परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरको कामलाई चिन्‍नु | अंश १५४

19 जुन 2022

दर्शनहरूमा अभ्यास गर्नुपर्ने धेरै मार्गहरू समावेश छन्। मानिसले जान्‍नुपर्ने परमेश्‍वरको काम भएजस्तै, मानिसबाट गरिने व्यवहारिक मागहरू पनि दर्शनहरूभित्र समावेश छन्। विगतमा, विभिन्‍न स्थानमा आयोजना गरिने विशेष भेलाहरू वा भव्य भेलाहरूमा, अभ्यासको मार्गको एउटै पक्षबारे मात्रै बोलियो। त्यस्तो अभ्यास अनुग्रहको युगको अवधिमा व्यवहारमा उतार्नुपर्ने अभ्यास थियो र परमेश्‍वरसम्‍बन्धी ज्ञानसँग यसले मुस्किलले सम्‍बन्ध राख्थ्यो, किनभने अनुग्रहको युगको दर्शन येशूको क्रूसीकरणको दर्शन मात्रै थियो र अरू कुनै ठूला दर्शनहरू थिएनन्। क्रूसीकरणद्वारा उहाँले गर्नुभएको मानवजातिको छुटकाराको कामभन्दा बढी कुरा मानिसले जान्‍नुहुँदैन भन्ने मानिन्थ्यो र अनुग्रहको युगको अवधिमा, मानिसले जान्‍नुपर्ने अरू कुनै पनि दर्शनहरू थिएनन्। यसरी, मानिससँग परमेश्‍वरसम्‍बन्धी थोरै मात्रै ज्ञान थियो र येशूको प्रेम र करुणासम्‍बन्धी ज्ञानबाहेक, उसले अभ्यास गर्नका लागि थोरै सरल र दयनीय कुराहरू अर्थात् आजका कुराहरूभन्दा निकै टाढाका कुराहरू मात्रै थिए। विगतमा, मानिसको भेलाले जस्तोसुकै आकार लिए पनि, परमेश्‍वरको कामको व्यवहारिक ज्ञानबारे बताउन ऊ असक्षम थियो, मानिस प्रवेश गर्नुपर्ने सबैभन्दा उपयुक्त अभ्यासको मार्ग कुन हो भन्‍ने कुरालाई कसैले स्पष्ट रूपमा बताउन सक्‍नु त परै जाओस्। मानिसले सहनशीलता र धैर्यताको जगमा केही सरल विवरणहरू मात्रै थप्यो; उसको अभ्यासको सारमा कुनै परिवर्तन नै थिएन, किनभने उही युगमा परमेश्‍वरले कुनै पनि नयाँ काम गर्नुभएन र मानिसलाई उहाँले गर्नुभएका मागहरू सहनशीलता र धैर्यता वा क्रूस उठाउने कार्य मात्रै थिए। त्यस्ता अभ्यासहरूबाहेक, येशूको क्रूसीकरणभन्दा अरू कुनै उच्‍च दर्शनहरू थिएनन्। विगतमा, अरू दर्शनहरूबारे कुनै उल्‍लेख गरिएन किनभने परमेश्‍वरले त्यति धेरै काम गर्नुभएन, किनभने उहाँले मानिसलाई सीमित मागहरू मात्रै गर्नुभयो। यसरी, मानिसले जेसुकै गरे तापनि, यी सीमाहरूलाई उल्लङ्घन गर्न ऊ असक्षम थियो, जुन सीमाहरू मानिसले अभ्यास गर्नुपर्ने केही सरल र सतही कुराहरूबाहेक केही पनि थिएनन्। आज म अरू दर्शनहरूबारे बताउँछु किनभने आज धेरै काम गरिएको छ, जुन काम व्यवस्थाको युग र अनुग्रहको युगको भन्दा धेरै गुणा बढी छ। मानिसलाई दिइएका मागहरू पनि विगतका युगहरूका भन्दा कैयौं गुणा बढी छन्। यदि मानिस त्यस किसिमको कार्यलाई बुझ्‍न पूर्ण रूपमा असमर्थ छ भने, यसमा त्यति ठूलो महत्त्व हुँदैन; यदि मानिसले यसको लागि आफ्‍नो सम्पूर्ण जीवनभरिको प्रयासलाई समर्पित गर्दैन भने, त्यस्ता कार्यलाई पूर्णरूपमा बुझ्‍न उसलाई कठिनाइ हुनेछ भन्‍न सकिन्छ। विजयको काममा, अभ्यासको मार्ग बारे मात्रै कुरा गर्नुले मानिसको विजयलाई असम्‍भव तुल्याउनेथियो। मानिसलाई कुनै पनि मागहरू नदिइकन दर्शनहरूबारे मात्रै कुरा गरियो भने, यसले पनि मानिसको विजयलाई असम्‍भव नै तुल्याउनेथियो। यदि अभ्यासको मार्गबाहेक अरू केहीबारे