परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५१४

27 अप्रील 2022

परमेश्‍वरको सेवा गर्ने कुनै व्यक्तिले उहाँको निम्ति कसरी दुःख भोग्नुपर्छ भन्ने कुरा मात्र होइन, योभन्दा पनि बढी परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य परमेश्‍वरको प्रेमको पछि लाग्नु नै हो भन्‍ने कुरा पनि बुझ्‍नुपर्छ। परमेश्‍वरले तँलाई शोधन गर्न वा तँलाई दुःख दिनका निम्ति मात्र तँलाई प्रयोग गर्नुहुन्न, बरु तैँले उहाँका कामहरू जान्‍न सक्, मानव जीवनको वास्तविक महत्त्वलाई बुझ्‍न सक्, अनि विशेष गरी, परमेश्‍वरको सेवा गर्नु सजिलो काम होइन भनी तैँले बुझ्‍न सक् भनी तँलाई प्रयोग गर्नुहुन्छ। परमेश्‍वरको कामको अनुभव गर्नु भनेको उहाँको अनुग्रहबाट आनन्द पाउनु होइन, बरु उहाँप्रति भएको तेरो प्रेमको निम्ति दुःख भोग्नु हो। तैँले परमेश्‍वरको अनुग्रह उपभोग गर्छस् भने तैँले उहाँको सजाय पनि उपभोग गर्नुपर्छ; तैँले यो सब अनुभव गर्नैपर्छ। तैँले आफूभित्र परमेश्‍वरको ज्ञानको अनुभव गर्न सक्छस्, र उहाँले तँसँग कसरी निराकरण र न्याय गर्नुहुन्छ भन्ने पनि तैँले अनुभव गर्न सक्छस्। यस्तो प्रकारले तेरो अनुभव व्यापक हुनेछ। परमेश्‍वरले तँमाथि उहाँको न्याय र सजायको काम पूरा गर्नुभएको छ। परमेश्‍वरको वचनले तँलाई निराकरण गर्नुभएको छ, तर त्यति मात्र होइन यसले तँलाई ज्ञान र प्रकाश पनि दिएको छ। जब तँ नकारात्मक र कमजोर बन्छस्, परमेश्‍वरले तेरो निम्ति चिन्ता गर्नुहुन्छ। यी सबै काम मानिसको विषयमा सबै कुरा परमेश्‍वरका योजनाहरूभित्र हुँदछ भन्‍ने कुरा तँलाई जान्‍न दिनको लागि नै गरिन्छ। हुन सक्छ, परमेश्‍वरमा विश्‍वास गर्नु भनेको दुःख भोग्नका निम्ति हो, वा उहाँका निम्ति हरकिसिमका कुराहरू गर्नु हो भन्‍ने तँ ठान्छस् होला; परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य तेरो शरीर शान्तिमा रहोस् भन्ने हो वा तेरो जीवनका सबै कुरा राम्ररी चलोस्, वा सबै कुरामा तँलाई सुविधा र सहज होस् भन्‍ने तँलाई लाग्‍नसक्छ। तापनि मानिसले परमेश्‍वरमा भएको तिनीहरूका विश्‍वासमा यी कुनै पनि उद्देश्यहरूलाई जोड्नुहुँदैन। यदि तँ यी उद्देश्यहरूका निम्ति विश्‍वास गर्छस् भने तेरो दृष्टिकोण गलत छ, अनि तँलाई सिद्ध पारिनु यसै पनि असम्भव हुन्छ। परमेश्‍वरका कामहरू, परमेश्‍वरको धार्मिक स्वभाव, उहाँको बुद्धि, उहाँका वचनहरू, उहाँको आश्‍चर्यपन र अज्ञातता, यी सबै कुरा मानिसहरूले बुझ्नुपर्ने कुराहरू हुन्। यो बुझेपछि तैँले आफ्नो हृदयका सबै व्यक्तिगत मागहरू, आशाहरू, र विचारहरूबाट छुटकारा पाउन यसको प्रयोग गर्नुपर्छ। यी कुराहरूलाई हटाएर मात्र तँ परमेश्‍वरले माग गर्नुभएका सर्तहरूलाई पूरा गर्न सक्छस्, र त्यसो गरेर मात्र तैँले जीवन प्राप्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्छस्। परमेश्‍वरमा विश्‍वास गर्नुको उद्देश्य उहाँलाई सन्तुष्ट पार्नु र उहाँले माग गर्नुभएको स्वभावअनुसार जिउनु हो, ताकि अयोग्य मानिसहरूको यस झुन्डबाट उहाँको कार्य र महिमा प्रकट हुन सकोस्। यो परमेश्‍वरमा विश्‍वास गर्ने सही दृष्टिकोण हो अनि तैँले खोज्नुपर्ने लक्ष्य पनि यही नै हो। तँसित परमेश्‍वरमा विश्‍वास गर्ने बारेमा सही दृष्टिकोण हुनुपर्छ र तैँले परमेश्‍वरको वचन प्राप्त गर्ने कोसिस गर्नुपर्छ। तैँले परमेश्‍वरको वचन खानु र पिउनु पर्छ र तँ सत्यतामा जिउन सक्नुपर्छ, अनि विशेष गरी तैँले सम्पूर्ण ब्रह्माण्डमा भएका उहाँका व्यावहारिक कार्यहरू, उहाँका अचम्मका कामहरू साथै उहाँले देहमा गर्नुहुने व्यावहारिक कार्यहरू देख्न सक्नुपर्छ। आफ्‍ना व्यावहारिक अनुभवहरूद्वारा मानिसहरूले उनीहरूमा परमेश्‍वरले कसरी काम गर्नुहुन्छ र तिनीहरूप्रति उहाँको इच्छा के छ सो बुझ्न सक्छन्। यी सबैको उद्देश्य भनेको मानिसहरूको भ्रष्ट शैतानिक स्वभावलाई हटाउनु हो। तँभित्रका सबै अशुद्धता अधार्मिकता हटाएपछि, अनि तेरा गलत उद्देश्यहरू फालेपछि र परमेश्‍वरमा साँचो विश्‍वास विकास गरेपछि—साँचो विश्‍वासद्वारा मात्र तैँले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्छस्। परमेश्‍वरमाथिको तेरो विश्‍वासको आधारमा मात्रै तैँले उहाँलाई साँचो प्रेम गर्न सक्छस्। के परमेश्‍वरमा विश्‍वास नगरी तैँले उहाँको निम्ति प्रेम प्राप्त गर्न सक्छस्? तैँले परमेश्‍वरमा विश्‍वास गर्छस् यसैले तँ त्यस विषयमा भ्रमित बन्न सक्दैनस्। केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्दा आशिषहरू पाइन्छ भन्‍ने देख्‍न साथ जोशले भरिन्छन्, तर तिनीहरूले शोधनको कष्ट भोग्नुपर्छ भन्‍ने देख्‍नसाथ सबै ऊर्जा गुमाउँछन्। के त्यो परमेश्‍वरमा विश्‍वास गर्नु हो? आखिरीमा तैँले आफ्नो विश्‍वासमा परमेश्‍वरको सामु पूर्ण र पूरा आज्ञापालन प्राप्त गर्नुपर्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्छस्, तर अझै पनि उहाँबाट मागहरू गर्छस्, तैँले दबाउन नसक्ने धेरै वटा धार्मिक धारणाहरू छन्, तैँले छोड्न नसक्ने व्यक्तिगत रुचिहरू छन्, र अझै पनि तँ देहको आशिष् खोज्छस् र परमेश्‍वरले तेरो शरीरलाई उद्धार गर्नुभएको, तेरो प्राणलाई मुक्ति दिनुभएको चाहन्छस् साँचो रूपमा यी सबै गलत दृष्टिकोण भएका मानिसहरूमा हुने व्यवहारहरू हुन्। धार्मिक विश्‍वास हुने मानिसहरूमा परमेश्‍वरप्रति विश्‍वास भए पनि तिनीहरू आफ्नो स्वभाव परिवर्तन गर्न खोज्दैनन् र परमेश्‍वरको ज्ञानको खोजी गर्दैनन्, तर तिनीहरूका देहको हित हुने कुराहरू मात्र खोज्छन्। तिमीहरूमध्ये धेरै जनामा धार्मिक निश्‍चयताको वर्गमा पर्ने विश्‍वास छ; यो परमेश्‍वरमाथिको साँचो विश्‍वास होइन। परमेश्‍वरमा विश्‍वास गर्नको निम्ति मानिसहरूमा त्यस्तो हृदय हुनुपर्छ, जुन उहाँको निम्ति दुःख भोग्न तयार हुन्छ र आफैलाई त्याग्ने इच्छा गर्छ। मानिसले यी दुईवटा सर्त पूरा नगरे परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास मान्य हुँदैन, र तिनीहरू आफ्नो स्वभावमा परिवर्तन ल्याउन सक्षम हुँदैनन्। साँचो रूपले सत्यताको पछि लाग्‍ने, परमेश्‍वरको ज्ञानको खोजी गर्ने र जीवनको पछि लाग्‍ने मानिसहरू मात्रै परमेश्‍वरमा साँच्चै विश्‍वास गर्नेहरू हुन्।

— “वचन देहमा देखा पर्नुहुन्छ” बाट उद्धृत गरिएको

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्