परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ७३

11 डिसेम्बर 2022

प्रभु येशूका दृष्टान्तहरू

बीउ छर्नेको दृष्टान्त (मत्ती १३:१-९)

सामाको दृष्टान्त (मत्ती १३:२४-३०)

रायोको दानाको दृष्टान्त (मत्ती १३:३१-३२)

खमिरको दृष्टान्त (मत्ती १३:३३)

सामाको दृष्टान्त व्याख्या गरिएको (मत्ती १३:३६-४३)

गाडधनको दृष्टान्त (मत्ती १३:४४)

मोतीको दृष्टान्त (मत्ती १३:४५-४६)

महाजालको दृष्टान्त (मत्ती १३:४७-५०)

पहिलो, बीउ छर्नेको दृष्टान्त हो। यो एउटा अत्यन्त चाखलाग्दो दृष्टान्त हो; बीउ छर्नु मानिसहरूको जीवनको एउटा साधारण घटना हो। दोस्रो सामाको दृष्टान्त हो। बाली रोप्ने जोकोहीले पनि, विशेष गरी प्रौढहरूले, “सामा” के हो भन्‍ने जान्दछन्। तेस्रो दृष्टान्त रायोको बिउको दृष्टान्त हो। रायो के हो भनी तिमीहरू सबैले जान्दछौ नि, होइन र? यदि तिमीहरूलाई थाहा छैन भने, तिमीहरूले बाइबलमा हेर्न सक्छौ। चौथो दृष्टान्त खमिरको दृष्टान्त हो। अब खमिर खमिर-प्रक्रियाको निम्ति प्रयोग गरिन्छ, र यो मानिसहरूले आफ्नो दैनिक जीवनमा प्रयोग गर्छन् भन्‍ने धेरैजसो मानिसहरूलाई थाहा छ। छैठौँ दृष्टान्त अर्थात् गाडधनको दृष्टान्त; सातौँ, मोतीको दृष्टान्त; अनि आठौँ, अर्थात् महाजालको दृष्टान्त लगायत अरू थप दृष्टान्तहरू सबै मानिसहरूको वास्तविक जीवनबाट निकालिएका र ल्याइएका हुन्। यी दृष्टान्तहरूले कस्तो चित्र प्रस्तुत गर्दछन् त? यो परमेश्‍वर एउटा सामान्य व्यक्ति बनेर मानिसहरूसित बातचित गर्न अनि तिनीहरूलाई जे खाँचो छ, त्यो जुटाउन जीवनको भाषा, अर्थात् मानव भाषाको प्रयोग गर्दै मानवजातिको साथमा जिइरहनुभएको एउटा चित्र हो। जब परमेश्‍वर देह बन्‍नुभयो र लामो समयसम्म मानवजातिको माझमा बस्नुभयो, तब उहाँले मानवजातिका विभिन्न जीवनशैलीहरू अनुभव गर्नुभएपछि र त्यसलाई देख्‍नुभएपछि यी अनुभवहरू आफ्नो ईश्‍वरीय भाषालाई मानव भाषामा परिवर्तन गर्ने उहाँका शैक्षिक सामग्रीहरू भए। अवश्य नै, जीवनमा उहाँले देख्नुभएका र सुन्नुभएका यी कुराहरूले मानिसको पुत्रको मानव अनुभवलाई सम्‍पन्‍न तुल्यायो। जब मानिसहरूले केही सत्यतालाई बुझेको, परमेश्‍वरका केही इच्‍छालाई बुझेको उहाँले चाहनुहुन्थ्यो, तब उहाँले परमेश्‍वरको इच्छा तथा मानवजातिबाट उहाँले चाहनुभएका कुराहरू बताउन माथिका जस्तै दृष्टान्तहरू प्रयोग गर्न सक्नुहुन्थ्यो। यी दृष्टान्तहरू मानिसहरूको जीवनसँग सम्बन्धित थिए; मानव जीवनको सम्पर्कदेखि बाहिर रहेको एउटै