Nepali Christian Dance | मानिसमाझ साँचो प्रेम | Praise Song

7 डिसेम्बर 2024

परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ; मानिसलाई अनन्त जीवनको मार्ग प्रदान गर्नुहुन्छ।

उहाँ अस्वीकारको पीडा सहनुहुन्छ; मानिसका कठिनाइ अनुभव गर्नुहुन्छ।

मण्डलीहरूमाझ हिँड्नुहुन्छ; आफ्ना चुनिएका मानिसलाई गोठालो गर्नुहुन्छ।

उहाँ मानिससँगै जिउनुहुन्छ; मानिसकै साथ कष्ट भोग्नुहुन्छ।

कैयौँ दिन, वर्षौँ, र दशकौँको पीडा र यातना—

उहाँ आफ्नो सारा प्रेम खन्याउनुहुन्छ ताकि उहाँले मानिसको हृदय प्राप्त गर्न सक्नुहोस्।

हरदिन मानिसलाई सत्यता प्रदान गर्न नयाँ वचन बोल्नुहुन्छ।

उहाँका कडा वचन पूर्णतः साँचो प्रेमले भरिएका छन्।

उहाँका न्याय र परिक्षा मानिसलाई सिद्ध पार्नलाई हुन्।

उहाँको न्याय भोग्दा, भ्रष्टता पखालिन्छ।

म परमेश्‍वरको प्रेम अनुभव गर्छु; मेरो हृदय उहाँमा फर्किन्छ।

मैले परमेश्‍वरमा कैयौँ वर्ष विश्‍वास गरेको छु, तैपनि मैले उहाँलाई कहिल्यै चिनेको छैनँ।

म धारणाले भरिएको छु, र केवल उहाँको अनुग्रहको पछि लाग्छु।

परमेश्‍वरको काम स्विकारेको छु, तैपनि उहाँलाई कहिल्यै प्रेम गरेको छैनँ।

साँच्चै, ममा कुनै विवेक छैन, र म मानव कहलिन अयोग्य छु।

परमेश्‍वर कृपालु र सहनशील हुनुहुन्छ, र मलाई मुक्ति दिन उहाँ सक्दो गर्नुहुन्छ।

उहाँको न्याय र शोधन दुवै उहाँका प्रेम हुन्।

परमेश्‍वरको न्याय भोगेर, म उहाँको धार्मिकता जान्न पुग्छु।

म नयाँ मानव रूपमा जिउँछु, र परमेश्‍वरलाई प्रेम गर्ने मेरो हृदय झन् शुद्ध हुन्छ।

म परमेश्‍वरको प्रेमिलो स्वभाव देख्छु, मेरो हृदय उहाँकै हो।

म परमेश्‍वरका योजनाबद्ध कार्यहरूको कृपामा छु, र मलाई न त कुनै पछुतो छ न त कुनै गुनासो नै।

म परमेश्‍वरलाई प्रेम गर्छु र उहाँको गवाही दिन्छु, म मेरो सारा जीवनभर उहाँप्रति बफादार रहनेछु।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्