विश्वभरिका मानिसहरू चिनियाँ भाषा सिक्दै | कोरस: परमेश्वरसँग मात्र जीवनको मार्ग छ
17 जनवरी 2026
१
जीवनको मार्ग जोसुकै व्यक्तिसँग हुन सक्ने कुरा होइन, न त यो हरेक व्यक्तिले सजिलै प्राप्त गर्न सक्ने कुरा नै हो। किनभने जीवन परमेश्वरबाट मात्रै आउन सक्छ। परमेश्वर स्वयम्सँग मात्रै जीवनको सार हुन्छ, र परमेश्वर स्वयम्सँग मात्रै जीवनको मार्ग हुन्छ। त्यसैले, परमेश्वर मात्रै जीवनको स्रोत र जीवनको जिउँदो पानीको सदा बगिरहने मूल हुनुहुन्छ। संसारको सृष्टिदेखि नै परमेश्वरले धेरै काम गर्नुभएको छ, जुनमा जीवनको जीवन्तता छ, उहाँले मानिसलाई जीवन दिने धेरै काम गर्नुभएको छ, र उहाँले मानिसलाई जीवन प्राप्त गर्न सक्षम बनाउने ठूलो मूल्य चुकाउनुभएको छ। किनभने परमेश्वर स्वयम् नै अनन्त जीवन हुनुहुन्छ, र परमेश्वर स्वयम् नै मानिसको पुनरुत्थानको मार्ग हुनुहुन्छ।
२
मानिसको हृदयबाट परमेश्वर कहिल्यै अलग हुनुहुन्न, र उहाँ सधैँ मानिसहरूकै माझमा जिउनुहुन्छ। उहाँ नै मानिसको जियाइको प्रेरक शक्ति, मानिसको अस्तित्वको जड, र मानिसको जन्मपछि उसको अस्तित्वका लागि सम्पन्न संसाधन हुनुहुन्छ। उहाँले मानिसहरूलाई पुनर्जन्म लिन सक्षम तुल्याउनुहुन्छ, र उहाँले तिनीहरूलाई तिनीहरूको आफ्नै भूमिकामा दृढताका साथ जिउन सक्षम तुल्याउनुहुन्छ। उहाँको शक्ति र उहाँको ननिभ्ने जीवनशक्तिमा निर्भर हुँदै, मानिस पुस्तौँपुस्तासम्म जिएको छ, यस समयमा परमेश्वरको जीवनको शक्तिले मानिसमाझ एकनासले सहारा प्रदान गर्दै आएको छ, र परमेश्वरले कुनै पनि साधारण मानिसले कहिल्यै नतिरेको मूल्य तिर्नुभएको छ।
३
परमेश्वरको जीवनशक्तिले कुनै पनि शक्तिलाई विजय गर्न सक्छ; त्यसभन्दा पनि बढी, यसले कुनै पनि शक्तिलाई उछिन्छ। उहाँको जीवन अनन्त छ, उहाँको शक्ति असाधारण छ, र उहाँको जीवन शक्ति कुनै पनि सृजित प्राणी वा शत्रु शक्तिद्वारा पराजित हुन सक्दैन। समय वा स्थान जे-जस्तो भए पनि, परमेश्वरको जीवनशक्ति अस्तित्वमै रहन्छ र यसको चम्किलो चमकसाथ चम्कन्छ। स्वर्ग र पृथ्वीमा ठूलो परिवर्तन हुन सक्ला, तर परमेश्वरको जीवन सदासर्वदा उस्तै रहन्छ। सबै कुरा बितेर जान सक्छन्, तर परमेश्वरको जीवनको अस्तित्व रहिरहनेछ। किनभने यावत् थोकहरूको अस्तित्वको स्रोत, र बाँच्नका लागि यावत् थोक निर्भर हुने जड परमेश्वर नै हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू