परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६२

11 अप्रिल 2021

आज हामी परमेश्‍वरका विचारहरू, योजनाहरू अनि मानवजातिलाई सृष्टि गर्नुभन्दा अघि उहाँको हरेक चालको बारेमा पहिले सारांश प्रस्तुत गर्नेछौँ। संसारको सृष्टि गर्नुभएदेखि अनुग्रहको युगको आधिकारिक प्रारम्भ भएको समयसम्म उहाँले कुन काम सम्पन्न गर्नुभएको थियो, हामी त्यसबारे हेर्नेछौँ। त्यसपछि हामी मानिसलाई ज्ञात नभएको कुन विचार तथा योजनाहरू रहेछन् भनी पत्ता लगाउन सक्‍नेछौँ अनि त्यहाँबाट हामी परमेश्‍वरको व्यवस्थापनसम्बन्धी योजनाको क्रमलाई प्रस्ट्याउन सक्‍नेछौँ अनि उहाँले व्यवस्थापन कार्य सृष्टि गर्नुहुँदाको सन्दर्भ, यसको श्रोत र विकास प्रक्रियालाई हामी पूर्ण रूपले बुझ्न सक्‍नेछौँ, अनि उहाँको व्यवस्थापन कार्यबाट उहाँले कस्ता परिणामहरू चाहनुहुन्छ भन्‍ने कुरालाई पनि हामी पूर्ण रूपले बुझ्न सक्‍नेछौँ—उहाँको व्यवस्थापनसम्बन्धी कामको गुदी तथा उद्देश्य यही नै हो। यी कुराहरू बुझ्न हामी अतीतको एउटा शान्त र सुनसान समयमा फर्किनुपर्छ जब त्यहाँ कुनै मानिसहरू नै थिएनन् …

जब परमेश्‍वर आफ्नो ओछ्यानबाट उठ्नुभयो, तब उहाँको पहिलो विचार यो थियो: एउटा जीवित व्यक्ति सृष्टि गर्नु—एउटा वास्तविक, जीवित मानिस—एउटा यस्तो मानिस जसको साथमा बस्न सकियोस् र जो उहाँको निरन्तरको साथी हुन सकोस्; यस व्यक्तिले उहाँको कुरा सुन्न सक्थ्यो, अनि उहाँले ऊमाथि भरोसा गर्न र ऊसित कुराकानी गर्न सक्नुहुन्थ्यो। त्यसपछि, पहिलोपल्ट, परमेश्‍वरले एक मुठ्ठी माटो जमिनबाट उठाउनुभयो र उहाँको मनमा उहाँले कल्पना गरे-अनुसार उहाँको स्वरूपमा पहिलो जीवित व्यक्ति सृष्टि गर्नको निम्ति त्यस माटोलाई प्रयोग गर्नुभयो, अनि त्यसपछि उहाँले यस जीवित प्राणलाई एउटा नाउँ दिनुभयो—आदम। जब परमेश्‍वरसित यो जीवित अनि सास फेर्ने व्यक्ति थियो उहाँले कस्तो महसुस गर्नुभयो? पहिलोपल्ट उहाँले प्रियजन वा साथी साथमा हुनुको आनन्द अनुभव गर्नुभयो। उहाँले पहिलोपल्ट पिता हुनुको जिम्मेवारी र त्यसको साथमा आउने फिक्री पनि अनुभव गर्नुभयो। यस जीवित तथा सास फेर्ने व्यक्तिले परमेश्‍वरलाई खुशी तथा आनन्द पनि दियो; उहाँले पहिलोपल्ट चैन अनुभव गर्नुभयो। परमेश्‍वरले गर्नुभएको पहिलो कुरा उहाँको विचार वा वचनहरूले सम्पन्न भएको थिएन, तर उहाँको आफ्नै हातहरूद्वारा सम्पन्न भएको थियो। जब यस्तो प्रकारको प्राणी—जुन जीवित तथा सास फेर्ने थियो—परमेश्‍वरको सामु देह र रगतद्वारा बनिएको, शरीर र रूप भएको अनि परमेश्‍वरसित कुरा गर्न सक्ने भएर खडा भयो, तब उहाँले पहिले कहिल्यै अनुभव नगरेको एक प्रकारको आनन्द अनुभव गर्नुभयो। परमेश्‍वरले साँचो रीतिले आफ्नो जिम्मेवारी अनुभव गर्नुभयो अनि यस जीवित प्राणीले