परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ५०७

30 नोभेम्बर 2022

तिमीहरू परीक्षा र शोधनको बीचमा छौ। शोधनको क्रममा तिमीहरूले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? शोधन अनुभव गरेपछि मानिसहरूले परमेश्‍वरलाई साँचो प्रशंसा चढाउन सक्छन्, र शोधनको बीचमा, तिनीहरूले आफूमा धेरै कुराको कमी छ भन्‍ने कुरा देख्‍न सक्छन्। तेरो शोधन जति धेरै हुन्छ, तैँले त्यति नै बढी देहलाई इन्कार गर्न सक्छस्; मानिसहरूको शोधन जति ठूलो हुन्छ, परमेश्‍वरप्रतिको तिनीहरूको प्रेम त्यति नै महान् हुन्छ। तिमीहरूले बुझ्नुपर्ने कुरा यही हो। मानिसहरू किन शोधनबाट गुज्रनुपर्छ? कस्तो प्रभाव पार्ने यसको लक्ष्य हुन्छ? परमेश्‍वरले मानिसमा गर्नुहुने शोधनको कामको महत्त्व के हो? यदि तँ साँच्चै परमेश्‍वरलाई खोज्छस् भने, केही हदसम्म उहाँको शोधन अनुभव गरेपछि तँलाई त्यो अति नै असल लाग्छ र अत्यन्तै आवश्यक छ भन्‍ने महसुस हुनेछ। शोधनको क्रममा मानिसले कसरी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ? परमेश्‍वरलाई प्रेम गर्नका लागि उहाँको शोधनलाई स्वीकार गर्ने सङ्कल्प गरेर: शोधनको क्रममा तँलाई आन्तरिक रूपमा यातना दिइन्छ, मानौं तेरो हृदयमा छुरी चलाइएको छ, तैपनि तँ परमेश्‍वरलाई प्रेम गर्ने आफ्नो हृदय प्रयोग गरी उहाँलाई प्रसन्न तुल्याउन चाहन्छस्, र तँ देहको वास्ता गर्न अनिच्छुक हुन्छस्। परमेश्‍वरको प्रेम अभ्यास गर्नु भनेको यही हो। तँलाई आन्तरिक रूपमा चोट परेको हुन्छ, र तेरो कष्ट एक निश्चित बिन्दुमा पुगेको हुन्छ, तैपनि तँ अझै परमेश्‍वरसामु आउन र यसरी प्रार्थना गर्न इच्छुक हुन्छस्: “हे परमेश्‍वर! म तपाईंलाई छोड्न सक्दिनँ। मभित्र अन्धकार छ, तैपनि म तपाईंलाई सन्तुष्ट पार्न चाहन्छु; तपाईं मेरो हृदय जान्नुहुन्छ, र तपाईंले आफ्नो प्रेम मभित्र झनै धेरै हालिदिनुहोस् भन्‍ने म चाहन्छु।” यो शोधनको समयको अभ्यास हो। यदि तैँले परमेश्‍वरको प्रेमलाई आधारको रूपमा प्रयोग गर्छस् भने, शोधनले तँलाई परमेश्‍वरको अझ नजिक ल्याउन सक्छ र तँलाई परमेश्‍वरसँग अझ घनिष्ठ बनाउँछ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले आफ्नो हृदय परमेश्‍वरलाई सुम्‍पनैपर्छ। यदि तैँले परमेश्‍वरको सामने आफ्‍नो हृदयलाई चढाउँछस् र सुम्पन्छस् भने, शोधनको अवधिमा उहाँलाई अस्वीकार गर्न वा छोड्न असम्भव हुनेछ। यस प्रकारले परमेश्‍वरसँगको तेरो सम्बन्ध अझ नजिक र अझ सामान्य हुँदै जानेछ, र उहाँसँगको तेरो कुराकानी अझ निरन्तर हुनेछ। यदि तँ सधैँ यस प्रकारले अभ्यास गर्छस् भने, तैँले परमेश्‍वरको प्रकाशमा अधिक समय बिताउनेछस् र उहाँको वचनको मार्गदर्शनमा अझ बढी समय बिताउनेछस्। तेरो स्वभावमा झन्-झन् बढी परिवर्तनहरू पनि हुनेछन् र तेरो ज्ञान दिन प्रतिदिन बढ्नेछ। जब परमेश्‍वरको परीक्षा अचानक तँमाथि आइपर्ने दिन आउनेछ, तब तँ परमेश्‍वरको पक्षमा खडा हुन सक्षम मात्र हुनेछैनस्, तर उहाँको गवाही दिन पनि सक्षम हुनेछस्। त्यसबेला तँ अय्यूब र पत्रुसजस्तै हुनेछस्। परमेश्‍वरको गवाही दिएपछि तैँले उहाँलाई साँच्चै प्रेम गर्नेछस्, र खुसीसाथ आफ्‍नो जीवन उहाँलाई समर्पण गर्नेछस्; तँ परमेश्‍वरको साक्षी र प्रिय बन्‍नेछस्। जुन प्रेमले शोधनको अनुभव गरेको हुन्छ त्यो प्रेम बलियो हुन्छ, कमजोर होइन। परमेश्‍वरले तँलाई जहिले वा जसरी उहाँका परीक्षाहरूमा पार्नुभए पनि, तैँले जिउने वा मर्ने चिन्तालाई पन्छाउन सक्षम हुनेछस्, सबै कुरा परमेश्‍वरका लागि खुशीसाथ त्याग्न सक्छस्, र उहाँका लागि खुसीसाथ कुनै पनि कुरा सहन सक्छस्—यसप्रकार तेरो प्रेम शुद्ध हुनेछ र तेरो विश्‍वास वास्तविक हुनेछ। तब मात्र तँ परमेश्‍वरद्वारा साँच्चै प्रेम गरिएको र उहाँद्वारा साँच्चै सिद्ध पारिएको व्यक्ति बन्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