पनि दृष्टान्त थिएन। जब प्रभु येशू मानवजातिको माझमा जिउनुभयो, तब उहाँले किसानहरू खेतमा काम गरिरहेको देख्नुभयो, अनि उहाँले सामाहरू के हुन् अनि खमिर प्रयोग गर्नु भनेको के हो भन्‍ने कुरा जान्नुभयो; मानिसहरूले सम्पत्तिलाई प्रेम गर्छन् भनी उहाँले बुझ्नुभयो, त्यसैले उहाँले सम्पत्ति र मोतीका उपमाहरू प्रयोग गर्नुभयो। जीवनमा, उहाँले मछुवाहरूले आफ्ना जालहरू फ्याँकिरहेको बारम्बार देख्नुहुन्थ्यो; प्रभु येशूले मानव जीवनसँग सम्बन्धित यो र अन्य क्रियाकलापहरू देख्नुभयो, अनि उहाँले त्यस प्रकारको जीवन पनि अनुभव गर्नुभयो। अन्य कुनै पनि सामान्य मानवले जस्तै उहाँले तिनीहरूको दैनिक दिनचर्या र दिनको तीन पल्ट खाना खाने चलनको अनुभव गर्नुभयो। उहाँले व्यक्तिगत रूपमा सामान्य व्यक्तिको जीवन अनुभव गर्नुभयो अनि अरूको जीवनलाई पनि अवलोकन गर्नुभयो। जब उहाँले यो सबै अवलोकन गर्नुभयो र व्यक्तिगत रूपले अनुभव गर्नुभयो, तब उहाँले कसरी असल जीवन जिउने वा कसरी स्वतन्त्र र आरामदायी जीवन जिउने भन्ने बारेमा विचार गर्नुभएन। बरु, विशुद्ध मानव जीवनका अनुभवहरूबाट प्रभु येशूले मानिसहरूको जीवनका कठिनाइहरूलाई देख्नुभयो। उहाँले शैतानको अधिकारक्षेत्रमा जिइरहेका र शैतानको भ्रष्टतामुनि पापको जीवन जिइरहेका मानिसहरूको कठिनाइ, दयनीय अवस्था र दुःख देख्नुभयो। जब उहाँले मानव जीवनलाई व्यक्तिगत रूपले अनुभव गर्दैहुनुहुन्थ्यो, तब उहाँले भ्रष्टताको बीचमा जिउने मानिसहरू कति असहाय छन् सो अनुभव गर्नुभयो, अनि उहाँले पापमा जिउने, शैतान र दुष्टताले दिएको उत्पीडनको बीचमा सबै दिशा गुमाएका मानिसहरूको दयनीय अवस्थाहरू अनुभव गर्नुभयो। जब प्रभु येशूले यी कुराहरू देख्नुभयो, तब उहाँले त्यसलाई आफ्नो ईश्‍वरत्वद्वारा देख्नुभयो कि आफ्नो मानवताद्वारा? उहाँको मानवता साँच्चिकै अस्तित्वमा थियो अनि धेरै नै जीवन्त थियो; उहाँले यो सबै अनुभव गर्न र देख्न सक्नुहुन्थ्यो। तर, अवश्य नै, उहाँले यी कुराहरू आफ्नो सारमा, अर्थात् उहाँको ईश्‍वरत्वमा देख्नुभयो। यसको अर्थ, ख्रीष्ट आफै, प्रभु येशू जो एउटा मानिस हुनुहुन्थ्यो, उहाँले यसलाई देख्नुभयो अनि उहाँले देख्नुभएको हरेक कुराले उहाँलाई उहाँ देहमा जिउनुभएको समय अवधिमा उहाँले लिनुभएको कामको महत्त्व र आवश्यकता अनुभूति गरायो। देहमा उहाँले लिनुपर्ने जिम्मेवारी अत्यन्तै विशाल छ, र उहाँले सामना गर्नुहुने पीडा कति निर्दयी हुनेछ भन्ने कुरा उहाँलाई थाहा थियो, तैपनि जब उहाँले मानवजातिलाई