परमेश्‍वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४७९

25 फेब्रुअरी 2022

पावलले गरेको काम मानिसको अघि प्रदर्शन गरियो, तर परमेश्‍वरप्रतिको तिनको प्रेम कति चोखो थियो र आफ्‍नो हृदयको अन्तस्करणमा तिनले परमेश्‍वरलाई कति धेरै प्रेम गर्थे—मानिसले यी कुराहरू देख्‍न सक्दैन। उसले गरेको कामलाई मात्रै मानिसले देख्‍न सक्छ, जसद्वारा मानिसले तिनी पवित्र आत्माद्वारा प्रयोग गरिएका थिए भन्‍ने जान्‍दछ, र त्यसकारण मानिसले के विचार गर्छ भने पावल पत्रुसभन्दा उत्तम थिए, तिनको काम महान् थियो, किनभने तिनले मण्डलीहरूलाई प्रदान गर्न सकेका थिए। पत्रुसले आफ्‍नो व्यक्तिगत अनुभवहरूलाई मात्र हेरे र उनले बेला-बेलामा गर्ने कामको अवधिमा थोरै मानिसहरू मात्रै प्राप्त गरे। तिनका एक-दुई वटा त्यति परिचित नरहेका पत्रहरू मात्रै छन्, तर तिनको हृदयको अन्तस्करणमा परमेश्‍वरको लागि तिनको प्रेम कति महान् थियो भन्‍ने कुरा कसलाई थाहा छ र? दिन-रात पावलले परमेश्‍वरकै लागि काम गर्थे: जबसम्‍म गर्नुपर्ने काम हुन्थ्यो, उनले त्यो काम गर्थे। यसरी तिनले मुकुट प्राप्त गर्नेछन्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्‍नेछन् भन्‍ने उनलाई लागेको थियो, तैपनि तिनले आफ्‍नो कामद्वारा आफैलाई परिवर्तन गर्ने तरिकाहरूको खोजी गरेनन्। परमेश्‍वरको चाहनालाई सन्तुष्ट नगर्ने पत्रुसको जीवनको कुनै पनि कुराले तिनलाई असहज महसुस गरायो। यदि यसले परमेश्‍वरको चाहनालाई सन्तुष्ट पार्दैन थियो भने, तिनले ग्लानिको अनुभव गर्ने थिए, र परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्ने प्रयास गर्नको लागि तिनले उचित मार्गको खोजी गर्ने थिए। उनको जीवनको सबैभन्दा सानो र महत्त्वहीन पक्षहरूमा समेत, उनले आफैलाई परमेश्‍वरको चाहना सन्तुष्ट पार्न लगाउँथे। आफ्‍नो पुरानो स्वभावको हकमा तिनको मापदण्ड कम थिएन, त्यसैले तिनले सत्यतामा अझै गहन रूपमा अघि बढ्नको लागि आफैलाई झन्-झन् कठिन मापदण्डहरू दिन्थे। पावलले सतही सम्‍मान र हैसियत मात्रै खोज्थे। उनले आफैलाई मानिसको अघि प्रदर्शन गर्न खोज्थे, र जीवन प्रवेशमा कुनै पनि गहन प्रगति गर्ने प्रयास गर्दैन थिए। तिनलाई वास्तविकताको होइन धर्मसिद्धान्तको चासो थियो। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरको लागि पावलले धेरै काम गरे, किन तिनलाई परमेश्‍वरले सम्झनु भएन? पत्रुसले परमेश्‍वरको लागि थोरै काम बाहेक केही पनि गरेनन्, र मण्डलीहरूप्रति ठूलो योगदान दिएनन्, त्यसोभए किन तिनलाई सिद्ध पारियो?” परमेश्‍वरले माग गर्नुभएको निश्‍चित विन्दुसम्‍म पत्रुसले परमेश्‍वरलाई प्रेम गरे; यस्तो मानिसहरूमा मात्रै गवाही हुन्छ। पावलको विषयमा के भन्‍ने? कुन हदसम्‍म पावलले परमेश्‍वरलाई प्रेम गरे? के तँलाई थाहा छ? पावलको काम केको लागि गरियो? अनि पत्रुसको काम केको लागि गरियो? पत्रुसले त्यति धेरै काम गरेनन्, तर उसको हृदयको अन्तस्करणभित्र के थियो भन्‍ने के तँलाई थाहा छ? पावलको काम मण्डलीहरूको निम्ति प्रावधान, र मण्डलीहरूको सहयोगसँग सम्‍बन्धित थियो। पत्रुसले जे अनुभव गरेका थिए त्यो उनको जीवनको स्वभावका परिवर्तनहरू थिए; तिनले परमेश्‍वरप्रतिको प्रेमको अनुभव गरे। तिनीहरूका सारका बारेमा रहेका भिन्‍नताहरू अब तँलाई थाहा भएको हुनाले, के तँ आखिरमा कसले साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्‍यो, र कसले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गरेन सो देख्‍न सक्छस्? तिनीहरूमध्ये एक जनाले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गरे, र अर्कोले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गरेनन्; एक जना आफ्‍नो स्वभावमा परिवर्तन भएर गयो, र अर्को गएन; एउटाले नम्रताको साथ सेवा गरे, र मानिसहरूले तिनलाई त्यति सजिलै ध्यान दिएनन्, र अर्कोलाई मानिसहरूले आराधना गरे, र तिनी एक ठूलो छविको व्यक्ति थिए; एउटाले पवित्रताको खोजी गरे, र अर्कोले खोजी गरेन, र तिनी अशुद्ध थिएनन्, तैपनि तिनमा चोखो प्रेम थिएन; एक जनामा साँचो मानवता थियो, र अर्कोमा थिएन; एक जनामा परमेश्‍वरको सृष्टिको रूपमा आभास थियो, र अर्कोमा थिएन। पावल र पत्रुसको सारमा रहेका भिन्‍नताहरू यिनै हुन्। पत्रुसले हिँडेको मार्ग सफलताको मार्ग थियो, जुन सामान्य मानवता पुनर्प्राप्ति र परमेश्‍वरका सृष्टिको कर्तव्य पुनर्प्राप्ति हासिल गर्ने मार्ग पनि थियो। पत्रुसले तिनीहरू सबैलाई प्रतिनिधित्व गर्छन् जो सफल छन्। पावलले हिँडेको मार्ग असफलताको मार्ग थियो, र तिनले आफू स्वयमलाई सतही रूपमा समर्पित हुने र खर्च गर्ने, अनि परमेश्‍वरलाई सच्‍चा प्रेम नगर्नेहरू सबैलाई प्रतिनिधित्व गर्छन्। पावलले तिनीहरू सबैलाई प्रतिनिधित्व गर्छन्, जोसँग सत्य छैन। परमेश्‍वरमाथिको विश्‍वासमा, पत्रुसले सबै कुरामा परमेश्‍वरलाई नै सन्तुष्ट पार्न खोजे, र परमेश्‍वरबाट आएका सबै कुरालाई पालना गर्न खोजे। अलिकति पनि गुनासो नगरिकन, उनले सजाय र न्याय, साथै शोधन, संकष्ट र उसको जीवनमा नरोकिकन स्वीकार गर्न सकेका थिए, जसमध्ये कुनैले पनि परमेश्‍वरप्रतिको तिनको प्रेमलाई परिवर्तन गर्न सकेन। के यो परमेश्‍वरप्रतिको सर्वश्रेष्ठ प्रेम थिएन र? के यो परमेश्‍वरको एकजना सृष्टिको कर्तव्यको पूर्णता थिएन र? सजाय, न्यायमा होस् या संकष्टमा होस्, तैँले सँधै मृत्युसम्‍मै आज्ञापालन हासिल गर्न सक्छस्, र परमेश्‍वरको एकजना सृष्टिले हासिल गर्नुपर्ने यही नै हो, र परमेश्‍वरप्रतिको प्रेमको विशुद्धता यही नै हो। यदि मानिसले यतिसम्‍म हासिल गर्न सक्छ भने, ऊ परमेश्‍वरको सुयोग्य प्राणी हो, र सृष्टिकर्ताको चाहनालाई यसले जत्तिको राम्ररी सन्तुष्ट पार्ने अरू केही छैन। मानौं तँ परमेश्‍वरको लागि काम गर्न सक्छस्, तैपनि तँ परमेश्‍वरको आज्ञापालन गर्दैनस्, र तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस्। यसरी, तैँले परमेश्‍वरको सृष्टिको रूपमा रहेको कर्तव्यलाई पूरा नगरेको मात्रै हुने छैनस्, तर तँलाई परमेश्‍वरले दोषी पनि ठहर्याउनु हुनेछ, किनभने तँ त्यस्तो व्यक्ति होस् जोसँग सत्य छैन, जसले परमेश्‍वरको आज्ञापालन गर्न सक्दैन, र जो परमेश्‍वरप्रति अनाज्ञाकारी छ। तैँले परमेश्‍वरको लागि काम गर्ने बारेमा मात्रै चासो गर्छस्, र सत्यतालाई अभ्यास गर्ने वा आफैलाई चिन्‍ने बारेमा चासो गर्दैनस्। तैँले सृष्टिकर्तालाई बुझ्दैनस् वा चिन्दैनस्, र सृष्टिकर्ताको आज्ञापालन गर्दैनस् वा उहाँलाई प्रेम गर्दैनस्। तँ परमेश्‍वरप्रति अन्तर्निहित रूपमा अनाज्ञाकारी रहेको व्यक्ति होस्, र त्यसकारण त्यस्ता मानिसहरूलाई परमेश्‍वरले प्रिय ठान्‍नुहुन्‍न।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्