Nepali Christian Song | तेरो परिणाम ठ्याक्कै कस्तो हुनेछ

9 जनवरी 2026

यावत् थोकको परिणाम नजिकै आउँदै छ, र सारा स्वर्ग र पृथ्वी आफ्नो निष्कर्षमा पुगिसकेको छ। मानिस कसरी मानव अस्तित्व अन्त्य हुने दिनबाट उम्कन सक्छ? परमेश्‍वरको डर मान्ने र उहाँको देखापराइको तृष्णा गर्नेहरूले कसरी परमेश्‍वरको धार्मिकताको देखापराइको दिनलाई देख्‍न सक्दैनन् र? तिनीहरूले भलाइका लागि अन्तिम इनाम कसरी प्राप्त गर्न सक्दैनन् र? के तँ असल काम गर्ने व्यक्ति होस् कि दुष्कर्मी होस्? के तँ धर्मी न्याय स्वीकार गर्ने र त्यसपछि समर्पित हुने व्यक्ति होस् कि धर्मी न्याय स्वीकार गरेर श्रापित हुने व्यक्ति होस्?

के तँ ज्योतिमा न्याय-आसनको अगि जिउँछस् कि अन्धकारमाझ पातालमा जिउँछस्? तेरो परिणाम इनामित हुने हो कि दण्डित हुने हो भनेर के तँ आफैलाई नै सबैभन्दा स्पष्टसँग थाहा छैन र? के तँ आफैले परमेश्‍वर धर्मी हुनुहुन्छ भनी सबैभन्दा स्पष्ट रूपले जानेको र सबैभन्दा गहिरो रूपले बुझेको छैनस् र? यसैले तेरो आचरण र हृदय ठ्याक्कै कस्तो छ त? तैँले मेरा लागि कतिसम्म त्याग गरेको छस्? तँ मेरो आराधना कति गहन रूपमा गर्छस्? के तैँले मसित कस्तो व्यवहार गरेको छस् भनेर आफै सबैभन्दा स्पष्ट रूपमा जान्दैनस् र? तैँले ठ्याक्कै कस्तो परिणाम पाउनेछस् भन्‍ने कुरा अरू कसैले भन्दा तैँले नै राम्ररी जान्‍नुपर्दछ!

साँच्‍चै, म तँलाई भन्छु: मैले मानवजातिलाई सृष्टि मात्र गरेँ, र मैले तँलाई पनि सृष्टि गरेँ, तर मैले तिमीहरूलाई शैतानको हातमा सुम्पिइनँ; न त मैले जानीजानी तिमीहरूलाई मेरो विरुद्ध विद्रोह गर्ने वा मेरो प्रतिरोध गर्ने बनाएर त्यसकारण मद्वारा दण्डित हुने बनाएको हुँ। के यी सबै विपत्तिहरू तिमीहरूका हृदय धेरै हठी र तिमीहरूको आचरण अति घृणास्पद भएकाले तिमीहरूले पाउने कुरा होइनन् र? यसैले, के तिमीहरू आफूले पाउने परिणाम निर्धारण गर्न पनि सक्षम छैनौ र? तिमीहरूको परिणाम कस्तो हुनेछ भनी अरू कसैले भन्दा तिमीहरूले नै आफ्नो हृदयमा सबैभन्दा राम्ररी जान्दैनौ र?

मैले मानिसहरूलाई विजय गर्नुको कारण तिनीहरूलाई प्रकाश गर्न अनि तँलाई अझ राम्ररी मुक्ति दिनका लागि हो। यो तँलाई दुष्ट कार्य गराउनको लागि होइन, न त यो जानाजानी विनाशको नरकमा जान लगाउनका लागि नै हो। जब समय आउँछ, तेरा सबै ठूला कष्टहरू, तेरो विलाप र दाह्रा किटाइ— के यी सबै तेरा पापहरूको कारणले होइन र? यसैले, के यो तेरो आफ्नै असलपन वा तेरो आफ्नै दुष्टता नै तेरो सर्वोत्तम न्याय होइन र? के यही नै तेरो परिणाम कस्तो हुनेछ भन्‍ने कुराको उत्तम प्रमाण होइन र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्