परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश ६१

18 जुलाई 2021

व्यवस्थाका युगका नियमहरू

दश आज्ञा

वेदीहरू निर्माण गर्ने सिद्धान्तहरू

नोकरहरूसँग व्यवहार गर्ने नियमहरू

चोरी र क्षतिपूर्तिका नियमहरू

शबाथ वर्ष र तीनवटा चाड मनाउने

शबाथ दिनका नियमहरू

बलिहरूका नियमहरू

होमबलि

अन्‍नबलि

मेलबलि

पापबलि

दोषबलि

पूजाहारीहरूद्वारा चढाइने बलिहरूका (हारून र तिनका छोराहरूलाई मान्‍न आदेश दिइएका) नियमहरू

पूजाहारीहरूद्वारा चढाइने होमबलिहरू

पूजाहारीहरूद्वारा चढाइने अन्नबलिहरू

पूजाहारीहरूद्वारा चढाइने पापबलिहरू

पूजाहारीहरूद्वारा चढाइने दोषबलिहरू

पूजाहारीहरूद्वारा चढाइने मेलबलिहरू

पूजाहारीहरूद्वारा चढाइने बलिहरू खाने सम्बन्धी नियमहरू

शुद्ध र अशुद्ध पशुहरू (खान हुने र नहुने पशुहरू)

सुत्केरी भएपछि स्त्रीहरूलाई शुद्धीकरण गरिने नियमहरू

कुष्ठरोगीलाई जाँच्ने मापदण्डहरू

कुष्ठ रोगबाट निको भएकाहरूका निम्ति नियमहरू

सङ्क्रमित घरहरू शुद्धीकरण गर्ने नियमहरू

धातु रोगले ग्रस्त व्यक्तिहरूका निम्ति नियमहरू

वर्षमा एकचोटि मनाउनुपर्ने प्रायश्‍चितको चाड

गाईवस्तु र भेडाहरू काट्ने नियमहरू

अन्यजातिहरूका घृणित चालचलन पालन गर्न मनाही (हाडनाताकरणी नगर्ने, आदि)

मानिसहरूले पालन गर्नैपर्ने नियमहरू (“तिमीहरू पवित्र हुनेछौ: किनभने म तिमीहरूको परमेश्‍वर यहोवा पवित्र छु।”)

आफ्ना छोराछोरीहरू मोलेकलाई बलि चढाउनेहरूलाई प्राणदण्ड

व्यभिचारको अपराधका निम्ति दिइने दण्डका नियमहरू

पूजाहारीहरूले पालन गर्नुपर्ने नियमहरू (तिनीहरूका दैनिक व्यवहार, पवित्र थोकहरू उपभोग गर्ने नियमहरू, बलिहरू चढाउने नियमहरू, आदि)

पालन गर्नुपर्ने चाडहरू (शबाथ दिन, निस्तार-चाड, पेन्तिकोस, प्रायश्‍चितको दिन, आदि)

अन्य नियमहरू (बत्तीहरू बाल्ने, पुनर्स्थापनाको वर्ष, जमिनको छुटकारा, शपथहरू खाने, दशांश दिने, आदि)

व्यवस्थाको युगका नियमहरू परमेश्‍वरले सारा मानवजातिलाई मार्गनिर्देशन गर्नुहुन्छ भन्ने कुराको वास्तविक प्रमाण हुन्

