Christian Dance | मीठो प्रेमको गीत | Praise Song

5 मार्च 2025

हे परमेश्‍वर! तपाईँको प्रेम मेरो हृदयमा लुकेको छ,

त्यसले मलाई मधुर रूपमा तपाईँको नजिक हुनतिर डोऱ्याउँछ।

तपाईँका अभिप्रायलाई ख्याल गर्दा, मेरो हृदय झन् मधुर हुन्छ।

म आफ्नो सम्पूर्ण हृदय र मनले तपाईँको सेवा गर्छु।

तपाईँका वचनले मेरो हृदयलाई अगुवाइ गर्छन्

र मेरा प्रेमिला पाइलाले तपाईँलाई नजिकबाट पछ्याउँछन्।

म तपाईँका अभिप्रायअनुरूप कार्य गर्नेछु,

तपाईँका अभिप्रायहरू पूरा गर्दा मेरो हृदय प्रसन्न हुन्छ।

अब म अर्कै क्षेत्रमा जिउँछु, केवल तपाईँ र म साथमा।

तपाईँ मलाई प्रेम गर्नुहुन्छ, म तपाईँलाई प्रेम गर्छु,

हामीबीच कुनै अवरोध वा दूरी छैन,

कुनै शोक वा चिन्ता छैन, पीडाको कुनै सम्झना छैन।

म तपाईँलाई निष्कपट रूपमा प्रेम गर्छु, हामीबीच कुनै दूरी छैन;

तपाईँको र मेरो हृदय दुवै सहज छन्।

म तपाईँँका अभिप्रायहरू बुझ्छु र पूर्णतः तपाईँमा समर्पित हुन्छु,

म फेरि कहिल्यै अलिकति पनि विद्रोह नगर्ने कामना गर्छु।

म तपाईँसामु अझ बढी जिउनेछु,

र तपाईँबाट कहिल्यै अलग हुनेछैन।

म तपाईँका वचनहरूबारे चुपचाप मनन गर्छु,

म तपाईँसँग जे छ र तपाईँ जे हुनुहुन्छ, त्यसलाई कदर गर्छु।

तपाईँका वचनले मेरो भ्रष्टता पखाल्छन्,

र तिनले मेरो हृदय भरेका छन्।

ओह, सर्वशक्तिमान् परमेश्‍वर, म तपाईँलाई प्रेम गर्छु।

तपाईँका वचन मेरो जीवन बनेका छन्।

म तपाईँद्वारा मुक्ति दिइएकोमा निकै भाग्यमानी छु,

र म सदैव तपाईँलाई प्रेम गर्नेछु र तपाईँको गवाही दिनेछु।

हल्लेलूयाह! हल्लेलूयाह! हल्लेलूयाह! परमेश्‍वरको प्रशंसा होस्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्