्थापन कार्यमा पराजित गरिनुपर्ने पात्र बन्यो। शैतानले मानिसलाई आफ्नो वसमा पारेकोले र मानिस परमेश्‍वरले सबै व्यवस्थापन पूरा गर्न प्रयोग गर्नुहुने पूँजी भएकोले यदि मानिसलाई बचाइनु छ भने, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिनैपर्छ, अर्थात्, मानिसलाई शैतान कैदबाट फिर्ता लिनैपर्छ। यसैले मानिसको पुरानो स्वभावमा परिवर्तन ल्याएर शैतानलाई हराउनैपर्छ, यस्तो परिवर्तन जसले मानिसको सुरुको तर्कको अनुभूतिलाई पुनर्स्थापित गर्दछ। यस प्रकार जुन मानिस कैद बनाइएको छ, उसलाई शैतानको हातबाट खोसेर फिर्ता लिन सकिन्छ। यदि मानिसलाई शैतानको प्रभाव र बन्धनबाट मुक्त गरियो भने शैतान लज्जित हुनेछ, मानिसलाई अन्ततः फिर्ता ल्याइनेछ र शैतान पराजित हुनेछ। मानिस शैतानको अन्धकारको प्रभावबाट स्वतन्त्र भएकोले गर्दा, मानिस यो पूरै लडाइँको लुटको सामान बन्छ र लडाइँ समाप्त भएपछि शैतान दण्ड दिनुपर्ने पात्र बन्छ, त्यसपछि मानव जातिको मुक्तिको सम्पूर्ण काम पूरा भएको हुनेछ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

परमेश्‍वरले सारा ब्रह्माण्डभरि उहाँको काम गर्नुहुन्छ। उहाँमा विश्‍वास गर्नेहरू सबैले उहाँको वचनलाई स्वीकार गर्नुपर्छ, अनि उहाँको वचन खानु र पिउनु पर्छ; परमेश्‍वरद्वारा प्रकट गरिएका चिह्नहरू र अचम्‍मका कामहरू हेरेर कोही पनि परमेश्‍वरद्वारा प्राप्त हुन सक्दैनन्। युगौंयुगभरि परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन सधैँ वचन प्रयोग गर्नुभएको छ। यसैकारण तिमीहरूले आफ्नो सम्पूर्ण ध्यान चिह्नहरू र अचम्‍मका कामहरूमा लगाउनु हुँदैन, तर परमेश्‍वरद्वारा सिद्ध बनाइने कोसिस गर्नुपर्छ। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्‍वरले केही वचनहरू बोल्नुभयो अनि अनुग्रहको युगमा येशूले पनि धेरै वटा वचनहरू बोल्नुभयो। येशूले धेरै वचनहरू भनिसक्‍नुभएपछि, पछिबाट प्रेरितहरू र चेलाहरूले मानिसहरूलाई येशूले दिनुभएका आज्ञाहरू अनुसार अभ्यास गर्न अगुवाइ गरे अनि येशूले बोल्नुभएका वचनहरू र सिद्धान्तहरूको अनुभव गरे। आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन मुख्य रूपमा वचनकै प्रयोग गर्नुहुन्छ। उहाँले मानिसलाई दबाब दिन, वा विश्‍वस्त तुल्याउन चिह्नहरू र अचम्‍मका कामहरू प्रयोग गर्नुहुन्न; यसले परमेश्‍वरको शक्तिलाई स्पष्ट बनाउन सक्दैन। यदि परमेश्‍वरले चिह्नहरू र अचम्‍मका कामहरू मात्र देखाउनुभएको भए, परमेश्‍वरको वास्तविकता स्पष्ट पार्न असम्भव हुनेथियो, यसरी मानिसलाई सिद्ध बनाउन पनि असम्भव नै हुनेथियो। परमेश्‍वरले चिह्नहरू र अचम्‍मका कामहरूद्वारा मानिसलाई सिद्ध बनाउनुहुन्न, तर मानिसमा पानी हाल्न र गोठालो गर्न वचनको प्रयोग गर्नुहुन्छ, त्यसपछि मानिसको पूर्ण आज्ञाकारीता र मानिसमा परमेश्‍वरको ज्ञान प्राप्त गरिन्छ। उहाँले गर्नुहुने काम र उहाँले बोल्नुहुने वचनको उद्देश्य यही नै हो। परमेश्‍वरले मानिसलाई सिद्ध बनाउनका निम्ति चिह्नहरू र अचम्‍मका कामहरू देखाउने विधिको प्रयोग गर्नुहुन्न—उहाँले मानिसलाई सिद्ध पार्नको लागि वचनहरू प्रयोग गर्नुहुन्छ, र धेरै वटा फरक-फरक तरिकाहरू प्रयोग गर्नुहुन्छ। चाहे त्यो शोधन होस्, निराकरण र काँटछाँट वा वचनहरूको प्रबन्ध होस्, मानिसलाई सिद्ध बनाउन अनि मानिसलाई परमेश्‍वरको काम, बुद्धि र अद्भुतता ज्ञान दिन परमेश्‍वर विभिन्‍न दृष्टिकोणहरूबाट बोल्नुहुन्छ। जब परमेश्‍वरले आखिरी दिनहरूमा युगको समाप्ति गर्नुहुने समयमा मानिसलाई पूर्ण बनाइन्छ, त्यसबेला ऊ चिन्हहरू र अचम्‍मका कामहरू हेर्न योग्यको हुनेछ। जब तँ परमेश्‍वरलाई चिन्छस् र परमेश्‍वरले जे नै गर्नुभए पनि उहाँको आज्ञापालन गर्न सक्ने बन्छस्, तब चिह्नहरू र अचम्‍मका कामहरू देख्दा उहाँको विषयमा तँमा उप्रान्त कुनै धारणाहरू हुनेछैन। यस क्षणमा, तँ भ्रष्ट छस् र परमेश्‍वरको पूर्ण आज्ञा पालन गर्न असक्षम छस्—के यस्तो अवस्थामा तँ परमेश्‍वरका चिन्हहरू र अचम्‍मका कामहरू देख्‍न योग्य छस् भन्‍ने ठान्छस्? जब परमेश्‍वरले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्छ, त्यही बेला परमेश्‍वरले मानिसलाई दण्ड दिनुहुन्छ, अनि युग परिवर्तन हुन्छ, त्यसबाहेक युगको अन्त्य पनि हुन्छ। जब परमेश्‍वरको काम सामान्य रूपमा पूरा भइरहेको हुन्छ, त्यसबेला उहाँले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्न। चिन्हहरू र अचम्‍मका कामहरू देखाउनु उहाँको निम्ति हास्यास्पद रूपमा सजिलो हुन्छ, तर परमेश्‍वरको कामको सिद्धान्त त्यो होइन, न त त्यो मानिसको निम्ति परमेश्‍वरको व्यवस्थापन नै हो। यदि मानिसले चिन्हहरू र अचम्‍मका कामहरू देख्यो, र परमेश्‍वरको आत्मिक शरीर मानिसकहाँ देखा पर्‍यो भने, के सबै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्नेथिएनन् र? मैले पहिलेबाटै भनेको थिएँ, कि विजेताहरूको एउटा दल पूर्वबाट जितिन्छ, ती विजेताहरू जो, महासंकष्टको बीचबाट निस्कन्छन्। यी वचनहरूको अर्थ के हो? तिनको अर्थ यही हो, कि ती प्राप्त गरिएका मानिसहरूले न्याय र सजाय, निराकरण र काटछाँट र हरकिसिमका शोधनबाट भएर गएपछि मात्र साँचो रूपमा आज्ञापालन गर्न सके। यी मानिसहरूको विश्‍वास अस्पष्ट र अमूर्त हुँदैन, तर वास्तविक हुन्छ। तिनीहरूले कुनै पनि चिन्हहरू र अचम्‍मका कामहरू वा कुनै आश्‍चर्यकर्महरू देखेका हुँदैनन्; तिनीहरू कुनै बुझ्न नसकिने अक्षरहरू र सिद्धान्तहरू वा गहन अन्तर्दृष्टिहरूको बारेमा कुरा गर्दैनन्; त्यसको साटो, तिनीहरूसित वास्तविकता, परमेश्‍वरका वचनहरू र परमेश्‍वरको वास्तविकताको साँचो ज्ञान हुन्छ। के यस्तो झुण्ड परमेश्‍वरको शक्तिलाई स्पष्ट पार्न अझ बढी सक्षम हुँदैन र? आखिरी दिनहरूमा परमेश्‍वरले गर्नुहुने काम वास्तविक काम हो। येशूको युगको अवधिमा, उहाँ मानिसलाई सिद्ध बनाउन आउनुभएन, तर मानिसलाई उद्धार गर्न आउनुभयो, त्यसकारण, मानिसहरूलाई उहाँको पछि लगाउन उहाँले केही आश्‍चर्यकर्महरू गर्नुभयो। किनकि उहाँ मुख्य रूपले क्रूसीकरणको काम पूरा गर्न आउनुभएको थियो, र चिह्नहरू देखाउनु उहाँको सेवकाइको हिस्सा थिएन। त्यस्ता चिन्हहरू र अचम्‍मका कामहरू उहाँको कामलाई अझ प्रभावकारी बनाउन गरिएका थिए; ती अतिरिक्त काम थिए, र तिनले सम्पूर्ण युगको कामको प्रतिनिधित्व गर्दैनथिए। पुरानो करारको व्यवस्थाको युगमा, परमेश्‍वरले केही चिन्हहरू र अचम्‍मका कामहरू पनि देखाउनुभयो—तर परमेश्‍वरले आज गर्नुहुने काम वास्तविक काम हो, र निश्चय पनि उहाँले अहिले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुहुन्‍न। यदि उहाँले चिन्हहरू र अचम्‍मका कामहरू देखाउनुभयो भने उहाँको वास्तविक काम लथालिङ्ग हुनेथियो, र उहाँले अरू थप काम गर्न सक्नुहुनेथिएन। यदि परमेश्‍वरले मानिसलाई सिद्ध बनाउन वचन प्रयोग गर्छु भनी भन्‍नुभयो, तर उहाँले चिन्हहरू र अचम्‍मका कामहरू पनि देखाउनुभयो भने, के मानिसले साँच्चै उहाँमा विश्‍वास गरेको छ कि छैन भनी स्पष्ट पार्न सकिन्थ्यो? यसैले, परमेश्‍वरले त्यस्ता कार्यहरू गर्नुहुन्न। मानिसभित्र धर्म धेरै छ; परमेश्‍वर मानिसभित्र भएका सबै धार्मिक धारणाहरू र अलौकिक कुराहरूलाई रद्द गर्न अनि मानिसलाई परमेश्‍वरको वास्तविकता जनाउन आखिरी दिनहरूमा आउनुभएको छ। उहाँ परमेश्‍वरको त्यो प्रतिरूप हटाउन आउनुभएको छ, जुन अस्पष्ट र काल्पनिक छ—अर्को शब्दमा भन्ने हो भने, एउटा यस्तो परमेश्‍वरको प्रतिरूप जसको कुनै अस्तित्व नै छैन। अनि यसैले अहिले तेरो निम्ति एउटै मात्र मूल्यवान् कुरा भनेको वास्तविकताको ज्ञान प्राप्त गर्नु हो! सत्य सबै कुराभन्दा माथि हुन्छ। आज तँमा कति धेरै सत्यता छ? के चिन्हहरू र अचम्‍मका कामहरू देखाउनेहरू सबै परमेश्‍वर हुन्? दुष्टात्माहरूले पनि चिन्हहरू र अचम्‍मका कामहरू देखाउन सक्छन्; के ती सबै परमेश्‍वर हुन्? परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा मानिसले खोज्ने भनेको सत्यता हो र उसले जीवनमा खोज्‍ने कुरा जीवन हो, चिन्हहरू र अचम्‍मका कामहरू होइनन्। परमेश्‍वरमा विश्‍वास गर्ने सबैको उद्देश्य यही नै हुनुपर्छ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको वचनद्वारा सबै कुरा प्राप्त हुन्छ

आखिरी दिनहरूका ख्रीष्टले मानवलाई सिकाउन, मानवको सारलाई प्रकट गर्न, र मानवका शब्दहरू र कार्यहरूलाई जाँच गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानवको कर्तव्य, मानवले कसरी परमेश्‍वरको आज्ञापालन गर्नैपर्छ, मानव कसरी परमेश्‍वरमा निष्ठावान् हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्‍वरको बुद्धि र स्वभाव, र यस्तै अन्य कुराहरू जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्‍वरलाई घृणाका साथ इन्कार गर्छ भनी प्रकट गर्ने वचनहरूलाई मानव कसरी शैतानको मूर्तरूप हो, र परमेश्‍वरका विरुद्धको शत्रुवत् दबाब हो भन्‍ने विषयमा बोलिएको हुन्छ। उहाँको न्यायको कामको अवधिमा, परमेश्‍वरले मानिसको प्रकृतिलाई एक-दुई वटा शब्‍दहरूले व्याख्या गर्नुहुन्‍न; उहाँले प्रकट गर्नुहुन्छ, निराकरण गर्नुहुन्छ र लामो समयसम्म काट-छाँट गर्नुहुन्छ। प्रकट गर्ने, निराकरण गर्ने, र छिँवल्ने यी सबै फरक-फरक तरिकाहरू सामान्य वचनहरूसँग साट्न सकिँदैन, तर