परमेश्वरका दैनिक वचनहरू: जीवनमा प्रवेश | अंश ४४८
2 अक्टोबर 2021
वास्तविकतामा, मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको मानिसभित्र अन्तर्निहित रहेका सबै कुराहरूको उपलब्धि हो, भन्नुको अर्थ, जुन कुरा मानिसको लागि सम्भव छ। त्यसपछि उसको दायित्व पूरा हुन्छ। आफ्नो सेवाको अवधिमा देखिने मानिसका कमजोरीहरू प्रगतिशील अनुभव र न्यायबाट भएर जानु पर्ने प्रक्रियामार्फत विस्तारै घटाइन्छन्; तिनले मानिसको दायित्वलाई वाधा दिदैनन् वा प्रभाव पार्दैनन्। आफ्नो सेवामा कमजोरीहरू हुन सक्छन् भन्ने डरले सेवा गर्न वा परिणाम ल्याउन छोड्ने र पछि हट्ने मानिसहरू नै सबैभन्दा कायरहरू हुन्। यदि मानिसहरूले सेवाको अवधिमा व्यक्त गर्नुपर्ने कुरालाई व्यक्त गर्न सक्दैनन् वा तिनीहरूको लागि सम्भव भएका कुरालाई अन्तर्निहित रूपमा तिनीहरूले उपलब्धि गर्न सक्दैनन्, र यसको सट्टामा समय बरबाद गर्छन् र आलटाल मात्रै गर्छन् भने, तिनीहरूले सृष्टि गरिएको प्राणीमा हुनुपर्ने कार्यगत प्रकार्यलाई गुमाएका हुन्छन्। त्यस्ता मानिसहरू “मध्यम-स्तरीय” भनेर चिनिन्छन्; तिनीहरू कार्य नलाग्ने रद्दी हुन्। त्यस्ता मानिसहरूलाई कसरी उचित रूपमा सृष्टि गरिएका प्राणीहरू भन्न सकिन्छ? के तिनीहरू भ्रष्ट प्राणीहरू होइनन् र, जो बाहिर चम्कन्छन् तर भित्र कुहिएका हुन्छन्? यदि कुनै मानिसले आफैलाई परमेश्वर हुँ भनी भन्छ तैपनि ईश्वरत्वलाई व्यक्त गर्न, स्वयम् परमेश्वरको कार्य गर्न, वा परमेश्वरलाई प्रतिनिधित्व गर्न असक्षम हुन्छ भने, ऊ निःसन्देह नै परमेश्वर होइन, किनकि ऊसँग परमेश्वरको सारतत्त्व छैन, र जुन कुरा परमेश्वरले अन्तर्निहित रूपमा प्राप्त गर्न सक्नुहुन्छ त्यो ऊभित्र अस्तित्वमा हुँदैन। यदि मानिसले ऊद्वारा अन्तर्निहित रूपमा नै प्राप्त गर्न सकिने कुरालाई गुमाउँछ भने, उसलाई अब उप्रान्त मानिस भन्न सकिँदैन, र ऊ सृष्टि गरिएको प्राणीको रूपमा खडा हुन वा परमेश्वरको अघि आउन र उहाँको सेवा गर्न योग्य हुँदैन। यसको साथै, परमेश्वरको अनुग्रह ग्रहण गर्न वा उहाँको हेरचाह पाउन, सुरक्षा प्राप्त गर्न, र परमेश्वरद्वारा सिद्ध गरिन ऊ योग्यको हुँदैन। परमेश्वरको भरोसालाई गुमाएका धेरैले परमेश्वरको अनुग्रहलाई पनि गुमाउन पुग्छन्। तिनीहरूले आफ्ना दुष्कर्महरूलाई घृणा मात्रै गर्दैनन्, तर तिनीहरूले परमेश्वरको मार्ग गलत छ भन्ने विचारलाई निर्धक्कसाथ प्रचार गर्छन्, र विद्रोहीहरूले त परमेश्वरको अस्तित्वलाई समेत इन्कार गर्छन्। त्यस किसिमको विद्रोहले भरिएका त्यस्ता मानिसहरू परमेश्वरको अनुग्रहको आनन्द लिनका लागि कसरी हकदार बन्न सक्छन्? आफ्नो दायित्वलाई पूरा नगर्ने मानिसहरू परमेश्वरको विरुद्धमा अत्यन्तै विद्रोही हुन्छन्, र उहाँप्रति धेरै ऋणी हुन्छन्, तैपनि तिनीहरू पछि फर्कन्छन् र परमेश्वर नै गलत हुनुहुन्छ भनेर तीखो आलोचना गर्छन्। त्यस किसिमको मानिस कसरी सिद्ध बनाइनको लागि योग्य हुनसक्छ? के यो हटाइनु र दण्डित हुनुको अग्रिम लक्षण होइन र? परमेश्वरको अघि आफ्नो दायित्वलाई पूरा नगर्ने मानिसहरू पहिले नै अति दुष्ट अपराधको दोषी भइसकेका हुन्छन्, जसको निम्ति मृत्यु समेत पनि अपर्याप्त दण्ड हुन्छ, तैपनि परमेश्वरसँग तर्क गर्ने र उहाँको विरुद्धमा