Christian Dance | ख्रीष्टको राज्य मानिसहरूमाझ आएको छ | Praise Song
26 जुन 2025
१
ख्रीष्टको राज्य मानिसहरूमाझ आएको छ।
परमेश्वरको वचनले सारा पृथ्वीलाई विजय गरेको छ।
परमेश्वरको वचनले पृथ्वीमा शासन गर्छ।
सबै कुरा परमेश्वरको वचनद्वारा स्थापित हुन्छ र पूरा हुन्छ।
सबै थोक परमेश्वरको वचनद्वारा नयाँ बनाइन्छन् र परिवर्तन गरिन्छन्।
हामी परमेश्वरका कार्यहरू देख्छौँ—पूर्ण रूपमा विश्वस्त भई, हामी परमेश्वरको प्रशंसा गर्छौँ।
हामी जयजयकार गर्छौँ! हामी गाउँछौँ!
सर्वशक्तिमान् परमेश्वरले महिमा प्राप्त गर्नुभएको छ।
हामी जयजयकार गर्छौँ! हामी गाउँछौँ!
ख्रीष्टको राज्य पृथ्वीमा साकार भएको छ।
परमेश्वरका वचनले स्वर्ग र पृथ्वी भर्छन्—हामी परमेश्वरका वचनभित्र जिउँछौँ।
परमेश्वरका वचनहरू हाम्रा सोचहरू, विचारहरू, र हरेक चालसँगै हुन्छन्।
२
स्वअस्तित्वमा रहनुहुने, शाश्वत, एक मात्र साँचो परमेश्वर,
आखिरी दिनहरूका ख्रीष्ट, सर्वशक्तिमान् परमेश्वर,
तपाईंको वचन सबैले देख्न सक्ने गरी वास्तविक र जीवन्त भई देहमा देखा परेको छ।
तपाईंले बोल्नुभएका वचन, युगौँअघिदेखि आजसम्मका,
एकएक गरी पूरा र सम्पन्न हुँदैछन्।
हामी जयजयकार गर्छौँ! हामी गाउँछौँ!
परमेश्वरको वचनले उहाँको अख्तियार र शक्ति देखाउँछ।
हामी जयजयकार गर्छौँ! हामी गाउँछौँ!
परमेश्वरको वचनले सबै कुरा पूरा गर्छ।
सर्वशक्तिमान् परमेश्वर सबैले आनन्द लिन सक्ने गरी
अनन्त रूपमा बगिरहने जीवित पानीको मूल हुनुहुन्छ।
उहाँले हामीलाई बढ्नका लागि मलजल र आपूर्ति गर्नुहुन्छ;
हाम्रो जीवनमा उहाँका वचन हाम्रो साथमै हुन्छन्।
३
हामी परमेश्वरको न्याय अनुभव गर्छौँ, र साथै परीक्षा र शोधन पनि।
हामी भ्रष्टता फाल्छौँ र शुद्ध पारिन्छौँ; हाम्रो जीवन स्वभाव परिवर्तन हुन्छ।
हामी परमेश्वरको डर मान्छौँ र उहाँमा समर्पित हुन्छौँ।
हामी मानव रूपमा जिउँछौँ, र परमेश्वरको मुक्तिका लागि उहाँलाई धन्यवाद दिन्छौँ।
हामी जयजयकार गर्छौँ! हामी गाउँछौँ!
हामी परमेश्वरको धार्मिकता र पवित्रताको प्रशंसा गर्छौँ।
हामी जयजयकार गर्छौँ! हामी गाउँछौँ!
परमेश्वरले हामीलाई शुद्ध पार्नुभएको छ र मुक्ति दिनुभएको छ।
हामी न्याय स्विकार्छौँ र परमेश्वरको मुक्ति प्राप्त गर्छौँ,
नयाँ मानिसहरू बन्छौँ र ज्योतिमा जिउँछौँ।
हामी सदा परमेश्वरको अगाडि लम्पसार परेर आराधना गर्छौँ,
सदा उहाँको प्रशंसा गाउँछौँ।
४
राज्यको सुन्दरता उज्ज्वल र असीम छ।
सारा पृथ्वीले परमेश्वरको वचन घोषणा गरिरहेको छ।
परमेश्वरका असङ्ख्य मानिसहरू उहाँको सिंहासनसामु फर्कन्छन्,
सर्वशक्तिमान् परमेश्वरको आराधना गर्न आउँछन्।
परमेश्वरका मानिसहरू सबै उहाँको वचनको अगाडि आफूलाई समर्पण गर्छन्,
आफ्नो कर्तव्य पूरा गर्छन् र परमेश्वरको गवाही दिन्छन्।
सारा ब्रह्माण्ड उत्सवमा रमाउँछ।
हामी जयजयकार गर्छौँ! हामी गाउँछौँ!
हामी परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धिको प्रशंसा गर्छौँ।
हामी जयजयकार गर्छौँ! हामी गाउँछौँ!
परमेश्वरको महान् काम सम्पन्न भएको छ!
सर्वशक्तिमान् परमेश्वरले व्यक्तिगत रूपमा हाम्रो अगुवाइ गर्नुहुन्छ।
उहाँले शैतानलाई पराजित गर्नुभएको छ र सबै शत्रुहरूमाथि विजय प्राप्त गर्नुभएको छ।
हामी ख्रीष्टको राज्यमा प्रवेश गर्छौँ र परमेश्वरको प्रशस्तताको आनन्द लिन्छौँ;
हाम्रो खुसी अतुलनीय छ।
—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू