Christian Testimony Video | अफवाहको जालोबाट उम्किँदा

14 मार्च 2021

विलियम नामक एक इसाई सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका केही दाजुभाइ दिदीबहिनीहरूसँग परिचित हुन पुग्छन्। उनीहरूसँगको भेला तथा सङ्गतिमार्फत, उनले आफ्नो विश्‍वासमा पहिले कहिल्यै नसिकेका धेरै सत्य तथा रहस्यहरू थाहा पाउँछन् र आत्मिक रूपमा पोषित भएको महसुस गर्छन्। त्यसपछि उनले अनलाइनमा व्याप्त रहेका केही हल्‍लाहरू भेट्छन् जसले उनलाई असहज तथा अन्योलग्रस्त बनाउँछ: के सर्वशक्तिमान् परमेश्‍वरको मण्डली वास्तवमा अनलाइनमा भएको जस्तै हो त? के उनले यस विषयलाई थप अनुसन्धान गर्नुपर्दछ? अनि यदि सर्वशक्तिमान् परमेश्‍वर नै फर्किनुभएको प्रभु हुनुहुन्छ अनि, उनले खोजी गरेनन् भने के प्रभुलाई स्वागत गर्ने अन्तिम मौका उनले गुमाउँछन् त? परमेश्‍वरको अचम्‍मको मार्गदर्शनमा, उनले आफ्नो धारणाहरूलाई त्याग्ने र यस विषयमा थप खोजी गर्ने निर्णय लिन्छन्। साँचो मार्गको खोजी गर्ने सिद्धान्त भनेको सर्वशक्तिमान् परमेश्‍वरका वचनहरू पढ्नु हो भनेर उनले बुझ्छन् र झूटको बारेमा उनले केही समझशक्ति प्राप्त गर्छन् र सर्वशक्तिमान् परमेश्‍वर नै फर्कनुभएको प्रभु हुनुहुन्छ भन्ने निचोडमा पुग्छन्। त्यसपछि, उनले खुशीसाथ सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कार्यलाई स्वीकार गर्छन्।

थप हेर्नुहोस्

अब विपत्तिहरू भइरहेका छन्। हामी कसरी विपत्तिहरुको बीचमा प्रभुलाई स्वागत गर्ने मौका पाउन सक्छौं? उत्तर प्राप्त गर्न हामीलाई सम्पर्क गर्नुहोस्।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्