परमेश्‍वर सामु आफ्नो हृदय देऊ यदि उहाँमा विश्‍वास गर्छौ भने

पद १

तिमी परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले, आफ्नो हृदय उहाँ सामु सुम्प। यदि उहाँ सामु हृदय चढाएर सुम्पेमा, शोधनको अवधिमा उहाँलाई अस्वीकार गर्न वा छोड्न असम्भव हुनेछ। यसरी उहाँसँग तिम्रो सम्बन्ध अझै नजिक, अझै सामान्य हुनेछ र उहाँसँग कुराकानी अझै बारम्बार हुनेछ।

कोरस १

यसरी सधैँ अभ्यास गरेमा, तिमीले परमेश्‍वरको प्रकाशमा र उहाँका वचनको मार्गर्दशनमा धेरै समय बिताउनेछौ। तिम्रो स्वभावमा पनि धेरै परिवर्तन आउनेछन् र तिम्रो ज्ञान दिनदिनै बढ्नेछ।

पद २

तिमी माथि अचानक उहाँको जाँचको दिन आउँदा, उहाँको पक्षमा खडा हुन मात्र होइन, गवाही दिन पनि सक्षम हुनेछौ। त्यसबेला अय्यूब र पत्रुसझैँ हुनेछौ। त्यसबेला अय्यूब र पत्रुसझैँ हुनेछौ।

पूर्व कोरस

उहाँको गवाही दिएकोले, उहाँलाई साँच्चै प्रेम गर्नेछौ र खुसीसाथ जीवन समर्पण गर्नेछौ; उहाँको साक्षी र उहाँको प्रिय बन्नेछौ।

कोरस २

शोधन अनुभव गरेको प्रेम बलियो हुन्छ, कमजोर होइन। उहाँले तिमीलाई जहिले र जहाँ जाँचमा पार्नुभए पनि, तिमी जिउने वा मर्ने चिन्तालाई पन्छ्याउन सक्षम छौ, तिमी जिउने वा मर्ने चिन्तालाई पन्छ्याउन सक्षम छौ, उहाँको लागि सबै त्याग्न र खुसीसाथ सबै सहन सक्छौ— यसरी तिम्रो प्रेम शुद्ध र विश्‍वास वास्तविक हुनेछ। तब मात्र तिमी उहाँद्वारा साँच्चै प्रेम गरिएको र उहाँद्वारा सिद्ध पारिएको हुनेछौ, परमेश्‍वरद्वारा सिद्ध पारिएको।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्