उहाँको हृदयलाई झट्का दिएको मात्र होइन तर उसको हरेक चालले उहाँको हृदयलाई न्यानो पनि पारेको थियो, उहाँको हृदयलाई छोएको पनि थियो। जब यो जीवित प्राणी परमेश्‍वरको सामु खडा भयो, तब उहाँले पहिलोपल्ट त्यस्ता धेरै मानिसहरू प्राप्त गर्ने विचार गर्नुभयो। परमेश्‍वरसित भएको यस पहिलो विचारबाट सुरु भएको घटनाका शृङ्खलाहरू यही थियो। परमेश्‍वरको निम्ति, यी सबै घटनाहरू पहिलोपल्ट घटिरहेका थिए तर यी पहिलो घटनाहरूमा, त्यसबेला उहाँले आनन्द, जिम्मेवारी, फिक्री जे अनुभव गर्नुभएको भए तापनि, ती कुराहरू उहाँले बाँडचुँड गर्नको निम्ति त्यहाँ कोही थिएन। त्यस क्षणदेखि परमेश्‍वरले पहिले कहिल्यै अनुभव नगरेको एकलोपन र दुःख साँचो रूपमा महसुस गर्नुभयो। मानिसले उहाँको प्रेम तथा फिक्री, मानिसको निम्ति उहाँका अभिप्रायहरू ग्रहण गर्न वा बुझ्न सक्दैन भन्‍ने उहाँले महसुस गर्नुभयो, त्यसैले उहाँले आफ्‍नो हृदयमा अझै शोक तथा पीडा अनुभव गर्नुभयो। उहाँले मानिसकै निम्ति यी कुराहरू गर्नुभए तापनि, मानिसलाई त्यस कुराको ज्ञान थिएन अनि उसले बुझेन। मानिसले उहाँलाई खुशी, आनन्द र चैन ल्याउने बाहेक त्यसको साथमा उहाँलाई पहिलोपल्ट पीडा तथा एकलोपनको भावनाहरू पनि ल्याइदियो। त्यस समय परमेश्‍वरका विचार तथा भावनाहरू यही नै थिए। जब परमेश्‍वरले यी कुराहरू गरिरहनुभएको थियो, तब उहाँ आफ्नो हृदयमा आनन्ददेखि दुःख अनि दुःखदेखि पीडा भएर जानुभयो, अनि यी भावनाहरू चिन्ता मिश्रित थिए। उहाँले गर्न चाहना गर्नुभएको कुरा केवल हतारका साथ यस मानिसलाई, यस मानवजातिलाई उहाँको हृदयमा भएको कुरा जान्ने तुल्याउनु थियो, उहाँका अभिप्रायहरू चाँडै बुझ्ने तुल्याउनुथियो। तब, तिनीहरू उहाँका अनुयायीहरू हुनेथिए र उहाँका विचारहरूमा सहभागी हुनेथिए अनि उहाँको इच्छाको पक्षमा खडा हुनेथिए। तिनीहरू उप्रान्त केवल परमेश्‍वर बोल्नुभएको सुनेर अवाक् मात्र हुने थिएनन्; उहाँको काममा कसरी सम्मिलित हुने भनी तिनीहरू उप्रान्त अनजान हुने थिएनन्; विशेष गरी, तिनीहरू परमेश्‍वरका अपेक्षाहरूप्रति उदासीन हुने मानिसहरू हुने थिएनन्। परमेश्‍वरले गर्नुभएका ती प्रथम कुराहरू ज्यादै अर्थपूर्ण थिए र उहाँको व्यवस्थापन योजना तथा आजको मानवजातिको निम्ति त्यसले ठूलो महत्त्व राख्छ।

सबै कुरा र मानवजातिलाई सृष्टि गरिसक्‍नुभएपछि, परमेश्‍वरले विश्राम लिनुभएन। उहाँको व्यवस्थापनलाई अघि बढाउन, अनि मानवजातिमध्येमा उहाँले असाध्यै प्रेम गर्नुभएको मानिसहरूलाई हासिल गर्न उहाँ बेचैन र उत्सुक हुनुहुन्थ्यो।

