परमेश्‍वरका दैनिक वचनहरू: कार्यका तीन चरणहरू | अंश २१

14 अप्रिल 2021

सुरुमा, पुरानो करारको व्यवस्थाको युगको अवधिमा मानिसलाई डोऱ्याउनु एउटा बच्चाको जीवनलाई डोऱ्याउनु जस्तो थियो। सबैभन्दा पहिलेको मानव जाति यहोवाको नयाँ जन्मेको शिशु थियो; तिनीहरू इस्राएलीहरू थिए। तिनीहरूमा परमेश्‍वरलाई कसरी आदर गर्ने वा पृथ्वीमा कसरी जिउने भन्ने केही ज्ञान थिएन। भन्न खोजेको कुरा के हो भने, यहोवाले मानव जातिलाई सृष्टि गर्नुभयो, अर्थात् उहाँले आदम र हव्वालाई सृष्टि गर्नुभयो, तर उहाँले तिनीहरूलाई कसरी यहोवाप्रति आदर देखाउने वा पृथ्वीमा रहेका यहोवाका नियमहरू कसरी पालन गर्ने भनी बुझ्ने क्षमता दिनुभएन। यहोवाको प्रत्यक्ष अगुवाइविना कसैले पनि यो कुरा जान्न सक्दैनथियो, किनकि सुरुमा त मानिसमा त्यस्ता क्षमताहरू थिएनन्। मानिसले केवल यहोवा परमेश्‍वर हुनुहुन्छ भनेर मात्रै जान्दथ्यो, तर उहाँलाई कसरी आदर गर्ने, कस्तो प्रकारको आचरणलाई उहाँको आदर गरेको भन्‍न सकिन्थ्यो, कस्तो प्रकारको मनले उहाँलाई आदर गरिनुपर्थ्यो, वा उहाँको आदरमा उहाँलाई के चढाउने त्यसको बारेमा मानिसलाई केही थाहा थिएन। मानिसलाई परमेश्‍वरद्वारा सृष्टि गरिएका सबै थोकहरू, जुन उपभोग गर्न सकिन्छ ती कसरी उपभोग गर्ने भन्ने मात्र थाहा थियो, तर पृथ्वीमा कस्तो किसिमको जीवन परमेश्‍वरको सृष्टिको लागि योग्य हुन्छ भन्ने कुरा मानिसलाई अलिकति पनि थाहा थिएन। कसैले निर्देशन नदिई, कसैले तिनीहरूलाई व्यक्तिगत रूपमा अगुवाइ नगरी यस मानव जातिले मानव जातिको उचित जीवन कहिल्यै पनि बिताउन सक्ने थिएन, तर शैतानले क्रुद्ध बनेर कैदी बनाएका हुनेथिए। यहोवाले मानव जातिलाई सृष्टि गर्नुभयो, भन्नुपर्दा, उहाँले मानव जातिका पुर्खा, हव्वा र आदमलाई सृष्टि गर्नुभयो, तर उहाँले तिनीहरूलाई अरू कुनै बौद्धिकता वा बुद्धि दिनुभएन। तिनीहरू पहिलेदेखि नै पृथ्वीमा बसिरहेका भए तापनि तिनीहरूले प्रायः केही पनि बुझेका थिएनन्। यसैले, मानव जातिलाई सृष्टि गर्ने यहोवाको काम आधा मात्र भएको थियो, र त्यो पूर्ण हुनु अझै बाँकी नै थियो। उहाँले माटोबाट मानिसको ढाँचा मात्र बनाउनुभएको थियो र त्यसलाई उहाँको सास दिनुभयो, तर उहाँलाई आदर गर्ने पर्याप्त इच्छा मानिसलाई दिनुभएन। सुरुमा, मानिसमा उहाँलाई आदर गर्ने वा उहाँको भय मान्ने मन थिएन। मानिसले केवल उहाँका वचनहरू कसरी सुन्नुपर्छ भन्ने मात्र जानेको थियो, तर पृथ्वीको जीवन र मानव जीवनको सामान्य नियमहरूको आधारभूत ज्ञानको बारेमा ऊ अनजान थियो। अनि यसरी, यहोवाले पुरुष र स्त्रीलाई सृष्टि गर्नुभयो र सात दिनको योजना पूरा गर्नुभएको भए तापनि, उहाँले कुनै पनि प्रकारले मानिसलाई सृष्टि गर्ने कार्य पूरा गर्नुभएको थिएन, किनकि मानिस एक भुस मात्र थियो, र उसमा मानिस हुनुको वास्तविकताको अभाव थियो। मानिसले केवल यति मात्र जान्दथ्यो, कि मानव जातिलाई सृष्टि गर्नुहुने यहोवा हुनुहुन्छ, तर यहोवाको वचन र कानुनहरू कसरी पालन गर्नुपर्छ भन्ने उसलाई अलिकति पनि ज्ञान थिएन। त्यसकारण मानव जाति अस्तित्वमा आएपछि पनि यहोवाको काम पूरा हुनु अझै बाँकी नै थियो। उहाँले अझै पनि मानव जातिलाई उहाँको सामु आउन पूर्ण रूपमा अगुवाइ गर्नु बाँकी नै थियो, ताकि तिनीहरू पृथ्वीमा एकसाथ जिउन र उहाँको आदर गर्न सकून्, ताकि उहाँको अगुवाइद्वारा तिनीहरू पृथ्वीमा सामान्य मानव जीवनको सही बाटोमा आउन सकून्। यस तरिकाले मात्र मुख्य रूपले यहोवाको नाउँमा सञ्चालन गरिएको काम पूरा हुन सक्थ्यो; अर्थात्, यसरी मात्र संसारको सृष्टि गर्ने यहोवाको काम पूर्ण रूपमा समाप्त हुन सक्थ्यो। यसैले, मानव जातिलाई सृष्टि गर्नुभएपछि, मानव जातिले उहाँका आदेश र कानुनको पालना गर्न सकोस् र पृथ्वीमा सामान्य मानव जीवनका सबै गतिविधिहरूमा भाग लिन सकोस् भनेर उहाँले हजारौं वर्षसम्म पृथ्वीमा मानव जातिको जीवनलाई डोऱ्याउनु पऱ्यो। त्यसपछि मात्र यहोवाको काम पूर्ण रूपमा सकियो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कामको दर्शन (३)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्