Christian Dance | हामी परमेश्‍वरको घरमा जिउन निकै खुसी छौँ | Praise Song

30 जुलाई 2024

न्यायको अनुभवद्वारा, हामी धोइन्छौँ र परमेश्‍वरसामु जिउन आउँछौँ।

हामी निकै हर्षोल्लास महसुस गर्छौँ, हाम्रो हर्ष अतुलनीय छ, र हामी आस्थाले भरिन्छौँ।

हामी सांसारिक उल्झनहरू र अन्धकारका प्रभावहरू फाल्छौँ।

हामी हरदिन परमेश्‍वरका वचनहरूको आनन्द उठाउँछौँ, अनि खुसी र मिठासपूर्ण जीवन जिउँछौँ।

हामी परमेश्‍वरको उपस्थितिमा उहाँका वचनअनुसार जिउँछौँ,

जसले उहाँलाई प्रसन्न तुल्याउँछ।

त्यहाँ कुनै झुटोपन छैन, संसारसँग व्यवहार गर्ने कुनै दर्शनहरू छैनन्,

कुनै दैहिक सम्बन्धहरू छैनन्।

त्यहाँ हामीले अरूसँग कसरी अन्तरक्रिया गर्ने भन्ने सिद्धान्तहरू छन्;

हामी परमेश्‍वरका वचनहरूको वास्तविकता जिउँछौँ।

कुनै प्रावधान वा धर्मसिद्धान्तहरू बिना, हामी स्वतन्त्रताको संसारमा जिउँछौँ।

आज हामी हर्षोल्लास गर्दै र हाँस्दै, परमेश्‍वरको घरमा भेला हुन्छौँ।

हामी शुद्ध रूपमा खुल्छौँ र हृदयदेखि कुरा गर्छौँ; हामीबीच अब कुनै अवरोधहरू छैनन्।

हामी परमेश्‍वरप्रतिको आफ्नो प्रेम तुलना गर्छौँ, र सबैभन्दा सुन्दर गीत गाउँछौँ।

परमेश्‍वरको प्रशंसा गर्नु हर्ष हो; राज्यको जीवन साँच्चै अद्भुत छ।

परमेश्‍वरको घरमा जिउँदै,

हामी उहाँका अतुलनीय प्रचुर वचनहरूको आनन्द उठाउँछौँ।

हामी सत्यतामाथि सङ्गति गर्छौँ, परमेश्‍वरका अभिप्राय बुझ्छौँ,

अनि उहाँको काम अनुभव गर्छौँ।

सत्यता बुझ्दै, हामीसँग सिद्धान्तहरू छन्, र सबैथोकमा पछ्याउनलाई एउटा मार्ग छ।

म सर्वशक्तिमान् परमेश्‍वरलाई चिन्न सौभाग्यशाली छु; मेरो जीवन निकै हर्षोल्लासपूर्ण छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्