Christian Dance | सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउनु सबैभन्दा ठूलो आशिष् हो | Praise Song

7 अक्टोबर 2024

सर्वशक्तिमान् परमेश्‍वर मानिसको पुत्र हुनुहुन्छ जो देखा पर्नुभएको छ।

उहाँले सत्यता व्यक्त गर्नुहुन्छ र मानवजातिलाई मुक्ति दिनुहुन्छ।

हामी परमेश्‍वरको आवाज सुन्छौँ र उहाँसामु फर्किन्छौँ,

र उप्रान्त स्वर्गको राज्यको भोजमा सहभागी हुन्छौँ।

हामी सिंहासनको जीवित पानीद्वारा मलजल गरिएका र खुवाइएका छौँ,

र हाम्रा आत्मालाई आपूर्ति गरिन्छ र ती रमाउँछन्।

परमेश्‍वरको आमने-सामने आउनु साँच्चै हाम्रो कल्पनाबाहिरको कुरा हो।

हामी परमेश्‍वरका वचनहरू खान्छौँ र पिउँछौँ, सत्यता बुझ्छौँ,

र यस संसारको अन्धकार र दुष्टता स्पष्ट रूपमा देख्छौँ।

सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउनु सबैभन्दा ठूलो आशिष् हो।

हामी आफूलाई परमेश्‍वरप्रति समर्पित गर्न सबथोक पन्छाउँछौँ।

परमेश्‍वरको न्याय र सजाय अनुभव गर्दा, हाम्रा भ्रष्ट स्वभाव पखालिन्छन्।

हामीले परमेश्‍वरको धार्मिकता र पवित्र जान्न थाल्छौँ,

र हामी परमेश्‍वरप्रतिको डर र आदरले भरिन्छौँ।

परमेश्‍वरको वचनले हामीलाई विजय गरेको र मुक्ति दिएको छ,

र सत्यता प्राप्त गर्दा, हामी परमेश्‍वरप्रतिको कृतज्ञताले भरिन्छौँ।

हामी परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न आफ्ना कर्तव्य बफादारिका साथ निर्वाह गर्छौँ,

परमेश्‍वरको आज्ञा पूरा गर्छौँ, र परमेश्‍वरको अनुमोदन प्राप्त गर्छौँ।

आखिरी दिनहरूमा परमेश्‍वरको मुक्ति प्राप्त गर्न हामी कति सौभाग्यशाली छौँ,

र यो सबै परमेश्‍वरको अनुग्रह र आशिष् हो।

आज परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुँदा, हाम्रो सन्तुष्टिको कुनै सीमा छैन।

हामी परमेश्‍वरलाई धन्यवाद र प्रशंसा अर्पण गर्छौँ।

शैतानले पागलझैँ हामीलाई दमन गर्छ र सताउँछ;

परमेश्‍वरले सङ्कष्टहरूमा हामीलाई साथ दिनुहुन्छ,

परमेश्‍वरको वचनले हामीलाई मार्गदर्शन गर्छ र आस्था दिन्छ,

र हामी उप्रान्त शैतानसामु भयभीत हुँदैनौँ।

परमेश्‍वरको वचन अख्तियार र शक्तिले भरिपूर्ण छ

अनि हामीलाई मृत्युको र पातालको बन्धनमाथि विजय हुन अगुवाइ गर्छ।

हाम्रो आस्थालाई सङ्कष्टहरूमार्फत सिद्ध पारिन्छ,

र हामी शैतानमाथि विजयी हुन्छौँ र जोरदार गवाही दिन्छौँ।

हामीले परमेश्‍वरको प्रेमको निकै आनन्द उठाएका छौँ,

र उहाँको गहन प्रेम चुकाउन आफ्नो सम्पूर्ण अस्तित्व अर्पण गर्छौँ।

हामी मृत्युसम्मै वफादार रहनेछौँ र परमेश्‍वरलाई अन्त्यसम्मै पछ्याउनेछौँ,

र हामी अनन्तकालका लागि परमेश्‍वरलाई प्रेम गर्नेछौँ र उहाँको गवाही दिनेछौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्