Nepali Christian Song | विजयी हुनुभई फर्कनुभएकोमा परमेश्वरको प्रशंसा गर
20 फेब्रुअरी 2026
१
परमेश्वरले वर्तमान दिनसम्म आफ्नो छ हजार वर्षे काम गर्नुभएको छ, र मुख्यतः शैतानलाई हराउन र सारा मानवजातिलाई मुक्ति दिनका लागि उहाँका धेरै कार्यहरू प्रकाश गर्नुभएको छ। यस अवसरको माध्यमबाट, परमेश्वरले स्वर्गका यावत् थोक, पृथ्वीका र समुद्रभित्रका यावत् थोक र पृथ्वीमा भएका प्रत्येक प्राणीलाई समेत, उहाँको सर्वशक्तिमान्ता र सबै कार्य देख्ने तुल्याउनुहुन्छ। उहाँले शैतानलाई हराउने यस अवसरको माध्यममार्फत मानिसहरूलाई उहाँका सबै कार्य प्रकाश गर्नुहुन्छ, ताकि तिनीहरू सबले उहाँको प्रशंसा गरून् र शैतानलाई हराउने कार्यमा उहाँको बुद्धिको गुणगान गाऊन्।
२
पृथ्वीमा, स्वर्गमा, अनि समुद्रभित्र भएका यावत् थोकले परमेश्वरलाई महिमा दिन्छन्, उहाँको सर्वशक्तिमान्ताको प्रशंसा गर्छन्, उहाँका हरेक कार्यको प्रशंसा गर्छन्, र उहाँको पवित्र नाउँ पुकार्छन्। उहाँले शैतानलाई हराउनुभएको कुराको प्रमाण यही हो; उहाँले शैतानलाई विजय गर्नुभएको छ भन्ने कुराको प्रमाण यही हो। अझै बढी, यो मानवजातिलाई उहाँले दिनुभएको मुक्तिको प्रमाण हो। परमेश्वरको सम्पूर्ण सृष्टिले उहाँलाई महिमा दिन्छ, उहाँले आफ्नो शत्रुलाई हराउनुभएकोमा र विजय भई फर्कनुभएकोमा उहाँको प्रशंसा गर्छ, र महान् विजयी राजाका रूपमा उहाँको गुणगान गाउँछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्ने जान्नुपर्छ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू