Christian Dance | सबै प्राणीको जीवन परमेश्‍वरबाट आउँछ | Praise Song | २०२६ स्तुतिका स्वरहरू

15 जनवरी 2026

परमेश्‍वरले मानिसलाई दिनुभएको जीवन अन्तहीन छ, जुन भौतिकता, समय वा स्थानद्वारा बाधित हुँदैन। परमेश्‍वरले मानिसलाई प्रदान गर्नुभएको जीवनको रहस्य यस्तो छ र यो जीवन उहाँबाट नै आएको हो भन्‍ने कुराको प्रमाण हो। धेरैले मानिसको जीवन परमेश्‍वरबाट आएको हो भनी विश्‍वास नगरे पनि, मानिसले परमेश्‍वरको अस्तित्वलाई स्वीकार वा इन्कार गरे पनि, उसले अनिवार्य रूपमा परमेश्‍वरबाट आउने सबै कुराको आनन्द उठाउँछ। यदि परमेश्‍वरले एक दिन अचानक मन परिवर्तन गर्नुभयो र संसारमा अस्तित्वमा भएका सबथोक फिर्ता लिने र उहाँले दिनुभएको जीवन फिर्ता लिने इच्छा गर्नुभयो भने, केही पनि रहनेछैन।

परमेश्‍वरले जीवित र निर्जीव सबै कुरालाई आपूर्ति गर्न आफ्नो जीवन प्रयोग गर्नुहुन्छ, र उहाँको शक्ति र अख्तियारमार्फत सबै थोकलाई असल क्रममा राख्नुहुन्छ। यो त्यस्तो तथ्य हो जुन कसैले पनि कल्पना गर्न वा बुझ्न सक्दैन, र यी बुझ्न नसकिने तथ्यहरू नै परमेश्‍वरको जीवनशक्तिको प्रकटीकरण र प्रमाण हुन्। अब म तँलाई एउटा रहस्य बताउँछु: परमेश्‍वरको जीवनको महानता र उहाँको जीवनको शक्ति कुनै पनि सृजित प्राणीका लागि बुझ्न नसकिने छन्। विगतमा जस्तो थियो अहिले पनि यो त्यस्तै छ, र आउने समयमा पनि यो त्यस्तै रहनेछ।

मैले बताउने दोस्रो रहस्य यो हो: सारा प्राणीहरूको जीवनको स्रोत परमेश्‍वरबाट आउँदछ, चाहे ती जीवनको रूप वा संरचनामा जतिसुकै फरक होऊन्, र तँ जस्तो प्रकारको जीवित प्राणी भए पनि, कुनै प्राणी परमेश्‍वरद्वारा तोकिएको जीवन मार्गविरुद्ध जान सक्दैन। जे भए पनि, मानिसले यो बुझोस् भन्‍ने मात्र म चाहन्छु: परमेश्‍वरको हेरचाह, सुरक्षा र आपूर्तिविना, मानिसले जति नै लगनशीलताका साथ कोसिस गरे पनि वा जति नै मेहनतका साथ सङ्घर्ष गरे पनि उसले प्राप्त गर्नुपर्ने ती सबै कुरा प्राप्त गर्न सक्दैन। परमेश्‍वरबाट जीवनको आपूर्तिविना, मानिसले जिउनुको मूल्य र जीवनको अर्थ गुमाउँछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्