Nepali Christian Song | परमेश्‍वरले कसरी सबै थोकमाथि शासन गर्नुहुन्छ | with lyrics

31 अगस्ट 2021

पद १

यस संसारमा रुँदै आएको क्षणदेखि नै,

तैँले आफ्नो कर्तव्य पूरा गर्न थाल्छस्।

परमेश्‍वरको योजना र पूर्वनिर्धारणमा

तैँले आफ्नो भूमिका खेल्दै जीवन यात्राको शुरुवात गर्छस्।

तेरो पृष्‍ठभूमि वा अगाडिको यात्रा जस्तोसुकै भए पनि,

स्वर्गको योजनाबद्ध कार्य

र प्रबन्धबाट कोही उम्कन सक्दैन,

नियन्त्रण गर्न सक्दैन कसैले आफ्‍नो गन्तव्यलाई

किनकि सबै थोकमाथि शासन गर्नुहुने

उहाँ मात्र यस्तो कार्य गर्न सक्षम हुनुहुन्छ।

पद २

मानिस अस्तित्वमा आएको दिनदेखि नै,

परमेश्‍वर आफ्‍नो काममा स्थिर रहनुभएको छ

यसरी ब्रह्माण्डलाई व्यवस्थापन गर्दै

र सबै थोकको परिवर्तन र गतिविधि निर्देशन गर्नुहुन्छ

सबै थोकहरूले जस्तै मानिसले पनि

परमेश्‍वरबाट मीठासपनको पोषण

र वर्षा र शित चुपचाप र अनजानमा प्राप्त गर्छ।

सबै थोकहरू जस्तै, मानिस अन्जानमै

परमेश्‍वरको बाहुलीको योजनाबद्ध कार्यमा जिउँछ।

पद ३

मानिसको हृदय र आत्मा परमेश्‍वरको हातमा हुन्छ,

मानिसको सारा जीवन परमेश्‍वरकै नजरमा हुन्छ।

तैँले विश्‍वास गरे पनि या नगरे पनि

जीवित होस् वा मृतक सबै थोक

परमेश्‍वरको विचारअनुसार

सर्छन्, परिवर्तन हुन्छन्, नवीकरण हुन्छन् र लोप हुन्छन्।

परमेश्‍वरले यसरी सबै थोकमाथि शासन गर्नुहुन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्