परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५२५
26 अप्रील 2021
परमेश्वरले मानिसलाई सजाय दिनुहुन्छ र उसको न्याय गर्नुहुन्छ किनभने यो उहाँको कार्यको लागि आवश्यक छ, र, यति मात्र होइन, किनभने मानिसलाई यसको आवश्यक छ। मानिसलाई सजाय दिइनुपर्छ र न्याय गरिनुपर्छ, त्यसपछि मात्रै उसले परमेश्वरको प्रेम प्राप्त गर्नसक्छ। आज, तिमीहरू पूर्ण रूपमा विश्वस्त भएका छौ, तर जब तिमीहरूले अलिकति बाधाको सामना गर्छौ, तिमीहरू कष्टमा पर्छौ; गहन ज्ञान प्राप्त गर्नको लागि तिमीहरूको कद अझै पनि अत्यन्तै सानो छ, र तिमीहरूले अझै त्यस किसिमको सजाय र न्यायको अनुभव गर्नुपर्छ। आज, परमेश्वरप्रति तिमीहरूसँग केही श्रद्धा छ, र तिमीहरूले परमेश्वरको भय मान्छौ, र उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ भन्ने तिमीहरूलाई थाहा छ, तर तिमीहरूसँग उहाँप्रतिको महान् प्रेम छैन, तिमीहरूले शुद्ध प्रेम प्राप्त गर्ने कुरा त परै जाओस्; तिमीहरूको ज्ञान अत्यन्तै सतही छ, र तिमीहरूको कद अझै अपर्याप्त छ। जब तैँले साँचो रूपमा एउटा परिस्थितिको सामना गर्छस् र जसमा तैँले अझै साक्षी दिएको छैनस्, तेरो प्रवेश अत्यन्तै थोरै सक्रिय हुन्छ, र कसरी अभ्यास गर्ने सो तँलाई केही पनि थाहा हुँदैन। धेरैजसो मानिसहरू निष्क्रिय र सुस्त छन्; तिनीहरूले परमेश्वरलाई आफ्नो हृदयमा गोप्य रूपमा मात्र प्रेम गर्छन्, तर तिनीहरूमा अभ्यास गर्ने कुनै उपाय हुँदैन, न त आफ्ना उद्देश्यहरू के हुन् भन्ने विषयमा नै तिनीहरू स्पष्ट छन्। सिद्ध पारिएकाहरूमा सामान्य मानवता मात्रै हुँदैन, तर विवेकका नापहरूभन्दा माथिका सत्यताहरू तिनीहरूमा हुन्छ, जुन विवेकका मापदण्डहरूभन्दा माथि हुन्छ; तिनीहरूले परमेश्वरको प्रेमको ऋण तिर्न विवेकको प्रयोग गर्ने मात्रै होइन, तर, त्योभन्दा पनि बढी, तिनीहरूले परमेश्वरलाई चिनेका छन्, र परमेश्वर प्रेमिलो हुनुहुन्छ, र मानिसको प्रेमको योग्य हुनुहुन्छ, अनि परमेश्वरमा प्रेम गर्नुपर्ने कुरा धेरै छन् भन्ने कुरालाई देखेका छन्; मानिसले उहाँलाई प्रेम नगरिकन बस्न सक्दैन! सिद्ध पारिएकाहरूको परमेश्वरप्रतिको प्रेम भनेको तिनीहरूका आफ्नै आकांक्षाहरूलाई पूरा गर्नको लागि हो। तिनीहरूको प्रेम स्वाभाविक प्रेम हो, जुन प्रेमले यसको सट्टामा केही पनि माग्दैन, र जुन कारोबार होइन। अरू केही कारणले होइन तर उहाँप्रतिको तिनीहरूको ज्ञानको कारणले मात्रै तिनीहरूले परमेश्वरलाई प्रेम गर्छन्। परमेश्वरले तिनीहरूलाई अनुग्रह गर्नुहुन्छ कि गर्नुहुन्न त्यस कुरालाई त्यस्ता मानिसहरूले वास्ता गर्दैनन्, र परमेश्वरलाई सन्तुष्ट दिने बाहेक अरू केही कुराद्वारा तिनीहरू सन्तुष्ट हुँदैनन्। तिनीहरूले परमेश्वरसँग मोलतोल गर्दैनन्, न त परमेश्वरप्रतिको आफ्नो प्रेमलाई नै तिनीहरूले विवेकको आधारमा मापन गर्छन्: “तपाईंले मलाई दिनुभएको छ, त्यसैले यसको सट्टामा म तपाईंलाई प्रेम गर्छु; यदि तपाईंले मलाई दिनुहुन्न भने, यसको सट्टामा मसँग तपाईंको लागि केही पनि हुँदैन।” सिद्ध पारिएकाहरूले सँधै नै यस्तो विश्वास गर्छन्: “परमेश्वर नै सृष्टिकर्ता हुनुहुन्छ, र उहाँले हामीमा आफ्नो कामलाई अघि बढाउनुहुन्छ। सिद्ध पारिनको लागि मसँग यो मौका, अवस्था, र योग्यता भएको हुनाले, मेरो उद्देश्य भनेको अर्थपूर्ण जीवन जिउने हुनुपर्छ, र मैले उहाँलाई सन्तुष्ट पार्नुपर्छ।” यो पत्रुसले अनुभव गरेको जस्तै छ: तिनी सबैभन्दा कमजोर अवस्थामा हुँदा, तिनले परमेश्वरसँग यसो भन्दै प्रार्थना गरे, “हे परमेश्वर! समय वा स्थान जेसुकै भए तापनि, म तपाईंलाई सँधै सम्झन्छु भन्ने तपाईंलाई थाहा छ। समय वा स्थान जेसुकै भए तापनि, म तपाईंलाई प्रेम गर्न चाहन्छु भन्ने तपाईं जान्नुहुन्छ, तर मेरो कद निकै सानो छ, म निकै कमजोर र शक्तिहीन छु, मेरो प्रेम अत्यन्तै सीमित छ, र तपाईंप्रतिको मेरो इमानदारीता अत्यन्तै थोरै छ। तपाईंको प्रेमको तुलनामा, म जिउन समेत योग्य छैन। मेरो जीवन व्यर्थ नहोस्, र मैले तपाईंको प्रेमको ऋण तिर्न मात्र होइन, तर मसँग भएको सबै कुरा म तपाईंलाई समर्पण गर्न सकूँ भन्ने यही नै मेरो कामना छ। यदि मैले तपाईंलाई सन्तुष्ट पार्न सक्छु भने, एक प्राणीको रूपमा, मैले मनमा शन्ति पाउनेछु, र अरू केही पनि माग्नेछैन। अहिले म कमजोर र शक्तिहीन भए तापनि, म तपाईंका अर्तीहरूलाई बिर्सनेछैन, र म तपाईंको प्रेमलाई बिर्सनेछैन। अहिले मैले तपाईंको प्रेमको ऋण तिर्ने बाहेक अरू केही पनि गरिरहेको छैन। हे परमेश्वर, मलाई कति नराम्रो लाग्छ! म मेरो हृदयमा भएको प्रेम तपाईंलाई कसरी दिन सक्छु, मैले गर्न सक्ने जति सबै कसरी गर्न सक्छु, तपाईंका इच्छाहरूलाई पूरा गर्न सक्छु, र मसँग भएका सबै कुरा तपाईंलाई अर्पण गर्न सक्छु? मानिसको कमजोरी तपाईंलाई थाहा छ; तपाईंको प्रेमको लागि म कसरी योग्य बन्न सक्छु? हे परमेश्वर! म सानो कदको छु, मेरो प्रेम अत्यन्तै थोरै छ भन्ने तपाईंलाई थाहा छ। यस किसिमको वातावरणमा सक्दो मैले कसरी गर्न सक्छु? मैले तपाईंको प्रेमको ऋण तिर्नुपर्छ भन्ने मलाई थाहा छ, मसँग भएको सबै कुरा मैले तपाईंलाई दिनुपर्छ भन्ने मलाई थाहा छ, तर आज मेरो कद अत्यन्तै सानो छ। मलाई शक्ति र आत्मबल दिनुहोस् भनी म बिन्ती गर्छु, ताकि तपाईंलाई समर्पण गर्नको लागि मैले अझै बढी शुद्ध प्रेम प्राप्त गर्न सकूँ, र मसँग भएका सबै कुरालाई अझै बढी तपाईंमा समर्पण गर्न सकूँ; म तपाईंको प्रेमको ऋण तिर्न सक्ने मात्रै होइन, तर तपाईंको सजाय, न्याय र परीक्षाहरूलाई, र अझै बढी गम्भीर श्रापहरूलाई म अझै बढी अनुभव गर्न सक्नेछु। तपाईंले मलाई तपाईंको प्रेम हेर्न दिनुभएको छ, र तपाईंलाई प्रेम नगरी बस्न म असक्षम छु, र म आज कमजोर र शक्तिहीन भए तापनि, म तपाईंलाई कसरी बिर्सन सक्थेँ र? तपाईंको प्रेम, सजाय र न्याय सबैले मलाई तपाईंलाई जान्ने तुल्याएको छ, तैपनि तपाईंको प्रेमलाई पूरा गर्नको लागि म असक्षम छु भन्ने मलाई लाग्छ, किनभने तपाईं अत्यन्तै महान् हुनुहुन्छ। मसँग भएको सबै कुरालाई मैले सृष्टिकर्तालाई कसरी समर्पण गर्न सक्छु?” पत्रुसको अनुरोध यस्तै थियो, तैपनि तिनको कद अत्यन्तै अपर्याप्त थियो। यस क्षणमा, उनले यस्तो महसुस गरे मानौं उसको हृदयमा छुरी चलाइएको छ। उनी वेदनामा थिए; यस्तो अवस्थामा के गर्ने हो उनलाई केही थाहा थिएन। तैपनि उनले प्रार्थनालाई जारी नै राखे: “हे परमेश्वर! मानिस बालकको जस्तो कदमा छ, उसको विवेक दुर्बल छ, र मैले पूरा गर्न सक्ने एउटै मात्र कुरा भनेको तपाईंको प्रेमको ऋण तिर्नु मात्रै हो। आज, तपाईंका इच्छाहरूलाई कसरी सन्तुष्ट पार्ने त्यो कुरा मलाई थाहा छैन, र मैले गर्न सक्ने सबै कुरा गर्न, मसँग भएको सबै कुरा दिन, र मसँग भएको सबै कुरा तपाईंमा समर्पित गर्ने एउटै इच्छा मसँग छ। तपाईंको न्यायको बाबजुत पनि, तपाईंको सजायको बाबजुत पनि, तपाईंले मलाई जे दिनुहुन्छ त्यसको बाबजुत पनि, तपाईंले मबाट जे लिनुहुन्छ त्यसको बाबजुत पनि, तपाईंप्रति गर्ने सानोभन्दा सानो गुनासोबाट मलाई स्वतन्त्र गर्नुहोस्। तपाईंले मलाई सजाय दिनुहुँदा र मेरो न्याय गर्नुहुँदा धेरै पटक मैले आफैसँग गनगन गरेँ, र शुद्धतालाई प्राप्त गर्न, वा तपाईंका इच्छाहरूलाई पूरा गर्न म असक्षम रहेँ। तपाईंको प्रेमको ऋण तिर्ने मेरो कार्य बाध्यताद्वारा पैदा भएको थियो, र यो क्षणमा म आफैलाई अझै बढी घृणा गर्छु।” परमेश्वरको अझ शुद्ध प्रेमको खोजी गरेको कारणले पत्रुसले यसरी प्रार्थना गरे। तिनले खोजी गरिरहेका थिए, र तिनी बिन्ती गरिरहेका थिए, र, यसको साथै, तिनले आफैलाई दोषी ठहराइरहेका थिए, र परमेश्वरसँग आफ्नो पाप स्वीकार गरिरहेका थिए। आफू परमेश्वरप्रति ऋणी भएको उनलाई