Nepali Christian Song | परमेश्‍वरले अझ धेरै मानिसले उहाँको मुक्ति पाऊन् भनी इच्छा गर्नुहुन्छ

11 नोभेम्बर 2025

परमेश्‍वर अझ धेरै मानिसले उहाँका वचन र कामसामु ध्यान दिएर अनुसन्धान गर्न, र यस महत्त्वपूर्ण सन्देशलाई गम्भीरता र भक्तिभावसाथ लिन सकून् भन्‍ने आशा गर्नुहुन्छ। उहाँ तिनीहरू दण्डितहरूको पाइलामा नहिँडून्, र साँचो मार्ग स्पष्टसित थाहा भएर पनि जानाजानी यसलाई अवज्ञा गर्ने पावलजस्तो त झनै नहोऊन् र पापबलि नगुमाऊन् भन्ने आशा गर्नुहुन्छ। परमेश्‍वर अझ धेरै मानिसले दण्ड पाऊन् भन्ने चाहनुहुन्न, तर त्यसको साटो अझ धेरै मानिसले मुक्ति पाऊन्, र अझ धेरै मानिसले उहाँका पाइलाहरू पछ्याऊन् र उहाँको राज्यमा प्रवेश गरून् भन्ने आशा गर्नुहुन्छ।

परमेश्‍वर हरेक व्यक्तिसँग धार्मिकताका साथ व्यवहार गर्नुहुन्छ; तेरो उमेर जति भए पनि, वा तँसँग जति नै वरिष्ठता भए पनि, वा तैँले जति धेरै दुःख-पीडा भोगेको भए पनि, यी कुराका कारण परमेश्‍वरको धर्मी स्वभाव कहिल्यै परिवर्तन हुनेछैन। परमेश्‍वर कसैलाई पनि उच्च मान्नुहुन्न, न त कसैसँग अन्यायपूर्ण व्यवहार नै गर्नुहुन्छ। मानिसहरूप्रति उहाँको मनोवृत्ति भनेको तिनीहरूले सबै कुरा त्यागेर सत्यता स्वीकार गर्न सक्छन् कि सक्दैनन् र उहाँको नयाँ काम स्वीकार गर्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा आधारित हुन्छ। यदि तँ उहाँको नयाँ कामलाई स्वीकार गर्न सक्छस् र उहाँले व्यक्त गर्ने सत्यता स्वीकार गर्न सक्छस् भने, तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्नेछस्।

—सर्वशक्तिमान्‌ परमेश्‍वरको विरोध गर्दा दिइने दण्डको उत्कृष्ट उदाहरणहरू सन्दर्भग्रन्थबाट उद्धृत गरिएको

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्