अर्को कुरा, परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुभएको लामो समय नबित्दै, हामी सारा संसारमा ठूलो जलप्रलय आएको कुरा बाइबलमा देख्छौँ। नोआलाई जलप्रलयको वृत्तान्तमा उल्लेख गरिएको छ, अनि नोआ नै परमेश्‍वरबाट तोकिएको काम पूरा गर्न उहाँसित सहकार्य गर्नको निम्ति उहाँको बोलावट पाउने पहिलो व्यक्ति थिए। अवश्य नै, पृथ्वीमा उहाँको आज्ञाअनुसार कुनै कुरा गर्नको निम्ति परमेश्‍वरले कुनै व्यक्तिलाई बोलाउनुभएको पनि यो पहिलोपल्ट नै थियो। एकपल्ट नोआले ठूलो जहाज बनाइसकेपछि, परमेश्‍वरले पहिलोपल्ट पृथ्वीमा जलप्रलय ल्याउनुभयो। जब परमेश्‍वरले पृथ्वीलाई जलप्रलयले नष्ट गर्नुभयो, तब मानवजातिलाई सृष्टि गरिसक्नुभएपछि परमेश्‍वर तिनीहरूप्रति घृणाले भरिनुभएको यो पहिलोपल्ट थियो; यही कुराले नै यस मानवजातिलाई जलप्रलयद्वारा नष्ट गर्ने दुःखदायी निर्णय गर्न परमेश्‍वरलाई बाध्य बनायो। जलप्रलयले पृथ्वीलाई नष्ट गरिसकेपछि, परमेश्‍वरले मानिसहरूसित उहाँको पहिलो करार बाँध्नुभयो, पृथ्वीलाई जलप्रलयद्वारा फेरि कहिल्यै नष्ट गर्नुहुनेछैन भनी देखाउनको निम्ति गरिएको एउटा करार। यस करारको चिन्ह इन्द्रेनी थियो। यो मानवजातिसित परमेश्‍वरको पहिलो करार थियो, त्यसैले इन्द्रेनी परमेश्‍वरद्वारा दिइएको करारको पहिलो चिन्ह थियो; इन्द्रेनी अस्तित्वमा रहेको एउटा वास्तविक, भौतिक कुरा हो। इन्द्रेनीको यही अस्तित्वले नै प्रायः परमेश्‍वरलाई उहाँले गुमाउनुभएको अघिल्लो मानवजातिको निम्ति दुःखी अनुभव गराउँछ, अनि तिनीहरूलाई के भएको थियो भनी उहाँलाई याद दिलाउने काम गर्दछ…। परमेश्‍वरले आफ्नो कदमलाई सुस्त गराउनुभएन—आफ्नो व्यवस्थापनमा अर्को कदम चाल्न उहाँ बेचैन र उत्सुक हुनुहुन्थ्यो। त्यसपश्‍चात, परमेश्‍वरले इस्राएलभरि आफ्नो कामको निम्ति आफ्नो पहिलो छनोटको रूपमा अब्राहामलाई चुन्नुभयो। परमेश्‍वरले त्यस्तो उम्‍मेदवार चुन्नुभएको पनि पहिलोपल्ट नै थियो। परमेश्‍वरले यस व्यक्तिद्वारा मानवजातिलाई मुक्ति दिने आफ्नो कामलाई अघि बढाउन अनि यस व्यक्तिका सन्तानहरूका बीचमा आफ्नो कामलाई निरन्तरता दिन सुरु गर्ने अठोट गर्नुभयो। अब्राहमसित परमेश्‍वरले यही गर्नुभयो भन्‍ने बारेमा हामी बाइबलमा देख्न सक्छौँ। तब, परमेश्‍वरले इस्राएललाई आफ्नो पहिलो चुनिएको भूमि बनाउनुभयो, अनि आफ्ना चुनिएका मानिसहरू अर्थात् इस्राएलीहरूद्वारा व्यवस्थाको युगको आफ्नो काम सुरु गर्नुभयो। फेरि एकपल्ट, पहिलोचोटि परमेश्‍वरले इस्राएलीहरूलाई मानवजातिले पछ्याउनुपर्ने स्पष्ट नियम तथा व्यवस्थाहरू दिनुभयो, अनि त्यसलाई सविस्तार बयान गरिदिनुभयो। परमेश्‍वरले मानवजातिलाई त्यस्ता निश्चित, मापदण्डपूर्ण नियमहरू दिनुभएको पहिलोपल्ट थियो जसभित्र तिनीहरूले कसरी बलिदानहरू दिनुपर्छ, कसरी बाँच्नुपर्छ, तिनीहरूले के गर्नु हुन्छ, के गर्नु हुँदैन, तिनीहरूले कुन चाड र दिवसहरू मान्नुपर्छ, अनि तिनीहरूले गर्ने हरेक कुरामा तिनीहरूले पछ्याउनुपर्ने सिद्धान्तहरू पर्दछन्। तिनीहरूले आफ्नो जीवन कसरी जिउनुपर्छ भन्ने सम्बन्धमा परमेश्‍वरले त्यस्ता विस्तृत, मापदण्डपूर्ण नियमन तथा सिद्धान्तहरू मानवजातिलाई दिनुभएको यो पहिलोपल्ट थियो।

हरेक पल्ट मैले “पहिलोपल्ट” भन्दा, यसले परमेश्‍वरले पहिले कहिल्यै नलिनुभएको प्रकारको कामलाई सङ्केत गर्दछ। यसले पहिले कहिल्यै अस्तित्वमा नरहेको कामलाई सङ्केत गर्दछ, अनि परमेश्‍वरले मानवजाति र सबै प्रकारका सृष्टि तथा जीवित प्राणीहरूलाई सृष्टि गर्नुभएको भए तापनि, यो चाहिँ एक प्रकारको काम हो जुन उहाँले पहिले कहिल्यै गर्नुभएको थिएन। यो सबै कामभित्र परमेश्‍वरले गर्नुभएको मानवजातिको व्यवस्थापन समावेश थियो; यो सबै मानिसहरू तथा उहाँको मुक्ति र तिनीहरूको व्यवस्थापनसित सम्बन्धित थियो। अब्राहामपछि परमेश्‍वरले फेरि अर्को पहिलो पल्टको काम गर्नुभयो—उहाँले अय्यूबलाई चुन्नुभयो जो व्यवस्थाको अधीनमा जिएका थिए अनि जसले शैतानका परीक्षाहरूको सामना गर्न सके अनि निरन्तर रूपमा परमेश्‍वरको भय मान्दै, खराबीलाई इन्कार गर्दै परमेश्‍वरको निम्ति गवाही भएर जिए। कुनै व्यक्तिलाई परीक्षा गर्न परमेश्‍वरले अनुमति दिनुभएको पनि यो पहिलोपल्ट नै थियो, अनि उहाँले शैतानसित बाजी थाप्नुभएको पनि पहिलो पटक नै थियो। अन्त्यमा, पहिलोपल्ट उहाँले कसैलाई हासिल गर्नुभयो जो गवाहीको रूपमा खडा भएर उहाँको निम्ति गवाही हुन सक्षम भयो र शैतानको सामना गर्दै त्यसलाई पूर्ण रूपले लाजमा पार्न सक्यो। परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुभए यता, परमेश्‍वरले हासिल गर्नुभएको पहिलो व्यक्ति यिनै थिए जो उहाँको गवाही हुन सक्षम भए। उहाँले यस मानिसलाई हासिल गरिसक्‍नुभएपछि, परमेश्‍वर आफ्नो व्यवस्थापनलाई निरन्तरता दिन अनि आफ्नो कामको अर्को चरण कार्यान्वयन गर्न, त्यसको निम्ति उहाँले चुन्नुहुने स्थान तथा मानिसहरू तयार गर्न अझ बढी इच्छुक हुनुभयो।

यो सबैको बारेमा सङ्गति गरिसकेपछि, परमेश्‍वरको इच्छाको बारेमा के तिमीहरूसित साँचो समझ छ त? मानवजाति सम्बन्धी उहाँको व्यवस्थापन, उहाँको मुक्तिको यस घटनालाई परमेश्‍वरले अरू कुनै पनि कुराभन्दा पनि महत्त्वपूर्ण सम्झनुहुन्छ। उहाँले यी सबै कुराहरूलाई केवल आफ्नो मनले मात्र होइन, केवल आफ्‍ना वचनहरूले मात्र पनि होइन, अनि साधारण पाराले त निश्चय नै होइन—उहाँले यी सबै कुराहरू एउटा योजनासहित, एउटा लक्ष्यसहित, मापदण्डहरूसहित, अनि आफ्नो इच्छासहित गर्नुहुन्छ। यो स्पष्ट भइसकेको छ कि मानवजातिलाई मुक्ति दिने यो कामले परमेश्‍वर र मानिस दुवैका निम्ति ठूलो महत्त्व राख्दछ। काम जतिसुकै कठिन नै किन नहोस्, बाधाहरू चाहे जतिसुकै ठूला नै किन नहोऊन्, मानिसहरू चाहे जतिसुकै कमजोर नै किन नहोऊन्, मानवजातिको विद्रोहीपन जतिसुकै