पापमा असहाय भएको देख्नुभयो, जब उहाँले व्यवस्थाको अधीनमा तिनीहरूको जीवनको दयनीय अवस्था अनि तिनीहरूले गरेका कमजोर संघर्षहरू देख्नुभयो, तब उहाँ धेरैभन्दा धेरै शोकित हुनुभयो, अनि पापबाट मानिसजातिलाई मुक्ति दिनका निम्ति उहाँ धेरै भन्दा धेरै चिन्तित हुनुभयो। उहाँले जस्तोसुकै कठिनाइको सामना गर्नुपरे तापनि वा जस्तोसुकै पीडा सहनु परे तापनि, पापमा जिइरहेका मानवजातिलाई उद्धार गर्ने उहाँको अठोट बढ्दै गयो। के भन्‍न सकिन्छ भने, यस प्रक्रियामा, उहाँले आफूले गर्नुपर्ने काम तथा आफूलाई सुम्पिएको कामको बारेमा प्रभु येशूले अत्यन्तै स्पष्ट प्रकारले बुझ्न थाल्नुभयो। उहाँले जुन काम गर्नुपर्ने थियो त्यसलाई पूरा गर्न, अर्थात्, मानवजाति अब उप्रान्त पापमा नजिऊन् भनेर तिनीहरूका पापहरू आफूमाथि लिन, मानवजातिको निम्ति प्रायश्चित गर्न उहाँ झन्-झन् उत्सुक हुनुभयो, यसको साथ साथै पापबलिको कारणले परमेश्‍वर मानिसका पापहरू क्षमा गर्न सक्षम हुनुभयो अनि यसले गर्दा उहाँले मानवजातिलाई मुक्ति दिने आफ्नो कामलाई अझ अगाडि बढाउन सक्‍नुहुन्थ्यो। यसो भन्न सकिन्छ, कि प्रभु येशूको हृदयमा, उहाँ आफैलाई मानवजातिको निम्ति अर्पण गर्न, आफैलाई बलिदान गर्न इच्छुक हुनुहुन्थ्यो। उहाँ पापबलिको रूपमा काम गर्न, क्रूसमा टाँगिन पनि इच्छुक हुनुहुन्थ्यो, अनि वास्तवमै उहाँ यो काम पूरा गर्न उत्सुक हुनुहुन्थ्यो। जब उहाँले मानव जीवनको दयनीय अवस्थाहरू देख्नुभयो, तब उहाँले एक मिनेट वा अझ एक सेकेण्ड ढिलाइ नगरिकन जतिसक्दो चाँडो आफ्नो मिशन पूरा गर्न अझ बढी चाहनुभयो। त्यस्तो अपरिहार्यतालाई महसुस गरेर, उहाँले आफ्नो पीडा कति ठूलो हुनेछ भनी विचार गर्नुभएन, न त कति धेरै अपमान सहनुपर्ने हो भन्‍ने बारेमा नै विचार गरिरहनुभयो। उहाँले आफ्नो हृदयमा एउटै अठोट गर्नुभयो: उहाँले आफैलाई अर्पण गर्नुभयो भने, पापबलिको रूपमा उहाँ क्रूसमा टाँगिनुभयो भने, परमेश्‍वरको इच्छा पूरा हुनेछ अनि परमेश्‍वरले नयाँ काम सुरु गर्न सक्नुहुनेछ। मानिसजातिको जीवन तथा पापमा तिनीहरूको अस्तित्वको अवस्था पूर्ण रूपले परिवर्तन हुनेथियो। उहाँको अठोट तथा उहाँले जे गर्ने निर्धारण गर्नुभएको थियो, त्यो मानिसलाई मुक्ति दिने कार्यसित सम्बन्धित थियो अनि उहाँको केवल एउटै उद्देश्य थियो जुन परमेश्‍वरको इच्छा पूरा गर्नु थियो ताकि परमेश्‍वरले आफ्नो कामको अर्को चरण सफलतापूर्वक सुरु गर्न सक्नुभएको होस्। त्यस बेला प्रभु येशूको मनमा यही कुरा थियो।

