परमेश्‍वरका दैनिक वचनहरू: मानवजातिको भ्रष्टता उजागर गर्नु | अंश ३१८

24 अप्रील 2021

परमेश्‍वरमा तेरो विश्‍वास, सत्यताको तेरो खोजी, र तैँले आफैलाई व्यवहार गर्ने तेरो शैली समेत पनि सबै यथार्थमाथि आधारित हुनुपर्छ: तैँले गर्ने हरेक कुरा व्यवहारिक हुनुपर्छ, र जुन कुराहरू भ्रामक र काल्पनिक छन्‌ ती तैँले पछ्याउनु हुँदैन। यस्तो प्रकारले व्यवहार गर्नुको कुनै मूल्य हुँदैन, र यति मात्र होइन, यस्तो जीवनको कुनै अर्थ हुँदैन। तेरो खोजी र तेरो जीवन असत्यता र छलभन्दा बढि कुनै कुराको बीचमा नबिताउने हुनाले, र तैँले मूल्य र महत्त्व भएका कुराहरू नपछ्याउने हुनाले, तैँले हासिल गर्ने कुराहरू भनेका निरर्थक तर्क र सिद्धान्त मात्र हुन् जुन सत्यताका कुराहरू होइनन्‌। यस्ता कुराहरूले तेरो अस्तित्वको महत्त्व र मूल्यसँग कुनै सम्बन्ध राख्दैनन्‌, र तँलाई खोक्रो जगतमा मात्र ल्याउन सक्छन्‌। यसरी, तेरो सम्पूर्ण जीवन कुनै मूल्य वा अर्थरहित हुनेछ—अनि यदि तैँले अर्थको जीवन खोजी गरिनस्‌ भने, तँ एक सय वर्ष नै बाँच्न सके पनि यो सबै बेकामको हुनेथियो। त्यसलाई कसरी मानव जीवन भन्न सकिन्थ्यो र? के यो वास्तवमा पशुको जीवन होइन र? यसै गरी, यदि तिमीहरूले परमेश्‍वरमा विश्‍वासको मार्ग पछ्याउन कोसिस गर्यौ, तापनि देख्न सकिने परमेश्‍वरलाई पछ्याउने कुनै प्रयत्न गर्दैनौ र यसको सट्टामा अदृश्य र अमूर्त परमेश्‍वरलाई आराधना गर्छौ भने, यस्तो खोजी अझ धेरै निरर्थक हुँदैन र? अन्तमा, तेरो खोजी भग्नावशेषको थुप्रो बन्नेछ। यस्तो खोजले तँलाई के लाभ दिन्छ? मानिसको सबैभन्दा ठूलो समस्या भनेको यही हो कि उसले हेर्न र स्पर्श गर्न नसकिने कुराहरूलाई मात्र प्रेम गर्छ, जुन कुराहरू अति रहस्यमय र आश्चर्यपूर्ण छन्‌, र जुन कुराहरू मानिसद्वारा अकल्पनीय छन्‌ र फगत मरणशीलहरूद्वारा हासिल गर्न नसकिने छन्‌। यी कुराहरू जति धेरै अवास्तविक हुन्छन्‌, त्यत्ति नै धेरै तिनलाई मानिसहरूद्वारा विश्लेषण गरिन्छन्‌, र मानिसहरूले तिनलाई अरू सबैभन्दा बेमतलबी भएर समेत पछ्याउँछन्‌, र तिनलाई पाउने प्रयत्न गर्छन्‌। ती जति धेरै अवास्तविक हुन्छन्‌, त्यत्ति नै धेरै मानिसहरूले तिनको बारे तिनीहरूको आफ्नै पूर्ण धारणहरू बनाउने हदसम्म पर गएर समेत तिनलाई नजिकबाट परीक्षण र विश्लेषण गर्छन्‌। त्यसको विपरीत, कुराहरू जति धेरै व्यावहारिक हुन्छन्, मानिसहरू तीप्रति त्यत्ति नै धेरै बेपर्बाही हुन्छन्‌; तिनीहरूले तिनलाई फुटेका आँखाले समेत हेर्दैनन्‌‌‌, र तिनलाई उपेक्षा समेत गर्छन्‌। आज मैले गर्ने वास्तविक कार्यप्रतिको तिमीहरूको प्रवृत्ति ठीक यही होइन र? यी कुराहरू जति धेरै वास्तविक हुन्छन्‌, त्यत्ति नै धेरै तिमीहरू तिनको विरुद्धमा पूर्वाग्रही हुन्छौ। तिनलाई परीक्षण गर्न तिमीहरू कुनै समय खर्चँदैनौ, तर खालि तिनलाई बेवास्ता गर्छौ; तिमीहरू यी व्यावहारिक, न्यून-स्तरीय आवश्यकताहरूलाई फुटेका आँखाले समेत हेर्दैनौ, र सबैभन्दा वास्तविक यस परमेश्‍वरको बारे असङ्ख्य धारणाहरू समेत बनाउँछौ, र उहाँको वास्तविकता र स्वाभाविकतालाई स्विकार गर्न केवल असक्षम छौ। यस प्रकारले, के तिमीहरूले अगम्य अस्पष्ट कायम गर्दैनौ र? तिमीहरूसँग विगत समयको अस्पष्ट परमेश्‍वरमा अकम्पनीय विश्‍वास छ, आजको साँचो परमेश्‍वरमा कुनै रुचि छैन। हिजोको परमेश्‍वर र आजको परमेश्‍वर दुई भिन्न युगहरूबाट हुनुभएकोले गर्दा यस्तो भएको होइन र? हिजोको परमेश्‍वर स्वर्गको उचालिनुभएको परमेश्‍वर, जबकी आजको परमेश्‍वर पृथ्वीमा सानो मानव हुनुभएकोले यसो भएको हैन र? यसको साथै, मानिसद्वारा आराधना गरिएको परमेश्‍वर उसको धारणाहरूद्वारा उत्पादित भएको, जबकी आजको परमेश्‍वर साँचो देहको, पृथ्वीमा उत्पादित भएकोले गर्दा यस्तो भएको होइन र? जब सबै भनिन्छ र गरिन्छ, तब आजको परमेश्‍वर अति वास्तविक भएकोले गर्दा मानिसले उहाँलाई नपछ्याएको होइन र? किनकि आजको परमेश्‍वरले मानिसहरूलाई जे गर्नको लागि भन्नुहुन्छ त्यो गर्नको लागि नै मानिसहरू सबैभन्दा अनिच्छुक हुन्छन्‌, र जसले तिनीहरूलाई लज्जाबोध गराउँछ। के यसले मानिसहरूको लागि कुराहरू कठिन बनाउँदै छैन र? के यसले मानिसहरूको घाउमा नुनचुक थप्दैन र? यसरी, यथार्थलाई नपछ्याउनेहरू देहधारी परमेश्‍वरका शत्रुहरू बन्छन्‌, ख्रीष्ट विरोधीहरू बन्छन्‌। के यो एक स्पष्ट तथ्य होइन र? विगतमा, जब परमेश्‍वर अझै देह बन्न बाँकी थियो, तब तँ एक धार्मिक पात्र, वा एक भक्त विश्‍वासी भएको हुन सक्थिस्‌। परमेश्‍वर देह बन्नुभएपछि, धेरै यस्ता भक्त विश्‍वासीहरू अनजानमा ख्रीष्ट विरोधीहरू भए। यहाँ के हुँदैछ के तँलाई थाहा छ? परमेश्‍वरमाथिको तेरो विश्‍वासमा, तैँले यथार्थमाथि ध्यान दिँदैनस्‌ वा सत्यतालाई पछ्याउँदैनस्‌, तर यसको सट्टा असत्यताहरूले मन-मस्तिष्क भर्छस्‌‌—के यो देहधारी परमेश्‍वरसँगको तेरो दुस्मनीको सबैभन्दा स्पष्ट स्रोत होइन र? देहधारी परमेश्‍वरलाई ख्रीष्ट भनिन्छ, त्यसैले देहधारी परमेश्‍वरलाई विश्‍वास नगर्नेहरू सबै जना ख्रीष्ट विरोधीहरू होइनन्‌ र? त्यसैले, तैँले जसमा विश्‍वास गर्छस् र जसलाई साँच्चै प्रेम गर्छस्‌ के उहाँ देहमा हुनुहुने यही परमेश्‍वर हुनुहुन्छ त? के यो साँच्चै जीवित, श्‍वास-प्रश्‍वास गर्ने परमेश्‍वर हुनुहुन्छ, जो सबैभन्दा वास्तविक र असाधारण रूपमा सामान्य हुनुहुन्छ? तेरो खोजीको खास उद्देश्य के हो? यो स्वर्गमा छ कि पृथ्वीमा? यो धारणा हो कि यो सत्यता हो? यो परमेश्‍वर हुनुहुन्छ कि यो कोही अलौकिक व्यक्ति हो? वास्तवमा, सत्यता नै जीवनका सूत्रहरूको सर्व यथार्थ हो, र सारा मानिस जातिमाझ यस्ता सूत्रहरू सर्वोच्च हुन्छ। यो परमेश्‍वरले मानिसबाट गर्नुभएको माग भएको हुनाले, र यो परमेश्‍वरद्वारा व्यक्तिगत रूपमा गरिएको कार्य भएको हुनाले, यसलाई “जीवनको सूत्र” भनिएको हो। यो सूत्र केही कुराबाट सारांश गरिएको होइन, न त यो कुनै महान्‌ हस्तीबाट आएको प्रसिद्ध उद्धरण नै हो। यसको सट्टामा, यो त स्वर्ग र पृथ्वी र सबै थोकका मालिकबाट मानिस जातिको लागि आएको उच्चारण हो; यो मानिसद्वारा सारांश गरिएका केही शब्दहरू होइनन्‌, तर परमेश्‍वरको अन्तर्निहित जीवन हो। अनि त्यसैले यसलाई “सबै जीवनका सूत्रहरूमध्येको सर्वोच्च” भनी भनिएको हो। सत्यतालाई अभ्यासमा लगाउने मानिसहरूको खोजी उनीहरूको कर्तव्यको पालन हो—भन्नुको मतलब, यो परमेश्‍वरको मागलाई सन्तुष्ट पार्ने खोजी हो। यस मागको सार नै सबै सत्यताहरूको सर्व यथार्थ हो, कुनै पनि मानिसले हासिल गर्न सक्‍ने खोक्रा सिद्धान्त होइन। यदि तेरो खोजी अरू केही नभएर सिद्धान्त मात्र हो र त्यसमा कुनै यथार्थ समावेश छैन भने, के तैँले सत्यताको विरुद्धमा विद्रोह गर्दैनस्‌ र? के तँ सत्यतालाई आक्रमण गर्ने व्यक्ति हुँदैनस्‌ र? यस्तो व्यक्ति कसरी परमेश्‍वरलाई प्रेम गर्न खोज्ने व्यक्ति बन्न सक्ला? यथार्थ बिनाका मानिसहरू ती हुन्‌ जसले सत्यतालाई परित्याग गर्छन्‌‌, र तिनीहरू सबै अन्तर्निहित रूपमा विद्रोही हुन्छन्‌।

—वचन देहमा देखा पर्नुहुन्छ

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्