Christian Dance | परमेश्‍वरलाई पछ्याउँदा, अगाडिको बाटो अझै उज्यालो भई चम्किन्छ | Praise Song

12 अगस्ट 2024

हामी टाढा र नजिकबाट मण्डलीमा भेला हुन्छौँ।

हामीले सर्वशक्तिमान् परमेश्‍वरको आपूर्ति र मलजल स्विकारेकोमा हामी सौभाग्यशाली छौँ।

परमेश्‍वरको वचन पढेर अनि सत्यता बुझेर, हाम्रो हृदय मिठासले भरिन्छ।

परमेश्‍वर स्वयमले हामीलाई जीवनको उज्यालो मार्ग हिँड्न मार्गदर्शन गर्नुहुन्छ।

अनगिन्ती सङ्कष्ट र कठिनाइहरूमार्फत, परमेश्‍वर हाम्रो छेउमा रहनुभएको छ,

अनि हामीले हर प्रकारका कठिनाइहरू भोगेका भए पनि, हामी जीवनमा बढेका छौँ।

हामी सर्वशक्तिमान् परमेश्‍वरका पाइलालाई नजिकैबाट पछ्याउँछौ,

उहाँले हामीलाई अघि बढ्न मार्गदर्शन गर्न, हर दिन वचन व्यक्त गर्नुहुन्छ।

उहाँका वचनहरूद्वारा, उहाँले हाम्रो भ्रष्टता पखाल्न हामीलाई न्याय गर्नुहुन्छ र हाम्रो परीक्षा लिनुहुन्छ।

हामी नयाँ मानिसमा रूपान्तरित हुन्छौँ र हाम्रो हृदय स्वतन्त्र हुन्छ।

अनगिन्ती सङ्कष्ट र कठिनाइहरूमार्फत, परमेश्‍वर हाम्रो छेउमा रहनुभएको छ,

अनि हामीले हर प्रकारका कठिनाइहरू भोगेका भए पनि, हामी जीवनमा बढेका छौँ।

न्याय, परीक्षा र शोधनहरूद्वारा, हामीले परमेश्‍वरको प्रेम अनुभव गरेका छौँ।

हामीले परमेश्‍वरको धर्मी स्वभाव चिनेका छौँ र हृदयमा उहाँको डर मान्छौँ।

धेरै सत्यताहरू बुझेर, परमेश्‍वर मिलनसार र प्रेमिलो हुनुहुन्छ भन्ने अझ बढी महसुस गर्छौँ,

अनि हामीले उहाँका लागि अद्भुत र जोरदार गवाही दिने सङ्कल्प गरेका छौँ।

अनगिन्ती सङ्कष्ट र कठिनाइहरूमार्फत, परमेश्‍वर हाम्रो छेउमा रहनुभएको छ,

अनि हामीले हर प्रकारका कठिनाइहरू भोगेका भए पनि, हामी जीवनमा बढेका छौँ।

राज्यको सुसमाचार फैलाउनु र विस्तार गर्नु परमेश्‍वरको अत्यावश्यक अभिप्राय हो।

सुसमाचारलाई टाढा-टाढा फैलाउन, हामी सबै आ-आफ्ना छुट्टै बाटो लाग्नुपर्छ।

हामी फरक-फरक क्षेत्रमा भए पनि, हाम्रो हृदय एक झैँ जोडिएको छ।

राज्यलाई वास्तविकतामा परिणत गर्न हामी अन्त्यसम्मै लागि पर्नेछौँ र सङ्घर्ष गर्नेछौँ।

अनगिन्ती सङ्कष्ट र कठिनाइहरूमार्फत, परमेश्‍वर हाम्रो छेउमा रहनुभएको छ,

अनि हामीले हर प्रकारका कठिनाइहरू भोगेका भए पनि, हामी जीवनमा बढेका छौँ।

हामी परमेश्‍वरलाई पछ्याउँछौ, अगाडिको बाटो अझै उज्यालो भई चम्किन्छ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्