देहमा जिउनुहुँदा, देहधारी परमेश्‍वरमा सामान्य मानवता थियो; उहाँसित एउटा सामान्य मानिसका भावनाहरू तथा चेतना थियो। खुशी के हो, पीडा के हो सो उहाँलाई थाहा थियो, अनि जब मानवजातिले यस प्रकारको जीवन जिइरहेको उहाँले देख्नुभयो, तब उहाँले मानिसहरूलाई केही शिक्षा दिनु, तिनीहरूलाई केही जुटाइदिनु वा तिनीहरूलाई केही सिकाउनु मात्रै तिनीहरूलाई पापबाट बाहिर निकाल्‍नको निम्ति पर्याप्त हुनेछैन भन्‍ने कुरालाई उहाँले गहिरो प्रकारले महसुस गर्नुभयो। न त तिनीहरूलाई आज्ञाहरू पालन गर्न लगाएर मात्र तिनीहरू पापमुक्त हुन सक्थे—उहाँले मानवजातिको पाप लिएर पापपूर्ण देह बन्‍नुभएपछि मात्रै उहाँले मानवजातिको स्वतन्त्रता अनि मानवजातिको निम्ति परमेश्‍वरको क्षमादान हासिल गर्न सक्‍नुहुनेथियो। त्यसैले, जब प्रभु येशूले मानिसहरूको पापको जीवन अनुभव गर्नुभयो र देख्नुभयो, तब उहाँको हृदयमा मानिसहरूलाई पापमा संघर्ष गर्ने तिनीहरूको जीवनबाट मुक्त गराउने एउटा तीव्र इच्छा प्रकट भयो। यस इच्छाले उहाँलाई उहाँ जतिसक्दो छिटो र सकेसम्‍म चाँडै क्रूसमा गएर मानवजातिका पापहरू लिनुपर्छ भन्‍ने तीव्र रूपमा महसुस गरायो। मानिसहरूसित जिएपछि र पापमा तिनीहरूले जिएको जीवनको दुर्गति देखेपछि, सुनेपछि र महसुस गरेपछि त्यस समयमा प्रभु येशूमा आएका विचारहरू यिनै थिए। मानवजातिको निम्ति देहधारी परमेश्‍वरको त्यस्तो प्रकारको इच्छा हुन सक्थ्यो, उहाँले यस्तो प्रकारको स्वभावलाई व्यक्त गर्न र प्रकट गर्न सक्नुहुन्थ्यो—के यो सामान्य व्यक्तिले प्राप्त गर्न सक्‍ने कुरा होइन र? यस्तो प्रकारको वातावरणमा जिउने सामान्य व्यक्तिले के देख्नेथियो? तिनीहरूले के सोच्नेथिए? यदि सामान्य व्यक्तिले यो सबै कुराको सामना गर्‍यो भने के तिनीहरूले समस्याहरूलाई एउटा उच्च दृष्टिकोणबाट हेर्नेथिए र? पक्कै पनि हेर्ने थिएनन्! देहधारी परमेश्‍वरको बाहिरी रूप दुरुस्त मानिसको जस्तो भए तापनि, अनि उहाँले मानव ज्ञान सिक्नुहुने र मानव भाषा बोल्नुहुने भए तापनि, अनि कहिलेकाहीँ मानवजातिको आफ्नै विधिहरू वा बोल्ने तरिकाहरूद्वारा आफ्ना विचारहरू व्यक्त गर्नुभए तापनि, उहाँले जुन प्रकारले मानिसहरूलाई हेर्नुहुन्छ र कुराहरूको सारलाई हेर्नुहुन्छ, त्यो भ्रष्ट मानिसहरूले मानवजाति तथा कुराहरूको सारलाई हेर्ने तरिका जस्तो छैन। उहाँको दृष्टिकोण र उहाँ जुन उचाइमा खडा हुनुहुन्छ, त्यो भ्रष्ट व्यक्तिको निम्ति अप्राप्य कुरा हो। किनकि परमेश्‍वर सत्य हुनुहुन्छ, किनकि उहाँले जुन देह धारण