यसको सत्यताबाट मानव पूर्ण रूपमा वञ्चित भएको हुन्छ। यी जस्ता तरिकाहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस किसिमको न्यायद्वारा मात्र मानव नियन्त्रणमा रहन सक्छ र परमेश्‍वरको बारेमा पूर्ण रूपमा विश्‍वस्त हुन्छ, र यसका साथसाथै परमेश्‍वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्‍वरको साँचो मुहारलाई बुझ्नु र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई जान्नु हो। परमेश्‍वरको न्यायले मानवलाई परमेश्‍वरको इच्छा, र परमेश्‍वरको कार्यको उद्देश्य, उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गराउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्न र जान्न, र साथसाथै मानवका कुरूपतालाई पत्ता लगाउनका लागि स्थान दिन्छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्‍वरमा विश्‍वास राख्नेहरू सबैका लागि परमेश्‍वरको सत्यता, बाटो, र जीवनलाई खोल्नु हो। यो काम परमेश्‍वरले गर्नुभएको न्यायको काम हो।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ

यो युगको दौरान परमेश्‍वरले गर्नुहुने काम मुख्य रूपमा मानिसको जीवनको लागि वचनहरूको प्रावधान; मानव प्रकृति र सार, र उसको भ्रष्ट स्वभावको पर्दाफास; र धार्मिक धारणाहरू, सामन्ती सोच, पुरानो सोच, र मानिसका ज्ञान र संस्कृतिको बहिस्कार गर्नु हो। परमेश्‍वरका वचनहरूद्वारा पर्दाफास गरेर यी कुराहरू सबैलाई सफा पारिनुपर्छ। आखिरी दिनहरूमा, मानिसलाई सिद्ध पार्न, परमेश्‍वरले वचनहरू प्रयोग गर्नुहुन्छ, चिन्‍हहरू र अचम्‍मका कामहरू होइन। उहाँले मानिसलाई खुलासा गर्न, मानिसलाई न्याय गर्न, मानिसलाई सजाय दिन, र मानिसलाई सिद्ध पार्न आफ्‍ना वचनहरू प्रयोग गर्नुहुन्छ ताकि परमेश्‍वरका वचनहरूमा, मानिसले परमेश्‍वरको बुद्धि र प्रेमिलो स्वभाव देख्‍न र परमेश्‍वरको स्वभाव बुझ्न सकोस्, र ताकि परमेश्‍वरका वचनहरूद्वारा, मानिसले परमेश्‍वरका कामहरू देखोस्।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु

आखिरी दिनहरूको काममा, वचन चिह्न र चमत्कारका कार्यहरूको प्रकटीकरणभन्दा अझ शक्तिशाली हुन्छ, र वचनको अधिकारले चिह्न र चमत्कारका कार्यहरूलाई उछिन्‍नेछ। त्यो वचनले मानिसको हृदयको गहिराइमा गडेका सबै भ्रष्ट स्वभावलाई प्रकट गर्दछ। तँसित त्यसलाई आफै पहिचान गर्ने कुनै उपाय छैन। जब वचनद्वारा तिनलाई तेरो अगि उदाङ्गो पारिन्छ तब तैँले तिनलाई प्राकृतिक रूपमै चिन्‍नेछस्; तैँले तिनलाई अस्वीकार गर्न सक्‍नेछैनस्, र तँ पूर्ण रूपमा विश्‍वस्त हुनेछस्। के यो वचनको अधिकार होइन र? यो आज वचनको कामद्वारा प्राप्त गरिने परिणाम हो। त्यसकारण, रोग निको पारेर र भूतहरू निकालेर मानिस उसका पापहरूबाट पूर्ण रूपले मुक्त हुन सक्दैन, न त चिह्न र चमत्कारहरू देखाएर नै उसलाई सम्पूर्ण रूपमा पूर्ण बनाउन सकिन्छ। रोग निको पार्ने र भूतहरू धपाउने अधिकारले मानिसलाई अनुग्रह मात्र दिन्छ, तर मानिसको शरीर अझै पनि शैतानकै अधीनमा हुन्छ, र ऊभित्र त्यो भ्रष्ट शैतानिक स्वभाव अझै