परमेश्‍वरका दैनिक वचनहरू: धार्मिक धारणाहरू खुलासा गर्नु | अंश २८३

24 अप्रील 2021

परमेश्‍वरको कार्यमा सधैँ नयाँ प्रगतिहरू भइरहने हुनाले, नयाँ कार्यहरू पैदा हुने क्रममा अप्रचलित र पुरानो हुँदै जाने कार्य पनि छन्। यी विभिन्न किसिमका कार्यहरू, अर्थात् पुराना र नयाँ कार्यहरू, एक-अर्कामा विरोधाभासपूर्ण छैनन्, बरु परिपूरक छन्; प्रत्येक चरण पछिल्‍लो चरणपछि आउँछ। नयाँ काम आइसकेको हुनाले, पुराना कुराहरूलाई निश्चय नै हटाइनुपर्छ। उदाहरणको लागि, धेरै अघिदेखि स्थापित चलनचल्तीहरू अनि मानिसका प्रचलित भनाइहरूले, मानिसका धेरै वर्षका अनुभव अनि शिक्षाहरूसँग मिलेर, मानिसको मन-मस्तिष्कमा अनेक प्रकार र स्वरूपका आदत र धारणाहरू बनाएका हुन्छन्। परमेश्‍वरले मानिसलाई उहाँको साँचो मुहार अनि उहाँमा निहित स्वभाव पूर्ण रूपले प्रकट गर्न बाँकी छ, साथै प्राचीनकालदेखि नै धेरै वर्षसम्‍म फैलिएका परम्‍परागत सिद्धान्तहरूले मानिसमा यस्ता धारणाहरूको निर्माणमा अझ धेरै भूमिका खेलेको छ। परमेश्‍वरमाथिको मानिसको विश्‍वासको सिलसिलामा, विभिन्न प्रकारका धारणाहरूका प्रभावले मानिसमा परमेश्‍वरसम्‍बन्धी अनेक किसिमका धारणागत बुझाइहरूको निरन्तर निर्माण र विकास गरेको छ, जसले गर्दा परमेश्‍वरको सेवा गर्ने धेरै धार्मिक मानिसहरू उहाँको शत्रु हुनपुगेका छन्। त्यसकारण, मानिसहरूको धार्मिक धारणाहरू जति बलिया हुन्छन्, तिनीहरूले त्यति नै बढी परमेश्‍वरको विरोध गर्छन्, अनि तिनीहरू त्यति नै बढी परमेश्‍वरका शत्रु बन्छन्। परमेश्‍वरको काम सधैँ नै नयाँ हुन्छ र कहिल्यै पुरानो हुँदैन; यसले कहिले पनि धर्मसिद्धान्तको निर्माण गर्दैन, बरु धेरै वा थोरै हदमा यो निरन्तर बदलिरहन्छ र नवीकरण भइरहन्छ। यो तरिकाले कार्य गर्नु परमेश्‍वर स्वयम्‌को निहित स्वभावको एउटा अभिव्यक्ति हो। यो परमेश्‍वरको कार्यको निहित सिद्धान्त पनि हो, अनि यो परमेश्‍वरले आफ्‍नो व्यवस्थापन कार्यलाई पूरा गर्ने एक साधन पनि हो। यदि परमेश्‍वरले यसरी कार्य नगर्नुभएको भए, मानिस परिवर्तन हुनेथिएन वा उसले परमेश्‍वरलाई चिन्न सक्‍नेथिएन, अनि शैतानलाई हराउन सकिनेथिएन। तसर्थ, उहाँको कार्यमा, अस्थिर देखिने तर वास्तवमा आवधिक रहेका परिवर्तनहरू निरन्तर भइरहन्छन्। तैपनि, मानिसले जसरी परमेश्‍वरमा विश्‍वास गर्छ, त्यो बिलकुलै फरक हुन्छ। ऊ पुराना, परिचित धर्मसिद्धान्त र प्रणालीहरूमा नै झुन्डिरहन्छ, अनि तिनीहरू जति पुराना हुन्छन्, उसलाई ती त्यति नै राम्रा लाग्छन्। कसरी मानिसको मूर्ख मस्तिष्कले, एउटा ढुङ्गा