गर्नुहुन्छ, त्यसमा पनि परमेश्‍वरको सार छ, अनि उहाँका विचारहरू र उहाँको मानवताद्वारा व्यक्त हुने कुरा पनि सत्यता नै हुन्। भ्रष्ट मानिसहरूका निम्ति, उहाँले देहमा जे व्यक्त गर्नुहुन्छ, ती सत्यता अनि जीवनका प्रबन्धहरू हुन्। यी प्रबन्धहरू एउटा व्यक्तिको निम्ति मात्र होइनन्, तर सारा मानवजातिको निम्ति हुन्। कुनै भ्रष्ट व्यक्तिको हृदयमा केवल त्यस्ता थोरै मानिसहरू मात्र हुन्छन् जो तिनीहरूसित सम्बन्धित हुन्छन्। तिनीहरूले यी थोरै मानिसहरूका निम्ति मात्र वास्ता गर्छन् र चिन्ता गर्छन्। जब विनाश आउन लागेको हुन्छ, तिनीहरूले पहिले आफ्नै छोराछोरीहरू, जीवनसाथी वा आमाबाबुको बारेमा सोच्छन्। बढीमा, अलिक बढी दयालु व्यक्तिले कोही आफन्त वा असल साथीको केही विचार गर्लान्, तर त्यस्तो दयालु व्यक्तिका विचारहरू समेत त्यसभन्दा पर जान्छ र? अहँ, कदापि जाँदैन। किनकि मानिसहरू आखिर मानिसहरू नै हुन्, अनि तिनीहरूले मानवको उचाइ तथा दृष्टिकोणबाट मात्र सबै कुरालाई हेर्न सक्छन्। तथापि, देहधारी परमेश्‍वर भ्रष्ट मानिसभन्दा पूर्ण रूपमा फरक हुनुहुन्छ। परमेश्‍वरको देहधारी शरीर चाहे जतिसुकै साधारण, जतिसुकै सामान्य र न्यून भए तापनि अथवा मानिसहरूले जतिसुकै नीच दृष्टिकोणले उहाँलाई तिरस्कार गरे तापनि, मानवजातिप्रति उहाँका विचारहरू तथा उहाँको धारणा यस्ता कुराहरू हुन्, जुन कुनै मानिसले हासिल गर्न सक्दैन, कुनै मानिसले अनुकरण गर्न सक्दैन। उहाँले मानवजातिलाई सधैँ ईश्‍वरत्वको दृष्टिकोणबाट, सृष्टिकर्ताको रूपमा रहेको उहाँको उच्‍च स्थानबाट अवलोकन गर्नुहुन्छ। उहाँले मानवजातिलाई सधैँ परमेश्‍वरको सार र मानसिकताबाट हेर्नुहुन्छ। उहाँले मानवजातिलाई एउटा औसत व्यक्तिको न्यून उचाइबाट वा एउटा भ्रष्ट मानिसको दृष्टिकोणबाट बिलकुल हेर्नुहुन्न। जब मानिसहरूले मानवजातिलाई हेर्छन्, तिनीहरूले मानव दृष्टिद्वारा हेर्छन्, अनि तिनीहरूले मानव ज्ञान र मानव नियम तथा सिद्धान्तहरू जस्ता कुराहरूलाई तिनीहरूका मापकको रूपमा प्रयोग गर्छन्। यो मानिसहरूले आफ्नो आँखाले हेर्न सक्ने परिधिभित्र र भ्रष्ट मानिसहरूले हासिल गर्न सक्‍ने परिधिभित्र पर्दछ। जब परमेश्‍वरले मानवजातिलाई हेर्नुहुन्छ, उहाँले ईश्‍वरीय दृष्टिले हेर्नुहुन्छ, अनि उहाँले आफ्नो सार तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई मापकको रूपमा प्रयोग गर्नुहुन्छ। यो परिधिभित्र मानिसहरूले देख्न नसक्ने कुराहरू पर्दछन्, अनि देहधारी परमेश्‍वर तथा भ्रष्ट मानिसहरू पूर्ण रूपले भिन्न हुनु स्थान यही नै हो। यो भिन्नता मानिसहरू र परमेश्‍वरको भिन्नाभिन्नै सारहरू द्वारा निर्धारित हुन्छ—यही भिन्नाभिन्नै सारहरूले नै उहाँहरूको पहिचान अनि स्थानहरू, साथै उहाँहरूले जुन दृष्टिकोण तथा उचाइबाट कुराहरू देख्नुहुन्छ, त्यसलाई निर्धारण गर्दछ। के तिमीहरूले प्रभु येशूमा परमेश्‍वर स्वयम्‌को अभिव्यक्ति र प्रकाशलाई देख्छौ? तिमीहरू भन्न सक्छौ, कि प्रभु येशूले जे गर्नुभयो र भन्नुभयो, त्यो उहाँको सेवकाई र परमेश्‍वरको आफ्नै व्यवस्थापनको कामसित सम्बन्धित थियो, त्यो परमेश्‍वरको सारको सम्पूर्ण अभिव्यक्ति तथा प्रकाश थियो। उहाँसँग मानव प्रकटीकरण थियो, तापनि उहाँको ईश्‍वरीय सार र उहाँको ईश्‍वरत्वको प्रकाशलाई इन्कार गर्न सकिँदैन। के यो मानव प्रकटीकरण साँच्चिकै मानवताको प्रकटीकरण थियो? उहाँको मानव प्रकटीकरण, त्यसको सारमा, भ्रष्ट मानिसहरूको मानव प्रकटीकरणबाट पूर्ण रूपले भिन्न थियो। प्रभु येशू देहधारी परमेश्‍वर हुनुहुन्थ्यो। यदि उहाँ साँच्चिकै साधारण, भ्रष्ट मानिसहरूमध्ये एउटा हुनुहुन्थ्यो भने, के उहाँले मानवजातिको पापलाई ईश्‍वरीय दृष्टिकोणबाट देख्न सक्नुहुन्थ्यो? बिलकुलै सक्‍नुहुन्‍नथियो! मानिसको पुत्र र साधारण मानिसहरू बीचको फरक यही हो। भ्रष्ट मानिसहरू सबै पापमा जिउँछन्, अनि जब कसैले पापलाई देख्छन्, तब तिनीहरूसित यसबारे कुनै निश्‍चित भावना हुँदैन; तिनीहरू सबै हिलोमा बस्ने सुँगुर जस्तै हुन्, जसले कुनै असुविधा वा फोहोरको अनुभूति गर्दैनन्—यसको विपरीत, त्यसले राम्ररी खान्छ र राम्रोसित निदाउँछ। यदि कसैले सुँगुरको खोर सफा गर्‍यो भने सुँगुरले वास्तवमा बिरामी महसुस गर्दछ अनि त्यो सफा नै रहिरहनेछैन। तुरुन्तै, फेरि त्यो हिलोमा सहजताको साथ लडीबुडी खेल्नेछ, किनकि यो एउटा फोहोरी जनावर हो। मानिसहरूले सुँगुरहरूलाई फोहोरी जनावरको रूपमा हेर्छन्, तर यदि तैँले सुँगुर बस्ने कोठाहरूलाई सफा गर्छस् भने पनि यसले कुनै राम्रो अनुभूति गर्दैन—त्यसैले कसैले सुँगुरलाई आफ्नो घरभित्र राख्दैन। मानिसहरूले सुँगुरहरूलाई जुन प्रकारले हेर्छन्, त्यो सुँगुरहरू आफैले कस्तो महसुस गर्छन् भन्ने कुराबाट सधैँ भिन्न हुन्छ किनकि मानिसहरू र सुँगुरहरू उही प्रकारका होइनन्। अनि देहधारी मानिसको पुत्र पनि भ्रष्ट मानिसहरू जस्तै होइन, त्यसकारण देहधारी परमेश्‍वर मात्रै ईश्‍वरीय दृष्टिकोणमा परमेश्‍वरको उचाइमा खडा रहन सक्नुहुन्छ, जहाँबाट उहाँले मानवजाति र सबै कुरालाई देख्नुहुन्छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्