परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १७४

30 जुन 2022

मानिसको कामले उसको अनुभव र उसको मानवतालाई दर्साउँछ। मानिसले दिने कुरा र उसले गर्ने कामले उसकै प्रतिनिधित्व गर्छ। मानिसको अन्तर्दृष्टि, मानिसको तार्किक क्षमता, मानिसको तर्क, र उसको प्रचुर कल्पना-शक्ति यी सबै कुरा उसको काममा समावेश भएका हुन्छन्। मानिसको अनुभवले विशेष रूपमा उसको कामलाई दर्शाउन सक्षम हुन्छ, र व्यक्तिका अनुभवहरू उसको कामको भागहरू बन्छन्। मानिसको कामले उसको अनुभव अभिव्यक्त गर्न सक्छ। जब केही मानिसहरूले नकारात्मक कुरा अनुभव गर्छन्, तिनीहरूको सङ्‍गतिको अधिकांश भाषामा नकारात्मक तत्त्वहरू समावेश हुनेछन्। यदि तिनीहरूको अनुभव एक निश्‍चित समयको निम्ति सकारात्मक छ र तिनीहरू सकारात्मक धारणाको मार्गमा विशेष गरी रहे भने, तिनीहरूको सङ्‍गति अत्यन्त उत्साहजनक हुन्छ, र मानिसहरूले तिनीहरूबाट सकारात्मक बन्दोबस्तहरू प्राप्‍त गर्न सक्छन्। यदि एक जना कामदार एक निश्‍चित समयको निम्ति नकारात्मक बन्छ भने उसको सङ्गतले सधैँ नकारात्मक तत्त्वहरू बोकी हिँड्छ। यस किसिमको सङ्‍गत निराशाजनक हुन्छ, र अरू व्यक्तिहरू पनि उसको सङ्गतपछि अन्जानमै निराश बन्‍नेछन्। अगुवाको आधारमा नै उसलाई पछ्याउने व्यक्तिहरूको अवस्था परिवर्तन हुन्छ। एक कामदार भित्रपट्टि जस्तो छ, उसले त्यही कुरा व्यक्त गर्छ, र पवित्र आत्माको काम प्रायजसो मानिसको स्थितिसँगै परिवर्तन हुन्छ। उहाँले मानिसहरूको अनुभव अनुसार काम गर्नुहुन्छ र उहाँले तिनीहरूलाई दबाब दिनुहुन्‍न, तर मानिसहरूबाट तिनीहरूको अनुभवको सामान्य गति अनुसार माग गर्नुहुन्छ। अर्थात् मानिसको सङ्‍गत परमेश्‍वरको वचनभन्दा फरक हुन्छ। मानिसले सङ्‍गति गर्ने कुराले तिनीहरूको व्यक्तिगत अन्तर्दृष्टि र अनुभवलाई बताउँछ, यस क्रममा तिनीहरूले परमेश्‍वरको कामको आधारमा आफ्‍ना अन्तर्दृष्टि र अनुभव व्यक्त गर्छन्। तिनीहरूको जिम्मेवारी परमेश्‍वरले काम गर्नुहुन्छ वा बोल्‍नुहुन्छ, त्यसमध्ये तिनीहरूले अभ्यास गर्नुपर्ने वा प्रवेश गर्नुपर्ने कुरा के हो भनी पत्ता लगाउनु हो, त्यसपछि अनुयायीहरूलाई ती प्रदान गर्नु हो। त्यसकारण, मानिसको कामले उसको प्रवेश र अभ्यासलाई प्रतिनिधित्व गर्छ। निश्‍चय नै, यस किसिमको काममा मानिसका शिक्षाहरू र अनुभव वा केही मानवीय विचार मिश्रित हुन्छ। जे भए तापनि पवित्र आत्माले काम गर्नुहुन्छ, चाहे मानिसमा होस् वा देहधारी परमेश्‍वरमा होस्, कामदारहरूले ती के हुन् भनी सधैँ व्यक्त गर्छन्। काम गर्नुहुने पवित्र आत्मा नै हुनुभए तापनि, मानिस स्वाभाविक रूपमा जो हो, काम त्यसैमा आधारित भएको हुन्छ, किनकि पवित्र आत्माले जगविना काम गर्नुहुन्‍न। अर्को शब्दमा, काम शून्यताबाट आउँदैन, तर सधैँ यथार्थ परिस्थितिहरू र वास्तविक अवस्थाहरू