यसरी तिमीहरूले व्यवस्थाको युगका यी नियमहरू र सिद्धान्तहरू पढेका छौ, होइन त? के ती नियमहरूले विस्तृत दायरा ओगट्छन्? पहिले, तिनीहरूले दश आज्ञालाई समेट्छन्, त्यसपछि वेदीहरू कसरी बनाउने, आदिबारे नियमहरू छन्। यी पछि शबाथ-दिन पालन गर्ने र ती तीन वटा चाड पालन गर्ने सम्‍बन्धी नियमहरू छन्, अनि त्यसपछि बलिहरू चढाउने नियमहरू छन्। के तिमीहरूले कति प्रकारका बलिहरू छन् भन्‍ने देख्यौ? होमबलि, अन्‍नबलि, मेलबलि, पापबलि आदि छन्। ती पछि पूजाहारीहरूले चढाउने बलिहरूका नियमहरू छन् जसमा पूजाहारीले चढाउने होमबलि र अन्‍नबलि, साथै अन्य प्रकारका बलिसम्बन्धी नियमहरू हुन्। नियमहरूको आठौं समूह पूजाहारीहरूले बलिहरू खानेसँग सम्बन्धित छ। त्यसपछि मानिसहरूको जीवनको अवधिमा के पालन गर्नुपर्छ भन्ने नियमहरू छन्। मानिसहरूको जीवनका धेरै पक्षका लागि सर्तहरू छन्, जस्तै उनीहरूले के खानु हुन्छ र के खानु हुँदैन, सुत्केरी भएपछि स्त्रीहरूको, कुष्ठ रोगबाट निको भएकाहरूका लागि शुद्धीकरण। यी नियमहरूमा, परमेश्‍वरले रोगको बारेमा पनि कुरा गर्नुभएको छ, र भेडा र गाईवस्तु मार्ने, आदि सम्बन्धी नियमहरू पनि छन्। भेडाहरू र गाईवस्तुहरू परमेश्‍वरले बनाउनुभएको थियो, र परमेश्‍वरले भन्नुभए अनुसार मात्र तैँले तिनीहरूलाई मार्नुपर्छ; अवश्य नै, परमेश्‍वरका वचनहरूका पछाडि कारण छ; अवश्य नै परमेश्‍वरले घोषणा गर्नुभए अनुसार नै यो काम गर्नु उचित हुन्छ, र निश्चय मानिसको लाभदायक हुन्छ! पालन गर्नुपर्ने चाडहरू र नियमहरू पनि छन्, जस्तै शबाथ दिन, निस्तार-चाड, र अरू—यी सबैको बारेमा परमेश्‍वरले बताउनुभएको छ। हामी अन्तिम नियमहरूलाई हेरौं: अन्य नियमहरू—बत्तीहरू बाल्‍नु, पुनर्स्थापनाको वर्ष, जमिन छुटकारा, शपथ खानु, दशांश चढाउनु, आदि। के यी कुराहरूले विस्तृत दायरालाई समेट्छन्? कुरा गर्नु पर्ने पहिलो विषय भनेको मानिसहरूले चढाउने बलिहरू हो। त्यसपछि चोरी र क्षतिपूर्ति, र शबाथ दिन पालनका नियमहरू छन्…; जीवनको हरेक कार्य यसमा समावेश छ। भन्नुको अर्थ, जब परमेश्‍वरले आफ्नो व्यवस्थापन योजनाको आधिकारिक काम सुरु गर्नुभयो, त्यसबेला उहाँले ती धेरै नियमहरू स्थापित गर्नुभयो जुन मानिसले पालन गर्नुपर्थ्यो। ती नियमहरू मानिसलाई पृथ्वीमा मानिसको सामान्य जीवन जिउने अनुमति दिनका निम्ति थिए, यस्तो सामान्य जीवन जुन परमेश्‍वर र उहाँको मार्गनिर्देशनबाट अलग गर्न नसकिने हुन्छ। परमेश्‍वरले मानिसलाई पहिले वेदीहरू कसरी बनाउने, वेदीहरू कसरी स्थापना गर्ने भन्ने कुरा बताउनुभयो। त्यसपछि, उहाँले मानिसलाई बलिहरू कसरी चढाउने सो बताउनुभयो, र मानिस कसरी जिउनुपर्छ भन्ने कुरा—उसले जीवनमा कुन कुरामा ध्यान दिनुपर्छ, उसले के पालन गर्नुपर्छ अनि उसले के गर्नुपर्छ र के गर्नुहुँदैन भन्ने कुराहरू स्थापित गर्नुभयो। परमेश्‍वरले मानिसका लागि जे प्रबन्ध गर्नुभयो त्यो सबै कुरालाई समेट्ने किसिमको थियो र यी रीतिथिति, नियम र सिद्धान्तहरूको आधारमा उहाँले मानिसको आचरणको मानकीकरण गर्नुभयो, तिनीहरूको जीवनलाई डोऱ्याउनुभयो, तिनीहरूका सुरुआतलाई परमेश्‍वरको व्यवस्थातिर डोऱ्याउनुभयो, तिनीहरूलाई परमेश्‍वरको वेदीको अगि आउन डोऱ्याउनुभयो, परमेश्‍वरले मानिसका निम्ति बनाउनुभएका सबै कुराको बीचमा जीवन बिताउनु तिनीहरूलाई डोऱ्याउनुभयो जसमा सुव्यवस्था, निरन्तरता र सन्तुलन थियो। परमेश्‍वरले सबैभन्दा पहिले यी साधारण नियम र सिद्धान्तहरू मानिसका लागि सीमा तोक्न प्रयोग गर्नुभयो, यसैले कि मानिसमा परमेश्‍वरको आराधना गर्ने सामान्य जीवन होस्; उहाँको छ हजार वर्षे व्यवस्थापन योजनाको सुरुको विशेष विषय यही हो। ती नीति र नियमहरूले धेरै व्यापक विषय समेट्छन्, ती व्यवस्थाको युगमा परमेश्‍वरले मानव जातिलाई डोऱ्याउने मुख्य कुराहरू हुन्, व्यवस्थाको युगभन्दा पहिले आएका मानिसहरूले ती स्वीकार र आज्ञापालन गर्नुपर्थ्यो, ती व्यवस्थाको युगमा परमेश्‍वरले गर्नुभएका कामहरूको लिखित विवरण हुन्, अनि ती सबै मानव जातिमाथि परमेश्‍वरको नेतृत्व मार्गनिर्देशनको वास्तविक प्रमाण हुन्।