महसुस भयो, र आफैप्रति घृणाको महसुस भयो, तैपनि केही हिसाबले उनी दुःखित र निष्क्रिय पनि थिए। उनी परमेश्वरका इच्छाहरू पूरा गर्न पर्याप्त थिएनन् र उनको सक्दो गर्न असक्षम थिए झैँ गरी उनले सँधै यस्तै महसुस गर्थे। त्यस्ता अवस्थाहरूमा पनि पत्रुसले अय्यूबको जस्तो विश्वासको अनुसरण गरे। अय्यूबको विश्वास कति महान् थियो भन्ने कुरालाई उनले देखेका थिए, किनभने उनले आफूसँग सबै थोक परमेश्वरले दिनुभएको हो, र तिनीबाट सबै कुरा परमेश्वरले लानु स्वभाविकै हो, परमेश्वरले जसलाई चाहनुहुन्छ त्यसलाई दिनुहुन्छ भन्ने कुरा अय्यूबले देखेका थिए—परमेश्वरको धर्मी स्वभाव त्यस्तो थियो। आय्यूबसँग कुनै गुनासो थिएन, र उनले अझै पनि परमेश्वरको प्रशंसा गर्न सक्थे। पत्रुसले आफैलाई चिनेका थिए, र आफ्नो हृदयमा तिनले यसो भन्दै प्रार्थना गरे, “आज, मेरो विवेकको प्रयोग गरेर तपाईंको प्रेमको ऋण तिरेर अनि मैले तपाईंलाई जति नै धेरै प्रेम फिर्ता दिए पनि, त्यसमा मात्रै म सन्तुष्ट हुनुहुँदैन, किनभने मेरा विचारहरू अत्यन्तै भ्रष्ट छन्, र तपाईंलाई सृष्टिकर्ताको रूपमा हेर्न म असक्षम छु। तपाईंलाई प्रेम गर्नको निम्ति म अझै पनि अयोग्य भएको हुनाले, मैले मसँग भएको सबै कुरा तपाईंलाई समर्पण गर्ने क्षमताको विकास गर्नुपर्छ, जुन म स्वेच्छाले गर्नेछु। तपाईंले गर्नुभएका सबै कुरा मैले जान्नैपर्छ, र मसँग कुनै विकल्प छैन, र मैले तपाईंको प्रेमलाई हेर्नैपर्छ, र तपाईंको प्रशंसा गर्नैपर्छ र तपाईंको पवित्र नाउँको बढाइ गर्नुपर्छ, ताकि तपाईंले मबाट महान् महिमा प्राप्त गर्नुभएको होस्। तपाईंप्रतिको यो साक्षीमा म दह्रिलो गरी खडा हुन तत्पर छु। हे परमेश्वर! तपाईंको प्रेम कति बहुमूल्य र सुन्दर छ; म कसरी दुष्टको हातमा जिउने इच्छा गर्न सक्छु र? के मलाई तपाईंले बनाउनुभएको होइन र? म कसरी शैतानको अधिकार क्षेत्रमा जिउन सक्छु? मेरो सम्पूर्णता नै तपाईंको सजायमा जिओस् भन्ने मेरो चाहना छ। दुष्टको अधिकार क्षेत्रमा जिउन मलाई मन छैन। यदि म शुद्ध बनाइन सक्छु भने, र मसँग भएका सबै कुरा तपाईंमा समर्पण गर्न सक्छु भने, म मेरो शरीर र मन तपाईंको न्याय र सजायको निम्ति समर्पित गर्न तत्पर छु, किनभने म शैतानलाई घृणा गर्छु, र म त्यसको अधिकार क्षेत्रमा जिउन चाहन्नँ। मलाई तपाईंले गर्नुहुने न्यायद्वारा, तपाईंले आफ्नो धर्मी स्वभावलाई देखाउनुहुन्छ; म खुशी छु, र मसँग अलिकति पनि गुनासो छैन। यदि मैले एउटा प्राणीको दायित्वलाई पूरा गर्न सक्छु भने, मेरो सम्पूर्ण जीवनमा नै तपाईंको न्यायको साथ होस् भन्ने म चाहन्छु, जसद्वारा म तपाईंको धर्मी स्वभावलाई जान्नेछु, र दुष्टको प्रभावबाट आफैलाई म मुक्त गर्नेछु।” पत्रुसले सँधै यसरी प्रार्थना गर्थे, सँधै यसरी खोजी गर्थे, र तुलनात्मक रूपमा भन्दा, उनी उच्च क्षेत्रमा पुगे। उनले परमेश्वरको प्रेमको ऋण तिर्न मात्र सकेनन्, तर, अझै महत्वपूर्ण कुरा त, एक प्राणीका रूपमा आफ्नो कर्तव्यलाई पनि उनले पूरा गरे। उनलाई उनको विवेकले दोष मात्रै दिएन, तर उनले विवेकका मापदण्डहरूलाई नाघ्न सके। उनको प्रार्थनाहरू निरन्तर रूपमा माथि परमेश्वरकहाँ गए, जसले गर्दा उनका आकांक्षाहरू सँधै उच्च थिए, र परमेश्वरप्रतिको उनको प्रेम सँधै महान् थियो। उनले वेदनापूर्ण पीडा सहे तापनि, उनले परमेश्वरलाई प्रेम गर्न भुलेनन्, र उनले परमेश्वरको इच्छालाई बुझ्न सक्ने क्षमतालाई प्राप्त गर्ने प्रयास गरे। आफ्नो प्रार्थनाहरूमा उनले निम्न शब्दहरूको उच्चारण गरे: “तपाईंको प्रेमको ऋण तिर्ने बाहेक मैले अरू केही पनि गरेको छैन। मैले शैतानको अघि तपाईंको साक्षी दिएको छैन, मैले आफैलाई शैतानको प्रभावबाट मुक्त गरेको छैन, र म अझै पनि शरीरमा जिउँछु। म शैतानलाई हराउनको लागि, यसलाई लाजमा पार्नको लागि मेरो प्रेम प्रयोग गर्न, र यसरी तपाईंको इच्छालाई पूरा गर्न चाहन्छु। म मेरो सम्पूर्णता तपाईंलाई दिन चाहन्छु, म आफैलाई अलिकति पनि शैतानलाई दिन चाहन्नँ, किनभने शैतान तपाईंको शत्रु हो।” तिनले यो दिशामा जति खोजी गरे, त्यति नै तिनी उत्तेजित भए, र यी विषयहरूमा तिनको ज्ञान त्यति नै उच्च भयो। यसलाई महसुस नगरिकन नै, उनले आफैलाई शैतानको प्रभावबाट मुक्त गर्नुपर्छ, र आफैलाई पूर्ण रूपमा परमेश्वर फर्काउनुपर्छ भन्ने कुरा जाने। उनले प्राप्त गरेको क्षेत्र यस्तो थियो। उनले शैतानको प्रभावलाई नाघ्दैथिए, र शरीरको सुख-चैन र आनन्दहरूबाट आफैलाई मुक्त गर्दैथिए, र परमेश्वरको सजाय र उहाँको न्याय दुवैलाई अझै गहन रूपमा अनुभव गर्न इच्छुक हुँदैथिए। उनले भने, “म तपाईंको सजायको माझमा छु, र तपाईंको न्यायको माझमा छु तापनि, त्यसले ल्याउने कठिनाइको बाबजुत पनि, म शैतानको अधिकार क्षेत्रमा जिउन अनिच्छुक छु, शैतानको चलाकीको कष्ट भोग्न म अनिच्छुक छु। तपाईंका श्रापहरूमा जिउन म आनन्द मान्छु, र शैतानको आशीर्वादहरूमा जिएर म पीडित छु। तपाईंको न्यायमा जिएर म तपाईंलाई प्रेम गर्छु, र यसले मलाई निकै ठूलो आनन्द दिन्छ। तपाईंका सजाय र न्याय धार्मिक र पवित्र छन्; यो मलाई शुद्ध पार्नको लागि हो, र त्योभन्दा पनि बढी, यो मलाई मुक्ति दिनको लागि हो। म मेरो सम्पूर्ण जीवन तपाईंको न्यायमा नै बिताउन इच्छा गर्छु ताकि म तपाईंको हेरचाहमा रहन सकूँ। म एक क्षण पनि शैतानको अधिकार क्षेत्रमा जिउन चाहन्नँ; म तपाईंबाट शुद्ध पारिन चाहन्छु; कष्ट नै भोग्नु परे तापनि, म शैतानद्वारा शोषित हुन र त्यसको छलमा पर्न चाहन्नँ। म, अर्थात् यस प्राणीलाई तपाईंद्वारा प्रयोग गरिनुपर्छ, तपाईंद्वारा स्वामित्वमा राखिनुपर्छ, तपाईंद्वारा न्याय गरिनुपर्छ, र तपाईंद्वारा सजाय दिइनुपर्छ। म तपाईंद्वारा श्रापित समेत हुनुपर्छ। जब तपाईं मलाई आशिष दिन इच्छुक हुनुहुन्छ तब मेरो हृदय आनन्दित हुन्छ, किनभने मैले तपाईंको प्रेम देखेको छु। तपाईं सृष्टिकर्ता हुनुहुन्छ, र म एक प्राणी हुँ: तपाईंलाई धोका दिएर म शैतानको अधिकार क्षेत्रमा जिउनु हुँदैन, न त म शैतानद्वारा शोषित हुनुपर्छ। शैतानको लागि जिउनुभन्दा त म तपाईंको घोडा, वा गोरु हुनु परोस्। बरु म कुनै पनि शारीरिक आनन्दविना नै तपाईंको सजाय सहेर बस्छु, र मैले तपाईंको अनुग्रहलाई गुमाउनु परे तापनि यसले मलाई आनन्द दिन्छ। तपाईंको अनुग्रह मसँग नभए पनि, तपाईंको सजाय र न्यायमा म आनन्द लिन्छु; तपाईंको सबैभन्दा उत्तम आशिष, तपाईंको महान् अनुग्रह यही नै हो। मप्रति तपाईं सँधै प्रतापी र क्रोधित हुनुभए तापनि, म तपाईंलाई छोड्न असक्षम छु, र तपाईंलाई पर्याप्त प्रेम गर्न सक्दिन। म तपाईंको घरमा बस्न रुचाउँछु, म तपाईंद्वारा श्रापित हुन, सजाय दिइएको, र प्रहार गरिएको चाहन्छु, र म शैतानको अधिकार क्षेत्रमा जिउन इच्छुक छैन, न त म शरीरको लागि मात्रै दौडधूप गर्न र व्यस्त हुन इच्छुक छु, शरीरको लागि जिउने कुरा त परै जाओस्।” पत्रुसको प्रेम एउटा शुद्ध प्रेम थियो। सिद्ध बनाइनुको अनुभव, र सिद्ध बनाइनुको सबैभन्दा उच्च क्षेत्र यही नै हो; योभन्दा अर्थपूर्ण जीवन अरू छैन। उनले परमेश्वरको सजाय र न्यायलाई स्वीकार गरे, उनले परमेश्वरको धर्मी स्वभावलाई बहुमूल्य ठाने, र पत्रुसको बारेमा अझै बहुमूल्य केही पनि थिएन। उनले भने, “शैतानले मलाई भौतिक आनन्दहरू दिन्छ, तर म तिनलाई बहुमूल्य ठान्दिनँ। ममाथि परमेश्वरको सजाय र न्याय आउँछ—यसमा मैले अनुग्रह पाउँछु, यसमा मैले आनन्द पाउँछु, र यसमा म आशिषित छु। परमेश्वरको न्याय नभएको भए, मैले परमेश्वरलाई कहिल्यै पनि प्रेम गर्ने थिइन, म अझै पनि शैतानको अधिकार क्षेत्रमा हुने थिएँ, अझै पनि यसद्वारा नियन्त्रित र यसकै आज्ञामा हुने थिएँ। त्यस्तो भएको भए, म कहिल्यै पनि वास्तविक मानव बन्ने