रहिरहन्छ। अर्को शब्दमा भन्ने हो भने, जुन कुरा अझै शुद्ध पारिएको हुँदैन त्यो पाप र फोहोरसँग सम्बन्धित हुन्छ। वचनको माध्यमबाट शुद्ध पारिएपछि मात्र मानिस परमेश्‍वरद्वारा प्राप्त हुन र पवित्र हुन सक्छ। जब मानिसबाट भूतहरू निकालिन्थ्यो र उसले छुटकारा पाउँथ्यो, त्यसको मतलब ऊ शैतानको हातबाट खोसिएर परमेश्‍वरमा फर्कियो भन्ने मात्र हुन्थ्यो। तापनि, परमेश्‍वरद्वारा शुद्ध नपारी वा परिवर्तन नगरी ऊ भ्रष्ट मानिसजस्तो नै रहन्छ। मानिसभित्र अझै पनि फोहोर, विरोध, र विद्रोहीपन हुन्छ; परमेश्‍वरले छुटकारा दिनुभएकोले मानिस उहाँकहाँ फर्केको मात्र हुन्छ, तर ऊसँग परमेश्‍वरको बारेमा रत्तीभर पनि ज्ञान हुँदैन र अझै पनि ऊ उहाँको विरोध गर्न र उहाँलाई धोका दिन सक्षम हुन्छ। मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषयहरू ऊभित्रै रोपिएको हुन्छ, र हजारौं वर्षसम्म शैतानद्वारा भ्रष्ट पारिएपछि, ऊभित्र एउटा स्थापित प्रकृति हुन्छ जसले परमेश्‍वरको विरोध गर्छ। यसकारण जब मानिसलाई छुटकारा दिइएको हुन्छ, त्यो ठूलो मूल्य तिरेर मानिसलाई छुटाइएको घटनाभन्दा अरू केही हुँदैन, तर ऊभित्रको विषाक्त प्रकृति हटेको हुँदैन। अशुद्ध भएको मानिस परमेश्‍वरको सेवाको योग्य हुनुभन्दा अघि परिवर्तनको प्रक्रियाबाट भएर जानुपर्छ। न्याय र सजायको यस कार्यको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोर र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्‍नेछ, र ऊ पूर्णरूपमा परिवर्तन हुन र शुद्ध हुन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्‍वरको सिंहासनको अगि फर्केर आउनको योग्य हुन सक्छ। यस दिनमा गरिएका सबै काम मानिस शुद्ध र परिवर्तन हुन सकोस् भनेर हो; वचनको न्याय र सजाय, साथै शोधनको माध्यमबाट, मानिसले आफ्नो भ्रष्टतालाई हटाउन र शुद्ध हुन सक्छ। कामको यस चरणलाई मुक्तिका निम्ति हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु धेरै उचित हुन्छ। वास्तवमा, यो चरण विजयको चरण हो साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। यो वचनको न्याय र सजायको माध्यमबाट नै मानिस परमेश्‍वरद्वारा प्राप्त गरिने स्थितिमा आउँछ, र वचन प्रयोग गर्दा नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, अभिप्राय र व्यक्तिगत आकांक्षाहरूलाई शुद्ध गर्न, न्याय गर्न र पूर्ण रूपमा प्रकट गरिन्छ। किनकि मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएको हुन सक्छ, तर त्यसलाई परमेश्‍वरले मानिसका अपराधहरू सम्‍झनुहुन्‍न र मानिससँग उसको अपराधअनुसार व्यवहार गर्नुहुन्‍न भनेर मात्र मान्न सकिन्छ। तापनि, जब मासुको शरीरमा जिउने मानिस पापबाट छुटाइएको हुँदैन, उसले पापै मात्र गरिरहन सक्छ, यसरी अटुट रूपमा आफ्नो भ्रष्ट शैतानिक स्वभाव प्रकट गर्छ। यो मानिसले जिउने जीवन हो, जहाँ पाप गर्ने र क्षमा गरिने चक्र निरन्तर चलिरहन्छ। अधिकांश मानवजातिले दिनमा पाप गर्छन् र साँझमा मात्र त्यो स्वीकार गर्छन्। यसरी, पापको बलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभाव छ। … आफ्ना पापहरू थाहा पाउनु मानिसको निम्ति सजिलो छैन, उसले गहिरो जरा गाडेको आफ्‍नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन, र यो नतिजा प्राप्त गर्न ऊ वचनद्वारा गरिने न्यायमा भर पर्नुपर्छ। तब मात्र मानिस बिस्तारै यस बिन्दुबाट परिवर्तन हुन सक्छ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

