Nepali Christian Song | कसले परमेश्वरका अभिप्रायहरूलाई ख्याल गर्छ?
22 फेब्रुअरी 2026
१
मानिसले मेरो न्यानोपन अनुभव गरेको छ, मानिसले मेरो सेवा साँच्चै गरेको छ, र मानिस मेरोसामु साँच्चै समर्पित भएको छ, मेरो उपस्थितिमा मेरा लागि सबै कुरा गरेको छ। तैपनि आज मानिसहरूले यो हासिल गर्न नै सक्दैनन्; तिनीहरूले आत्मामा विलाप गर्नेबाहेक केही पनि गर्दैनन्, मानौँ तिनीहरूलाई भोको ब्वाँसोले हरण गरेको छ, तिनीहरूले मलाई तृष्णासाथ असहाय भई हेर्न मात्र सक्छन्, र निरन्तर पुकार्छन्। तर अन्त्यमा, तिनीहरू आफ्नो दुर्दशाबाट उम्कन सक्दैनन्। विगतमा, मानिसहरूले मेरो उपस्थितिमा मसँग प्रतिज्ञाहरू गरे, र मेरो कृपालाई तिनीहरूको स्नेहले चुकाउने भनेर मेरो उपस्थितिमा स्वर्ग र पृथ्वीको कसम खाए। तिनीहरू मेरो अगाडि नराम्ररी रोए, र तिनीहरूको रुवाइको आवाज हृदयविदारक, सहनै नसकिने थियो। तिनीहरूको सङ्कल्पका कारण, म मानिसहरूलाई प्रायजसो सहयोग प्रदान गर्थेँ। अनगिन्ती पटक, मानिसहरू ममा समर्पित हुनका लागि मेरो सामु आएका छन्, तिनीहरूको प्रेमिलो रूप बिर्सिनै नसकिने किसिमको छ। अनगिन्ती पटक, तिनीहरूले मलाई प्रेम गरेका छन्, तिनीहरूको बफादारी अटल रहेको छ, साँचो स्नेह सराहनीय रहेको छ। अनगिन्ती पटक, तिनीहरूले आफ्नै ज्यानको बलिदान दिने हदसम्म मलाई प्रेम गरेका छन्, तिनीहरूले आफैलाई भन्दा बढी मलाई प्रेम गरेका छन्—र तिनीहरूको निष्कपटता देखेर मैले तिनीहरूको प्रेम स्वीकार गरेको छु। अनगिन्ती पटक, मेरा खातिर मृत्युको सामना गर्न नडराइकन, तिनीहरूले मेरो उपस्थितिमा आफैलाई अर्पण गरेका छन्, र मैले तिनीहरूका आँखीभौँबाट चिन्ता साम्य पारिदिएको छु र तिनीहरूको मुहार होसियारीसाथ नियालेको छु। अनगिन्ती पटक मैले तिनीहरूलाई अनमोल खजाना झैँ प्रेम गरेको छु, र अनगिन्ती पटक मैले तिनीहरूलाई मेरा आफ्नै शत्रुहरूका रूपमा घृणा गरेको छु। तैपनि, मेरो मनमा जे छ त्यो मानिसको बोधभन्दा पार रहन्छ।
२
जब मानिसहरू दुःखी हुन्छन्, म तिनीहरूलाई सान्त्वना दिन आउँछु, र जब तिनीहरू कमजोर हुन्छन्, म तिनीहरूलाई सहारा दिन आउँछु। जब तिनीहरू हराउँछन्, म तिनीहरूलाई दिशानिर्देश गर्छु। जब तिनीहरू नराम्ररी रुन्छन्, म तिनीहरूको आँसु पुछिदिन्छु। तर जब म दुःखी हुन्छु, कसले मलाई आफ्नो हृदयले सान्त्वना दिन सक्छ? जब म अत्यन्तै चिन्तित हुन्छु, तब मेरो हृदयलाई कसले ख्याल गर्छ? जब म शोकमा पर्छु, मेरो हृदयका चोटलाई कसले उपचार गर्न सक्छ? जब मलाई कसैको खाँचो पर्छ, मसँग सहकार्य गर्न को अघि सर्छ? के मप्रतिको मानिसको पहिलेको मनोवृत्ति नफर्किने गरी अहिले हराएको हुन सक्छ? किन तिनीहरूको स्मरणमा त्यसको केही पनि बाँकी छैन? मानिसहरूले किन यी सबै कुराहरू बिर्सेका छन्? के यो सबै मानवजातिलाई उसको शत्रुले भ्रष्ट तुल्याएका कारण होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २७
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू