Christian Dance | सत्यता प्राप्त गर्नु निकै आशिषित कुरा हो | Praise Song

25 डिसेम्बर 2024

परमेश्‍वर आखिरी दिनहरूमा देहधारी हुनुभई यस संसारमा आउनुभएको छ।

उहाँले सत्यता बोलिरहनु र व्यक्त गरिरहनुभएको छ अनि मानिससामु देखा पर्नुभएको छ।

हामी उहाँको आवाज सुन्छौँ र उहाँसामु उठाइएका छौँ।

प्रभुसँगै भोजमा सहभागी हुन पाउँदा हामी साँच्चै आशिषित छौँ।

हे, प्रिय सर्वशक्तिमान् परमेश्‍वर! तपाईँका वचनहरू असीमित रूपमा प्रचुर छन्।

हामी हरदिन तपाईँको वचन खान्छौँ र पिउँछौँ, र कैयौँ सत्यता बुझ्न पुग्छौँ।

परमेश्‍वरका वचनहरूले दिशा र मार्ग औँल्याउँछन्,

त्यसैले हामी अस्पष्टतामा छामछुम गर्दैनौँ।

हाम्रो हृदय शान्त र असीमित रूपमा सन्तुष्ट हुन्छ,

र यो साँच्चै परमेश्‍वरको अनुग्रह र आशिष् हो।

हामी गाउँछौँ, नाच्छौँ, र सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गर्छौँ।

हामीलाई व्यक्तिगत रूपमा मलजल र आपूर्ति गर्नुभएकोमा हामी परमेश्‍वरलाई धन्यवाद दिन्छौँ।

हाम्रो हृदयले परमेश्‍वरलाई प्रेम गर्छ र सर्वशक्तिमान् परमेश्‍वरको आराधना गर्छ।

हामी राज्यको सुसमाचार फैलाउँछौँ, र हामी सदैव परमेश्‍वरको गवाही दिनेछौँ।

परमेश्‍वरको न्याय र सजाय भोगेर, हामी आफैलाई चिन्न पुग्छौँ।

हर प्रकारका कष्ट र शोधन भोगेर, हाम्रो स्वभाव परिवर्तन हुन्छ।

हामीले परमेश्‍वरको धार्मिकता जान्दै र उहाँको सुन्दरता र असलपन देख्दै गर्दा,

हाम्रो हृदयले परमेश्‍वरको डर मान्छ र उहाँलाई झन् बढी प्रेम गर्छ।

हे, प्रिय सर्वशक्तिमान् परमेश्‍वर! तपाईँको न्यायले हामीलाई मुक्ति दिन्छ।

हामीले आफ्ना भ्रष्ट स्वभाव फालेका छौँ र तपाईँसामु समर्पित हुन सक्छौँ।

हामी इमानदार मानिस बन्न सत्यता अभ्यास गर्छौँ,

अनि व्यावहारिक र वास्तविक रूपमा आफ्ना कर्तव्य निर्वाह गर्छौँ।

हामीले परमेश्‍वरलाई प्रेम गर्न खोज्दै गर्दा हाम्रो हर्ष प्रचुर हुन्छ,

र हामीले सत्यता बुझ्दै गर्दा हाम्रो हृदय मिठासले भरिन्छ।

हामी गाउँछौँ, नाच्छौँ, र सर्वशक्तिमान् परमेश्‍वरको प्रशंसा गर्छौँ।

हामीलाई सत्यता र जीवन प्रदान गर्नुभएकोमा हामी परमेश्‍वरलाई धन्यवाद दिन्छौँ।

हाम्रो हृदयले परमेश्‍वरलाई प्रेम गर्छ र सर्वशक्तिमान् परमेश्‍वरको आराधना गर्छ।

आखिरी दिनहरूमा परमेश्‍वरको मुक्ति प्राप्त गर्नु निकै आशिषित कुरा हो।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्