आफै जोरी खोज्ने आँट तिनीहरूसँग छ। त्यस्ता मानिसहरूलाई सिद्ध पार्नुको औचित्य के छ र? जब मानिसहरू आफ्नो दायित्व पूरा गर्न असफल हुन्छन्, तिनीहरूले दोषी र ऋणी भएको महसुस गर्नुपर्छ; तिनीहरूले आफ्ना कमजोरी र अनुपयोगितालाई, आफ्ना विद्रोह र भ्रष्टतालाई घृणा गर्नुपर्छ, र अझ अधिक, परमेश्वरलाई आफ्नो जीवन दिनुपर्छ। त्यसपछि मात्रै तिनीहरू परमेश्वरलाई साँचो रूपमा प्रेम गर्ने सृष्टि गरिएका प्राणीहरू हुन्छन्, र त्यस्ता मानिसहरू मात्रै परमेश्वरका आशिषहरू र प्रतिज्ञामा रमाउनका लागि, र उहाँद्वारा सिद्ध बनाइनका लागि योग्य हुन्छन्। अनि तिमीहरूमध्ये अधिकांश कस्ता छौ? तिमीहरूका बीचमा जिउनुहुने परमेश्वरलाई तिमीहरूले कस्तो व्यवहार गर्छौ? उहाँको सामुन्ने तिमीहरूले आफ्नो दायित्व कसरी निभाएका छौ? के तिमीहरूलाई जे गर्नको लागि बोलाइएको थियो, तिमीहरूले आफ्नै जीवनको बाजी समेत राखेर, ती सबै पूरा गरेका छौ? तिमीहरूले के बलिदान दिएका छौ? के तिमीहरूले मबाट धेरै कुरा पाएका छैनौ र? के तिमीहरूले छुट्याउन सक्छौ? तिमीहरू मप्रति कति निष्ठावान् छौ? तिमीहरूले मलाई कसरी सेवा गरेका छौ? अनि मैले तिमीहरूलाई जे दिएको छु र तिमीहरूका लागि मैले जे गरेको छु, त्यसको बारेमा के? के तिमीहरूले यी सबै कुराहरूलाई नापेका छौ? के तिमीहरू सबैले तिमीहरूभित्र भएको थोरै विवेकसँग यसलाई मूल्याङ्कन र तुलना गरेका छौ? तिमीहरूका वचनहरू र कार्यहरू कसको योग्य हुनसक्छ? के तिमीहरूले गरेको त्यति सानो बलिदान मैले तिमीहरूलाई दिएका सबै कुराको योग्य हुनसक्छ? मसँग अरू कुनै विकल्प छैन र तिमीहरूप्रति म पूर्ण हृदयले समर्पित भएको छु, तैपनि तिमीहरूले मप्रति दुष्ट अभिप्रायहरू राखेका छौ र मप्रति अर्ध हृदयका भएका छौ। तिमीहरूको दायित्वको हद, तिमीहरूको एउटै मात्र कार्य त्यही नै हो। के यस्तै होइन र? तिमीहरू सृष्टि गरिएको प्राणीको दायित्वलाई पूरा गर्न पूर्ण रूपमा असफल भएका छौ भन्ने कुरा के तिमीहरूलाई थाहा छैन? तिमीहरूलाई कसरी सृष्टि गरिएको प्राणीको रूपमा लिन सकिन्छ? तिमीहरूले जे व्यक्त गर्दैछौ र जसरी जीवन बिताउँदैछौ त्यो तिमीहरूलाई स्पष्ट नै छैन र? तिमीहरू आफ्नो दायित्व पूरा गर्न असफल भएका छौ, तर तिमीहरू परमेश्वरको सहिष्णुता र प्रशस्त अनुग्रह प्राप्त गर्न खोज्छौ। त्यस किसिमको अनुग्रह तिमीहरू जस्ता अनुपयोगी र नीचहरूका लागि तयार गरिएको होइन, तर तिनको लागि हो जसले केही पनि माग्दैनन् र खुसीसाथ बलिदान दिन्छन्। तिमीहरू जस्ता मानिसहरू, यस्ता मध्यम-स्तरीयहरू, स्वर्गको अनुग्रहको आनन्द उपभोग गर्न पूर्ण रूपमा अयोग्य छौ। तिमीहरूका दिनहरूलाई कठिनाइ र अनन्त दण्डले साथ दिनेछन्! यदि तिमीहरू मप्रति विश्वासयोग्य हुन सक्दैनौ भने, तिमीहरूको नियति कष्टको हुनेछ। यदि तिमीहरू मेरा वचनहरू र मेरो कार्यप्रति जबाफदेही हुन सक्दैनौ भने, तिमीहरूको परिणाम दण्डको नै हुनेछ। राज्यका सारा अनुग्रह, आशिषहरू, र सुन्दर जीवनले तिमीहरूसँग कुनै सरोकार राख्नेछैनन्। तिमीहरूले पाउन योग्य अन्त्य र तिमीहरू आफैले निम्त्याएको परिणाम यही नै हो!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारी परमेश्वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू