परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३२८

17 अप्रिल 2021

तिमीहरूले गर्ने सबै कार्यमा धार्मिकता अभ्यास गर्छौ कि गर्दैनौ, र तिमीहरूका सबै कार्यहरू परमेश्‍वरले हेरिरहनुभएको छ कि छैन भनी तिमीहरू आफैलाई हेर: परमेश्‍वरमा विश्‍वास गरेका व्यक्तिहरूले आफ्ना सबै मामिलाहरूलाई यस सिद्धान्तअनुसार कार्यान्वयन गर्छन्। तिमीहरूलाई धर्मी भनिनेछ किनकि तिमीहरूले परमेश्‍वरलाई सन्‍तुष्‍ट पार्न सक्छौ, किनकि तिमीहरूले परमेश्‍वरको वास्ता र सुरक्षालाई स्वीकार गर्छौ। परमेश्‍वरको दृष्‍टिमा, परमेश्‍वरको वास्ता, सुरक्षा र सिद्धतालाई ग्रहण गर्ने, र उहाँले आफ्नो बनाउनुभएका व्यक्तिहरू सबै धर्मी मानिसहरू हुन्, र उहाँले तिनीहरू सबैलाई बहुमूल्य ठान्‍नुहुन्छ। तिमीहरूले परमेश्‍वरको वर्तमान वचनहरूलाई जति धेरै ग्रहण गर्छौ, तिमीहरूले परमेश्‍वरको इच्छा प्राप्‍त गर्न र बुझ्‍न त्यति नै धेरै सक्‍नेछौ, अनि यसरी तिमीहरू परमेश्‍वरको वचनहरू अनुसार जिउन सक्‍नेछौ र उहाँका मागहरू पूरा गर्न सक्‍नेछौ। यो तिमीहरूका निम्ति परमेश्‍वरको आदेश हो, र तिमीहरू सबै यो हासिल गर्न सक्षम बन्‍नुपर्छ। यदि तिमीहरूले परमेश्‍वरलाई माटोबाट बनाइएको एउटा मूर्ति जस्तै मापन गर्न र सीमित गर्न आफ्नै धारणाको प्रयोग गर्छौ भने, र यदि तिमीहरूले परमेश्‍वरलाई बाइबलको सीमाभित्र मात्र सीमित राख्यौ र उहाँलाई कामको सीमित क्षेत्रभित्र मात्र राख्यौ भने तिमीहरूले परमेश्‍वरलाई दोष लगाएका छौ भनी यसले प्रमाणित गर्छ। पुरानो करारको युगका यहूदीहरूले परमेश्‍वरलाई मसीह भन्न सक्थे, र मसीह भनिने व्यक्ति मात्र परमेश्‍वर हुन सक्‍नुहुन्छ झैँ गरी परमेश्‍वरलाई तिनीहरूको हृदयमा राखिएको एक स्थिर मूर्तिको रूपमा लिएका हुनाले, र परमेश्‍वर (जीवनरहित) माटोको एउटा मूर्ति हुनुहुन्छ झैँ गरी मानवजातिले सेवा गरेको र आराधना गरेको हुनाले, तिनीहरूले त्यस बेलाको येशूलाई क्रूसमा झुन्ड्याएर मृत्युदण्ड दिए—यसरी दोषरहित येशूलाई मृत्युदण्ड दिइयो। परमेश्‍वर कुनै पनि अपराधबाट दोषरहित हुनुहुन्थ्यो, तैपनि मानिसले उहाँलाई छोड्न इन्कार गर्‍यो, अनि उहाँलाई मृत्युदण्ड दिन माग गरिरह्यो, त्यसैले येशूलाई क्रूसमा झुन्ड्याइयो। मानिससँग परमेश्‍वरको व्यवस्थापनको सिद्ध बुझाइ छ जस्तै गरी, परमेश्‍वरले गर्नुभएका सबै थोक