Christian Song | हामी सबै परमेश्‍वरको प्रेमिलो स्वभाव चिन्न पुगौँ | २०२६ स्तुतिका स्वरहरू

17 जनवरी 2026

परमेश्‍वरले हामीलाई अन्तर्दृष्टि दिनुहोस्, ताकि हामी सबैले उहाँको प्रेमिलो स्वभाव जान्न सकौँ, हाम्रा हृदयका गहिराइमा हाम्रो परमेश्‍वरलाई प्रेम गर्न सकौँ, अनि हाम्रा विभिन्न पदमा परमेश्‍वरप्रतिको हाम्रो प्रेम व्यक्त गर्न सकौँ; परमेश्‍वरले हामीलाई उहाँलाई निष्कपट प्रेम गर्ने कहिल्यै नबद्लिने हृदय प्रदान गर्नुहोस्—परमेश्‍वर यही आशा गर्नुहुन्छ। यो फोहोरको भूमिमा जन्मिएका हामीले ठूलो रातो अजिङ्गरको सतावट गहन रूपमा भोगेका छौँ, र तसर्थ हामीमा त्यसप्रति घृणा उत्पन्न भएको छ। त्यसले परमेश्‍वरलाई प्रेम गर्ने हाम्रो हृदयलाई बाधा दिन्छ र हाम्रो भविष्यका सम्भाव्यताहरूप्रतिको हाम्रो लोभलाई उक्साउँछ। त्यसले हामीलाई नकारात्मक हुन, परमेश्‍वरको प्रतिरोध गर्न परीक्षा गर्छ। ठूलो रातो अजिङ्गरले नै हामीलाई अहिलेसम्म बहकाएको छ, हामीलाई भ्रष्ट तुल्याएको छ, अनि तहसनहस पारेको छ, यतिसम्म कि हामी हाम्रो हृदयले परमेश्‍वरको प्रेम तिर्न असमर्थ छौँ र, हामीले परमेश्‍वरलाई हृदयमा प्रेम गर्न चाहे पनि, हाम्रा आफ्नै कार्य हाम्रो नियन्त्रणमा छैनन् र हामीसँग बिलकुलै तागत छैन।

यो फोहोरको भूमिमा जन्मिएका हामीले ठूलो रातो अजिङ्गरको सतावट गहन रूपमा भोगेका छौँ। हामी सबै जना त्यसका पीडितहरू हौँ। यसकारण, हामी त्यसलाई अत्यन्तै घृणा गर्छौँ, र परमेश्‍वरले त्यसलाई विनाश गर्नुहुने प्रतीक्षा मात्र गर्न सक्छौँ। हामीले परमेश्‍वरको इच्छा पछ्याउन—उहाँलाई प्रेम गर्न आफ्नो हृदय दृढ बनाउनैपर्छ। हामी हिँड्नुपर्ने मार्ग यही हो। हामीले आफ्नो जीवन यसरी नै बिताउनुपर्छ। हामीले परमेश्‍वरको इच्छा पछ्याउनुलाई आफ्नो लक्ष्य बनाउनैपर्छ, र एक अर्थपूर्ण, ज्योतिर्मय र ओजस्वी जीवन जिउनैपर्छ। त्यसरी, हामी कुनै पछुतोविना मर्न सक्नेछौँ—यसो गर्‍यौँ भने मात्रै हामीले हृदयमा सन्तुष्ट महसुस गर्नेछौँ। परमेश्‍वरले हामीलाई अन्तर्दृष्टि दिनुहोस्, ताकि हामी सबैले उहाँको प्रेमिलो स्वभाव जान्न सकौँ, हाम्रा हृदयका गहिराइमा हाम्रो परमेश्‍वरलाई प्रेम गर्न सकौँ, अनि हाम्रा विभिन्न पदमा परमेश्‍वरप्रतिको हाम्रो प्रेम व्यक्त गर्न सकौँ; परमेश्‍वरले हामीलाई उहाँलाई निष्कपट प्रेम गर्ने कहिल्यै नबद्लिने हृदय प्रदान गर्नुहोस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (२)

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्