Christian Praise Song | जब तँ परमेश्‍वरलाई आफ्नो हृदय खोल्छ्स्

30 अगस्ट 2021

जब मानिसहरूले परमेश्‍वरलाई बुझ्दैनन्

अनि उहाँको स्वभावलाई जान्दैनन्,

तब तिनीहरूको हृदय उहाँप्रति कहिल्यै साँचो रीतिले खुल्न सक्दैन।

जब तिनीहरूले परमेश्‍वरलाई चिनेका हुन्छन्,

तब तिनीहरूले उहाँको हृदयभित्र जे छ, त्यसलाई

अभिरुचि र विश्‍वासका साथ

सराहना गर्न अनि त्यसको आनन्द लिन थाल्नेछन्।

जब तैँले परमेश्‍वरको हृदयमा जे छ, त्यसको आनन्द लिन थाल्छस्

अलि-अलि गर्दै, दिन प्रतिदिन,

जब तैँले परमेश्‍वरको हृदयमा जे छ, त्यसको स्वाद लिन थाल्छस्,

तब तेरो हृदय परमेश्‍वरप्रति खुल्नेछ,

जब तेरो हृदय परमेश्‍वरप्रति साँचो रीतिले खुल्दछ,

जब तेरो हृदय परमेश्‍वरप्रति साँचो रीतिले खुल्दछ,

तब परमेश्‍वरसितको तेरा कुराकानीहरू, परमेश्‍वरसितको तेरा मागहरू,

अनि तेरा आफ्नै अनावश्यक चाहनाहरू कति घिनलाग्दा र तुच्छ रहेछन् भनी तैँले महसुस गर्नेछस्।

जब तेरो हृदय परमेश्‍वरप्रति साँचो रीतिले खुल्दछ,

जब तेरो हृदय परमेश्‍वरप्रति साँचो रीतिले खुल्दछ,

तब तैँले उहाँको हृदय त एउटा अनन्त संसार नै रहेछ भनी देख्‍नेछस्,

अनि तँ आफूले पहिले कहिल्यै अनुभव नगरेको राज्यभित्र प्रवेश गर्नेछस्।

यस राज्यमा कुनै धोका हुँदैन,

कुनै छल हुँदैन, कुनै अन्धकार अनि कुनै खराबी हुँदैन।

त्यहाँ केवल निष्कपटता र विश्‍वासयोग्यता मात्रै हुन्छ;

केवल ज्योति र सच्चाइ हुन्छ; केवल धार्मिकता र दया हुन्छ।

यो प्रेम र वास्ताले भरिपूर्ण हुन्छ,

करूणा र सहिष्णुताले भरिपूर्ण हुन्छ,

तेरो जीवनमा आनन्द महसुस गर्छस्

जब तैँले आफ्नो हृदय परमेश्‍वरप्रति खोल्छ्स्

यो अनन्त संसार परमेश्‍वरको बुद्धि तथा सर्वशक्तिमान्‌ताले भरिपूर्ण छ;

यो उहाँको प्रेम तथा अख्तियारले पनि भरिपूर्ण छ।

यहाँ तैँले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ,

कुन कुराले उहाँलाई आनन्द ल्याउँछ,

किन उहाँ चिन्ता गर्नुहुन्छ अनि उहाँ किन दुःखी बन्‍नुहुन्छ,

उहाँ किन रिसाउनुहुन्छ त्यसको हरेक पक्षलाई देख्‍न सक्छस्।

आफ्नो हृदय परमेश्‍वरको निम्ति खोल्ने

र उहाँलाई भित्र आउन दिने हरेक व्यक्तिले यो कुरा देख्न सक्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्