परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २२

14 अप्रिल 2021

येशूले गर्नुभएको कार्य त्यस युगका मानिसको आवश्यकता बमोजिम थियो। उहाँको कार्य मानव जातिको उद्धार गर्नुथियो, तिनीहरूको पापको निम्ति क्षमा दिनु थियो, र त्यसैले उहाँको स्वभाव पूर्ण रूपले एउटा नम्रता, धैर्यता, प्रेम, धार्मिकता, सहिष्णुता, कृपा, र प्रेममय थियो। उहाँले मानवजातिमा प्रशस्त अनुग्रह र आशिषहरू ल्याउनुभयो, र ती सबै दिनुभयो जुन कुराको मानिसहरूले सम्भवतः आनन्द लिन सक्दछन्, उहाँले तिनीहरूलाई तिनीहरूको आनन्दको निम्ति: शान्ति र खुसी, उहाँको सहिष्णुता र प्रेम, उहाँको कृपा र प्रेमपूर्ण दया दिनुभयो। त्यस समयमा, ती चीजहरूको प्रचुरताको आनन्द लिन मानिसहरूले तिनीहरूको हृदयभित्र शान्ति र सुरक्षाको आभास गरेका थिए, तिनीहरूको आत्माहरूमा पुनः निश्चितताको महसुस, र मुक्तिदाता येशूमा तिनीहरूको निर्भरता—सबै त्यस युगमा थियो जुन युगमा तिनीहरू जिइरहेका थिए। अनुग्रहको युगमा, मानिसलाई शैतानले पहिले नै भ्रष्ट पारिसकेको थियो, र त्यसैकारणले सबै मानवजातिलाई उद्धार गर्ने कार्य प्राप्त गर्नको निम्ति प्रशस्त अनुग्रह, असीम सहिष्णुता र धैर्यता, र त्यो भन्दा पनि बढि यसको प्रभावको लागि एउटा बलिदानको आवश्यकता थियो जुन मानवजातिको पापहरूको प्रायश्चितको लागि पर्याप्त थियो। जे कुरा मानवजातिले अनुग्रहको युगमा देखे त्यो केवल मानवजातिको पापहरूको निम्ति मेरो प्रायश्चितको बलिदान थियो जो येशू हुनुहुन्छ। तिनीहरूले परमेश्‍वर कृपालु र सहनशील हुनुहुन्छ भन्‍ने मात्रै जानेका थिए, र तिनीहरूले येशूको कृपा र प्रेमलाई मात्रै देखेका थिए। यो पूर्ण रूपमा यसकारणले भयो किनकि तिनीहरू अनुग्रहको युगमा जन्मेका थिए। त्यसैले, तिनीहरूको उद्धार हुनुभन्दा अगाडि, तिनीहरूले धेरै प्रकारका अनुग्रहको आनन्दहरू लिनुथियो जुन येशूले यसबाट लाभ लिनको निम्ति तिनीहरूलाई दिनुभयो। यस तरिकामा, तिनीहरूको अनुग्रहको आनन्दको माध्यमबाट तिनीहरूको पापको क्षमा दिन सकिन्थ्यो, र येशूको सहिष्णुता र धैर्यताको आनन्दको माध्यमबाट उद्धार पाउने मौका पनि हुन सक्थ्यो। केवल येशूको सहिष्णुता र धैर्यताद्वारा तिनीहरूले क्षमा प्राप्त गर्ने र येशूले दिनुभएको प्रशस्त अनुग्रहको आनन्द लिने अधिकार जिते। येशूले भन्‍नुभएजस्तै: म धर्मीलाई होइन तर पापीलाई उद्धार गर्न आएको छु, पापीहरूलाई तिनीहरूको पापहरूबाट क्षमा दिन आएको छु। जब उहाँ देहधारी हुनुभयो, येशूले यदि न्याय, श्राप, र मानिसको उल्‍लङ्घनको सहनशीलताको स्वभाव लिएर आउनुभएको भए मानिसले कदापि उद्धार पाउने अवसर पाउने थिएन, र ऊ सदाको लागि पापी रहने थियो। यदि यस्तो भइदिएको भए, छ-हजार-वर्षको व्यवस्थापनको योजना व्यवस्थाको युगमा आएर रोकिन्थ्यो, र व्यवस्थाको युग छ हजार वर्षसम्म लम्बिने थियो। मानिसको पापहरू केवल अझै धेरै अनगिन्ती र घोर भई बढ्ने थियो, र मानवजातिको सृष्टि व्यर्थको लागि हुनेथियो। मानिसहरूले यहोवालाई केवल व्यवस्थाको अधीनमा भएर मात्रै सेवा गर्न सक्थे, तर तिनीहरूका पापहरू पहिलो सृष्टि गरिएका मानिसको भन्दा अधिक हुनेथियो। येशूले मानवजातिलाई तिनीहरूको पापको क्षमा दिई तिनीहरूलाई प्रशस्त दया र प्रेमपूर्ण कृपामा ल्याएर तिनीहरूलाई जति धेरै प्रेम गर्नुभयो, त्यति नै धेरै मानवजाति येशूद्वारा मुक्ति पाउनको लागि हकदार भए, उसलाई हराएको थुमाहरू भनिनु पर्‍यो जसलाई येशूले ठूलो मूल्य तिरेर फर्काई ल्याउनुभयो। शैतानले यस कार्यमा हस्तक्षेप गर्न सकेन, किनकि येशूले उहाँको अनुयायीहरूलाई यस्तो व्यवहार गर्नुभयो जस्तो कि एउटा प्रेम गर्ने आमाले शिशुलाई आफ्नो काखमा राख्दा व्यवहार गर्छिन्। उहाँ तिनीहरूप्रति क्रोधित या अभिमानी हुनुभएन, तर सान्त्वनाले भरिनुभएको थियो; उहाँ तिनीहरूका बीच रिसमा आउनुभएन, तर तिनीहरूको पापहरूमा सहिष्णुता राख्नुभयो र तिनीहरूको मूर्खता र अज्ञानतामा यति हदसम्‍म आँखा चिम्लनुभयो र भन्‍नुभयो, “अरूलाई सात गुणा सत्तरी पटक क्षमा दिनु।” यस प्रकारले अरूहरूको हृदयहरू उहाँको हृदयद्वारा रूपान्तरित भयो, र केवल तब मात्र उहाँको सहिष्णुताद्वारा मानिसहरूले तिनीहरूको पापको क्षमा प्राप्त गरे।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। छुटकाराको युगको कार्यपछाडिको साँचो कथा

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्