Christian Choir Song | परमेश्‍वरले निनवेको राजाको पश्चातापको प्रशंसा गर्नुभयो (Nepali Subtitles)

8 जुन 2022

“योनाको पुस्तकले निनवे शहरको कथा अभिलिखित गर्छ:

यो सहरका मानिसहरूको दुष्टता यहोवा परमेश्‍वरको सामुन्ने आएको थियो,

त्यसकारण उहाँले योनालाई तिनीहरूसामु घोषणा गर्न पठाउनुभयो,

‘अबको चालीस दिनमा निनवेलाई नष्ट पारिनेछ’ (योना ३:४)।

अर्को शब्‍दमा भन्दा, यदि चालीस दिनभित्र त्यस सहरका मानिसहरूले पश्‍चात्ताप गरेनन्,

तिनीहरूका पापहरूलाई स्वीकार गरेनन्,

र तिनीहरू परमेश्‍वरको सामुन्ने लम्पसार परेनन् भने,

परमेश्‍वर त्यस सहरलाई नष्ट गर्नेवाला हुनुहुन्थ्यो।

यी वचनहरूले यहोवा परमेश्‍वरको रिस मात्रै व्यक्त गरेनन्,

यस सहरभित्र बसोबास गर्ने मानिसहरूको लागि

एउटा गम्भीर चेतावनीको रूपमा काम गर्दै निनवेवासीहरूप्रतिको उहाँको मनोवृत्तिसमेत व्यक्त गरे।

त्यसैले निनवेका मानिसहरूले परमेश्‍वरको वचनमा विश्‍वास गरे र उपवासको घोषणा गरे

परमेश्‍वरसित पश्‍चात्ताप गर्न ठूलादेखि सानासम्मले भाङ्ग्रा लगाए।

अवश्य नै, यो कार्य सर्वसाधारणले मात्रै होइन,

सारा निनवेका मानिसहरूले गरे—राजा पनि यसको अपवाद थिएनन्।”

— “वचन देहमा देखा पर्नुहुन्छ” बाट उद्धृत गरिएको

जब निनवेका राजाले यो खबर सुने,

सिंहासनबाट उठे, वस्त्र खोले, भाङ्ग्रा लगाए र खरानीमा बसे,

वस्त्र खोले, भाङ्ग्रा लगाए र खरानीमा बसे।

त्यसपछि सहरमा कसैलाई केही चाख्न नदिने घोषणा गरे।

सबले भाङ्ग्रा लगाउनुपर्नेभयो,

र मानिसले परमेश्‍वरलाई बिन्ती गर्नुपर्नेभयो।

सबले आफ्ना दुष्ट तरिकाबाट टाढा

रही हातका हिंसा त्याग्नुपर्नेभयो।

यी श्रृंखलाबद्ध कार्यबाट मूल्याङ्कन गर्दा,

निनवेका राजामा साँचो पश्चाताप थियो भनी बुझिन्छ।

यी श्रृंखलाबद्ध कार्यहरूद्वारा,

तिनले शासकले गर्नुपर्ने कार्य साँच्चै पूरा गरे।

तिनका श्रृंखलाबद्ध कार्यहरू,

मानव इतिहासमा वास्तवमै, कुनै राजाले हासिल गर्न सकेका थिएनन्।

यी कार्यलाई मानव इतिहासमा अभूतपूर्व कार्य भन्न सकिन्छ,

जुन मानिसद्वारा स्मरण र अनुकरण गरिन योग्य छन्,

जुन मानिसद्वारा स्मरण र अनुकरण गरिन योग्य छन्।

मानिसको इतिहासमा,

हरेक राजाले प्रजालाई परमेश्‍वरको विरोध गर्न नेतृत्व गरेको थियो।

कसैले प्रजालाई दुष्टताबाट छुटकारा खोज्न,

उहाँको माफी पाउन र दण्डबाट जोगिनको निम्ति,

उहाँलाई बिन्ती गर्न नेतृत्व गरेको थिएन।

यद्यपि, निनवेका राजाले प्रजालाई उहाँतर्फ फर्कन,

आफ्ना दुष्ट तरिका पछाडि छोड्न र

हातका हिंसा त्याग्न नेतृत्व गर्न सके।

राजाले सिंहासनलाई पनि पन्छ्याउन सके,

बदलामा, यहोवा परमेश्‍वरको मन परिवर्तन भयो,

पछुतो महसुस गर्नुभयो, क्रोध फिर्ता लिनुभयो र

सहरवासीलाई विनाशबाट जोगाउँदै बाँच्न दिनुभयो।

राजाका कार्यलाई मानव इतिहासको दुर्लभ चमत्कार मात्र भन्न सकिन्छ,

र भ्रष्ट मानिसको पश्चाताप र परमेश्‍वर सामु आफ्ना पाप स्वीकार गरेको,

नमुना उदाहरण पनि भन्न सकिन्छ,

र भ्रष्ट मानिसको पश्चाताप र परमेश्‍वर सामु आफ्ना पाप स्वीकार गरेको,

नमुना उदाहरण पनि भन्न सकिन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्