Christian Dance | नजिकबाट पछ्याउँदै | Praise Song

7 जनवरी 2025

मण्डलीमा भेला हुनु निकै हर्षको कुरा हो।

हाम्रो हृदयमा भएको हर्ष शब्दहरूले वर्णन गर्न सक्दैनन्।

हर-दिन परमेश्‍वरका वचनहरू खाँदा र पिउँदा, हामी सत्यता बुझ्छौँ।

न्याय स्वीकार गरेर, हामी पखालिन्छौँ,

र हाम्रो हृदय शान्ति र हर्षले भरिन्छ।

हे परमेश्‍वर! हाम्रो कद सानो छ,

र त्यो भन्दा बढी, हाम्रो क्षमता कमजोर छ भन्ने तपाईँलाई थाहा छ।

कृपया मलाई अन्तर्दृष्टि र ज्योति दिनुहोस् ताकि मैले अझै बढी सत्यताहरू बुझ्न सकूँ।

म तपाईँलाई व्यावहारिक र वास्तविक रूपमा पछ्याउनेछु, र तपाईँको गवाही दिनेछु।

मानिसहरूले सत्यता बुझुन् र परमेश्‍वरलाई पछ्याउन

आफ्ना कर्तव्य पूरा गरुन् भनी परमेश्‍वर आशा गर्नुहुन्छ।

हामीले अझ बढी सत्यता बुझ्न अझ बढी परमेश्‍वरका वचनहरू पढ्नुपर्छ।

एउटै हृदय र मनले, हामी आफ्ना कर्तव्य पूरा गर्छौँ र परमेश्‍वरको सुसमाचार फैलाउँछौँ।

अनगिन्ती बाधा र अवरोधहरू भोग्दा,

परमेश्‍वरले नै हामीलाई मार्गदर्शन गर्नुहुन्छ, ताकि हामी आफ्नो गवाहीमा दृढ रहौँ।

हामी परमेश्‍वरको प्रेम तिर्न आफ्नो कर्तव्य पूरा गर्छौँ, र हामी उहाँलाई निराश पार्न सक्दैनौँ।

परमेश्‍वरको जरुरी अभिप्राय भनेको राज्यको सुसमाचार टाढा-टाढासम्म फैलाउनु हो।

महा-विपत्तिहरू आउने हुनाले, मार्गको अन्तिम खण्ड उजागर हुन्छ।

जोरदार गवाही दिँदा, हामीले परमेश्‍वरको अनुमोदन प्राप्त गर्छौँ।

बुद्धिमानले सत्यता पछ्याउनुपर्छ, र उप्रान्त अल्छे हुनुहुँदैन।

आफ्नो कर्तव्य राम्ररी पूरा गरौँ र शैतानलाई लज्जित तुल्याउन गवाही दिऊँ।

परमेश्‍वरको प्रशंसामा गरिने नयाँ नृत्य झन्-झन् हर्षपूर्ण बन्छ,

र परमेश्‍वरको प्रशंसामा गाइने गीतहरू पृथ्वीभर गुञ्जिन्छन्।

परमेश्‍वरको गवाही राम्ररी दिन, हामीले आफ्ना मेहनतलाई अझ सबल बनाउनुपर्छ।

हामीले पत्रुसको अनुकरण गर्नुपर्छ, मृत्युसम्मै समर्पित हुनुपर्छ,

र परमेश्‍वरलाई अत्यन्तै धेरै प्रेम गर्नुपर्छ!

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्