थिइन, किनभने परमेश्वरलाई सन्तुष्ट तुल्याउन म असक्षम हुन्थें, र मेरो सम्पूर्णता परमेश्वरलाई समर्पित गर्ने थिइन। ममा कुनै भित्री सान्त्वना नछोडी मभित्र आगो नै बलिरहेको जस्तो गरी मलाई छोडेर, र शान्ति वा आनन्दविना मलाई छोडेर, परमेश्वरले मलाई आशिष नदिनुभए तापनि, साथै परमेश्वरको सजाय र अनुशासन मबाट कहिल्यै टाढा नगए तापनि, परमेश्वरको सजाय र न्यायमा म उहाँको धर्मी स्वभावलाई हेर्न सक्षम हुन्छु। म यसमा आनन्दित हुन्छु; जीवनमा योभन्दा बढी बहुमूल्य वा अर्थपूर्ण कुरा केही पनि छैन। उहाँको सुरक्षा र हेरचाह निर्दयी सजाय, न्याय, श्रापहरू, र प्रहार बनेको भए तापनि, म यी कुराहरूमा आनन्द लिन्छु, किनभने यी कुराहरूले मलाई अझै राम्ररी शुद्ध पार्न र परिवर्तन गर्न सक्छन्, मलाई परमेश्वरको नजिकमा ल्याउन सक्छ, परमेश्वरलाई प्रेम गर्न मलाई अझै सक्षम तुल्याउन सक्छ, र परमेश्वरप्रतिको मेरो प्रेमलाई अझै शुद्ध बनाउन सक्छ। यसले मलाई एक प्राणीको रूपमा मेरो कर्तव्यलाई पूरा गर्न सक्षम तुल्याउँछ, र मलाई परमेश्वरको सामु लैजान्छ अनि शैतानको प्रभाबाट टाढा लैजान्छ, ताकि मैले त्यस उप्रान्त शैतानको सेवा गर्नु नपरोस्। जब म शैतानको अधिकार क्षेत्रमा जिउँदिन, र जब कुनै पनि कुरा बाँकी नराखिकन मसँग भएका सबै कुरा र मैले परमेश्वरको लागि गर्न सक्ने सबै कुरा परमेश्वरलाई समर्पण गर्न सक्छु—त्यो नै म पूर्ण रूपमा सन्तुष्ट हुने क्षण हुनेछ छु। मलाई मुक्ति दिने परमेश्वरको सजाय र न्याय नै हो, र मेरो जीवनलाई परमेश्वरको सजाय र न्यायबाट अलग गर्न सकिँदैन। संसारमा रहेको मेरो जीवन शैतानको अधिकार क्षेत्रमा रहेको छ, र परमेश्वरको सजाय र न्यायको वास्ता र सुरक्षा नभएको भए, म सँधै शैतानको अधिकार क्षेत्रमा जिउनेथिएँ, र, यति मात्रै होइन, मैले अर्थपूर्ण जीवन जिउने मौका वा माध्यमहरू पाउने थिइनँ। परमेश्वरको सजाय र न्यायले मलाई कहिल्यै छोडेन भने मात्रै परमेश्वरद्वारा म शुद्ध पारिन सक्षम हुनेछु। परमेश्वरको कठोर वचन र धर्मी स्वभाव, अनि परमेश्वरको प्रतापी न्यायद्वारा मात्रै, मैले सर्वोच्च सुरक्षा पाएको छु र म ज्योतिमा जिएको छु, र मैले परमेश्वरका आशिषहरू प्राप्त गरेको छु। आफैलाई शुद्ध पारिनु, र शैतानबाट स्वतन्त्र पारिनु, साथै परमेश्वरको प्रभुत्वमा जिउनु—आज यो नै मेरो जीवनको सबैभन्दा महान् आशिष हो।” पत्रुसले अनुभव गरेको सबैभन्दा उच्च क्षेत्र यही नै हो।
— “वचन शरीरमा देखा पर्नुहुन्छ” बाट
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू