परमेश्‍वरका दैनिक वचनहरू: परमेश्‍वरलाई चिन्‍नु | अंश २

12 अप्रील 2021

परमेश्‍वरको सम्पत्ति र अस्तित्व, परमेश्‍वरको सारतत्त्व, परमेश्‍वरको स्वभाव—यी सबै कुरा मानवजातिलाई उहाँको वचनद्वारा थाहा दिइएको छ। जब मानिसले परमेश्‍वरका वचनहरू अनुभव गर्छ, मानिसले तिनलाई अभ्यासमा लगाउने प्रक्रियाद्वारा परमेश्‍वरले बोल्‍नुभएको वचनको उद्देश्य बुझ्‍न थाल्छ, र परमेश्‍वरका वचनहरूको स्रोत र पृष्‍ठभूमि बुझ्‍न र परमेश्‍वरका वचनहरूको अपेक्षित प्रभाव बुझ्‍न र कदर गर्न थाल्छ। सत्य र जीवन हासिल गर्न, परमेश्‍वरका अभिप्रायहरू बुझ्‍न, उहाँको स्वभावमा रूपान्तरित हुन, र परमेश्‍वरको सार्वभौमिकता र व्यवस्थापन पालन गर्न सक्षम बन्‍न मानवजातिले अनुभव गर्नैपर्ने, बुझ्नैपर्ने, र प्राप्‍त गर्नैपर्ने सबै कुराहरू यिनै हुन्। मानिसले यी सबै कुराहरू अनुभव गर्न, बुझ्‍न र प्राप्‍त गर्न थालेको समयसम्ममा, उसले क्रमिक रूपमा परमेश्‍वरको बुझाइ प्राप्‍त गरिसकेको हुनेछ, र उसले यस समयसम्ममा उहाँको विषयमा ज्ञानको फरक तह हासिल गरिसकेको हुनेछ। यो बुझाइ र ज्ञान मानिसले कल्पना गरेको वा रचना गरेको कुनै कुराबाट आउँदैन, बरु उसले आफूभित्र के कुरालाई कदर गर्छ, अनुभव गर्छ, महसुस गर्छ, र सुनिश्‍चितता प्रदान गर्छ भन्‍ने कुराबाट आउँछ। यी कुराहरूलाई कदर गर्न, अनुभव गर्न, महसुस गर्न र सुनिश्‍चितता प्रदान गर्न थालेपछि मात्र परमेश्‍वरबारेको मानिसको ज्ञानले साँचो विषयवस्तु प्राप्‍त गर्छ; यस समयमा मानिसले प्राप्‍त गरेको ज्ञान मात्र वास्तविक, साँचो, सही हुन्छ, अनि उहाँका वचनहरूलाई कदर गर्ने, अनुभव गर्ने, महसुस गर्ने र सुनिश्‍चितता प्रदान गर्ने माध्यमद्वारा परमेश्‍वरको साँचो बुझाइ र ज्ञान प्राप्‍त गर्ने यो प्रक्रिया मानिस र परमेश्‍वरबीचको साँचो सङ्‍गतिभन्दा अरू केही होइन। यस किसिमको सङ्‍गतिको दौरान मानिसले परमेश्‍वरका अभिप्रायहरूलाई साँच्‍चिकै बुझ्छ र बोध गर्छ, परमेश्‍वरको सम्पत्ति र अस्तित्वलाई साँच्‍चिकै बुझ्‍न र जान्न थाल्छ, परमेश्‍वरको सारलाई साँच्‍चिकै बुझ्न र जान्न थाल्छ, परमेश्‍वरको स्वभावलाई क्रमिक रूपमा साँच्‍चिकै बुझ्न र जान्न थाल्छ, सारा सृष्‍टिमाथि परमेश्‍वरको प्रभुत्व हुन्छ भन्ने तथ्यप्रति साँच्‍चिकै निश्‍चितता पाउँछ र यसको सही परिभाषा बुझ्छ, र परमेश्‍वरको पहिचान र स्थानको आवश्यक बुझाइ र ज्ञान प्राप्‍त गर्छ। यस किसिमको सङ्‍गतिको दौरान, मानिसले परमेश्‍वरको विषयमा आफ्नो सोचविचार चरणबद्ध रूपमा परिवर्तन गर्छ, उहाँको विषयमा निराधार कुरा कल्पना गर्न छोड्छ, वा उहाँको विषयमा आफ्नो सन्देहमाथि लगाम लगाउँछ, वा उहाँमाथि गलत बुझाइ, वा उहाँलाई दोष लगाउने, वा उहाँको अनावश्यक मूल्यांकन गर्ने, वा उहाँमाथि शङ्‍का गर्ने जस्ता कुराहरूमाथि लगाम लगाउँछ। यसरी, परमेश्‍वरसँग मानिसको थोरै मात्र विवादहरू हुनेछन्, परमेश्‍वरसँग उसको थोरै मात्र द्वन्द्व हुनेछ, र मानिसले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने अवसरहरू पनि थोरै मात्र हुनेछन्। यसको विपरीत, मानिस परमेश्‍वरको वास्ता र आज्ञापालन गर्ने कुरामा वृद्धि हुँदै जानेछ, र परमेश्‍वरका निम्ति उसको आदर अझै धेरै वास्तविक र गहिरो बन्‍दै जानेछ। यस किसिमको सङ्‍गतिको दौरान, मानिसले सत्यताको बन्दोबस्त र जीवनको बप्‍तिस्मा मात्र प्राप्‍त गर्ने छैन, बरु उसले त यही समयमा परमेश्‍वरको साँचो ज्ञान पनि प्राप्‍त गर्नेछ। यस किसिमको सङ्‍गतिको दौरान, मानिस आफ्नो स्वभावमा रूपान्तरित हुने र उसले मुक्ति प्राप्‍त गर्ने मात्र होइन, बरु उसले त यही समयमा परमेश्‍वरप्रति सृष्टि गरिएको प्राणीको साँचो आदर र आराधना पनि प्राप्‍त गर्नेछ। मानिसले यस किसिमको सङ्‍गति प्राप्‍त गरिसकेपछि परमेश्‍वरमाथिको उसको विश्‍वास एउटा खाली कागज जस्तो हुँदैन, वा मुखले मात्र ठिक्‍क पार्ने खालको सेवा दिने प्रतिज्ञा जस्तो हुँदैन, वा अन्धभक्त भएर पछ्याए जस्तो र कुनै कुराको आदर्शीकरण जस्तो हुँदैन्; केवल यस किसिमको सङगतिद्वारा मानिसको जीवन दिन-प्रतिदिन परिपक्‍वतातिर वृद्धि हुनेछ, र अब मात्र उसको स्वभाव रूपान्तरित हुँदै जानेछ, र परमेश्‍वरमाथिको उसको विश्‍वास चरणबद्ध रूपमा अस्पष्‍टता र अनिश्‍चत विश्‍वासबाट साँचो आज्ञापालन र वास्तातर्फ, साँचो आदरतर्फ जानेछ, र परमेश्‍वरलाई पछ्याउने प्रक्रियामा मानिस निष्‍क्रियताबाट सक्रियतातिर, नकारात्मकताबाट सकारात्मकतातिर क्रमिक रूपमा अघि बढ्नेछ; केवल यस किसिमको सङ्‍गतिद्वारा मानिस परमेश्‍वरको साँचो बुझाइ र बोधसम्म, परमेश्‍वरको साँचो ज्ञानसम्म आइपुग्‍नेछ। बहुसङ्‍ख्यक मानिसहरू परमेश्‍वरसँगको साँचो सङ्‍गतिमा कहिल्यै प्रवेश नगरेका कारण, परमेश्‍वरबारेको तिनीहरूको ज्ञान सिद्धान्तको तहमा, अक्षर र धर्मसिद्धान्तहरूको तहमा रोकिन्छ। भन्नुको अर्थ, बहुसङ्ख्यक मानिसहरू, तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको जति धेरै वर्ष भए तापनि, परमेश्‍वरलाई चिन्‍ने सन्दर्भमा, तिनीहरूले पहिला विश्‍वास सुरु गरेकै अवस्थामा छन्, तिनीहरू सामन्ती अन्धविश्‍वास र मनोरम रङ्‍गीन छहारीसँग आबद्ध भएर आराधना विधिको आधारभूत परम्परागत रूपहरूमै अल्झेर बसेका छन्। परमेश्‍वरको बारेमा त्यस मानिसको ज्ञान पहिला सुरु गरेकै अवस्थामा रोकिएको छ भनी भन्‍नुको अर्थ त्यो ज्ञान व्यावहारिक रूपमा अस्तित्वमै छैन भन्‍नु हो। मानिसले परमेश्‍वरको स्थान र परिचय पुष्‍टि गरेको बाहेक, परमेश्‍वरमाथिको मानिसको विश्‍वास अस्पष्‍ट अनिश्चितताको अवस्थामा रहन्छ। यस्तो अवस्था भएकोले, मानिसले परमेश्‍वरप्रति कत्तिको साँचो आदर गर्न सक्छ?

तैँले परमेश्‍वरको अस्तित्वमाथि जतिसुकै दृढतासाथ विश्‍वास गरे तापनि, यसले परमेश्‍वरबारेको तेरो ज्ञानलाई प्रतिस्थापन गर्न सक्दैन, न त परमेश्‍वरको निम्ति तेरो उच्‍च आदरलाई नै प्रतिस्थापन गर्न सक्छ। तैँले उहाँको आशिष् र उहाँको अनुग्रह जतिसुकै उपभोग गरेको भए तापनि, यसले परमेश्‍वरबारेको तेरो ज्ञानलाई प्रतिस्थापन गर्न सक्दैन। तँ उहाँको निम्ति तेरा सब थोक पवित्रीकरण गर्न र सब थोक समर्पण गर्न जति नै इच्छुक भए तापनि, यसले परमेश्‍वरबारेको तेरो ज्ञानलाई प्रतिस्थापन गर्न सक्दैन। सायद तँ परमेश्‍वरले बोल्‍नुभएका वचनहरूप्रति अति धेरै परिचित भएको होलास्, वा तैँले ती वचन कण्ठस्थ पारेको र नहेरीकन सुनाउन सक्लास, तर यसले परमेश्‍वरबारेको तेरो ज्ञानलाई प्रतिस्थापन गर्न सक्दैन। परमेश्‍वरलाई पछ्‍याउने कुरामा मानिस जतिसुकै लगनशील भए तापनि, यदि परमेश्‍वरसँग उसको साँचो सङ्‍गति छैन वा परमेश्‍वरका वचनहरूको साँचो अनुभव छैन भने, परमेश्‍वरको बारेमा उसको ज्ञान शून्यता, वा अन्तहीन दिवास्वप्‍नमा अडिएको हुन्छ; किनभने तैँले परमेश्‍वरसँग “काँधमा काँध मिलाउँदै” अघि बढेको, वा उहाँलाई आमनेसामने भेटेको भए तापनि, परमेश्‍वरको बारेमा तेरो ज्ञान शून्य नै हुनेछ, र परमेश्‍वरको निम्ति तेरो आदर खोक्रो नारा वा आदर्श अवधारणाभन्दा अरू केही हुनेछैन।

— “वचन देहमा देखा पर्नुहुन्छ” बाट उद्धृत गरिएको

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्