आखिरी दिनहरूको काम भनेको वचनहरू बोल्नु हो। वचनहरूको माध्यमद्वारा मानिसमा ठूला परिवर्तनहरू आउन सक्छन्। यी वचनहरू स्वीकार गर्दा ती मानिसहरूमा आउने परिवर्तनहरू, अनुग्रहको युगका चिह्न र चमत्कारका कामहरूलाई स्वीकार गर्दा मानिसहरूमा परेको प्रभावभन्दा बढी हुन्छ। किनकि अनुग्रहको युगमा, मानिसमाथि हात राखेर प्रार्थना गरेर ऊबाट भूतहरू निकालिन्थ्यो, तर मानिसभित्रको भ्रष्ट स्वभाव अझै रहिरहन्थ्यो। मानिसलाई उसको बिमारीबाट निको पारिन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसलाई ऊभित्रको भ्रष्ट शैतानिक स्वभावबाट शुद्ध पार्नुपर्ने काम गर्न अझै बाँकी नै थियो। मानिसलाई उसको विश्‍वासको लागि मात्र मुक्ति दिइन्थ्यो र उसका पापहरू क्षमा गरिन्थ्यो, तर मानिसको पापी स्वभाव नाश पारिएको थिएन, र त्यो अझै पनि ऊभित्र नै रहन्थ्यो। मानिसका पापहरू देहधारी परमेश्‍वरको माध्यमबाट क्षमा गरिएको थियो, तर यसको अर्थ मानिसभित्र उप्रान्त कुनै पाप थिएन भन्ने होइन। मानिसका पापहरू पापबलिद्वारा क्षमा गर्न सकिन्थ्यो, तर मानिसलाई कसरी फेरि पाप नगर्ने बनाउन सकिन्छ, र उसको पापमय प्रकृति कसरी पूर्ण रूपले हटाउन र रूपान्तरित गर्न सकिन्छ, यो समस्या समाधान गर्ने ऊसँग कुनै उपाय हुँदैन। मानिसका पापहरू क्षमा गरिए, र यो परमेश्‍वरको क्रूसीकरणको कामको कारणले गर्दा हो, तर मानिस निरन्तर आफ्नो पुरानो भ्रष्ट शैतानिक स्वभावमा जिइरह्यो। यस्तो भएकोले, मानिस उसको भ्रष्ट शैतानिक स्वभावबाट पूर्ण रूपमा जोगिनुपर्छ, ताकि उसको पापमय प्रकृति पूर्ण रूपले नाश हुन सकोस्, र फेरि कहिल्यै विकास नहोस् र यसरी मानिसको स्वभाव रूपान्तरण हुन सकोस्। यसको निम्ति मानिसले जीवनको वृद्धिको मार्गलाई, जीवनको मार्गलाई र आफ्नो स्वभाव बदल्ने तरिकालाई बुझ्नु आवश्यक हुन्छ। यसबाहेक, मानिसले यो मार्गअनुसार व्यवहार गर्नु आवश्यक हुन्छ, यसैले कि उसको स्वभाव बिस्तारै परिवर्तन हुन सकोस् र ऊ ज्योतिको उज्यालोमा जिउन सकोस्, यसैले कि उसले जे गर्छ सबै परमेश्‍वरको इच्छाबमोजिम होस्, यसैले कि उसले आफ्नो भ्रष्ट शैतानिक स्वभावलाई त्याग्न सकोस् र त्यसरी ऊ शैतानको अन्धकारको प्रभावबाट मुक्त हुन सकोस्, र पापबाट पूर्ण रूपमा माथि उठ्न सकोस्। तब मात्र मानिसले पूर्ण मुक्ति पाउनेछ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारणको रहस्य (४)

मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्‍वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहन सक्दैन, न त मानिसले परमेश्‍वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको प्रबन्धको खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्‍वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र बेजोड गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभावको रूपान्तरण परमेश्‍वरका विभिन्न प्रकारका कार्यहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरू विना, मान्छे परमेश्‍वरको गवाही दिन र परमेश्‍वरको हृदयअनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभावको रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्‍वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्‍वरको साक्षी भएको छ, र परमेश्‍वरको हृदयअनुरूप भएको छ भन्ने सङ्केत गर्छ।

— वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्

अघिल्लो: तपाईं प्रभु आखिरी दिनहरूको न्यायको काम गर्न फर्केर आउनुभएको छ भनी गवाही दिनुहुन्छ, तर प्रभु येशूले भन्नुभयो, “किनकि म गइनँ भने, सान्त्वनादाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म बिदा भएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु। अनि जब उहाँ आउनुहुन्छ, उहाँले संसारलाई पाप, र धार्मिकता, र न्यायको निम्ति अर्ती दिनुहुनेछ” (यूहन्‍ना १६:७-८)। हामी विश्‍वास गर्छौं, प्रभु येशूको पुनरुत्थान र स्वर्गारोहणपछि, पेन्तिकोसको बेला मानिसमा काम गर्न, मानिसलाई पाप, र धार्मिकता, र न्यायको विषयमा हप्काउन पवित्र आत्मा ओर्लेर आउनुभयो। जबसम्म हामी आफ्ना पापहरू स्वीकार गर्छौं र प्रभुको सामु पश्चात्ताप गर्छौं, पवित्र आत्माद्वारा हामीलाई निन्दा र अनुशासन गरिनेछ, र यो प्रभुद्वारा गरिने हाम्रो न्याय हो। तपाईंले भन्नुभएको आखिरी दिनहरूको न्यायको काम र प्रभु येशूको कामको बीचमा के फरक छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

तपाईं प्रभु आखिरी दिनहरूको न्यायको काम गर्न फर्केर आउनुभएको छ भनी गवाही दिनुहुन्छ, तर प्रभु येशूले भन्नुभयो, “किनकि म गइनँ भने, सान्त्वनादाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म बिदा भएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु। अनि जब उहाँ आउनुहुन्छ, उहाँले संसारलाई पाप, र धार्मिकता, र न्यायको निम्ति अर्ती दिनुहुनेछ” (यूहन्‍ना १६:७-८)। हामी विश्‍वास गर्छौं, प्रभु येशूको पुनरुत्थान र स्वर्गारोहणपछि, पेन्तिकोसको बेला मानिसमा काम गर्न, मानिसलाई पाप, र धार्मिकता, र न्यायको विषयमा हप्काउन पवित्र आत्मा ओर्लेर आउनुभयो। जबसम्म हामी आफ्ना पापहरू स्वीकार गर्छौं र प्रभुको सामु पश्चात्ताप गर्छौं, पवित्र आत्माद्वारा हामीलाई निन्दा र अनुशासन गरिनेछ, र यो प्रभुद्वारा गरिने हाम्रो न्याय हो। तपाईंले भन्नुभएको आखिरी दिनहरूको न्यायको काम र प्रभु येशूको कामको बीचमा के फरक छ?

उत्तर: “किनकि म गइनँ भने, सान्त्वनादाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर यदि म बिदा भएँ भने, म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु। अनि जब उहाँ...

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्