Nepali Christian Song | अय्यूबका परीक्षाहरूको दौरान उसको आस्था र समर्पणताको उत्थान भयो

22 फेब्रुअरी 2026

दुई परीक्षाहरूको दौरान, अय्यूब आफ्नो गवाहीमा दृढ रह्यो, उसले वास्तवमा उसको सिद्धता र सीधापन जियो, र परमेश्‍वरको डर मान्‍ने, दुष्टताबाट अलग बस्‍नेबारे उसका जीवन सिद्धान्तको दायरा चौडा भयो। अय्यूबले यी दुई परीक्षा भोगिसकेपछि, उसको जीवनमा झन् समृद्ध अनुभव समाहित भयो, र यो अनुभवले उसलाई झन् परिपक्‍व, अनुभवी बनायो, यसले उसलाई अझ बलियो, र अझ ठूलो दृढ आस्था भएको व्यक्ति बनायो, उसले दृढ रूपमा पक्रेको निष्ठाको सहीपन र मूल्यप्रति झन् विश्‍वस्त बनायो। यहोवा परमेश्‍वरले लिनुभएको अय्यूबका परीक्षाले उसलाई मानिसप्रतिको परमेश्‍वरको हेरचाह गहन रूपमा अनुभव र महसुस गर्ने तुल्यायो, र परमेश्‍वरको प्रेमको अनमोलता महसुस गर्ने तुल्यायो, जुन बिन्दुदेखि परमेश्‍वरप्रतिको उसको डरले परमेश्‍वरप्रतिको ख्याल र प्रेम दुवै प्राप्त गर्‍यो।

यहोवा परमेश्‍वरले लिनुभएका परीक्षाले अय्यूबलाई उहाँबाट टाढा नभगाएको मात्र होइन, बरु अय्यूबको हृदयलाई परमेश्‍वरको अझ नजिक ल्यायो। अय्यूबले सहेको देहगत पीडा चरम सीमामा पुगेपछि, यहोवा परमेश्‍वरबाट उसले महसुस गरेको हेरचाहले उसलाई आफ्नो जन्मदिनलाई नसरापिकन बस्‍नै नसक्ने तुल्यायो। यस्तो आचरण धेरै पहिले योजना गरिएको थिएन, बरु उसको आफ्नो हृदयभित्रको परमेश्‍वरप्रतिको ख्याल र कदरपूर्ण प्रेमको स्वाभाविक प्रकटीकरण थियो; यो परमेश्‍वरप्रतिको उसको ख्याल र कदरपूर्ण प्रेमबाट आएको स्वाभाविक प्रकटीकरण थियो। भन्‍नुको अर्थ, उसले आफैलाई घृणा गरेकाले, र ऊ परमेश्‍वरलाई पीडा दिन इच्छुक नभएकाले, र पीडा दिन सहन नसक्ने भएकाले, उसको ख्याल र कदरपूर्ण प्रेम आफैलाई त्याग गर्ने बिन्दुमा पुग्यो।

यस समयमा, अय्यूबले परमेश्‍वरप्रतिको आफ्नो लामो समयदेखिको श्रद्धा र तिर्सना, अनि परमेश्‍वरप्रतिको लगावलाई परमेश्‍वरप्रतिको ख्याल र कदरपूर्ण प्रेमको स्तरमा पुर्‍यायो। साथसाथै, उसले परमेश्‍वरप्रतिको आफ्नो आस्था र समर्पणता र परमेश्‍वरप्रतिको डरलाई पनि ख्याल र कदरपूर्ण प्रेमको स्तरसम्म पुर्‍यायो। उसले आफूलाई परमेश्‍वरलाई चोट पुर्‍याउने कुनै पनि कुरा गर्न दिएन, उसले आफूलाई परमेश्‍वरलाई चोट पुर्‍याउने कुनै आचरण प्रस्तुत गर्न दिएन, र उसले आफूलाई आफ्नै खातिर परमेश्‍वरमाथि कुनै दुःख, शोक वा अप्रसन्नता समेत ल्याउन दिएन। परमेश्‍वरका नजरमा, अय्यूबको आस्था, समर्पणता र परमेश्‍वरप्रतिको डरले परमेश्‍वरलाई पूर्ण सन्तुष्टि र आनन्द दियो। यस समय, परमेश्‍वरले उसले पाओस् भनी अपेक्षा गर्नुभएको सिद्धता अय्यूबले पाएको थियो; ऊ परमेश्‍वरका नजरमा “सिद्ध र सीधा” व्यक्ति भनी कहलिन साँच्चै योग्य मानिस बनेको थियो।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्