Nepali Christian Song | शैतानलाई पराजित गर्नेहरूलाई मात्र मुक्ति दिइन्छ

31 जनवरी 2026

मानिसहरूलाई मुक्ति दिन बाँकी नै हुँदा, तिनीहरूको जीवनलाई बारम्बार शैतानले बाधा दिने र नियन्त्रण गर्नेसमेत गरेको हुन्छ। अर्को शब्दमा भन्दा, मुक्ति नपाएकाहरू शैतानका कैदी हुन्, तिनीहरूसँग कुनै स्वतन्त्रता हुँदैन, तिनीहरूलाई शैतानले छोडेको हुँदैन, तिनीहरू परमेश्‍वरको आराधना गर्न योग्य वा हकदार हुँदैनन्, र शैतानद्वारा नजिकबाट खेदो गरिएका र क्रूरतापूर्वक आक्रमण गरिएका हुन्छन्। त्यस्ता मानिसहरूसँग बताउन सकिने कुनै खुसी हुँदैन, तिनीहरूसँग बताउन सकिने सामान्य अस्तित्वको कुनै अधिकार हुँदैन, र यसबाहेक तिनीहरूसँग बताउन सकिने कुनै मर्यादा हुँदैन। यदि तँ शैतानसँग जीवन-मृत्युको लडाइँ लड्न हतियारका रूपमा परमेश्‍वरप्रतिको आफ्नो आस्था र समर्पण र परमेश्‍वरको डरलाई प्रयोग गर्दै, खडा भएर शैतानसँग युद्ध गर्छस् भने, र त्यसरी तैँले शैतानलाई पूर्णतः पराजित गर्छस् र त्यसले तँलाई देख्नेबित्तिकै, त्यसलाई पुच्छर लुकाउने र कायर बन्ने तुल्याउँछस्, तब मात्र त्यसले तँविरुद्धका आफ्ना आक्रमण र आरोपहरू पूर्णतः त्याग्नेछ, र त्यस बेला तैँले मुक्ति पाउनेछस् र स्वतन्त्र हुनेछस्।

तँ शैतानबाट पूर्णतः अलग हुन मात्र सङ्कल्पित छस्, तर तँ शैतानलाई पराजित गर्न प्रभावकारी हातहतियारले सुसज्‍जित छैनस् भने, तँ अझै पनि खतरामै हुनेछस्। र समय बित्दै जाँदा, जब तँलाई शैतानद्वारा यति यातना दिइन्छ कि तँमा शक्ति बाँकी नै रहँदैन, तैपनि गवाही दिन असमर्थ नै रहेको हुन्छस्, तैँले अझै आफूलाई शैतानका तँविरुद्धका आरोप र आक्रमणबाट पूर्णतः मुक्त पारेको हुँदैनस्, तब तँसँग मुक्ति पाउने आशा निकै कम हुनेछ। अन्त्यमा, अर्थात्, जब परमेश्‍वरको कामको समाप्तिको घोषणा हुन्छ, यदि तँ आफैलाई मुक्त गर्न नसक्‍ने गरी अझै शैतानको पकडमै हुन्छस् भने, तँसँग कहिल्यै मौका वा आशा हुनेछैन। यसको तात्पर्य भनेको, त्यस्ता मानिसहरू पूर्ण रूपमा शैतानका कैदमा परेका हुनेछन् भन्‍ने हुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्