2021 Christian Song | ख्रीष्टको सार परमेश्‍वर हुनुहुन्छ | with lyrics

18 अगस्ट 2021

देहधारी हुनुभएका परमेश्‍वरलाई ख्रीष्‍ट भनिन्छ,

त्यसकारण मानिसहरूलाई सत्यता दिन सक्‍नुहुने ख्रीष्‍टलाई परमेश्‍वर भनिन्छ।

यसको बारेमा केही पनि अत्योक्ति छैन,

किनभने उहाँमा परमेश्‍वरको सार छ,

उहाँमा परमेश्‍वरको सार छ,

र परमेश्‍वरको स्वभाव छ, र उहाँको काममा बुद्धि छ,

जसलाई मानिसले प्राप्त गर्न सक्दैन।

आफैलाई ख्रीष्‍ट भनी भन्‍ने, तैपनि परमेश्‍वरको काम गर्न नसक्‍नेहरू ठगहरू हुन्।

ख्रीष्‍ट पृथ्वीमा परमेश्‍वरको प्रकटीकरण मात्रै हुनुहुन्‍न,

तर उहाँ मानिसको बीचमा उहाँले आफ्‍नो काम गर्ने र त्यसलाई पूरा गर्ने क्रममा परमेश्‍वरले धारण गर्नुहुने खास देह पनि हुनुहुन्छ।

यो कुनै पनि मानिसले हटाउन सक्‍ने देह होइन,

तर पृथ्वीमा परमेश्‍वरको कार्यलाई पर्याप्त रूपमा वहन गर्न,

र परमेश्‍वरको स्वभावलाई व्यक्त गर्न,

अनि परमेश्‍वरको राम्ररी प्रतिनिधित्व गर्न,

र मानिसलाई जीवन दिन सक्‍ने देह हो।

ढिलो वा चाँडो, ख्रीष्‍टको नक्‍कल गर्नेहरू पतन हुनेछन्,

किनभने तिनीहरूले आफूलाई ख्रीष्‍ट भनी दाबी गर्ने भए तापनि,

तिनीहरूमा ख्रीष्‍टको कुनै पनि सार छैन।

त्यसैले परमेश्‍वर भन्नुहुन्छ कि ख्रीष्‍टको विशुद्धतालाई मानिसले परिभाषित गर्न सक्दैन,

तर परमेश्‍वर स्वयम्‌ले मात्र यसको उत्तर दिन र निर्णय गर्न सक्‍नुहुन्छ।

यसरी, यदि तँ जीवनको बाटोलाई साँचो रूपमा खोज्‍न चाहन्छस् भने,

तैँले पहिले मानव संसारमा आउनुभएर उहाँले मानिसलाई जीवनको बाटो प्रदान गर्नुहुन्छ भन्‍ने स्वीकार गर्नैपर्छ,

र मानिसलाई जीवनको बाटो दिनको लागि आखिरी दिनहरूमा उहाँ यस संसारमा आउनुहुन्छ।

मानव संसारमा आउनुभएर उहाँले मानिसलाई जीवनको बाटो प्रदान गर्दछ।

यो विगत होइन;

यो आज नै भइरहेको छ,

यो आज नै भइरहेको छ।

यो आज नै भइरहेको छ,

यो आज नै भइरहेको छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्