परमेश्‍वरका दैनिक वचनहरू: देहधारण | अंश १०५

25 अप्रिल 2021

देहधारी परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ, र परमेश्‍वरका आत्माले ख्रीष्‍टलाई देहधारण गर्नुभयो। यो देह कुनै पनि देहको मानिसजस्तो छैन। यस भिन्‍नताको कारण के हो भने ख्रीष्‍ट देह र रगतले बनिनुभएको हुनुहुन्‍न; उहाँ आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता र पूर्ण ईश्‍वरत्व दुवै छ। उहाँको ईश्‍वरत्व कुनै पनि मानिसमा छैन। उहाँको सामान्य मानवताले देहमा हुने उहाँका सबै सामान्य क्रियाकलापहरूलाई सञ्चालन गर्छ, र उहाँको ईश्‍वरत्वले परमेश्‍वर स्वयमको कार्यलाई अघि बढाउँछ। चाहे यो उहाँको मानवता होस् वा ईश्‍वरत्व होस्, यी दुवै नै स्वर्गमा बस्‍नुहुने पिताको इच्छामा समर्पित हुन्छन्। ख्रीष्‍टको सार भनेको आत्मा नै हो, जुन ईश्‍वरत्व हो। त्यसकारण, परमेश्‍वर स्वयम्‌को सार नै उहाँको सार हो; यो सारले उहाँको आफ्नै कार्यलाई बाधा दिँदैन, र उहाँको आफ्नै कार्यलाई नष्‍ट गर्ने कुनै पनि कार्य उहाँले गर्न सक्‍नुहुन्‍न, न त उहाँको आफ्नै इच्छा विरुद्ध जाने कुनै पनि वचन उहाँले कहिल्यै बोल्‍नुहुन्छ। त्यसकारण, देहधारी परमेश्‍वरले आफ्नै व्यवस्थापनलाई अवरोध गर्ने कुनै पनि काम कहिल्यै गर्नुहुन्‍न। सबै मानिसहरूले यही कुरालाई बुझ्‍नुपर्छ। पवित्र आत्माको कार्यको सार भनेको मानिसलाई मुक्ति दिनु हो, र यो परमेश्‍वरको आफ्नै व्यवस्थापनको लागि हो। त्यसरी नै, ख्रीष्‍टको कार्य पनि मानिसलाई मुक्ति दिनु नै हो, र यो परमेश्‍वरको इच्छाको लागि हो। परमेश्‍वर देहधारी हुनुहुने हुँदा आफ्नो काम गर्नको लागि उहाँको देह पर्याप्‍त छ भनेर उहाँले आफ्नो देहभित्रको आधारभूत स्वभावलाई महसुस गर्नुहुन्छ। त्यसकारण, देहधारणको समय अवधिमा ख्रीष्‍टको कार्यले परमेश्‍वरका आत्माका सबै कार्यलाई प्रतिस्थापन गर्छ, र देहधारणको समयभरि गरिने सबै कार्यको केन्द्र ख्रीष्‍टको कार्य नै हो। यो अन्य कुनै पनि युगको कार्यसँग मिसिन सक्दैन। र परमेश्‍वर देहधारी हुनुहुने हुँदा उहाँले आफ्नो देहको पहिचानमा कार्य गर्नुहुन्छ; उहाँ देहमा आउनुहुने भएकोले, आफूले गर्नुपर्ने कार्यलाई उहाँले देहमा नै पूरा गर्नुहुन्छ। परमेश्‍वरका आत्मा होस् वा ख्रीष्‍ट होस्, दुवै नै परमेश्‍वर स्वयम हुनुहुन्छ, र उहाँले आफूले गर्नुपर्ने काम गर्नुहुन्छ र आफूले गर्नुपर्ने सेवकाइ गर्नुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। स्वर्गीय पिताको इच्छा पालन गर्नु नै ख्रीष्‍टको सार हो

सारमा ख्रीष्टले स्वर्गमा हुनुहुने पिताको इच्छा पालन गर्नुहुन्छ

शुरुवात

ख्रीष्टको सार आत्मा हो, यही सार इश्‍वरत्व हो।

पद १

ख्रीष्टको सार स्वयम् परमेश्‍वरको सार नै हो, जसले उहाँको आफ्नो काममा बाधा दिँदैन। आफ्नै कामलाई नष्ट गर्न कुनै पनि कार्य उहाँ गर्न सक्नुहुन्न।

पूर्व कोरस १

आफ्नै इच्छा विरुद्ध जाने वचन उहाँ कहिल्यै बोल्न सक्नुहुन्न। आफ्नै व्यवस्थापन अवरोध गर्ने काम देहधारी परमेश्‍वर कहिल्यै गर्नुहुन्न।

कोरस १

परमेश्‍वरमा कुनै विद्रोहीपन छैन; उहाँको सार असल मात्र छ। उहाँ सबै सुन्दरता, भलाइ र प्रेम व्यक्त गर्नुहुन्छ। देहमा पनि पितालाई पालन गर्नुहुन्छ। आफ्नै जीवन बलिदान दिनु पर्दा पनि उहाँ सदा पूर्ण हृदयले इच्छुक हुनुहुन्थ्यो।

पद २

उहाँमा कुनै आत्म-धार्मिकता छैन; उहाँमा कुनै छल वा अहङ्कार छैन। काम जतिसुकै कठिन, देह कमजोर भएपनि, उहाँ परमेश्‍वरको काममा बाधा दिनुहुन्न।

पूर्व कोरस २

परमेश्‍वर पिताको अवज्ञा गर्नुहुन्न, इच्छा त्याग्नुहुन्न। परमेश्‍वर पिताको इच्छा अवज्ञा गर्नुभन्दा उहाँ बरु देहको पीडा भोग्नुहुन्छ।

कोरस २

मानिस आफ्नो छनौट आफैँ गर्ला, तर ख्रीष्ट त्यसो कहिल्यै गर्नुहुन्न। उहाँसँग परमेश्‍वरको पहिचान भए तापनि, उहाँ अझै पनि पिताको इच्छा खोज्नुहुन्छ, आफूलाई देहमा सुम्पनुभएको कुरा गर्नुहुन्छ। यो मानिसले प्राप्त गर्न नसक्ने कुरा हो।

ब्रिज

ख्रीष्ट बाहेक सबैले परमेश्‍वर विरोधी कुरा गर्न सक्लान्। कसैले उहाँले सुम्पनुभएको काम प्रत्यक्ष रूपमा गर्न सक्तैन; कसैले उहाँको व्यवस्थापनलाई आफ्नो कर्तव्यको रूपमा लिन सक्तैन।

कोरस ३

ख्रीष्टको सार नै परमेश्‍वर पिताको इच्छामा समर्पित हुनु हो। परमेश्‍वरप्रति अनाज्ञाकारी हुनु, शैतानको चरित्र हो। त्यसैले यी दुई कुरा परस्पर-विरोधी छन्। शैतानको गुण भएको व्यक्तिलाई ख्रीष्ट भन्न सकिँदैन।

अन्त्य

मानिस कहिल्यै उहाँको काम गर्न सक्तैन, किनकि ऊसँग उहाँको सार छैन। मानिस आफ्नै रुचि, भविष्यको लागि काम गर्छ, जबकि ख्रीष्ट आफ्नो पिताको इच्छा पूरा गर्न काम गर्नुहुन्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्