अनुसार गरिएको हुन्छ। यसरी मात्र मानिसको स्वभाव रूपान्तरित हुन सक्छ र उसका पुराना धारणा र विचारहरू परिवर्तन हुन सक्छन्। मानिसले व्यक्त गर्ने कुरा उसले देख्‍ने, अनुभव गर्ने र कल्पना गर्न सक्‍ने कुरा नै हो, अनि मानिसको सोच-विचारले त्यसलाई हासिल गर्न सक्छ, चाहे त्यो सिद्धान्त होस् वा धारणाहरू होस्। मानिसको कामले मानिसको अनुभवको क्षेत्रलाई पार गर्न सक्दैन, काम जुनसुकै आकारको भए तापनि मानिसले देख्‍ने कुरा, मानिसले सोच्‍ने कुरा वा कल्पना गर्ने कुरालाई त्यसले पार गर्न सक्दैन। परमेश्‍वरले व्यक्त गर्नुहुने सबै कुरा उहाँ स्‍वयम्‌ को हुनुहुन्छ भन्‍ने कुरा नै हो, र यो मानिसले प्राप्‍त गर्न सक्दैन—यो मानिसको सोचाइभन्दा बाहिर छ। उहाँले सबै मानिसहरूलाई अगुवाइ गर्ने आफ्नो काम व्यक्त गर्नुहुन्छ, र यो मानव अनुभवको विवरणहरूसँग सम्बन्धित छैन, बरु यसले उहाँको आफ्नो व्यवस्थापनसँग सरोकार राख्‍छ। मानिसले व्यक्त गर्ने कुराचाहिँ उसको अनुभव हो भने परमेश्‍वरले व्यक्त गर्नुहुने कुराचाहिँ उहाँको सारतत्त्व हो, जुन उहाँको अन्तर्निहित स्वभाव हो, यो मानिसको पहुँचभन्दा बाहिर छ। मानिसको अनुभव चाहिँ परमेश्‍वरले व्यक्त गर्नुभएको उहाँको सारतत्त्वको आधारमा हासिल गरिएको उसको अन्तर्दृष्टि र ज्ञान हो। यस किसिमको अन्तर्दृष्टि र ज्ञानलाई मानिसको सारतत्त्व भनिन्छ, र तिनीहरूको अभिव्यक्तिको आधारचाहिँ मानिसको अन्तर्निहित स्वभाव र क्षमता हो—यसैकारण तिनीहरूलाई पनि मानिसको सारतत्त्व भनिन्छ। मानिस उसले अनुभव गर्ने र देख्‍ने कुराको बारेमा सङ्‍गति गर्न सक्षम छ। आफूले अनुभव नगरेको, नदेखेको, वा तिनीहरूको सोचाइले भ्याउन नसक्‍ने, तिनीहरूभित्र नभएका कुराहरूको बारेमा कसैले पनि सङ्‍गति गर्न सक्दैन। यदि मानिसले व्यक्त गर्ने कुरा उसको अनुभवबाट आएको होइन भने त्यो उसको परिकल्पना वा सिद्धान्त हो। सरल भाषामा भन्‍नुपर्दा, उसको वचनमा कुनै वास्तविकता हुँदैन। यदि तँ कहिल्यै पनि समाजको सम्पर्कमा आएको थिइनस् भने तँ समाजको जटिल सम्बन्धहरूसँग स्पष्‍ट सङ्‍गत गर्न सक्षम हुने थिएनस्। यदि तेरो परिवार नभएको भए, परिवारका समस्याहरूको बारेमा कुरा गर्ने अरू थिए भने, तिनीहरूले भनेका अधिकांश कुरा तैँले बुझ्दैनथिस्। त्यसैले, मानिसले सङ्‍गत गर्ने र उसले गर्ने कामले उसको भित्री सारतत्त्वको प्रतिनिधित्व गर्छ। यदि कसैले सजाय र न्यायको बारेमा उसको बुझाइसँग सङ्‍गत गर्‍यो, तर तँसँग त्यसको कुनै अनुभव थिएन भने तैँले उसको ज्ञानलाई इन्कार गर्ने साहस गर्ने थिइनस्, शत प्रतिशत त्यसमा सहमत हुन साहस गर्ने कुरा त परै जाओस्। किनकि तैँले तिनीहरूले सङ्‍गत गरेको कुरा कहिल्यै अनुभव गरेको छैनस्, तैँले कहिल्यै थाहा पाएको थिइनस्, र तेरो मनले त्यसको बारेमा कल्पना गर्न सक्दैन। तिनीहरूको ज्ञानबाट तैँले लिन सक्‍ने कुरा भनेको भविष्‍यमा सजाय र न्याय भएर जानका लागि चाहिने एक मार्ग हो। तर यो मार्ग एक सैद्धान्तिक ज्ञान मात्र हुन सक्छ; यसले तेरो आफ्नो बुझाइको ठाउँ लिन सक्दैन, न त तेरो अनुभवको नै। सायद तिनीहरूले भनेको कुरा सही नै छ भनी तँ विचार गर्छस्, तर तेरो आफ्‍नै अनुभवमा तँ त्यो कुरा धेरै किसिमले अव्यावहारिक भएको पत्ता लगाउँछस्। सायद तैँले सुन्‍ने कतिपय कुराहरू पूर्णतया अव्यावहारिक भएको महसुस गर्छस्; त्यो समयमा यसको धारणालाई लिन्छस्, र तैँले त्यसलाई स्वीकार गरे तापनि, तैँले अनिच्छुक रूपमा मात्रै स्वीकार गर्छस्। तर तेरो आफ्नै अनुभवमा, तैँले जुन कुराबाट ज्ञान प्राप्‍त गरेको छस्, त्यो धारणा तेरो व्यवहार गर्ने तरिका बन्छ, र तैँले जति धेरै तपाईंले व्यवहार गर्छस्, तैँले सुनेका वचनहरूको साँचो मूल्य र अर्थलाई त्यति नै बुझ्छस्। तैँले आफैले अनुभव गरिसकेपछि तैँले अनुभव गरेको कुराको ज्ञानको बारेमा त्यसपछि तैँले कुरा गर्न सक्छस्। यसको साथै, तैँले कसको ज्ञान वास्तविक र व्यावहारिक छ अनि कसको ज्ञान सिद्धान्तमा आधारित छ र व्यर्थको छ भनी छुट्याउन पनि सक्छस्। त्यसैले, तैँले स्वीकार गरेको ज्ञान सत्यतासँग मेल खान्छ कि खाँदैन भन्‍ने कुरा तैँले व्यावहारिक रूपमा त्यसलाई अनुभव गरेको छस् कि छैनस् भन्‍ने कुरामा निर्भर रहन्छ। जब तेरो अनुभवमा सत्यता हुन्छ, तब तेरो ज्ञान व्यावहारिक र मूल्यवान् बन्‍नेछ। आफ्‍नो अनुभवबाट तैँले विवेक र अन्तर्दृष्टि पनि हासिल गर्न सक्छस्, आफ्‍नो ज्ञानलाई गहिराउन सक्छस्, र तैँले आफूसँग कसरी व्यवहार गर्नुपर्छ भन्‍ने बारेमा तैँले तेरो बुद्धि र सामान्य चेतनालाई वृद्धि गर्न सक्छस्। मानिसहरूले व्यक्त गर्ने त्यस्तो ज्ञान जसको सत्यता छैन, त्यो सिद्धान्त हो, चाहे त्यो जतिसुकै उच्‍चकोटीको किन नहोस्। यस किसिमको व्यक्ति शरीरका विषयमा धेरै बुद्धिमान ठहरिन सक्छ तर आत्मिक कुराको विषयमा कुनै भेद छुट्याउन सक्दैन। किनकि यस किसिमका मानिसहरूसँग आत्मिक मामिलाको बारेमा कुनै पनि अनुभव हुँदैन। यी मानिसहरूले आत्मिक मामिलामा प्रकाश पाएका हुँदैनन् र आत्मिक कुराहरू बुझ्दैनन्। तैँले जुनसुकै ज्ञान व्यक्त गरे पनि, यदि त्यो तेरो सारतत्त्व हो भने त्यो तेरो व्यक्तिगत अनुभव हो, तेरो वास्तविक ज्ञान हो। सिद्धान्तको बारेमा मात्र कुरा गर्ने मानिसहरू—यी मानिसहरूसँग न त सत्यता हुन्छ न त वास्तविकता नै हुन्छ—छलफललाई पनि तिनीहरूको अस्तित्व भन्‍न सकिन्छ, किनकि उनीहरूको गहिरो सोचविचारद्वारा मात्रै तिनीहरू आफ्नो सिद्धान्तको निर्क्योलमा आइपुगेका छन् र यो उनीहरूको गम्भीर चिन्तनको परिणाम हो। तैपनि यो केवल सिद्धान्त मात्र हो, यो कल्पनाभन्दा अरू केही होइन!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्