परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २९

10 अप्रील 2021

मानवजाति शैतानद्वारा यति गम्भीर रूपले भ्रष्ट भएको छ कि उसले परमेश्‍वर हुनुहुन्छ भनी जान्दैन, र उसले परमेश्‍वरको आराधाना गर्न छाडेको छ। आदिमा, जब आदम र हव्वाको सृष्टि गरिएको थियो, यहोवाको महिमा र गवाही सधैं उपस्थित थिए। तर भ्रष्ट बनेपछि, मानिसले त्यो महिमा र गवाही गुमायो, किनकि सबैले परमेश्‍वरको विरुद्धमा विद्रोह गरे, र उहाँलाई पूरै आदर गर्न छाडे। आजको विजयको काम भनेको सम्पूर्ण गवाही र सम्पूर्ण महिमा फेरि प्राप्त गर्नु, र सबै मानिसहरूलाई परमेश्‍वरको आराधाना गर्ने बनाउनु हो, यसैले कि सृष्टि गरिएकाहरूका बीचमा गवाही होस्; यो यस चरणको दौरान गर्नुपर्ने काम हो। वास्तवमा, कसरी मानवजातिमाथि विजय प्राप्त गर्नुपर्छ? मानिसलाई पूर्ण रूपमा राजी बनाउन यस चरणको कामका वचनहरू प्रयोग गर्दै; उसलाई पूर्ण समर्पणतामा ल्याउन खुलासा, न्याय, सजाय र क्रूर श्राप प्रयोग गर्दै; मानिसको विद्रोहीपनलाई खुलासा गर्दै अनि उसको प्रतिरोधको न्याय गर्दै ताकि उसले मानवजातिको अधार्मिकता र फोहोरलाई जान्न सकोस्, र यसरी ती चीजहरूलाई परमेश्‍वरको धार्मिक स्वभावको प्रतिभारको रूपमा प्रयोग गर्न सकोस्। मुख्य रूपमा यी वचनहरूद्वारा नै मानिस उपर विजय प्राप्त गर्न र पूर्ण रूपमा राजी बनाउन सकिन्छ। वचनहरू मानवजातिलाई जित्ने अन्तिम माध्यम हुन्, र सबै जसले परमेश्‍वरको विजयलाई स्वीकार गर्दछन् उहाँको वचनको प्रहार र न्यायलाई पनि स्वीकार गर्नुपर्दछ। आजको बोल्ने प्रक्रिया ठ्याक्कै जित्ने प्रक्रिया हो। अनि मानिसहरूले कसरी सहयोग गर्नुपर्छ? यी वचनहरू कसरी खाने र पिउने भनी जान्दै, र ती बुझ्ने समझ प्राप्त गर्दै। मानिसहरूलाई कसरी जित्ने भन्ने सम्बन्धमा, तिनीहरू आफैँले गर्न सक्ने केही कुरा होइन। यी वचनहरू खाएर अनि पिएर तैँले गर्न सक्ने आफ्नो भ्रष्टता र फोहोर, आफ्नो विद्रोहीपन र अधार्मिकता थाहा पाउँने, र परमेश्‍वरको अगाडि अगि निहुरिने मात्र हो। यदि, परमेश्‍वरको इच्छा बुझेपछि, तैँले अभ्यास गर्न सकिस्, र यदि तँसँग दर्शनहरू छन् र यी वचनहरूप्रति पूर्ण रूपमा समर्पित हुन सकिस्, र आफैले कुनै छनौट गर्दैनस् भने, तँमाथि विजय भएको हुनेछ-अनि त्यो यी वचनहरूकै फलस्वरूप भएको हुनेछ। किन मानवजातिले गवाही गुमायो? किनकि परमेश्‍वरमाथि कसैको विश्‍वास छैन, किनकि मानिसहरूको हृदयमा परमेश्‍वरको कुनै स्थान छैन। मानवजातिलाई जित्नु भनेको मानवजातिको विश्‍वास पुनर्स्थापना गर्नु हो। मानिसहरू सधैं अनियन्त्रित रूपमा सांसारिक संसारमा दगुर्न चाहन्छन्, तिनीहरूले अत्यधिक आशा राख्छन्, तिनीहरूको भविष्यका लागि धेरै नै कुराहरू चाहन्छन्, र तिनीहरूका धेरै नै असाधारण मागहरू छन्। तिनीहरू जहिल्यै पनि शरीरको बारेमा सोच्दछन्, शरीरका लागि योजना गर्दछन्, र परमेश्‍वरप्रतिको विश्‍वासको मार्ग खोज्न कुनै चासो राख्दैनन्। तिनीहरूका हृदयहरू शैतानले हरण गरेको हुन्छ, तिनीहरूले परमेश्‍वरप्रति आफ्नो श्रद्धा गुमाएका छन्, र तिनीहरू शैतानमा अटल छन्। तर मानिसको सृष्टि परमेश्‍वरले गर्नुभएको थियो। यसैले, मानिसले उक्त गवाही गुमाएको छ, अर्थात उसले परमेश्‍वरको महिमा गुमाएको छ। मानवजाति उपर विजय प्राप्त गर्नुको उद्देश्य परमेश्‍वरप्रतिको मानिसको श्रद्धाको महिमा फेरि दाबी गर्नु हो। यसलाई यसरी भन्न सकिन्छः यस्ता धेरै मानिसहरू छन् जसले जीवनलाई पछ्याउँदैनन्; जीवनको पछि लाग्ने यदि कोही छन् भने पनि, तिनीहरूका सङ्ख्या औँलामा गन्न सकिने मात्र छ। मानिसहरू आफ्नो भविष्यमा व्यस्त छन् र जीवनप्रति कुनै ध्यान दिँदैनन्। कसै-कसैले परमेश्‍वरको विरुद्ध विद्रोह र विरोध गर्छन्, उहाँको पिठिउँ पछाडि उहाँलाई दोष लगाउँछन् र सत्यताको अभ्यास गर्दैनन्। अहिलेलाई यी मानिसहरूलाई बेवास्ता गरिन्छ; अहिलेलाई यी विद्रोहीका छोराहरूलाई केही पनि गरिदैँन, तर भविष्यमा तँ रुँदै र दाह्रा किट्दै, अन्धकारमा जिउनेछस्। तँ त्यसमा जिउँदा तैँले ज्योतिको बहुमूल्यता महसुस गर्नेछैनस्, तर एक पल्ट त्यो अँध्यारो रातमा जिइरहदा तैँले त्यो कति मूल्यवान् रहेछ भनी महसुस गर्नेछस् र तब तँ दुःखी हुनेछस्। तँलाई अहिले ठीकै लाग्छ, तर त्यस्तो दिन आउनेछ जब तँ दुःखी हुनेछस्। जब त्यो दिन आउँछ, तब अँध्यारो आइपर्छ र ज्योति रहँदैन, र पछुतो गर्न पनि धेरै ढिलो हुनेछ। किनकि तैँले आजको काम अझै बुझेको छैनस् र अहिले तँसँग भएको समयलाई कदर गर्न असफल छस्। जब सम्पूर्ण ब्रह्माण्डको काम सुरु हुन्छ, अर्थात् आज मैले भनेका सबै कुराहरू साँचो हुन्छ, धेरै मानिसहरू आफ्नो टाउको समातेर कष्टको आँसु रुनेछन्। अनि त्यसो गर्दा, के तिनीहरू रुँदै र दाह्रा किट्दै अन्धकारमा परेका हुँदैनन् र? वास्तवमा जीवनलाई पछ्याउने र पूर्ण बनाइएका सबैको प्रयोग गर्न सकिन्छ भने, प्रयोग गर्न अयोग्य विद्रोहका सबै छोराहरू अन्धकारमा पर्नेछन्। तिनीहरू पवित्र आत्माको कामबाट अलग्गिएका हुनेछन् र कुनै पनि कुराको अर्थ बुझ्न असमर्थ हुनेछन्। त्यसैले तिनीहरूलाई सजाय दिइनेछ र रुवाइका पीडा भोग्नेछन्। यदि तँ कामको यस चरणमा राम्रोसँग सुसज्जित भइस्, र तँ आफ्नो जीवनमा बढेको छस् भने, तँ प्रयोग हुन योग्य छस्। यदि तँ राम्ररी सुसज्जित छैनस् भने, तँलाई अर्को चरणको कामका लागि बोलाइएको छ भने पनि, तँ प्रयोगका निम्ति अयोग्य हुनेछस्—यो बेला तैँले आफैलाई सुसज्जित पार्ने इच्छा गरिस् भने पनि अर्को मौका पाउने छैनस्। परमेश्‍वरलाई छोडिएको हुनेछ; अहिले तेरो सामु रहेको यस किसिमको अवसर पाउँन तँ कहाँ जान सक्छस् र? परमेश्‍वरले व्यक्तिगत रूपमा प्रबन्ध गर्नुभएको त्यो अभ्यास प्राप्त गर्न तँ कहाँ जान सक्छस् र? त्यतिबेला, परमेश्‍वर व्यक्तिगत रूपमा बोल्नु हुनेछैन वा आवाज दिनु हुनेछैन; तैँले गर्न सक्ने भनेको आज बोलिएका कुराहरू पढ्न सक्ने मात्र हो-त्यस्तो भए समझ सजिलै कसरी आउँन सक्छ? आजको भन्दा भविष्यको जीवन कसरी राम्रो हुन सक्छ? त्यस स्थितिमा, के तैँले रुँदै र दाँत किट्दै जिउँदो मृत्यु भोगिरहेको हुँदैनस् त? तँलाई अहिले आशिषहरू दिइँदैछ, तर ती कसरी उपभोग गर्ने भनेर तँलाई थाहा छैन; तँ आशिषमा बाँचिरहेको छस्, तर पनि तँ अनजान छस्। यसबाट तैँले कष्ट भोग्ने निश्चित छ भनी प्रमाणित हुन्छ। आज, केही मानिसहरूले प्रतिरोध गर्छन्, केहीले विद्रोह गर्छन्, कसैले यो वा कसैले त्यो गर्छन्। म तँलाई यसै बेवास्ता गरिदिन्छु, तर म तिमीहरूले गर्न लागेका कुराबारे अनजान छु भनी नसोच। के म तिमीहरूको सार बुझ्दिनँ र? किन मेरो विरुद्ध झगडा गरिरहन्छौ? के तँ आफ्नै खातिर जीवन र आशिष्‌हरूको पछि लाग्नलाई परमेश्‍वरमा विश्‍वास गर्दिनस्‌? के तैँले विश्‍वास गरेको तेरो आफ्नै लागि होइन र? हाल, म केवल बोलेर विजयको कार्य गर्दैछु, र यो विजयको काम समाप्त भएपछि, तेरो अन्त्य पक्कै हुनेछ। के मैले तँलाई स्पष्ट रुपमा भनिरहनु पर्छ र?

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्