Christian Song | मानिसको जीवन पूर्ण रूपले परमेश्‍वरको सार्वभौमिकतामा छ

26 जुन 2025

मानौँ कुनै व्यक्तिले नियतिमा विश्‍वास मात्रै गर्छ, र त्यसबारे उसको भावना गहन समेत छ, तर ऊ मानवजातिको नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्‍न र मान्न, यसमा समर्पित हुन र यसलाई स्वीकार गर्न सक्दैन भने, उसको जीवन दुःखान्त हुनेछ, अझै पनि त्यो व्यर्थमा जिइएको र खोक्रो हुनेछ। तिनीहरू अझै पनि सृष्टिकर्ताको प्रभुत्वमा आफूलाई समर्पण गर्न, त्यस शब्दको सच्‍चा अर्थमा सृजित मानव जाति बन्‍न, अनि सृष्टिकर्ताको स्वीकृती प्राप्त गर्न असमर्थ हुनेछन्। सृष्टिकर्ताको सार्वभौमिकतालाई साँचो रूपमा जान्‍ने र अनुभव गर्ने व्यक्ति सकारात्मक स्थितिमा हुनुपर्छ, नकारात्मक वा लत्तो छाड्ने स्थितिमा हुनु हुँदैन। उसले सबै कुरा भाग्यमा लेखिएको हुन्छ भनेर मान्दै गर्दा, ऊसँग हृदयमा जीवन र नियतिको सही परिभाषा हुनेछ, र त्यो के हो भने मानिसको जीवन पूर्णतया सृष्टिकर्ताको सार्वभौमिकता अन्तर्गत हुन्छ।

जब उसले आफू हिँडेको बाटोलाई फर्केर हेर्छ, जब उसले आफ्‍नो जीवन यात्राको हरेक चरणलाई सम्‍झन्छ, तब उसले आफ्नो यात्रा कठिन भए पनि वा सुगम भए पनि, हरेक चरणमा परमेश्‍वरले नै उसको मार्गमा मार्गनिर्देशन गरिरहनुभएकोउसका निम्ति त्यसको योजना बनाइरहनुभएको देख्छ। उसलाई थाहै नपाई आजसम्‍म डोर्‍याउने परमेश्‍वरको ध्यानपूर्ण योजना, साथै उहाँको होसियारीपूर्ण बन्दोबस्त नै थियो। तिनीहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता स्वीकार गर्न सक्नु, उहाँको मुक्ति स्वीकार गर्न सक्नु व्यक्तिको जीवनको सबैभन्दा ठूलो आशिष् हो भन्ने थाहा हुन्छ! जब उसले आफ्‍नो यात्रालाई फर्केर हेर्छ, जब उसले परमेश्‍वरको सार्वभौमिकतालाई साँच्चै अनुभव गर्छ, तब उसले परमेश्‍वरले बन्दोबस्त गरेका सबै कुरामा समर्पित हुने झन् सच्चा रूपमा इच्‍छा गर्नेछ, र ऊसँग परमेश्‍वरलाई आफ्‍नो नियति योजनाबद्ध गर्न दिन र परमेश्‍वरविरुद्ध विद्रोह गर्न छाड्न थप सङ्कल्प र आस्था हुनेछ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वर स्वयम् अद्वितीय ३

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्