Nepali Christian Song | परमेश्‍वरको मानव व्यवस्थापन गर्ने कामको वास्तविक कथा

23 फेब्रुअरी 2026

तँलाई थाहा हुनुपर्छ कि परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्ने, पूर्ण पार्ने र प्राप्त गर्ने कार्यले तिनीहरूको देहमा तरवार र चोटहरू, साथै अन्त्यहीन कष्ट, आगोको जलन, निर्दयी न्याय, सजाय, र श्रापहरू अनि असीम परीक्षाहरूबाहेक अरू केही ल्याउँदैन। मानव व्यवस्थापन गर्ने कामको वास्तविक कथा र वास्तविकता यही हो। तर, यी सबै कुरा मानिसको देहतर्फ लक्षित हुन्छन्, र शत्रुताका सबै वाण निर्दयतापूर्वक मानिसको देहप्रति नै लक्षित गरिन्छन्। यो सबै नै उहाँको महिमा र गवाही अनि उहाँको व्यवस्थापनका खातिर हो। किनभने उहाँको काम मानवजातिका खातिर मात्र होइन, यो त सम्पूर्ण योजनाका खातिर पनि हो, साथै उहाँले मानवजाति सृष्टि गर्नुहुँदाको उहाँको मौलिक अभिप्राय पूरा गर्न पनि हो। त्यसकारण, सायद मानिसको नब्बे प्रतिशत अनुभव कष्ट र आगोका परीक्षा हुन्, र मानिसको देहले तृष्णा गरेका मीठा र खुसीयालीका दिन या त थोरै हुन्छन्, या त हुँदै हुँदैनन्। मानिसले देहमा परमेश्‍वरसित सुन्दर समय बिताउने खुसीका क्षणहरूको आनन्द लिन त झनै सक्दैन।

देह फोहोरी छ, त्यसैले मानिसको देहले जे देख्छ वा उपभोग गर्छ त्यो परमेश्‍वरको सजायबाहेक केही होइन, जसलाई मानिसले असंवेदनशील पाउँछ। किनभने परमेश्‍वरले आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुनेछ, जुन "मानिसप्रति असंवेदनशील हुन्छ", र जसले मानिसका उल्लङ्घनहरू सहँदैन, र शत्रुहरूलाई घृणा गर्छ। परमेश्‍वरले कुनै पनि आवश्यक माध्यमद्वारा उहाँको सम्पूर्ण स्वभाव खुल्लमखुल्ला प्रकट गर्नुहुन्छ, र त्यसमार्फत शैतानसँगको उहाँको छ हजार वर्षे लडाइँको काम अर्थात्, सारा मानवजातिको मुक्तिको काम, र पुरानो शैतानलाई नष्ट गर्ने काम समाप्त गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानवजातिलाई व्यवस्थापन गर्ने उद्देश्य

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्