मानवजाति परमेश्‍वरका शिक्षा र प्रबन्धहरूबाट सदा अभिन्न छ

यी नियमहरूमा हामी उहाँको कामप्रति, उहाँको व्यवस्थापनप्रति र मानवजातिप्रति परमेश्‍वरको आचरण गम्भीर, विवेकशील, कठोर र जिम्मेवार छ भन्‍ने देख्छौं। उहाँले मानवजातिको बीचमा आफ्ना चरणहरू अनुसार गर्नुपर्ने काम अलिकति पनि भिन्नता नगरी गर्नुहुन्छ, उहाँले आफूले बोल्नुपर्ने वचनहरू थोरै त्रुटि नगरिकन वा कुनै कुरा नछुटाइकन बोल्दै, मानिस परमेश्‍वरको नेतृत्वबाट अभिन्न छ भनी देखाउँदै, र उहाँले मानवजातिका लागि गर्नुहुने र भन्नुहुने सबै कुरा कतिको महत्त्वपूर्ण भनी देखाउँदै त्यसो गर्नुहुन्छ। मानिस अर्को युगमा जस्तै हुने भए पनि, सुरुमा—व्यवस्थाको युगको अवधिमा—परमेश्‍वरले यी साधारण कार्यहरू गर्नुभयो। परमेश्‍वरका लागि, परमेश्‍वर, संसार र त्यस युगका मानवजातिप्रतिको मानिसहरूका अवधारणाहरू अमूर्त र अस्पष्ट थिए, र उनीहरूसँग केही सचेत विचारहरू र अभिप्रायहरू रहेको भए पनि, ती सबै अस्पष्ट र गलत थिए, र यसरी मानवजाति तिनीहरूप्रतिको परमेश्‍वरको शिक्षा र प्रबन्धहरूबाट अभिन्न थियो। प्रारम्भिक मानवजातिलाई केही पनि थाहा थिएन, त्यसैले परमेश्‍वरले बाँच्नका लागि अति सतही र आधारभूत सिद्धान्तहरूबाट मानिसलाई सिकाउन थाल्नुपर्‍यो, मानव हृदयमा यी कुराहरू बिस्तारै आत्मसात् गराउँदै, र मानिसलाई परमेश्‍वरको बारेमा क्रमिक बुझाइ दिँदै, परमेश्‍वरको नेतृत्वको बारेमा क्रमिक समझ र बुझाइ, र मानिस र परमेश्‍वर बीचको सम्बन्धको आधारभूत अवधारणा दिँदै, यी नियमहरू मार्फत, र यी नियमहरूको माध्यमबाट, जुन वचनहरू थिए, ती कुराको प्रयोग गरेर उहाँले यसो गर्नुभयो। यस प्रभावलाई हासिल गरिसकेपछि मात्र, परमेश्‍वरले पछि गर्नुपर्ने काम अली-अली गर्न सक्नुभयो, अनि यसरी यी नियमहरू र व्यवस्थाको युगमा परमेश्‍वरले गर्नुभएका कामहरू मानवजातिलाई मुक्ति दिने उहाँको कार्यको मुख्य आधार हुन् र परमेश्‍वरको व्यवस्थापन योजनाको कामको पहिलो चरण हुन्। व्यवस्थाको युगको कार्य अघि, परमेश्‍वरले आदम, हव्वा र तिनीहरूका सन्तानहरूसँग बोल्‍नुभएको भए पनि, ती आज्ञाहरू र शिक्षाहरू मानिसलाई एक-एक गरी जारी गर्न सकिने किसिमले व्यवस्थित वा विशिष्ट थिएनन्, र ती लेखिएका थिएनन्, न त ती नियम बनेका थिए। किनभने त्यस समयमा, परमेश्‍वरको योजना त्यति टाढासम्म पुगेको थिएन; परमेश्‍वरले मानिसलाई यो चरणमा ल्याउनुभएपछि मात्र, उहाँले व्यवस्थाको युगका यी नियमहरू बोल्न थाल्न सक्‍नुभयो, र मानिसहरूलाई ती पूरा गर्न लाउन थाल्नुभयो। यो एउटा आवश्यक प्रक्रिया थियो, र परिणाम अपरिहार्य थियो। यी साधारण परम्परा र नियमहरूले मानिसलाई परमेश्‍वरको व्यवस्थापन कार्यका चरणहरू र उहाँको व्यवस्थापन योजनामा प्रकट भएका ईश्‍वरीय बुद्धिलाई देखाउँछ। सुरु गर्नको लागि कुन सामग्री र साधनको प्रयोग गर्नुपर्दछ, र उहाँले उहाँको गवाही दिने मानिसहरूको समूह प्राप्त गर्नको लागि, र उहाँको जस्तै मन भएका मानिसहरूको समूह प्राप्त गर्न निरन्तरताको लागि लागि उहाँले कस्ता साधनहरूको प्रयोग गर्नुपर्छ र अन्त्य गर्नको लागि कस्ता साधनको प्रयोग गर्नुपर्छ सो परमेश्‍वरलाई थाहा हुन्छ। उहाँले मानिसभित्र के छ सो जान्‍नुहुन्छ, र मानिसमा के अभाव छ सो जान्नुहुन्छ। आफूले के प्रदान गर्नुपर्दछ र कसरी मानिसलाई अगुवाइ गर्नुपर्दछ भन्‍ने उहाँलाई थाहा छ र त्यसरी नै मानिसले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्ने पनि उहाँलाई थाहा छ। मानिस कठपुतली जस्तै हो: उसलाई ईश्‍वरीय इच्छाको बारेमा कुनै ज्ञान थिएन, तैपनि परमेश्‍वरको व्यवस्थापन कामको अगुवाइमा, एक पछि अर्को चरण गर्दै अहिले आइपुग्‍नु बाहेक उसँग कुनै विकल्‍प थिएन। आफूले के गर्नुपर्छ भन्‍ने बारेमा परमेश्‍वरको हृदयमा कुनै पनि अस्पष्टता थिएन; उहाँको हृदयमा एउटा एकदम स्पष्ट र ज्वलन्त योजना थियो, र सतहीदेखि गहनसम्‍म अघि बढ्दै आफ्‍ना चरणहरू र योजनाहरू अनुसार नै उहाँले आफूले चाहनुभएको काम अघि बढाउनुभयो। पछि आफूले गर्नुपर्ने कामको बारेमा उहाँले सूचित नगर्नुभएको भए पनि, उहाँको पछिल्ला कार्यलाई उहाँको योजना अनुसार अनुरूप नै अघि बढाउनुपर्थ्यो र त्यही अनुसार अघि बढ्नुपर्थ्यो, जुन परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको प्रकटीकरण, र परमेश्‍वरको अख्तियार पनि हो। उहाँले व्यवस्थापन योजनाको कुन चरणमा काम गरिरहनुभएको भए पनि, उहाँको स्वभाव र उहाँको सारले उहाँ स्वयमलाई प्रतिनिधित्व गर्दछ। यो बिलकुल सही छ। कामको युग, वा चरणको बाबजुद पनि, कहिल्यै परिवर्तन नहुने कुराहरू पनि हुन्छन्: परमेश्‍वरले कस्तो किसिमका मानिसहरूलाई प्रेम गर्नुहुन्छ, उहाँले कस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ, उहाँको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सबै कुरा। परमेश्‍वरले व्यवस्थाको युगको क्रममा स्थापना गर्नुभएका यी नियम र सिद्धान्तहरू आजका मानिसहरूका लागि धेरै सरल र सतही देखिने भए पनि, र तिनलाई बुझ्न र प्राप्त गर्न सजिलो भए पनि, त्यसमा परमेश्‍वरको ज्ञान छ, र। त्यसमा परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सो कुरा छ। यी साधारण देखिने नियमहरूभित्र मानवजातिप्रतिको परमेश्‍वरको जिम्मेवारी र वास्ता, साथसाथै उहाँका विचारहरूको अति उत्तम सार व्यक्त गरिएको छ, यसरी मानिसहरूलाई वास्तवमै परमेश्‍वरले सबै थोकहरूमाथि शासन गर्नुहुन्छ र सबै थोकहरूलाई उहाँले नै नियन्त्रण गर्नुहुन्छ भन्‍ने कुराको महसुस गराउँछ। मानवजातिले जत्ति नै ज्ञान हासिल गरे पनि, वा उसले जत्ति नै सिद्धान्त वा रहस्यहरू बुझे पनि, परमेश्‍वरको लागि यी कुनै पनि कुराले मानवजातिप्रतिको उहाँको प्रबन्ध, र नेतृत्वको स्थान लिन सक्दैन; मानवजाति सधैँभरि परमेश्‍वरको मार्गदर्शन र परमेश्‍वरको व्यक्तिगत कार्यबाट अभिन्‍न हुनेछ। मानिस र परमेश्‍वरबीचको सम्बन्ध यस्तो अभिन्‍न किसिमको छ। परमेश्‍वरले तँलाई एउटा आज्ञा, वा एउटा नियम दिनुभए पनि, वा उहाँको इच्छा बुझ्नका लागि तँलाई सत्यता प्रदान गर्नुभए पनि, उहाँले चाहे जे गर्नुभए पनि, परमेश्‍वरको उद्देश्य भनेको मानिसलाई सुन्दर भोलिको दिनतिर डोऱ्याउनु हो। परमेश्‍वरद्वारा बोलिएका वचनहरू र उहाँले गर्नुहुने कामहरू, दुवै उहाँको सारको एक पक्षको प्रकाश हो, र उहाँको स्वभाव र उहाँको बुद्धिको एक पक्षको प्रकाश हो; ती उहाँको व्यवस्थापन योजनाको अपरिहार्य चरण हुन्। यस कुरालाई बेवास्ता गर्नु हुँदैन! परमेश्‍वरले जे पनि गर्नुहुन्छ त्यसमा उहाँको इच्छा हुन्छ; परमेश्‍वर गलत टिप्पणीहरूदेखि डराउनुहुन्न, न त उहाँबारे मानिसको कुनै धारणा वा विचारहरूसँग नै उहाँ डराउनुहुन्छ। उहाँले कुनै पनि व्यक्ति, पदार्थ, वा वस्तुद्वारा प्रतिबन्धित नभई केवल आफ्नो काम गर्नुहुन्छ र आफ्नो व्यवस्थापन योजनाअनुसार आफ्नो व्यवस्थापनलाई जारी राख्नुहुन्छ।

— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्