गहिरो नै किन नहोस्, यो कुनै पनि कुरा परमेश्‍वरको निम्ति कठिन छैन। आफ्नो ठूलो परिश्रम लगाएर अनि आफैले गर्न चाहनुभएको कामलाई व्यवस्थापन गर्दै परमेश्‍वरले आफैलाई व्यस्त राख्नुहुन्छ। उहाँले सबै कुरालाई पनि व्यवस्थित गर्दैहुनुहुन्छ अनि जसमाथि उहाँले काम गर्नुहुनेछ, ती सबै मानिसहरूमाथि र उहाँले पूरा गर्न चाहनुभएको सबै काममाथि उहाँ आफ्नो सार्वभौमिकता अभ्यास गर्दैहुनुहुन्छ—यी मध्ये कुनै पनि कुरा पहिले कहिल्यै गरिएको थिएन। परमेश्‍वरले यी विधिहरू प्रयोग गर्नुभएको र मानवजातिलाई व्यवस्थित तथा मुक्ति दिने वृहत् परियोजनाको निम्ति मूल्य चुकाउनुभएको यो पहिलोपल्ट हो। जब परमेश्‍वरले यो काम गर्दैहुनुहुन्थ्यो, तब उहाँले बिस्तारै-बिस्तारै आफ्नो ठूलो परिश्रम, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँको बुद्धि तथा असीमित शक्ति तथा उहाँको स्वभावको हरेक पक्षलाई मानवजातिको सामने पूर्ण रूपले प्रकट गर्दै र खोल्दै हुनुहुन्थ्यो। उहाँले यी कुराहरू खोल्नुहुन्छ र प्रकट गर्नुहुन्छ, जुन उहाँले पहिले यसो कहिल्यै गर्नुभएको थिएन। त्यसैले, सारा ब्रह्माण्डमा परमेश्‍वरले व्यवस्थित र उद्धार गर्ने लक्ष्य राख्नुभएका मानिसहरू बाहेक, कुनै पनि सृष्टि परमेश्‍वरसित यति नजिक रहेका छैनन् जसको उहाँसित त्यस्तो घनिष्ठ सम्‍बन्ध रहेको होस्। उहाँको हृदयमा उहाँले व्यवस्थित गर्न र मुक्ति दिन चाहनुभएको मानवजाति अत्यन्त महत्त्वपूर्ण छ; उहाँले यस मानवजातिलाई सबैभन्दा बढी महत्त्व दिनुहुन्छ; तिनीहरूका निम्ति उहाँले ठूलो मूल्य चुकाउनुभएको भए तापनि, र तिनीहरूले उहाँलाई निरन्तर चोट पुर्‍याए तापनि, उहाँको अवज्ञा गरे तापनि, उहाँले कहिल्यै तिनीहरूलाई वास्ता गर्न छोड्नुहुन्न अनि कुनै गुनासो र अफसोस नगरीकन नै उहाँ आफ्नो काममा अथकतापूर्वक लागिरहनुहुन्छ, किनभने उहाँलाई थाहा छ कि ढिलो वा चाँडो, उहाँको बोलावटप्रति मानिसहरू जागी उठ्नेछन् र उहाँका वचनहरूद्वारा प्रेरित हुनेछन् अनि सृष्टिका प्रभु उहाँ नै हुनुहुन्छ भनी चिनेर उहाँतिर फर्कनेछन् …

आज यी सबै कुरा सुनिसकेपछि, परमेश्‍वरले गर्नुहुने हरेक कुरा धेरै सामान्य रहेछन् भन्‍ने तिमीहरूलाई लाग्यो होला। मानिसहरूका निम्ति परमेश्‍वरका अभिप्रायहरू सधैँ उहाँका वचनहरू र उहाँको कामबाट तिनीहरूले अनुभव गरेका रहेछन् भन्ने प्रतीत हुन्छ तर तिनीहरूका भावनाहरू अथवा तिनीहरूको ज्ञान र परमेश्‍वरले के सोचिरहनुभएको छ भन्ने कुराबीच सधैँ एउटा निश्चित दूरी हुन्छ। त्यसैले, परमेश्‍वरले मानवजातिलाई किन सृष्टि गर्नुभयो अनि उहाँले आशा राख्नुभएको मानवजाति हासिल गर्ने उहाँको चाहनाको पछि रहेको पृष्ठभूमिको बारेमा सबै मानिसहरूलाई बताउनु आवश्यक छ भन्ने मेरो विचार छ। यस कुरा सबैलाई बताउनु