बोलिएन भने, मानिसको मुख्य कमजोरीलाई प्रहार गर्नु वा मानिसका धारणाहरूलाई तोड्नु असम्‍भव हुनेथियो र मानिसलाई पूर्ण रूपले विजय गर्नु पनि असम्‍भव नै हुनेथियो। मानिसको विजयको मुख्य औजार दर्शनहरू नै हुन्, तैपनि यदि दर्शनहरूबाहेक अभ्यासको कुनै मार्ग थिएन भने, मानिसले पछ्याउनको लागि कुनै बाटो हुने थिएन, उसँग प्रवेशका कुनै माध्यमहरू हुनु त परै जाओस्। सुरुदेखि अन्तिमसम्‍मै परमेश्‍वरको कामको सिद्धान्त यही नै रहेको छ: दर्शनहरूमा ती कुरा छन् जसलाई अभ्यास गर्न सकिन्छ र अभ्यासबाहेक थप रूपमा दर्शनहरू पनि छन्। मानिसको जीवन र उसको स्वभाव दुवैमा हुने परिवर्तनहरूको तह दर्शनहरूको परिवर्तनसँग साथ-साथै रहन्छ। यदि मानिस आफ्‍नै प्रयासहरूमा मात्रै भर पर्नुपरेको थियो भने, उसले कुनै पनि ठूलो तहको परिवर्तन हासिल गर्न असम्‍भव हुनेथियो। दर्शनहरूले परमेश्‍वर स्वयमको काम र परमेश्‍वरको व्यवस्थापनबारे बताउँछन्। अभ्यासले मानिसको अभ्यासको मार्ग र मानिसको अस्तित्वको बाटोलाई जनाउँछ; परमेश्‍वरको सबै व्यवस्थापनमा, दर्शनहरू र अभ्यासबीचको सम्‍बन्ध परमेश्‍वर र मानिसबीचको सम्‍बन्ध हो। यदि दर्शनहरूलाई हटाइयो भने, वा यदि अभ्यासबारे कुरा नगरिकन तिनीबारे बताइयो भने, वा यदि दर्शनहरू मात्रै थिए र मानिसका अभ्यासलाई हटाइएको थियो भने, त्यस्ता कुराहरूलाई परमेश्‍वरको व्यवस्थापनको रूपमा लिन सकिँदैन, मानवजातिको लागि परमेश्‍वरको कार्य गरिएको छ भनेर भन्‍न सक्‍ने त परै जाओस्; यसरी, मानिसको कर्तव्यलाई हटाइने मात्रै होइन तर यो परमेश्‍वरको कामको उद्देश्यको पनि इन्कार हुनेथियो। यदि, सुरुदेखि अन्तिमसम्‍मै, परमेश्‍वरको कामको संलग्‍नताविना नै मानिसले अभ्यास मात्रै गर्नु आवश्यक थियो, साथै, मानिसले परमेश्‍वरको कामबारे जान्‍नु आवश्यक थिएन भने, त्यस्तो काम अझै विरलै परमेश्‍वरको व्यवस्थापन भन्‍न सकिन्थ्यो। यदि मानिसले परमेश्‍वरलाई चिनेको थिएन र परमेश्‍वरको इच्‍छाबारे अनजान थियो अनि उसले आफ्‍नो अभ्यासलाई अस्पष्ट र अमूर्त रूपमा अन्धाधुन्ध अघि बढाउँथ्यो भने, ऊ कहिल्यै पनि पूर्ण रूपमा योग्य प्राणी बन्‍ने थिएन। त्यसकारण, यी दुवै कुरा अपरिहार्य छन्। यदि परमेश्‍वरको काम मात्रै थियो, भन्‍नुको अर्थ यदि दर्शनहरू मात्रै थिए र मानिसद्वारा कुनै सहकार्य वा अभ्यास गरिएको थिएन भने, त्यस्ता कुराहरूलाई परमेश्‍वरको व्यवस्थापन भन्‍न सकिँदैन। यदि मानिसको अभ्यास र प्रवेश मात्रै थिए भने, मानिस जति उच्‍च मार्गमा प्रवेश गरे तापनि, यो पनि अस्वीकार्य नै हुनेथियो। मानिसको प्रवेश काम र दर्शनहरूसँगै क्रमिक रूपमा परिवर्तन हुनुपर्छ; यो झट्ट परिवर्तन हुन सक्दैन। मानिसको अभ्यासका सिद्धान्तहरू स्वतन्त्र र बन्धनमुक्त छैनन् तर ती निश्‍चित सीमाभित्र तय गरिएका हुन्छन्। त्यस्ता सिद्धान्तहरू कामको दर्शनहरूसँगै परिवर्तन हुन्छन्। त्यसकारण, परमेश्‍वरको व्यवस्थापन आखिरमा परमेश्‍वरको काम र मानिसको अभ्यासमा नै जोडिन्छ।

— “वचन देहमा देखा पर्नुहुन्छ” बाट उद्धृत गरिएको

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्