मानिसले आफ्नो हतकेलामा राखेको छ जस्तै गरी परमेश्‍वर अपरिवर्तनशील हुनुहुन्छ भनी उसले सधैँ विश्‍वास गर्छ, र उहाँलाई एउटा पुस्तक अर्थात् बाइबलको आधारमा परिभाषित गर्छ। मानिसहरू चरम रूपमा हास्यास्पद, चरम रूपमा अहङ्कारी छन्, तिनीहरू सबैसँग बढाइचढाइ कुरा गर्ने अन्तर्निहित क्षमता हुन्छ। परमेश्‍वरको बारेमा तेरो ज्ञान जतिसुकै ठूलो भए तापनि तैँले परमेश्‍वरलाई चिनेको छैनस्, परमेश्‍वरको सबैभन्दा बढी विरोध गर्ने तँ नै होस्, र तैँले परमेश्‍वरलाई दोष लगाएको छस् भनी म अझै पनि भन्‍छु, किनकि तिमीहरू परमेश्‍वरको कामको आज्ञापालन गर्न र परमेश्‍वरले सिद्ध तुल्याउनुहुने मार्गमा हिँड्न पूर्णतया असक्षम छौ। परमेश्‍वर मानिसका कार्यहरूदेखि किन कहिल्यै सन्‍तुष्‍ट हुनुभएको छैन? किनकि मानिसले परमेश्‍वरलाई चिन्दैन, किनकि उसँग थुप्रै धारणाहरू छन्, किनकि परमेश्‍वर सम्‍बन्धी उसको ज्ञान वास्तविकता अनुरूप हुँदैन, बरु कुनै भिन्‍नताविना एउटै विषयवस्तु एकोहोरो दोहोर्याइरहन्छ र हरेक परिस्थितिको निम्ति एउटै तरिका प्रयोग गर्छ। त्यसैले, परमेश्‍वर आज पृथ्‍वीमा आउनुभए पनि मानिसले फेरि उहाँलाई क्रूसमा टाँगेको छ। निर्दयी मानवजाति! मौन सहमति र षड्यन्त्र, एक-अर्काबाट खोस्ने र हडप्ने, प्रसिद्धि र सम्पत्तिको निम्ति लुछाचुँडी गर्ने, पारस्परिक हत्या गर्ने—यी सबै कहिले अन्त्य हुनेछन्? परमेश्‍वरले हजारौँ वचनहरू बोल्‍नुभएको भए तापनि कोही पनि आफ्नो चेतनामा आएका छैनन्। मानिसहरू आफ्ना परिवारहरू, छोराहरू र छोरीहरूको खातिर, आफ्नो जीविकोपार्जनको, भविष्य, प्रत्याशाहरू, ओहदा, महत्वाकांक्षा, र रुपैयाँपैसाको निम्ति, खानेकुरा, लुगाफाटो, र शरीरको निम्ति काम गर्छन्। तर के साँच्‍चिकै परमेश्‍वरको खातिर कामहरू गर्ने कोही छन्? परमेश्‍वरको खातिर काम गर्नेहरूमध्ये पनि परमेश्‍वरलाई चिन्ने थोरै छन्। आफ्नै रुचिहरूबाट काम नगर्नेहरू कति मानिसहरू छन्? कति जनाले आफ्नो ओहदा सुरक्षित राख्‍न अरूलाई थिचोमिचो गर्दैनन् वा बहिष्‍कार गर्दैनन्? त्यसैले, परमेश्‍वरलाई जबरजस्ती अनगिन्ती मृत्युदण्ड दिइएको छ, र असङ्ख्य निर्दयी न्यायकर्ताहरूले परमेश्‍वरलाई दण्डाज्ञा दिएका छन् र फेरि एक पटक उहाँलाई क्रूसमा टाँगेका छन्। साँच्‍चिकै परमेश्‍वरको खातिर काम गरेका हुनाले कति जनालाई धर्मी भनेर भन्‍न सकिन्छ?

के परमेश्‍वरको अघि एक सन्त वा एक धर्मी व्यक्तिको रूपमा सिद्ध तुल्याइन सजिलो छ? “यस पृथ्‍वीमा कोही पनि धर्मी छैन, धर्मीहरू यस संसारमा छैनन्” भन्‍ने कथन साँचो हो। जब तिमीहरू परमेश्‍वरको अघि आउँछौ, तब तिमीहरूले आफ्नो हरेक वचन र कार्य, आफ्नो हरेक विचार र सोचाइ, र तिमीहरूले हरेक दिन देख्‍ने सपनाहरूको बारेमा विचार गर—यो सबै तिमीहरूको आफ्नै खातिर हो। के यो मामिलाको साँचो अवस्था होइन र? “धार्मिकता” को अर्थ अरूलाई दान दिनु होइन, यसको अर्थ आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नु होइन, र यसको अर्थ झैझगडा र विवादहरू वा लुटपाट र चोरीबाट टाढा रहनु होइन। धार्मिकताको अर्थ परमेश्‍वरको आदेशलाई आफ्नो कर्तव्यको रूपमा ग्रहण गर्नु र परमेश्‍वरको व्यवस्था र प्रबन्धलाई आफ्नो निम्ति स्वर्गबाट ठहराइएको कर्तव्यको रूपमा लिनु र परमेश्‍वरको आज्ञापालन गर्नु हो, समय र स्थानको पर्वाह नगरिकन प्रभु येशूले गर्नुभएजस्तै गर्नु हो। परमेश्‍वरले भन्‍नुभएको धार्मिकता यही हो। लोतलाई धर्मी भन्‍न सकिन्छ किनकि उनले आफ्नो नाफा र नोक्‍सानीको विचार नगरिकन परमेश्‍वरले पठाउनुभएका दुई स्वर्गदूतहरूलाई बचाएका थिए; उनले त्यस बेला जे गरेका थिए, त्यसलाई धर्मी भन्‍न सकिन्छ तर उनलाई धर्मी मानिस भन्‍न सकिँदैन। लोतले परमेश्‍वरलाई देखेका हुनाले उनले स्वर्गदूतहरूका सट्टामा आफ्नी दुई छोरीहरू दिएका थिए तर विगतमा उनले गरेका सबै व्यवहारहरू धार्मिकता सुहाउँदो थिएनन्। त्यसैले म भन्छु “यस पृथ्‍वीमा कोही पनि धर्मी छैन।” पुनर्स्थापनाको प्रवाहमा रहेकाहरू मध्येका कसैलाई पनि धर्मी भन्‍न सकिँदैन। तेरो कार्य जतिसुकै असल भए तापनि, तैँले जतिसुकै परमेश्‍वरको नाउँको महिमा गरेको देखिए तापनि, तैँले अरूलाई हिर्काउने र सराप्‍ने नगरे पनि, अनि अरूबाट चोर्ने वा लुट्ने नगरे पनि, तँलाई धर्मी भन्‍न सकिँदैन, किनकि सामान्य व्यक्तिले यस्तो कार्य गर्न सक्छ। अहिले यहाँ मुख्य कुरो चाहिँ तैँले परमेश्‍वरलाई चिनेको छैनस् भन्‍ने नै हो। यति मात्र भन्‍न सकिन्छ कि अहिले तँसँग अलिकति मात्र सामान्य मानवता छ, तर परमेश्‍वरले भन्‍नुभएको धार्मिकताका तत्त्वहरू छैनन्, त्यसैले तैँले गर्ने कुनै पनि कुराले तैँले परमेश्‍वरलाई चिनेको छस् भन्‍ने कुरा प्रमाणित गर्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुष्‍टहरूलाई निश्‍चय नै दण्ड दिइनेछ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्