अत्यावश्यक छ, ताकि हरेक व्यक्ति आफ्नो हृदयमा प्रष्ट हुन सकून्। परमेश्‍वरको हरेक सोचाइ तथा विचार, अनि उहाँको कामको हरेक चरण तथा हरेक अवधि उहाँको समग्र व्यवस्थापनसम्बन्धी कामसित बाँधिएको तथा घनिष्ठ रूपले जोडिएको हुनाले जब तँ परमेश्‍वरका विचारहरू, योजनाहरू र उहाँको कामको हरेक कदममा उहाँको इच्छालाई बुझ्छस्, यो उहाँको व्यवस्थापनसम्बन्धी योजनाको काम कसरी हुन आयो भनी बुझेको समान नै हुन्छ। यही जगमाथि नै परमेश्‍वर सम्‍बन्धी तेरो बुझाइ गहिरो हुन्छ। यद्यपि, संसारलाई पहिलो चोटि सृष्टि गर्नुहुँदा परमेश्‍वरले गर्नुभएको हरेक कुरा, जुन मैले पहिल्यै उल्लेख गरिसकेको छु, तँलाई अहिले सत्यताको खोजीसित असान्दर्भिक केवल एउटा “जानकारी” जस्तो मात्र लाग्ला, तथापि तेरो अनुभवको दौरानमा यस्तो एउटा दिन पनि आउनेछ, जब तैँले यो केवल साधारण एक दुई टुक्रा जानकारीहरू मात्र हुन् भनी सोच्‍नेछैनस्, न त यो केवल एक प्रकारको रहस्य हो भनेर नै सोच्‍नेछस्। तेरो जीवन अघि बढ्दै जाने क्रममा, जब तेरो हृदयमा परमेश्‍वरको केही स्थान हुन्छ, अथवा जब तँ उहाँको इच्छालाई अझ पूर्ण रूपले र गहिरो प्रकारले बुझ्छस्, तब तैँले आज मैले जे कुरा गरिरहेको छु, त्यसको महत्त्व र आवश्यकतालाई साँचो रीतिले बुझ्‍नेछस्। अहिले चाहे जुन हदसम्म तिमीहरूले यो स्वीकार गरे तापनि, तिमीहरूले यी कुराहरूलाई बुझ्नु र जान्नु अझै आवश्यक नै हुन्छ। जब परमेश्‍वरले केही गर्नुहुन्छ, जब उहाँले आफ्नो काम गर्नुहुन्छ, चाहे त्यो उहाँको विचारहरूद्वारा होस् वा उहाँको आफ्नै हातद्वारा होस्, चाहे त्यो उहाँले पहिलोपल्ट गर्नुभएको होस् वा अन्तिम पल्ट, आखिरमा, परमेश्‍वरसित एउटा योजना छ, अनि उहाँका उद्देश्यहरू र उहाँका विचारहरू उहाँले गर्नुहुने हरेक कुरामा हुन्छन्। यी उद्देश्यहरू तथा विचारहरूले परमेश्‍वरको स्वभावलाई प्रतिनिधित्व गर्दछन् र त्यसले उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसलाई प्रकट गर्छन्। यी दुई कुराहरू, अर्थात् परमेश्‍वरको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई हरेक व्यक्तिले बुझ्नैपर्छ। जब कुनै व्यक्तिले उहाँको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई बुझ्दछ, तब परमेश्‍वरले जे गर्नुहुन्छ, सो उहाँले किन गर्नुहुन्छ अनि उहाँले जे भन्नुहुन्छ, सो उहाँले किन भन्नुहुन्छ भन्ने कुरालाई तिनीहरूले बिस्तारै बुझ्न सक्छन्। त्यसबाट, परमेश्‍वरलाई पछ्याउन, सत्यतालाई अनुसरण गर्न अनि आफ्नो स्वभावलाई परिवर्तन गर्नको निम्ति तिनीहरूसित धेरै विश्‍वास हुनसक्छ। यसको अर्थ, परमेश्‍वरको बारेमा मानिसको बुझाइ तथा परमेश्‍वरमाथिको उसको विश्‍वास अभिन्न कुरा हुन्।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्