Christian Music Video | यदि तिमी परमेश्‍वरमा विश्‍वास गर्छौ भने आफ्‍नो हृदय उहाँको सामु अर्पण गर

18 जनवरी 2021

तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, तैँले आफ्नो हृदय परमेश्‍वरको सामु सुम्‍पनैपर्छ।

यदि तैँले परमेश्‍वरको सामने आफ्‍नो हृदयलाई चढाएर सुम्पन्छस् भने,

शोधनको अवधिमा तैँले परमेश्‍वरलाई अस्वीकार गर्न वा परमेश्‍वरलाई छोड्न असम्भव हुनेछ।

यस प्रकारले परमेश्‍वरसँगको तेरो सम्बन्ध अझ नजिक र अझ सामान्य हुँदैजान्छ,

र परमेश्‍वरसँगको तेरो कुराकानी अझ निरन्तर हुनेछ।

यदि तँ सधैँ यस प्रकारले अभ्यास गर्छस् भने तैँले परमेश्‍वरको प्रकाशमा अधिक समय बिताउनेछस्

र उहाँको वचनको मार्गनिर्देशनमा अझ बढी समय बिताउनेछस्।

तिम्रो स्वभावमा झन्-झन् बढी परिवर्तनहरू पनि हुनेछन्

र तेरो ज्ञान दिन प्रतिदिन बढ्नेछ।

जब परमेश्‍वरको परीक्षा अचानक तँमाथि आइपर्ने दिन आउनेछ,

तब तँ परमेश्‍वरको पक्षमा खडा हुन सक्षम मात्र हुँदैनस्,

तर परमेश्‍वरको साक्षी दिन पनि सक्षम हुनेछस्।

त्यस बेला तँ अय्यूबजस्तो र पत्रुसजस्तै हुनेछस्।

त्यस बेला तँ अय्यूबजस्तो र पत्रुसजस्तै हुनेछस्।

परमेश्‍वरको गवाही दिएपछि तैँले उहाँलाई साँच्चै प्रेम गर्नेछस्,

र खुसीसाथ तैँले आफ्‍नो जीवन उहाँको निम्ति समर्पण गर्नेछस्

तँ परमेश्‍वरको गवाही बन्‍नेछस्,

र तँ परमेश्‍वरको प्रिय बन्‍नेछस्।

जुन प्रेमले शोधनको अनुभव गरेको हुन्छ त्यो प्रेम बलियो हुन्छ, कमजोर होइन।

परमेश्‍वरले तँलाई कहिले वा कसरी उहाँका जाँचहरूमा पार्नुभए पनि,

तैँले जिउने वा मर्ने चिन्तालाई पन्छ्याउनेछस्,

सबै कुरा परमेश्‍वरका लागि खुशी साथ त्याग्न सक्छस्,

र खुसीसाथ परमेश्‍वरका लागि कुनै पनि कुरा सहन सक्छस्—

यसप्रकार तेरो प्रेम शुद्ध हुनेछ र तेरो विश्‍वास वास्तविक हुनेछ।

तब मात्र तँ परमेश्‍वरद्वारा साँच्चै प्रेम गरिएको

र परमेश्‍वरद्वारा साँच्चै सिद्ध पारिएको व्यक्ति बन्‍नेछस्।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्