Christian Choir Song | परमेश्‍वरको आगमन कसैले ख्याल गर्दैन

16 अप्रिल 2024

परमेश्‍वरको आगमन कसैले ख्याल गर्दैन, कसैले उहाँको आगमनलाई स्वागत गर्दैन,

अनि, यसका अतिरिक्त, उहाँले गर्न लाग्नुभएको कुरा कसैलाई पनि थाहा हुँदैन,

अनि, यसका अतिरिक्त, उहाँले गर्न लाग्नुभएको कुरा कसैलाई पनि थाहा हुँदैन।

मानिसको जीवन पहिलेको जस्तै चल्छ,

उसको हृदय केही फरक छैन, र दिनहरू सदाको झैँ गुज्रन्छन्।

परमेश्‍वर अनुयायीहरूमध्ये सबैभन्दा नगण्य र एक साधारण विश्‍वासीको रूपमा,

अरू मानिसहरूजस्तै, हाम्रा माझमा बस्नुहुन्छ।

उहाँका आफ्नै खोजहरू, आफ्नै लक्ष्यहरू छन्;

र, यसका अतिरिक्त, उहाँसँग साधारण मानिसहरूसित नभएको ईश्‍वरत्व छ।

उहाँको ईश्‍वरत्वको अस्तित्वलाई कसैले पनि ध्यान दिएको छैन,

र उहाँको र मानिसका सार बीचको भिन्नतालाई कसैले ख्याल गरेको छैन।

हामी उहाँसँग स्वतन्त्र र निडर भएर एकसाथ जिउँछौँ,

किनकि हाम्रा दृष्टिमा उहाँ एक मामुली विश्‍वासी बाहेक केही पनि हुनुहुन्न।

उहाँले हाम्रा सबै चाललाई हेर्नुहुन्छ,

र हाम्रा सबै सोच र विचारहरू उहाँका सामु खुला छन्।

कसैले पनि उहाँको अस्तित्वमा चासो राख्दैन,

कसैले पनि उहाँका कार्यको बारेमा कुनै कुरा कल्पना गर्दैन,

र, यसका अतिरिक्त, उहाँको पहिचानको बारेमा कसैसँग अलिकता पनि शङ्का छैन।

उहाँको हामीसँग कुनै पनि सम्बन्ध नभए झैँ गरी हामीले गर्ने भनेको हाम्रा खोजहरूलाई जारी राख्नु हो …

तथापि मानिसहरूका बीचमा लुक्‍नुभएका यी साधारण व्यक्तिले नै,

हामीलाई मुक्ति दिन नयाँ कार्य गरिरहनुभएको छ,

हामीलाई मुक्ति दिन नयाँ कार्य गरिरहनुभएको छ।

उहाँका वचनहरू र वाणीहरू झन्-झन् धेरै हुन्छन्।

सान्त्वना दिने, अर्ती दिने, स्मरण गराउने, र चेतावनी दिने,

हप्काउने र अनुशासनमा राख्‍नेदेखि नम्र

र कोमल लबजदेखि कठोर र प्रतापी वचनहरूसम्‍म

सबैले मानवमाथि कृपा देखाउँछ र उसमा भय हालिदिन्छ।

उहाँले भन्नुभएका सबै कुराहरूले हामीभित्र गहिराइमा लुकेका गुप्‍त कुराहरूलाई प्रहार गर्छ;

उहाँका वचनहरूले हाम्रा हृदयलाई डस्छन्, हाम्रा आत्माहरूलाई डस्छन्,

र सहनै नसकिने लाजले हामीलाई भरेर छोडी दिन्छन्,

आफैलाई कहाँ लुकाउने भन्‍ने कुरा जान्नै नसकिने हुन्छ।

यी नगण्य मानिसले हामीलाई परमेश्‍वरको कामको एक कदमदेखि अर्कोमा अगुवाइ गर्नुभएको छ

भन्‍ने हामीलाई जानकारी नहोला।

हामी असंख्य परीक्षाहरू भएर जान्छौं, असंख्य ताडनाहरू भोग्छौं,

र मृत्युद्वारा जाँच गरिन्छौं।

हामी परमेश्‍वरको धर्मी र प्रतापी स्वभावबारे सिक्छौं,

उहाँको प्रेम र कृपामा आनन्द मनाउँछौं,

परमेश्‍वरको महान् शक्ति र बुद्धिको सराहना गर्छौं,

परमेश्‍वरको प्रेमिलोपन साक्षी हुन्छौं, र मानवलाई मुक्ति दिने परमेश्‍वरको उत्कट इच्छालाई हेर्छौं।

यस साधारण व्यक्तिका वचनहरूमा,

हामीले परमेश्‍वरका स्वभाव र सारलाई जान्न,

परमेश्‍वरको इच्छालाई बुझ्न, मानवको प्रकृति सारलाई जान्न,

र मुक्ति र सिद्धताको बाटोलाई देख्न पाउँछौं।

त्यस क्षणपछि, हाम्रा मन चेतनशील भए,

र हाम्रा आत्मा पुनर्जीवित भए:

यी साधारण व्यक्ति, जो हाम्रो बीचमा बस्नुहुन्छ

र लामो समयदेखि हामीद्वारा तिरस्कृत हुनुभएको छ—

के यो हाम्रा प्रभु येशू नै हुनुहुन्न र, जो जहिले पनि हाम्रा विचारहरूमा हुनुहुन्छ,

बिउँझिँदा वा सपनामा हुँदा, र जसको हामी रात दिन तृष्णा गर्छौं?

यो उहाँ नै हुनुहुन्छ! के यो साँच्चै उहाँ नै हुनुहुन्छ!

उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्छ!

उहाँ सत्य, बाटो, र जीवन हुनुहुन्छ!

उहाँ सत्य, बाटो, र जीवन हुनुहुन्छ!

उहाँले हामीलाई फेरि जिउन र ज्योति देख्न सक्षम बनाउनुभएको छ

र हाम्रा हृदयहरूलाई बहकिनबाट रोक्नुभएको छ।

हामी परमेश्‍वरको सिंहासनको सामु फर्केका छौँ, हामी उहाँसँग आमने-सामने छौँ,

हामीले उहाँको मुहार देखेका छौँ,

र हामीले हाम्रो अगाडिको बाटो देखेका छौँ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परिशिष्ट ४: परमेश्‍वरको न्याय र सजायमा उहाँ देखा पर्नुभएको घटनालाई हेर्नु

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्