जस्तै कठोर मस्तिष्कले, परमेश्‍वरको अथाह नयाँ काम र वचनलाई स्वीकार गर्न सक्छ? मानिसले त्यो परमेश्‍वरलाई घृणा गर्छ, जो सर्वदा नयाँ रहनुहुन्छ अनि कहिले पुरानो हुनुहुँदैन; ऊ केवल पुरानो परमेश्‍वरलाई मात्र मन पराउँछ, जसको लामो दाँत, सेतो कपाल हुन्छ, अनि जो एक ठाउँमा नै अडिग हुनुहुन्छ। तसर्थ, परमेश्‍वर र मानिसका आ-आफ्नै मनपर्ने कुराहरू भएको कारण, मानिस परमेश्‍वरको शत्रु बनेको छ। आज पनि, परमेश्‍वरले छ हजार वर्षदेखि नयाँ कार्य गर्दै आइरहनुभएको यस्तो समयमा पनि, अझै यस्ता धेरै विरोधाभासहरू छन्। अनि तिनीहरू सुधार गर्न नसकिने अवस्थामा छन्। सायद यो मानिसहरूको ढिपीको कारण, वा परमेश्‍वरका प्रशासनिक नियमहरूलाई मानिसले उल्‍लङ्घन गर्न नसक्‍ने कारणले यस्तो भएको हो—तर ती सेवक अनि सेविकाहरू ती ढुँडी लागेका पुराना पुस्तक र कागजहरूमा टाँसिरहन्छन्, जबकि परमेश्‍वरले आफ्ना व्यवस्थापन कार्यभित्रका अधुरा कार्यहरूलाई अघि बढाइरहनुहुन्छ, मानौं उहाँको पक्षमा कोही पनि छैनन्। यी विरोधाभासहरूले परमेश्‍वर र मानिसका शत्रुहरू बनाउने भए पनि, र ती समाधान हुन नसकिने भए पनि, परमेश्‍वरले तिनीहरूलाई तिनीहरू त्यहाँ भए पनि नभएको जस्तै गरी कुनै ध्यान दिनुहुन्‍न। तैपनि, मानिस अझै पनि आफ्‍ना विश्‍वास र धारणाहरूमा टाँसिरहन्छ, तिनीहरूलाई कहिले पनि छोड्दैन। यद्यपि एउटा कुरा चाहिँ स्पष्टै छ: मानिस आफ्नो अडानबाट पछि नहटे पनि, परमेश्‍वरको खुट्टा सधैँ अघि बढिरहन्छ, अनि उहाँले आफ्नो अडानलाई परिवेशअनुसार सँधै बदलिरहनुहुन्छ। अन्त्यमा, कुनै लडाइँविना नै हार्नुपर्ने त मानिस नै हो। यस क्रममा, परमेश्‍वर उहाँले पराजित गर्नुभएका उहाँका सबै शत्रुहरूको सबैभन्दा ठूलो शत्रु हुनुहुन्छ, अनि पराजित र अपराजित सबै मानवजातिको पक्षधर पनि हुनुहुन्छ। परमेश्‍वरसित प्रतिस्पर्धा गरेर को विजयी हुनसक्छ? मानिसका धारणाहरू परमेश्‍वरबाट नै आएका हुन् झैँ लाग्छ, किनभने तीमध्ये धेरै धारणाहरू परमेश्‍वरको कार्यपछि नै जन्‍मिएका थिए। तैपनि, यसको कारणले परमेश्‍वरले मानिसलाई क्षमा गर्नुहुन्न, न त उहाँले उहाँको कार्यपछि उहाँको कार्यभन्दा बाहिर “परमेश्‍वरको निम्ति” एकपछि अर्को जत्था उत्पादन गरेकोमा उहाँले मानिसलाई प्रशंसा नै गर्नुहुन्छ। बरु, उहाँ मानिसका धारणाहरू अनि पुराना, धार्मिक मान्यताहरूलाई यति घृणा गर्नुहुन्छ कि कुन मितिमा ती धारणाहरू सुरुमा आए भन्ने कुरा स्वीकार गर्ने मन पनि उहाँमा हुँदैन। उहाँले ती सबै उहाँकै कार्यको कारण भएको हो भनी स्वीकार गर्नुहुन्‍न, किनभने मानिसका धारणाहरू मानिसले नै फैलाउँछन्; तिनीहरूको स्रोत मानिसकै सोचहरू अनि मस्तिष्क हुन्—परमेश्‍वर हुनुहुन्न, शैतान हो। परमेश्‍वरको अभिप्राय सधैँ नै उहाँको कार्य पुरानो र मरेको होइन, नयाँ र जीवित होस् भन्ने रहेको छ अनि उहाँले मानिसलाई जे पालन गर्न लगाउनुहुन्छ त्यो युग र अवधिअनुसार फरक हुनसक्छ, अनि त्यो अनन्त र अपरिवर्तनीय छैन। यस्तो हुन्छ किनभने उहाँ मानिसलाई जिउन र नयाँ बन्न लगाउनुहुने परमेश्‍वर हुनुहुन्छ, मानिसलाई मर्न र वृद्ध हुन लगाउने दियाबलस होइन। के यसलाई तिमीहरू अझै बुझ्दैनौ? परमेश्‍वरको बारेमा तँमा धारणाहरू छन् अनि तैँले तिनलाई त्याग्न सक्दैनस्, किनभने तँ कुण्ठित मनको छस्। यो परमेश्‍वरको कार्यभित्र थोरै अर्थ भएको कारणले होइन, न त परमेश्‍वरको कार्य मानिसको इच्छाबाट फरक भएर नै हो, अझ भन्ने हो भने, न त यो परमेश्‍वर आफ्नो जिम्मेवारीमा सँधै लापरवाही हुनुभएर नै हो। तैँले आफ्ना धारणाहरू त्याग्न सक्दैनस् किनभने तँमा आज्ञाकारिता अत्यन्तै कम छ, र किनभने तँमा सृजना गरिएका प्राणीजस्तो सादृश्यता अलिकति पनि छैन; यो परमेश्‍वरले तेरो लागि परिस्थिति कठिन बनाइदिनुभएकोले भएको होइन। यो सबै तैँले गर्दा नै भएको हो, अनि परमेश्‍वरसित यसको कुनै सम्बन्ध छैन; सबै कष्ट र दुर्भाग्यहरू मानिसद्वारा नै सृजना गरिएका हुन्। परमेश्‍वरका विचारहरू सधैं असल हुन्छन्: तैँले कुनै धारणाहरू सृजना गर् भन्ने परमेश्‍वरले चाहनुहुन्न, तर युग बित्दै जाँदा तँ परिवर्तन एवं नवीकरण भएको इच्छा गर्नुहुन्छ। तैपनि तेरो लागि के असल छ त्यो तँ जान्दैनस्, अनि सधैँ तँ सुक्ष्म जाँच वा विश्लेषण गर्दै बस्छस्। यो परमेश्‍वरले तेरो निम्ति परिस्थिति कठिन बनाउनुहुन्छ भन्‍ने कुरा होइन, बरु यो त परमेश्‍वरप्रति तँमा श्रद्धा छैन, अनि तेरो अनाज्ञाकारिता धेरै ठूलो छ भन्ने कुरा हो। सृष्टि गरिएको एउटा सूक्ष्म प्राणी, परमेश्‍वरले पहिले दिनुभएको कुनै कुराको एउटा सानो अंश लिने आँट गर्छ अनि फर्केर परमेश्‍वरलाई नै आक्रमण गर्न त्यसको प्रयोग गर्छ—के यो मानिसको अनाज्ञाकारिता होइन र? मानवजाति परमेश्‍वरको अघि आफ्नो विचार पोख्न बिलकुलै अयोग्य छ, अनि तिनीहरू तिनीहरूले इच्छा गरेको जस्तो तिनीहरूको बेकारको, गन्हाउने, कुहेको, फुलाङ्गो भाषा बोल्दै वरिपरि घुम्नु अझै अयोग्य छन् भनेर भन्‍नु अत्युक्ति हुँदैन—ती सडेका धारणाहरूको बारेमा केही भन्‍नु पर्दैन। के तिनीहरू अझै बेकारका छैनन् र?

—वचन देहमा देखा पर्नुहुन्छ

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्