राज्यको सुसमाचार च्याट रुम, भाग १०: क्यामरुनका पाष्टर गेल मिम्बेगेसँगको विस्तृत अन्तर्वार्ता

18 अगस्ट 2026

गेल मिम्बेगे कुनै समय क्यामरुनमा इसाई पाष्टर हुनुहुन्थ्यो। वर्षौँसम्म, उहाँको विश्‍वासको लक्ष्य र उहाँका प्रवचनहरूको मूल सन्देश “पापबाट मुक्त हुने र पवित्रीकरण हासिल गर्ने” थियो। तर उहाँले जति धेरै पवित्रीकरण पछ्याउनुभयो, उहाँले आफू पापको बन्धनमै फसेको कुरा त्यति नै महसुस गर्नुभयो। उहाँ जे अभ्यास गर्नुहुन्थ्यो र जे प्रचार गर्नुहुन्थ्यो, तीबीच ठूलो विरोधाभास थियो। आफू र मण्डली दुवैमा व्याप्त पापको समस्या सामना गर्दै, उहाँले व्यग्रताका साथ जवाफहरू खोज्नुभयो: उहाँले बाइबलको गहन अध्ययन गर्नुभयो, मद्दतका लागि विभिन्न मण्डलीको भ्रमण गर्नुभयो, २१ दिनसम्म निरन्तर उपवास बस्नुभयो र प्रार्थना गर्नुभयो, र उहाँ खाँदै नखाई र पिउँदै नपिई लगातार ७२ घण्टा बस्नुभयो, अनि रातभरि रोएर प्रभुलाई पुकार्नुभयो … तर उहाँ अझै पनि बारम्बार पाप गर्ने र स्वीकार गर्ने यस दुष्चक्रबाट मुक्त हुन सक्नुभएन। उहाँले शङ्कासमेत गर्न थाल्नुभयो: “के परमेश्‍वरले मलाई तिरस्कार गर्नुभएको छ? के मसँग अझै पनि स्वर्गको राज्यमा प्रवेश गर्ने कुनै आशा छ त?” उहाँ पूर्ण निराशामा डुबेको र बाहिर निस्कने कुनै बाटो नदेखेकै बेला, एउटा अप्रत्याशित घटनाले उहाँको जीवन परिवर्तन गर्‍यो। उहाँले अन्ततः वर्षौँदेखि आफूलाई सताइरहेका प्रश्नहरूको जवाफ फेला पार्नुभयो, उहाँले मानिसहरू प्रभुमा विश्‍वास गरेर र आफ्ना पापहरू क्षमा भएपछि पनि किन निरन्तर पाप गरिरहन्छन् भन्ने कुराको मूल कारण पत्ता लगाउनुभयो, र उहाँले पापबाट मुक्त हुने र पखालिने मार्ग फेला पार्नुभयो। राज्यको सुसमाचार च्याट रुमको यस भागमा स्वागत छ। गेल मिम्बेगेले आफू पापको बन्धनमा फसेको र धर्ममा अन्योलमा परेको, र अन्ततः उहाँले कसरी पापलाई फाल्ने र पखालिने मार्ग फेला पार्नुभयो भन्नेबारे आफ्नो साँचो अनुभव बाँड्दै गर्दा सुन्नुहोस्।

00:10 कार्यक्रमको परिचय

01:59 मण्डलीमा सेवा गर्नुदेखि पवित्रीकरण पछ्याउनुसम्म

11:21 एउटा पाष्टरको पीडा र सङ्घर्ष: पापबाट मुक्त हुन किन असम्भव छ?

28:55 जवाफ खोज्न अन्य मण्डलीहरूको भ्रमण, तर झन् धेरै अन्धकार मात्रै फेला पर्‍यो

38:32 निराशामा आएको मोड: अन्ततः पापबाट उम्कने मार्ग भेटियो

01:02:40 प्रभुको पुनरागमनलाई स्वागत गरेपछि आफ्नो पुरानो मण्डलीद्वारा अस्वीकृत

01:13:12 न्याय अनुभव गर्दाका प्राप्तिहरू: जीवनमा साँचो परिवर्तनहरू

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्